नेपालको संघीय लोकतान्त्रिक संविधान–२०७२

गोर्खा राज्यले नेपाल निर्माण गरे पछि ब्रिटिश भारतले नेपाल उपर औपनिवेशिक आक्रमण ग¥यो । सन् १८१५–१६ ब्रिटिश र नेपाल बीच सुगौली सन्धि गरे । नेपालको दुई तिहाई भूभाग र जनसंख्या ब्रिटिश भारतमा समावेश गरे । व्रिटिश शासन गर्ने श्री ५ र श्री ५ आए । गोर्खा राइफल्स लाहुरे, वनजंगल गिटी ढुड्डा काठ र सम्पदाहरू व्रिटिस भारतको हुन गयो ।
श्री ३ राणा सरकार–जहानिया सामन्ती शासन फालेर संवैधानिक श्री ५ र बहुदलीय प्रजातन्त्रको लागि २००७ (सन् १९५९) कार्तिकमा नेपाली कांग्रेसले सशस्त्र संघर्ष उठायो । राणा श्री ३, श्री५ राजतन्त्र र नेपाली कांग्रेस बीच दिल्लीमा (नेहरू) सरकार प्रजातान्त्रिक सरकार गठन गरे । सम्झौता दिल्ली सम्झौता धोका हो भनेर होहल्ला गरे । अनि सम्झौता सँगै नेपालभारत मैत्री र शान्ति भन्ने अर्को सन्धि पनि भयो । अन्तरिम संविधान–२००७ नेपालका शुरु भयो राजा त्रिभुवनले संविधानसभाको निर्वाचन गर्ने घोषणा गरे । नेपालमा प्रजातन्त्रका युग शुरु भयो । २०१९ साल र २०४७ साल कार्तिकमा संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्रको ‘नेपालअधिराज्य’को संविधान लागू गरे । यो बहुदलीय प्रजातन्त्रको संविधान पनि श्री५ले जारी गरे । २०६३ माघ १ गते, कांग्रेस–एमाले, एमाओवादी समेतका आठ दलको सरकार पुनःस्थापित संसदले खडा ग¥यो । संघीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्ष राज्यको संविधान २०७२ आश्विन ३ गते नेपालको संविधानसभाको ९३ प्रतिशत जनप्रतिनिधि सभासद जारी गरे । तत्कालै प्रथम संशोधन भएको थियो । अब फेरि दोस्रो पटक संशोधन गर्न प्रचण्ड सरकार गठन भएको छ । नेपालस्थित भारतीय राजदूत र प्रचण्ड सरकार बीच संशोधन विधेयक बनेको छ । ढिलो चाँडो पास गर्ने छन् ।
भारतको मोदी सरकारको निर्देशनमा कांग्रेस मधेसी पार्टीहरू र नेकपा माओवादी केन्द्रले यो दोस्रो संसदीय विधेयक पारित गर्नेछन् २,३ बहुमत संसदले पारित गर्ने छन् । तर पनि यो नेपालको अधिराज्यको संविधान हैन नेपालको संविधान २०७२ हो । नेपालका जनताले निर्वाचित गरेको संविधानसभाले यो संविधाान ०७२ जारी गरेको हो । निर्वाचित जनप्रतिनिधिले ९३ प्रतिशतले जारी गरेका हुन् । स्वयं नेपालका राजनकीय सत्ता प्राप्त सार्वभौमसत्ता लिएका जनताले जारी गरेको यो संविधान हो ।
श्री ३ राणातन्त्र, श्री ५ राजतन्त्र, सामन्ती वा जहानीया सामन्ती राजतन्त्र अलबिदा गर्न बहुदलीय गणतन्त्र स्थापित गर्न नेपाल कांग्रेस र नेपाली कम्युनिष्ट लड्दै, संयुक्त आन्दोलन गर्दै आएको एक नीति संघीय गणतन्त्र, धर्मनिरपेक्ष नेपालको संविधान बनेको छ । राजतन्त्र, अधिराज्य, हिन्दूराष्ट्र नेपालबाट अलबिदा भएको छ । नेपाल राष्ट्रको अखण्डता, सार्वभौमसत्ता र स्वाधीनताको संविधान जनताले जारी गरेका छन् ।
१) राजतन्त्र अलबिदा
२) गणतन्त्राको स्थापना निर्वाचन
३) नेपालको अखण्डता सार्वभौमसत्ता यी ३ कुरा संयुत्तक्र जनआन्दोलन ०६३ समेतको जनताका बलिदानी संघर्षका मूल उपलब्धि हुन् ।
नेपालका माओवादीहरूले, नेकपा (माओवादीले नयाँ जनवादी क्रान्ति सर्वहारा अधिनायकत्वको लागि बलिदानी सशस्त्र जनसंघर्ष, जनयुद्ध खासमा माओवादी जनयुद्ध सञ्चालन गरेका थियो । जनयुद्धका खास जनसेनाले विरगति पाए अरू अवसरवादी संशोधनवादी प्रचण्ड नेतृत्व पंक्तिले गद्धारी गरे । केही विषाक्त भए । केही ब्यूँझ । क.अर्जुन सिंहले ज्यान शरीर बनाउन सकेनन् । क.किरणले पार्टी निर्माण गरेर वर्ग संघर्ष र क्रान्तिकारी कार्यदिशा निर्माण गर्ने प्रयत्न बढाएका छन् । आगामी फाल्गुण १ गते रोल्पामा महाधिवेशन गर्ने उद्घोष गरेका छन् ।
क्रान्तिकारी कार्यदिशा निर्माणका लागि उक्त अर्जुनसिंह, विप्लवले संविधानसभाको रेग्मी निर्वाचन वहिस्कार गरे । नयाँ जनवादी क्रान्तिका लागि बहिस्कार गरे । भारतीय हस्तक्षेप, सुगौली दिल्ली सन्धि शृङ्खला हस्तक्षेपको, पछिल्लो नाकाबन्दी आक्रमणको प्रतिरोध गर्दै आएका छन् । प्रतिरोध गर्ने, क्रान्ति गर्ने, नेपाली क्रान्तिको माओवादी कार्यदिशा बनाउन सक्नेले सम्राज्यवादी विस्तारवादी मूलतः सम्राज्यवादसँग लडने विजय गर्ने सामाथ्र्य राख्दछ । नेपालमा सिक्किमीकरणको गतिविधि पनि तीव्र पारेका छन्, शासक वर्ग गुट संसदीय दल दलालीको प्रतिस्पर्धामा नाड्डै बुड्डै भएका छन् । यसर्थ संघीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्ष राज्य र नेपालको अखण्डता, स्वाधीनता संकटमय हुँदै गएको छ । अध्याँरो सुरुड्डतिर अहिलेको सरकार घिसारिएको छ तर पनि खुसी छ । यो संविधान, नेपालकै संविधान ०७२ खतरामा छ । वारेसविहीन हुँदैछ । भूमण्डीय सम्राज्य कायम गरेको अमेरिकी सरकार प्रशासन बुर्जुवा युग हो । सबैको बुर्जुवा व्यवस्था हो जसको एक अङ्ग नेपा बनेको छ । नेपालको संविधान–२०७२ प्रतिक्रान्तिको धरापमा फसेको छ । अहिलेको युग, विश्वमा दुइटा प्रक्रिया स्थापित भएको छ । एउटा सम्राज्यवादी युद्ध हो भने अर्को माओवादी जनयुद्ध हो । दासका मालिक व्यवस्था सामन्ती व्यवस्था, बुर्जुवा व्यवस्था, साम्राज्यवादी युद्ध व्यवस्थाका बुद्धिजीवी वैज्ञानिक राजनीतिकर्मीहरूले सम्राज्यवादी व्यवस्था विचारधारा युद्ध चलाएका छन् जसको एक अङ्ग नेपालको संविधान–०७२ बनाएका छन् ।
अर्को हो सर्वहारा वर्गको माओवादी जनयुद्ध । सर्वहारा वर्गका बुद्धिजीवी, राजनीतिज्ञ, राजनीतिक कर्मी र माओवादी पार्टीले माओवादी जनयुद्ध खडा गरेका छन् । माओवादी पार्टी , माओवादी युद्ध माओवादी सर्वहारा अन्तर्राष्ट्रियवादी केन्द्र माओवाद (रिमको माओ सेन्चुरी घोषणा)ले खडा गरेको छ । हो सम्राज्यवादी युद्ध (सिद्धान्त) र माओवादी जनयुद्ध बीच संघर्ष छ । अरू सब भ्रम हो झूठ हो, ठगी हो , राजनीतिक अज्ञानता हो , संशोधनवाद हो , आतङ्कवाद हो । मानव समाज, आजको मानव समाज, सम्राज्यवादी युद्ध र सर्वहारा जनयुद्धमा विभाजित छ । नेपाली बुद्धिजीवीहरू, राजनीतिज्ञहरू एकथरी दलाल र औपनिवेशिक प्रवृत्तिमा रमाएका छन् , शासनमा छन् संविधान–कानुन–प्रशासन चलाउँछन् भने अर्काथरी नेपाली बुद्धिजीवी–राजनीतिक कर्मी–राजनीतिज्ञहरू क्रान्तिकारी–माओवादी जनयुद्धको कार्यदिशा पकड्ने कोशिसमा छन् , नेपालमा नयाँ जनवादी संविधान खडा गर्ने–विजयी बन्ने प्रयत्नमा जीवन समर्पित गर्दै आएका छन् ।
आजको शासक–वर्ग–राजनीति–राज्यले गणतन्त्र र अखण्डता जोगाउन असमर्थ हुँदैछ । नेपालको संविधान दिल्ली रअ ले मुखमा हाल्दैछ । यसर्थ गणतन्त्र र अखण्डता कायम राख्न माओवादी कार्यदिशा, ‘माओवादी पार्टी र माओवादी अन्तर्राष्ट्रिय केन्द्र निर्माण गर’ ‘तर नेपालको अखण्डता र राष्ट्रियता एवं संघीय गणतन्त्र–धर्मनिरपेक्ष संविधानका धाराहरूको रक्षा गर ।’

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार