पत्रकारले शिष्टता विर्सिए, बाउलाई पनि तपाईँ भन्दैनन् : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पत्रकारहरु शिष्टता र मर्यामा नरहेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ । पश्चिमा संस्कृतिलाई नक्कल गरेर नेपाली सञ्चारमाध्यम र सञ्चारकर्मीले आफ्नो शिष्टता र मर्यादा बिर्सेकोमा असन्तुष्टि व्यक्त गर्नुभएको हो।

मंगलबार नेपाल प्रज्ञा प्रतिष्ठानले राजधानीमा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सञ्चारकर्मीहरुलाई भाषा र संस्कृति नबिर्सन आग्रह समेत गर्नुभयो ।

विकसित देशको संस्कृतिको नक्कल गर्ने परिपाटीका कारण नेपाली भाषा, संस्कृति र मर्यादालाई नयाँ पुस्ताले भुल्दै गएको प्रधानमन्त्रीको गुनासो समेत व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री अ‍ोलीले विषेश गरेर सामाजिक सञ्जाल र सञ्चारक्षेत्रमा प्रयोग भएका भाषाप्रति असन्तुष्टि व्यक्त गर्नुभएको हो ।

प्रधानमन्त्रीले भन्नुभयो, ‘सभ्यताहरु बाग्मतीमा फालिए, शिष्टता, मर्यादा भन्ने कुरा सञ्चारकर्मी र सञ्चारमाध्यममा हुँदै भएनन् । पत्रकारले बाउलाई पनि तपाईँ भन्दैनन्, उहँँले भन्नुभयो।

अंग्रेजीको ‘यू’ लोभ लागेर, अर्काको एउटा ‘यू’ भन्ने शब्दको लोभकै कारण बालाई तपाईँ भन्न समेत हिचकिच्याउन थाले, समाजको संस्कृतिको एउटा आफ्नो प्रचलन हुन्छ आफ्नो मर्यादा हुन्छ, साे सबै बाग्मतीमा बगाइसके, उहाँले भन्नुभयो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार