तिलोत्तमा लगानी सम्मेलन : अवसरको कोशेढुङ्गा

रवि सेन्चुरी

आगामी असोज ९ गते तिलोत्तमा नगरपालिकाले लगानि सम्मेलन गर्दैछ । उक्त सम्मेलनलाई स्थानीय निकायको दृष्टिकोणबाट यसलाई एउटा ऐतिहासिक र उदाहरणीय कामको सुरुवात हो । यस लगानी सम्मेलनको माध्यमबाट नगरपालिकाले आफ्नो नगरको विविध विषयमा वर्तमान स्थिति, अवसर, सम्भावनाबारे राष्ट्रिय तथा अन्तराष्ट्रिय लगानिकर्ताहरु माझ एउटा सेतुको भूमिका निभाउन सक्छ । लगानि सम्मेलन आर्थिक लगानी संकलन गर्ने मात्र होइन, स्थानीय तहलाई प्रविधि, ज्ञान, दक्षता र अनुभवसँग जोड्नु पनि हो । तसर्थ लगानि सम्मेलनले विकासका निम्ति प्रशस्त अवसरकाद्वारहरु नीतिगत रुपमै खोल्ने आशा गर्न सकिन्छ । साथै यस सम्मेलनले अन्य स्थानीय निकायहरुको निम्ति पनि सकारात्मक तथा प्रेरणादायी भूमिका सिर्जना गर्न सक्ने सम्भावना देखिन्छ । यस सम्मेलनले स्थानीय सरकार, प्रदेश सरकार, संघीय सरकार, निजी क्षेत्रलाई विकास साझेदारीको रुपमा जोड्दै सहकार्य, सहकारिता र सह–अस्तित्वको भावनालाई पनि विकसित गर्न मद्धत गर्दछ । यस लगानी सम्मेलनले हामीले चाहेको समृद्धिको लागि एउटा इँट्टा थप्ने काम गर्नेछ । संसारभरि नै विकसितदेखि विकासोन्मूख÷ विकसशील देशहरुले समेत लगानी सम्मेलनकामाध्यमबाट आफ्नो राष्ट्रको विकास निमार्णका रुपमा उपयोग गरेको देखिन्छ ।
अहिले नेपाल राजतीतिक, आर्थिक, सवैधानिक, शासकीय सबै हिसाबले नयाँ अवसरका रुपमा विश्व सामु उभिएको छ । नेपाल सरकारले पनि दिगो विकास लक्ष्य तय गरी सन् २०३० सम्ममा नेपाललाई विकसित देशमा स्तरोन्नति गर्ने कार्य योजना अगाडि सारेको छ । त्यसका निम्ति नेपाल सरकारले हरेक माध्यमबाट राष्ट्रिय विकासका निम्ति महत्वपूर्ण पूर्वधार निमार्ण, सहकार्य, सहभागिता र अवसरहरु सिर्जना गर्न जरुरी छ । त्यसका निम्ति स्थानीयतहको पनि महत्वपूर्ण भूमिका हुन्छ ।
नेपालको परिप्रेक्ष्यमा रुपन्देही जिल्लालाई विकासका पूर्वाधार लगायत स्वास्थ्यसेवा, शिक्षा, यातायात, उद्योगधन्दालगायत हरेक दृष्टिले राम्रो मानिन्छ । यस जिल्लाको महत्वपूर्ण स्थानिय तहमध्ये तिलोत्तमा नगरपालिका पनि एक हो, त्यसर्थ तिलोत्तमा लगानी सम्मेलनले नगरपालिका साथै जिल्लाका बासिन्दालगायत बाहिरी लगानी कर्ताको लागि राम्रो अवसर हुनेछ ।

नेपालको परिप्रेक्ष्यमा रुपन्देही जिल्लालाई विकासका पूर्वाधार लगायत स्वास्थ्यसेवा, शिक्षा, यातायात, उद्योगधन्दालगायत हरेक दृष्टिले राम्रो मानिन्छ । यस जिल्लाको महत्वपूर्ण स्थानिय तहमध्ये तिलोत्तमा नगरपालिका पनि एक हो, त्यसर्थ तिलोत्तमा लगानी सम्मेलनले नगरपालिका साथै जिल्लाका बासिन्दालगायत बाहिरी लगानी कर्ताको लागि राम्रो अवसर हुनेछ ।

 

यस नगरपालिकाको बारेमा उल्लेख गर्नु पर्दा वि.स. २०७१ सालमा ७ वटा गा.वि.सहरु एकआपसमा मिलि तिलोत्तमा नगरपालिकाको स्थापना भएको थियो । अहिले तिलोत्तमा नगरपालिकामा १७ वडाहरू रहेका छन् । यहाँको जनसङ्ख्या २०६८ अनुसार १ लाख १सय ४९ जना रहेका छन् । यो नगरपालिका १२६.१९ वर्ग कि.मी. मा फैलिएको छ । रुपन्देहीको मुटुमा अवस्थित यस नगरपालिकाको सीमाना पूर्वमा देवदह नगरपालिका, पश्चिममा सियारी र सुद्धोधन गाउँपालिका, उत्तरमा बुटवल उप–महानगरपालिका र देवदह नगरपालिका र दक्षिणमा ओमसतिया र सियारी गाउँपालिकासँग जोडिएकोे छ । तिलोत्तमा नगरमालिकाको बिचोबिच सिद्धार्थ राजमार्ग रहेको छ,जसले बुटवल, भैरहवा, सुनौली भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल, लुम्बिनीलाई जोड्ने काम गर्छ । कृषि, शिक्षा तथा स्वास्थ्य, उद्योग, पूर्वधार निर्माण र होटल तथा पर्यटकका निम्ति यो अक्षतभूमिका रुपमा रहेको छ । लगानी सम्मेलनको माध्यमबाट तिलोत्तमा नगरपालिकाले २२ वटा परियोजनालाई प्रथामिकताका साथ अगाडि बढाएको छ । जुन परियोजनालाई प्रथामिकताका आधारमा १७ वटै वडामा पु¥याउने प्रयास गरेको देखिन्छ । जसले गर्दा तिलोत्तममाले आफ्नो नगरको समग्ररुपमा विकासका आधारहरु स्थापना गर्न सक्नेछ । यहाँको प्राकृतिक भू–बनावट, वनजङगल, खोलानालाहरु पूर्वधार निर्माण, कृषि, यातायात, शिक्षातथा स्वास्थ्य र पर्यटक विकासका निम्ति उपयुक्त रहेको छ । रुपन्देहीको बुटवल र भैरहवा तीव्र गतिमा अव्यवस्थित शहरीकरण भैरहदा तिलोत्तमा पूर्वधार निर्माण, बस्ती निर्माण, योजनाबद्ध रुपमा सहर, उद्योगधन्दा, फराकिलो बाटो, स्कुल, मनोरञ्जन स्थल जस्तो वनवाटिका र चिल्लियावन । त्यस्त, बजार, व्यापारिक स्थल, कृषिहव, होमस्टे आदि निर्माण गर्न सक्दछ । अन्तराष्ट्रिय विमानस्थल, खुल्ला सिमाना, लुम्बिनी लगायतका पर्यटकीय स्थल, रुपन्देहीसँग जोडिएका अन्य जिल्लाहरुको प्रमुख आर्थिक केन्द्र बुटवल र भैरहवा, जसले हजारौ व्यक्तिलाई आकषर्ण गर्न सक्छ । बुटवल र भैरहवालाई जोड्ने प्रमुख केन्द्रका रुपमा तिलोत्तमा नगरपालिकालाई लिन सकिन्छ । विभिन्न कारणले गर्दा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटक, व्यवसायी, विद्यार्थीलाई लगायतहरुलाई सेवाहरु उपयुक्त बास, मनोरञ्जनका निम्ति होटल तथा पर्यटकीय र अन्य सुविधा स्थल निर्माण गर्न सकिन्छ ।

लगानी सम्मेलन गरिरहँदा यहाँको समाजिक, आर्थिक, सांस्कृतिक, वर्गीय र जातीय संरचनालाई सूक्ष्मरुपमा अध्ययन गर्न आवश्यक छ । किनकी लगानी सम्मेलनले स्थानीय जनतालाई कसरी अवसर सिर्जना गर्ने र कसरी रोजगार उपलब्ध गराउने भन्ने तर्फबाट पनि सोंच्नै पर्छ । यसले सबै वर्ग, समुदाय, भाषिक, लिङ्गलाई समावेश र प्रत्यक्ष अप्रत्यक्ष फाइदा पुग्नुपर्दछ । साथै हामीले लगानी भित्राइरहँदा यसले नगरको विषेता र मौलिकतामा ह्रास आउनु हुँदैन ।
पछिल्लो समयमा तिलोत्तमा नगरपालिका हरेक दृष्टिले बसोबासकाका लागि सुगम मानिएकाले दिनप्रतिदिन यहाँको जनसंख्या बढिरहेकोछ । जसले गर्दा अधिक रुपले जग्गाकारोबार फस्टाएको पाइन्छ । फलस्वरुप केही व्यक्तिहरुले जग्गा व्यवासायबाट उनीहरुको आर्थिक अवस्था रातारात चमत्कारी रुपमा परिवर्तन आएकोछ । आज उनीहरुको राम्रै सञ्जाल निर्माण भएको पाइन्छ । यस्तो अवस्थामा नगरपालिका बढो सजक हुन नितान्त जरुरत छ । लगानि सम्मेलन गरिरहदाँ त्यहाँका पूँजीपतिलाई मात्र फाइदा पुग्ने, स्थानीय स्रोत साधानमाथि उनीहरुको मात्र एकक्षत्र प्रभुत्व जम्ने वातावरण बन्नदिनु हँुदैन । टाठाबाठाले मात्र अवसर लिने तर अरु सामान्य जनताले कुनै अवसर नपाउने जसले गर्दा धनीझन्धनी र गरिब झनगरिब हुने अवस्था सिर्जना नहोस् ।
अन्तमा तिलोत्तमा नगरपालिकाले आयोजना गर्न लागेको लगानी सम्मेलन नगरबासी र यस क्षैत्रकै लागि सुनौलो अवसर हुन सक्छ र यस्ता सम्मेलन पटक पटक आयोजना गरिदैंन, तसर्थ यो आयोजनाले नगरका लागिअवसरको ढोका खोल्ने हुनाले यस लगानी सम्मेलनलाई उत्साहपूर्ण, सफल, फाइदाजनक बनाउनकालागि सबैको साथ सहयोग हुनु आवश्यकता छ । साथै सम्बन्धित निकायले कसरी सबैलाई समावेस गराई अवसर प्रदान गर्न सकिन्छ भन्ने कुरामा ध्यान दिन जरुरी छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार