नेपालको आकाशिदो व्यापार घाटा

नुरजंग के.सी.
एउटा देशले आफ्नो देशमा उत्पादन हुन नसकेको वस्तु अर्को देशबाट आयात गर्दछ भने आफ्नो देशमा उत्पादन भएका वस्तु अर्को देशमा निर्यात गर्दछ । यसप्रकार वस्तु तथा सेवाहरुको आयात निर्यातलाई अन्तराष्ट्रिय व्यापार भनिन्छ । अन्तराष्ट्रिय व्यापारलाई ‘वैदेशिक व्यापार’ पनि भनिन्छ । अर्को शब्दमा भन्दा विभिन्न देशका मानिसहरु तथा संस्थाहरु बीच हुने व्यापारलाई वैदेशिक व्यापार भनिन्छ । जस्तै नेपालले भारतमा अलैची निर्यात गर्नु, नेपालले भारतबाट मेशिनरी वस्तु तथा चीनबाट लत्ताकपडा आयात गर्नु वैदेशिक व्यापारका उदाहरणहरु हुन् ।
संसारका विकसित वा विकासोन्मुख जनुसुकै किसिमको देश भए तापनि आफ्नो देशको आर्थिक विकासका लागि वैदेशिक व्यापारको अत्यन्तै महत्वपूर्ण स्थान रहने गर्दछ । वैदेशिक व्यापारबाट विदेशी मुद्रा आर्जन गरी देशको विकासका लागि विभिन्न क्षेत्रममा लगानी गर्न सकिन्छ । वैदेशिक व्यापारबाट कच्चा पदार्थको उपलब्धता, प्राविधिक लाभ, बजारको विस्तार, रोजगारीको अवसरमा बृद्धि आदि फाइदा हुन्छ । साथै खाद्यान्नको संकट परेको बेला खाद्यान्न आयात गरी खाद्य संकट हटाउन पनि सहज हुन्छ । वैदेशिक व्यापारबाट मित्रता, भातृत्व, सहयोग, सद्भाव प्राप्त गर्न सकिन्छ । त्यसकारण वैदेशिक व्यापारबाट आर्थिक उन्नति गर्न सकिने हु“दा अर्थशास्त्रीहरुले वैदेशिक व्यापारलाई ‘बृद्धिको यन्त्र’ पनि भन्ने गर्दछन् ।
वैदेशिक व्यापारमा आयात र निर्यात गरी २ तत्वहरु हुन्छन् । यही आर्यात तथा नियातको फरकलाई व्यापार सन्तुलन भनिन्छ । यदि वैदेशिक व्यापारमा आयात भन्दा निर्यात बढी भएमा त्यसलाई अनुकूल व्यपार सन्तुलन भनिन्छ भने यदि आयातको तुलनामा निर्यात कम हुन गएमा त्यसलाई प्रतिकूल व्यापार सन्तुलन भनिन्छ । नेपालको वैदेशिक व्यापार दिन प्रतिदिन बृद्धि हुदै गइरहेको छ । आयातमा भएको भारी बृद्धिका कारण वैदेशिक व्यापार बढ्दै गइरहेको छ । कुल व्यापारमा निर्यातको मात्रामा न्यून बृद्धि र आयातको परिमाणमा उल्लेख्य बृद्धिले गर्दा नेपालको निकै ठूलो परिणाममा व्यापार घाटा सहनु परेको छ । र यो व्यापार घाटाको परिणाम वर्षेनि लगातार बढ्दो छ । यसको सुधारको कुनै सम्भावना र कही कतैबाट गम्भीर चासो पनि देखिदैन । खासगरी नेपालको व्यापारघाटा अकाशिंदो रुपमा चुलिनुमा महँगा र विलासी वस्तुको आयात हुनु, आयात प्रतिस्थापन गर्न सक्ने तथा निर्यात हुने क्षेत्रमा वस्तु तथा सेवालाई दिगो रुपमा सुदृढ गराउन सक्ने भरपर्दो आधार निर्माण गर्न नसक्नु नै प्रमुख कारण रहेको छ ।
वि.स. २००७ साल पूर्वसम्म नेपाल विश्व संसारस“ग परिचित थिएन । त्यतिवेलाको विश्वको अवस्था र नेपालका शासकहरुको अनुदार तथा संकुचित नीतिका कारण बृटिश इण्डिया र चीनको स्वशासित क्षेत्र तिब्वतसँग मात्र बढी घनिष्ठता थियो । तर समयको क्रमसँगै यो अवस्थामा परिवर्तन हुँदै आयो । वि.स. २००७ सालको आन्दोलन, प्रजातान्त्रिक सरकारको निर्माण, लोकतान्त्रिक गणतन्त्रको स्थापना र शासन व्यवस्थामा आएको परिवर्तनका साथै साफ्टा, विमस्टेक तथा विश्व व्यापार संगठनको सदस्य बनिसकेको कारण नेपाल विश्वमा परिचित हँुदै आयो र व्यापारिक क्रियाकलापहरु पनि निरन्तर हँुदै र बढ्दै आएको छ । परिणाम स्वरुप हाल नेपालको ९४ वटा राष्ट्रसँग व्यापारिक कारोवार हुन थालेको छ । नेपालको विश्वका धेरै देशहरुसँग व्यापारिक कारोबार रहेको भए तापनि विशेष गरी छिमेकी देशहरु भारत र चीनसँग नै व्यापार केन्द्रित छ । वैदेशिक व्यापारको सन्दर्भमा केही देशहरुमा मात्र केन्द्रित रहनु अर्थतन्त्रको लागि लाभदायक हँुदैन । त्यसैकारणले नेपाल सरकारले व्यापार विविधीकरणको नीति अवलम्बन गरी विश्वका धेरै देशहरुस“ग व्यापारिक हात फैल्याउने नीति लियो परिणामस्वरुप हाल विश्वका ९४ राष्ट्रहरुसँग व्यापार हुन थालेको छ । यसमा कतिपय राष्ट्रहरुमा निर्यात मात्र हुन्छ भने कतिपय राष्ट्रहरुबाट आयात मात्र हुन्छ । विश्वका ९४ वटा राष्ट्रहरुसँग व्यापार चलेतापनि १८ वटा देशहरुसँग मात्र नेपालको वैदेशिक व्यापार अनुकूल छ भने ७६ वटा राष्ट्रहरुमा निर्यातको तुलनामा आयात उच्च भई व्यापार घाटाको अवस्था विद्यमान छ । समग्रमा नेपालको वैदेशिक व्यापार घाटा उच्च छ ।
नेपालको वैदेशिक व्यापार विश्वका धेरै देशहरुसँग हुने गरे तापनि भारतसँगको आयात निर्यात निर्भरता अन्य देशहरुसँग भन्दा बढी छ । यो अवस्था वर्तमानमा मात्र नभई विगतदेखि नै विद्यमान छ यसको मूल कारण तिनैतर्फ खुलासीमाना, भारत र नेपालको मिल्दो सामाजिक तथा सांस्कृतिक सम्बन्ध, भारतीय मुद्रा सटहीमा सरलता, रोटी बेटीको सम्बन्ध लगायतका धेरै कारणहरु जिम्मेवार छन् । यसले भारतस“गको निर्भरता स्वभाविक रुपमा उच्च रहन गएको देखिन्छ । हुन त आ.व. २०५०÷०५१ पछिका वर्षहरुमा भारतमाथिको निर्भरतामा केही कमी आए तापनि हालका वर्षहरुमा यो बढेको छ । द्वन्द्व लगायतका विभिन्न कारणहरुले भारतबाट हुने आयातलाई विस्थापन गर्ने खालका उद्योग व्यवसायको खस्क“दो अवस्था, पेट्रोलियम पदार्थ, ग्या“स, गाडी तथा पार्टपूर्जा लगायतको मागमा भएको अत्याधिक बृद्धिले भारतमाथिको निर्भरता दुई तिहाई प्रतिशतको हाराहारीमा रहन पुगेको छ ।
वैदेशिक व्यापारको सन्दर्भमा के कस्ता वस्तुहरु आयात र निर्यात भइरहेका छन् भन्ने सबाल महŒवपूर्ण हुन्छ । यसले वर्तमान व्यापारिक संरचनाका साथै भविष्यको दिशा निर्देश पनि गरेको हुन्छ । यसैले गर्दा आयात निर्यातमा समावेश भएका वस्तुको प्रकृति जान्नु आवश्यक हुन्छ । नेपालको, भारत, चीन र अन्य मुलुकहरुस“ग के कस्ता वस्तुहरु आयात निर्यात हुने गर्दछन् भन्ने केलाउनु वैदेशिक व्यापारको सन्दर्भमा सान्दर्भिक नै हुन्छ । हुन त यस्ता वस्तुहरु समयको क्रममा परिवर्तन भइरहन्छन् तर पनि विगतको विश्लेषण तथा भविष्यको दिशा पहिचानमा यसको विशेष महŒव रहन्छ ।
नेपालले भारत तर्फ निर्यात गर्ने प्रमुख वस्तुहरुमा प्राथमिक, कृषिजन्य तथा कच्चा पदार्थहरु बढी मात्रामा हुन । नेपालले भारततर्फ निर्यात हुने प्रमुख बस्तुहरुमा अलैंची, जुटका समान, धागो, अदुवा, जडीबुटी लगायतका वस्तुहरु हुन । त्यसैगरी चीनतर्फ निर्यात हुने प्रमुख वस्तुहरुमा पश्मिना हस्तकला, ऊनी, गलैंचा, तयारी पोशाक लगायतका वस्तुहरु छन् र अन्य मुलुकहरुतर्फ तयारी पोशाक, चिया, छाला, दलहन, जडीबुटी लगायतका वस्तुहरुको प्रचूरता रहेको पाइन्छ । नेपालले भारत, चीन र अन्य मुलुकहरुतर्फ निर्यात हुने समानको प्रकृति झण्डै झण्डै उस्तै प्रकृतिको छ । यसले नेपालको निर्यातको आधार नै कृषिस“ग सम्बन्धित कच्चा पदार्थ रहेको स्पष्ट हुन्छ ।
यस्तै नेपालले भारत, चीन, लगायत अन्य मुलुकहरुबाट आयात गर्ने वस्तुहरुमा पू“जीगत तथा मेशिनरी वस्तुहरुको प्रधानता रहेको छ । नेपालले भारतबाट सवारी साधन, पेट्रोलियम पर्दाथ, एल.पी. ग्या“स, मेशिनरी तथा पार्टपूर्जा, सिमेन्ट, हटरोल सिटइन क्वाइल, लगायतका वस्तुहरु छन् । त्यस्तै चीनबाट मेसिशनरी तथा पार्टपूर्जा, सञ्चारका उपकरण, टेलिभिजन तथा पार्टपूर्जा, तयारी पोशाक, कच्चा रेशम, लगायतका वस्तुहरु छन् र अन्य मुलुकहरुबाट सुन, चा“दी, पोलिथीन, ग्रायानुयल्स, मेशिनरी तथा पाटपूर्जा, हवाइजहाज र पार्टपूर्जा, औषधी उपचारका साधन तथा औजार, लगायतका वस्तुहरुको आधिक्य रहेको छ । नेपालले भारत, चीन लगायतका अन्य देशहरुबाट आयात हुने वस्तुहरुको प्रकृति केही फरक देखिए पनि आयात हुने वस्तुहरुको प्रकृतिमा पू“जीगत तयारीमाल, तथा मेशिनरी वस्तुहरु रहनुले नेपाल प्राविधिक रुपमा धेरै पछाडि रहेको प्रष्ट हुन्छ ।
नेपालको आयात निर्यातमा समावेश भएका वस्तुको प्रकृति हेर्दा व्यापार सन्तुलन नेपालको पक्षमा रहन कठिन नै देखिन्छ । नेपालले भारत, चीन, लगायत अन्य सबै देशहरुमा प्रायः कृषिजन्य, अप्रशोधित तथा कच्चा पदार्थ नै निर्यात गरिरहेको छ भने आयात व्यापारमा चाहिं प्रशोधित, तयारी माल तथा उच्च प्रविधियुक्त मूल्यवान वस्तुहरुको आयात गरिरहेको छ । परिणामस्वरुप नेपालले विगत लामो समयदेखि नै व्यापार घाटा व्यहोर्दै आइरहेको छ । वैदेशिक व्यापारको सन्दर्भमा केही वर्ष व्यापार घाटा देखिनु गम्भीर विषय हु“दैन थियो होला तर यो व्यापार घाटाको मात्रा वर्षेनि बढ्दै जानु अर्थतन्त्रको लागि गम्भीर विषय र सबैको चासोको विषय हुनु स्वभाविक नै मान्नु पर्दछ । व्यापार घाटाको मात्रा घटाउदै जानेतर्फ सोंच, विचार गर्नु, के र कसरी आयात प्रतिस्थापन गर्न सकिन्छ ? अर्थतन्त्रको आधार कसरी खडा गर्न सकिन्छ ? भन्नेतर्फ सरकार र सरकारी निकाय तथा सम्पूर्ण राजनैतिक दलहरु गम्भीर नरहनु वर्तमानको गम्भीर अवस्था हो । यसले गर्दा नेपालको व्यापार घाटा चुलिदै गइरहेको छ ।
नेपाल लामो समयदेखि वैदेशिक व्यापार घाटा व्यहोरिरहेको छ । यो क्रम विगतको तुलनामा झन झन बढ्दै गइरहेको छ । आ.ब. २०७१÷०७२ मा भारतस“गको व्यापार घाटा ४३५७१।९१ करोड रहेकोमा आ.व. २०७४÷०७५ मा १९ गुणा बढेर ७६३२०.९ करोड पुगेको छ । त्यसैगरी चीनस“गको व्यापार घाटा आ.ब. २०७१÷०७२ मा ९७९३.६ करोड रहेकोमा आ.व. २०७४÷०७५ मा यो व्यापार घाटा बढेर १५६७५.७ करोड पुगेको छ । यस्तै गरी अन्य मुलुकहरुस“ग व्यापार घाटा त्यत्तिकै चर्को रुपमा बढेको देखिन्छ । अन्य मुलुकहरुस“ग आ.ब. २०७१÷०७२ मा व्यापार घाटा ९५६३.७ करोड रहेकोमा आ.व. २०७४÷०७५ मा करीब करीब तीन गुणा बढेर २४१२२.७ करोड पुगेको छ ।

यस्तै नेपालले भारत, चीन, लगायत अन्य मुलुकहरुबाट आयात गर्ने वस्तुहरुमा पू“जीगत तथा मेशिनरी वस्तुहरुको प्रधानता रहेको छ । नेपालले भारतबाट सवारी साधन, पेट्रोलियम पर्दाथ, एल.पी. ग्या“स, मेशिनरी तथा पार्टपूर्जा, सिमेन्ट, हटरोल सिटइन क्वाइल, लगायतका वस्तुहरु छन् । त्यस्तै चीनबाट मेसिशनरी तथा पार्टपूर्जा, सञ्चारका उपकरण, टेलिभिजन तथा पार्टपूर्जा, तयारी पोशाक, कच्चा रेशम, लगायतका वस्तुहरु छन् र अन्य मुलुकहरुबाट सुन, चा“दी, पोलिथीन, ग्रायानुयल्स, मेशिनरी तथा पाटपूर्जा, हवाइजहाज र पार्टपूर्जा, औषधी उपचारका साधन तथा औजार, लगायतका वस्तुहरुको आधिक्य रहेको छ । नेपालले भारत, चीन लगायतका अन्य देशहरुबाट आयात हुने वस्तुहरुको प्रकृति केही फरक देखिए पनि आयात हुने वस्तुहरुको प्रकृतिमा पू“जीगत तयारीमाल, तथा मेशिनरी वस्तुहरु रहनुले नेपाल प्राविधिक रुपमा धेरै पछाडि रहेको प्रष्ट हुन्छ ।

समग्रमा वैदेशिक व्यापारको अवस्था हेर्दा आर्थिक वर्ष २०७५÷७६ को फागुनसम्म कुल वैदेशिक व्यापार २३।२ प्रतिशतले बढेर रु १० खरब १० अरब ३३ करोड पुगेको छ । सोही अवदिमा कुल वस्तु निर्यात १४।६ प्रतिशतले वृद्धि भई रु. ६१ अरब २२ करोड रहेकोमा कुल वस्तु आयात २३।६ प्रतिशतले बढेर रु ९ खरब ४९ अरब ११ करोड भई कुल वस्तु व्यापार घाटा २४।५ प्रतिशतले बढेर रु ८ खरब ८७ अरब ८८ करोड पुगेको छ जब कि आर्थिक वर्ष २०७४÷७५ को सोही अवधिमा यस्तो व्यापार घाटा २३।९ प्रतिशतले बढेर रु ७ खरब १३ अरब ११ करोड रहेको थियो । यो व्यापार घाटा नेपालको सधैको समस्या हो । आयातको हिस्सा बढ्दै जाँदा घाटाको आकार पनि निरन्तर बढ्दै गएको छ यसरी व्यापार घाटा बढ्नुमा देशमा उत्पादन बढ्ने अवस्था नहुनु, राजनीतिक द्वन्द्व, सुशासनको कमी, भ्रष्टाचार, अनियमितता, दोषपूर्ण सरकारी नीति, निजी क्षेत्र विरोधी मानसिकता, गैर कानूनी व्यापारले प्रश्रय पाउनु आदि कारणहरुरहेका छन् । मुलुकमा गर्दा आयात घटाउने र निर्यात बढाउने भरपर्दो आधार खडा हुन सकेको छैन । जसले गर्दा आयात लगातार बढिरहेको छ । यो बृद्धिदर पहिल्ला वर्षहरुमा झन उच्च रहेको देखिन्छ । यसकारण कुल व्यापारमा भएको बृद्धिका साथै व्यापार घाटा पनि लगातार बृद्धि हु“दै आकाशिदै गएको छ ।
नेपाली अर्थतन्त्रको आर्थिक आधार परम्परागत तथा हस्तकला र कृषिजन्य वस्तुहरु हो । औद्योगिक विकासले गति लिन सकि नरहेको अवस्थामा आयातमा मूल्यावान, मह“गा वस्तुहरु तथा र्नियातमा न्यून मूल्यका कृषिजन्य कच्चा पदार्थको समावेश हुनुले नेपालको वैदेशिक व्यापार उत्साहजनक देखिदैन । विमस्टेक, साफ्टा तथा विश्व व्यापार संगठनको सदस्य भएको नाताले अरु उदारता अपनाई जुनसुकै वस्तुलाई निर्वाध रुपमा प्रवेश दिएर कडा प्रतिस्पर्धाको सामना गर्नुपर्ने स्थिति छ । नेपालले यी सबै चुनौतीहरुलाई हटाउँदै जानु आजको आवश्यता हो । नेपालको विशिष्ट भू–धरातलीय स्वरुप तथा वर्तमान राजनीतिक परिस्थितिमा नेपालले वैदेशिक व्यापारका सन्दर्भमा थुप्रै चुनौतीहरुको सामना गरिरहनु परेको छ । नेपालले वैदेशिक व्यापारको सन्दर्भमा सामना गर्नुपरेको चुनौतीहरुलाई निम्न बु“दामा प्रस्तुत गर्न सकिन्छ ः
ज्ञ। नेपालले परम्परागत क्षेत्रबाट सामान्यतः कच्चा र कम मूल्यका वस्तुहरु मात्र निर्यातका लागि प्राप्त गर्दछ तर मूल्यावान् वस्तुहरु आयात गर्नुपर्ने हुनाले भुक्तानी बोझिलो हु“दै गएको छ । निर्यातीत हुने क्षेत्रका वस्तुहरुको उत्पादकत्व बढाउन कठिन छ । यस्तो अवस्थामा व्यापारलाई अनुकूल बनाउन ठूलो चुनौती देखिन्छ ।
द्द। नेपालको निर्यातका आधारमा कृषिजन्य कच्चा पदार्थ लगायत हस्तकलाका समानहरु रहेका छन् तर ति क्षेत्रहरुको प्रवद्र्धन तथा बजार विस्तारको काम हुन सकेको छैन । रोजगारीका लागि विदेशिने प्रवृत्ति, ग्रामिण क्षेत्रमा असुरक्षा, व्यावसाय प्रवद्र्धनका लागि सरकारी नीतिको अभाव आदि थुप्रै कारणहरुबाट त्यस्ता परम्परागत हस्तकलाका समान उत्पादन गर्ने कालिगढ कामदारहरु पलायन हुने क्रम बढेको छ । यसले गर्दा निर्यात भइरहेका त्यस्ता वस्तुहरुको उत्पादन तथा बजारीकरणको समस्या आइपरेको छ ।
घ। नेपालले व्यापार विविधताको नीति अनुसार देशगत रुपमा विविधता गर्न सकेतापनि वस्तुगत विविधता र व्यापकता ल्याउन सकिरहेको छैन । उत्पादन कम हुनु, उत्पादनका लागि वातावरण नबनाउनु, बजार विस्तारको लागि यथेष्ट प्रयासहरु नगरिनु आदि कारणहरुले गर्दा वस्तुगत आधार बढ्न सकेको छैन । यसले गर्दा वैदेशिक व्यापार सदैव संकटग्रस्त अवस्थामा नै गुज्रिरहेको छ ।
द्ध। नेपाल र भारत बीच खुला सीमाना छ । मानिस तथा वस्तुहरुको आयातमा खासै रोकावट छैन । वस्तुको आयतनमा रोकतोक नभएपछि अनावश्यक वस्तुहरु पनि गैर कानुनी तवरले प्रवेश पाउ“छन् । यसबाट राजस्व असूली एकातर्फ चुनौतीपूर्ण भएको छ भने अर्कोतर्फ बिना भन्सार चोर बाटोबाट भिœयाइएका वस्तुहरु बजारमा कम मूल्यमा विक्री वितरण हुने परिपाटिका कारण भन्सार तिरेर ल्याउने इमान्दार व्यापारीहरु निरुत्साही बन्ने गरेका छन् । यसले स्वच्छ आयात निर्यातको परिपाटिलाई प्रतिकूल प्रभाव पार्दै गएको र व्यापारिक अपराधिकरण बढ्दै गएको देखिन्छ ।
छ। नेपालको भारतस“ग आर्थिक निर्भरता रहनु नेपालको वैदेशिक व्यापारको अर्को महŒवपूर्ण समस्या रहेको छ । भारत माथिको अत्याधिक निर्भरताले भारतीय अर्थतन्त्रमा देखा परेका नकारात्मक असरहरु तुरुन्तै नेपालमा आइहाल्छन् । नेपाल जस्तो सानो अर्थतन्त्रमा परेको नकारात्मक असरले उत्पादन परिमाण, गुणस्तर तथा व्यापारिक क्रियाकलापलाई विनास नै गर्न सक्दछ । साथै अत्याधिक निर्भरताले भारतीय नाङ्गो हस्तक्षेत्र सहनुपर्ने हाम्रो नियति भएको छ । नेपालको भू–धरातलीय स्वरुप, भू–राजनीतिक अवस्था, आन्तरिक कमजोरी र व्यापारीक निर्भरतताले गर्दा भारतलाई अनुकूल हुने नियम कानून बनाउनु पर्ने बाध्यताले नेपालले आत्मनिर्भर वन्ने साधन स्रोतको परिचानल गरी उत्पादन बढाउने तर्फ ध्यान पु¥याउन सकेको छैन ।
ट। नेपालले अत्याधिक महङ्गा सवारी साधन, सुन लगायत एलपिजी ग्या“स, पेट्रोलियम पदार्थका आयातले वैदेशिक व्यापार घाटा चुलिदै गएको छ । महँगा विलासी बस्तुप्रतिको मोह त्याग गर्न इन्धनको वैकल्पिक व्यवस्था गर्न नसक्नु लगायत कारणहरुले गर्दा आयत व्यापार झनै फैलिदै गएको अवस्था छ ।
ठ। अन्तराष्ट्रिय बजारको प्रवृत्ति परिवर्तनशील छ । उपभोक्ताको चाहना, रुचि तथा माग आदिमा निरन्तर परिवर्तन भइरहेको हुन्छ । सञ्चार साधनको अत्याधिक विकास र प्रयोगमा आएका बृद्धिले परिवर्तनलाई तीव्रता ल्याएको छ । यस्तो अवस्थामा विश्वबजारको मागलाई मध्यनजर गर्र्दै उत्पादन संरचनालाई परिवर्तन गर्नुपर्ने वर्तमान अवस्थामा नेपालले त्यसतर्फ ध्यान पु¥याउन सकिरहेको छैन । जसले गर्दा विश्व बजारस“ग नेपाली वस्तुहरु प्रतिस्पर्धामा जान सक्ने अवस्था देखिदैन ।
ड। र्नियात योग्य बस्तुको उत्पादन गर्न र्नियातको आधार खडा गर्दै आन्तरिक प्रतिस्पर्धालाई पनि तीव्रता दिनुपर्ने समयको मागलाई बुझ्नु आवश्यक छ । यसका लागि स्वदेशी तथा विदेशी उद्यमीहरुलाई स्वतन्त्र रुपमा काम गर्न सक्ने वातावरण हुनुपर्दछ । ऊर्जा, पू“्जी बजार, कच्चा पदार्थ, दक्ष श्रमिक आदिको सहज आपूर्ति हुनुपर्दछ । लगानीको वातावरण र लगानीको सुरक्षाको व्यवहारमा प्रत्याभूति दिनुपर्दछ । तर नेपालको वर्तमान अवस्था त्यस्तो छैन । नियम कानूनको अन्यौलता, बन्द हड्ताल, अत्याधिक कर, निजी क्षेत्र विरोधी मानसिकताले चन्दा आतङ्क, बम बिष्फोट, लुटपाट जस्ता जोखिम उठाउनु पर्ने परिस्थितिले उद्योगी व्यवसायीहरु लामो समयसम्म जोखिम बोकी उद्यम व्यवसाय सञ्चालन गर्न सक्ने अवस्थामा छैनन् । यसले गर्दा आन्तरिक उत्पादनमा ह्रास आर्य निर्यात व्यापार बढाउने त कुरै भएन बरु आयात व्यापार बढिरहेको छ ।
नेपालको वैदेशिक व्यापार घाटा भयावह रुपमा चुलिदै गएको छ । वैदेशिक व्यपार अनुकूल बनाउन नेपालका लागि अनेकौं चुनौतीहरु व्याप्त छन् तर पनि नेपाल अनकौ सम्भावनाले भरिपूर्ण देश हो । निर्यात व्यापार बढाउने सक्ने साधन, स्रोत तथा सम्भाव्याता व्यापक छ । देशमा उपलब्ध साधन स्रोतको भरपुर परिचालन गरी नेपालका मौलिक वस्तुहरु उत्पादन गरी निर्यात बढाई आयात प्रतिस्थापन गर्न सकिने आधारहरु छन् । यसका लागि सहज वातावरणको निर्माण गरौ । मलेसिया चिनबाट फर्निचर ल्याउन बन्द गरेर नेपाली जङ्गलका कुहिएका लडेपडेका काठ उपयोग गरौ । ठूला ठूला उद्योग कलकारखानाको लागि लेनदेनको खेलो रोकौं । उद्योग कलकारखाना खोल्न लामो समयको लागि लिजमा जग्गा जमिनको व्यवस्था गरौ पूँजी बजारलाई धरासायी हुनवाट जोगाऔं खाली जनतास“ग कर असुल्ने नीति नियम र गृहकार्य बन्द गरौ । महँगा चिल्ला गाडी प्रतिको मोह त्याग गरांै । एक अर्कामा आरोप, प्रत्यारोप खिसिट्युरी बन्द गरौं । झूटा भाषण र आश्वासन दिएर देशको उत्पादन बढ्दैन यसका लागि सरकार तथा राजनीतिक नेतृत्वमा स्पष्ट सोंच र दृष्टिकोण आउनु पर्दछ । नेपाल साफ्टा, विमस्टेक तथा विश्व व्यापार संगठनको सदस्य बनिसकेको अवस्थामा विश्व बजारमा तीव्र प्रतिस्पर्धीमा खरो रुपमा उत्रन सक्नुपर्दछ । बजार प्रतिपर्धासँग डराउने मानसिकता त्याग्नु पर्दछ । यसका लागि अनेकौ चुनौतीहरु हुन्छन् । तर उत्पादनमा वैज्ञानिकता कुशलता ल्याई गुणस्तरीय वस्तुको उत्पादनमा दत्तचित्त भएर लाग्नुपर्दछ । सरकारबाट आवश्यकता अनुसार आर्थिक प्राविधिक सहयोग सहुलियत उपलब्ध गराई निजी क्षेत्रलाई प्रोत्साहन दिने नीति अवलम्बन गरी रोजगारमूलक उत्पादनतर्फ आकृष्ट हुनुपर्ने बाध्यात्मक अवस्था सिर्जना भइसकेको छ । वर्तमानको भयावह व्यापार घाटाकोे अवस्थाले गर्दा सुधारतर्फ अझै ढिला गर्नु घातक पनि हुन सक्दछ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार