दैनिकपत्र कर्मी पौडेललाई मातृशोक

बुटवल । दैनिक पत्र राष्ट्रिय दैनिक तथा जनसंघर्षकी व्यवस्थापक मञ्जु पौडेललाई मातृशोक परेको छ ।

बुटवल–११ कालिकानगर जागृतिपथ निवासी पौडेलकी ममतामयी आमा नर्मदादेवी नेपालको ७३ बर्षको उमेरमा उपचारको क्रममा शुक्रवार बिहान निधन भएको हो ।

निमोनिया र मुटुको समस्याका कारण उहाँ २ महिनादेखि उपचाररत हुनुहुन्थ्यो । स्वर्गीय नर्मदादेवी नेपालका १ छोरा वासु नेपाल र १ छोरी मञ्जु पौडेल हुनुहुन्छ ।

यसैबीच दैनिक पत्र तथा जनसंघर्ष राष्ट्रिय दैनिकका कार्यकारी प्रमुख तथा प्रधान सम्पादक बालकृष्ण चापागाईंसहितको टोली कालिकानगर निवासमा पुगेर दिवंगत नर्मदाप्रति भावपूर्ण श्रद्धाञ्जली प्रकट गर्दै उनका पति रघुनाथ शर्मा नेपाललगायतका परिवारजनलाई शोक समवेदना व्यक्त गरेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार