स्नुकर प्रतियोगिता शुरु

बुटवल । सोमबार देखि रुपन्देहीमा यल्लो ईन्टिमेसी तेस्रो स्नोकर प्रतियोगिता २०७६ शुरु भएको छ । राजमार्ग चौराहास्थित यल्लो स्नुकर हाउसमा प्रतियोगिता शुरु भएको हो ।

प्रतियोगिताको उद्घाटन गर्दै रुपन्देही पुल तथा स्नुकर संघका अध्यक्ष गजेन्द्रमान श्रेष्ठ स्नुकर खेलप्रति युवाहरुको आर्कषण बढ्दो रहेको बताए ।

कार्यक्रममा वरिष्ठ सल्लाहकार सन्जयरत्न बज्राचार्य, सल्लाहकार हेम पुन, प्रमोद थापा, दुर्गा थापाले अन्तराष्ट्रिय स्तरमा राम्रो पहिचान भएपनि नेपालमा स्नुकर खेलको सोचजस्तो विकास हुन नसकेको बताए ।

सोमबार भएको उद्घाटन खेलमा सन्जयरत्न बज्राचार्यले मान बहादुर गुरुङ्गलाई बेष्ट अफ थ्रीमा २–० को सोझो सेटमा पराजित गरेका छन ।

ग्रुपका अध्यक्ष बबिन थापा प्रतियोगिताको उपाधि विजेता, उपविजेता खेलाडीलाई कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने बताए ।

यसैगरि हाईस्कोरलाई नगद ५ हजार, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ ।

असोज १० गते प्रतियोगिताको फाईनल खेल हुने छ । जिल्लाका ५३ जना युवा खेलाडीहरुले प्रतियोगितामा भाग लिएका छन ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार