सनातन धर्म र संस्कृति

वैदिक सनातन धर्मका मूलतत्वहरू—अद्रोह, दया, दम (आत्मनियन्त्रण), ब्रह्मधर्म, सत्य, क्षमा, धृति, करुणा र आक्रोशरहितता आदि हुन् । त्यसैले ‘वसुधैव कुटुम्बकम’्को भावनाअनुसार सबैलाई आफन्त बराबर सम्झी सबैका मौलिक धर्म र संस्कृतिलाई मौलाउनेअबसर दिने विश्वमा एकमात्र हिन्दूराष्ट नेपालर वैदिक सनातन हिन्दूधर्म हो । वेदमा राजालाई नारायण भनिएको छ । राष्ट्र हुनको निम्ति धर्म, राष्ट्र, राष्टप्रमुख, राजनीति र जनता यी पाँचवटा अविभाज्य, अन्योन्याश्रित एवं अत्यावश्यक तत्वहरू हुन् । नेपालमा जस्तो धार्मिक र सांस्कृतिक सद्भाव संसारमा कहीं कतै छैन । त्यसैले विश्वको सांस्कृतिक फाँटमा नेपालको धर्म र संस्कृतिको आफ्नै गरिमामय स्थान रहेको छ ।
करुणा र मैत्री यी दुई शब्दको मर्मअनुसार विकसित भएको हाम्रो धर्म र संस्कृति हुनाले नै अरूको आस्थाप्रति मैत्रीभाव राखेर अघि बढ्नु वास्तवमा हाम्रो विशिष्ट पहिचानहो । यहाँएकसयेभन्दा बढि जातजातिका धर्म र संस्कृति छन् । यस्तो उदाहरण संसारका कुनै पनि देशमा पाउँन गाह्रो छ । यदिहिजको अवस्थामा नेपालमा पनि परधर्मीहरूले शासन गर्ने अवसर पाएको भएदेखि अरू मुलुकमा जस्तै सांप्रदायिक दङ्गा वा जातिगत युद्ध भएर साना जाति वा समूहको धर्म, संस्कृति रमौलिकतासँगै जातिगत पहिचान पनि समाप्त भएर जाने थियो होला ?
यस लोकमा जीवनदर्शन बुझेर ज्ञान प्राप्त गर्न सकिने सबभन्दा प्राचीन ग्रन्थ वेद हो । अतः वैदिक सनातन धर्मका प्रबर्तकमनीषिहरूले भोगवादी प्रवृत्तिबाट विलकुल पृथक रहेर मानवमात्रको कल्याणको लागि जीवनलाई ज्ञानमय बनाउने सन्देश, पृथ्वीको यहीहिमाली भुखण्डबाट संसारभर प्रसारित गरेका थिए । वेदलाई संसारले विश्वकै पहिलो ग्रन्थ मानेको छ भनेसभ्यताको पहिलो शुरूआत भएको इतिहास पनि यहींभूखण्डमा छ ।हिन्दूधर्म र संस्कृति लाखौँ वर्ष पुरानो हो र मानव सभ्यता जत्तिकै प्राचीनपनि हो भन्ने कुरा पुराण र इतिहासले स्पष्ट पारेको छ । त्यसैले यस संसारमा प्रचलित सबै धर्महरू यसैबाट निसृत भएर विकसित भएका हुन् अर्थात् यसैका सन्तति हुन् ।
वेद नै हाम्रो धर्म र संस्कतिको मेरुदण्ड हो र विश्वका सबै धर्म—संस्कृतिको उत्थान पनि वेदबाट नै भएकोले वेदलाई‘वेदोऽखिलो धर्ममूलः’अर्थात् वेद नै विश्वमा प्रचलित सबै धर्महरूको मूल हो भनिएको छ । त्यसैले वेदलाई अनादि, अनन्त, सनातन र अपौरुषेय भनेको हो ।यो वेदशास्त्र तविज्ञान सम्बन्धी चिन्तनमा लागेका वैज्ञानिक न्यूटनलेस्याउको वोटबाट स्याउ खसेको देखेर पृथ्वीमा गुरुत्वाकर्षण शक्ति भएको र भात पकाउँदा चलायमान ढक्कनको आधारमा मार्कोनीले भापको इञ्जीनसँगै वायरलेस टेलिग्राफी पत्ता लगाए जस्तै हाम्रा महान् चिन्तनशील मनीषिहरूलाई वेलामौकामा ब्रह्माण्डको कुनै न कुनै सत्य आलोक हुँदाका बखतको सँगालो हो ।
यही वेद विहित विधियुक्त क्रियालाईधर्म भनिन्छ, अथवा वेदबाट निर्देशित धारण गर्न योग्य विधि वा क्रिया नै धर्म हो र त्यही कुरा जनजीवनमा भिजेर संस्कृतिको रूपमा चल्दछ । अथवा धर्मसँगैजोडिएर आउने र सबैलाई आकर्षण गर्ने विधि वा क्रियालाई संस्कृति भनिन्छ । धर्म र संस्कृतिको पालना गर्नाले आफ्नो मौलिकताको रक्षासँगै मानवजन्य इच्छाहरू परिपूर्ण हुँने र सांसारिक दुःखबाट पनि मुक्ति मिल्ने आशा रविश्वासले नै संसारका सबै धर्म र संस्कृतिका मानिसलेपरम्परादेखि चल्दै आएको कुलाचार एवं वंशानुगत धर्म र संस्कृतिलाई जीवन्त राख्न जुनसुकै कदम उठाउन पनि तयार हुन्छन् ।
संसारमा लाखौँ लाख जीव—जन्तुहरू छन् । यिनीहरू सबैका आआफना धर्म रसंस्कृति छन् भने यिनै धर्म र संस्कृतिसँग सम्बन्धित नियम, आचरण र परम्पराहरूपनि छन्। अरू प्राणीहरू आफ्नै धर्म र आचरणको पालन गर्दे आएकोले प्रकृतिमा कुनै प्रकारको विकृति ल्याएका छैनन् । तर मानिसले आफू यस सृष्टिको सबभन्दाश्रेष्ठ, शक्तिशाली र बुद्धिजीवी प्राणी भए तापनि प्रकृतिजन्य सबै वस्तुको अनुचित ढंगले दोहन गर्ने र धर्मकोनाममा धर्मयुद्धसमेतगरेर आफूसहित सम्पूर्ण प्राणाीलाई बाँच्न धौधौ गराएको छ । यतिमात्र होइन संसारमा रहेका थुप्रै प्राणी र वनस्पतिहरू पनि आज मानिसकै कारण लोप भैसकेका छन् । अर्थात् मानिसले नैपृथ्वीको संरचनागत वातावरणलाई विगारेर प्राकृतिक जीवनचर्या नै खल्वल्याउने काम गरेको छ ।
हिमालय भुखण्डबाट उत्पत्ति भएको वैदिक सनातनधर्मले एउटा फुलबारीमा एउटै जातको फूल जति सुन्दर भए पनि हाम्रो अन्तर हृदयलाई आनन्द दिन सक्दैन भन्ने सर्वमान्य सिद्धान्तअनुसार नेपालरूपी फुलबारीमा भएका सबै जात जातिका धर्म र संस्कृतिलाई मौलाउन दिएको छ । अतः यहाँ सबै धर्मका संस्कार र सांस्कृतिक परम्पराहरूले रमाउन पाएका हुन् । त्यसै कारणले नेपाललाई चारजात छत्तिस वर्णको फूलबारी भनिएको हो।
वेद विहति हाम्रो सनातन धर्ममहासागरजस्तै हो ।यस धर्ममा जीवनोपयोगी अथाह ज्ञान भण्डार भएकोले यसलाई महासागर भनिएकोहो । महासागरका गर्भमा अथाह सम्पत्तिको भण्डार रहेको छ र यसैबाट मानिसले आफ्ना धेरै आवश्यकता र चाहनाहरू पुरा गरिरहेको छ । अन्य धर्महरू,त्यही महासागरबाट बाष्पीकरण भईआकाशमाउड्दै गएर वादल बनी वर्षने र खोला र नदीनालाको रूपमा गडगडाउँदै, विनाशकारी ताण्डव नृत्य गरीथुप्रै प्राणीहरूको जीवनलीला नै समाप्त पार्दै आफ्नो क्रूरता पदर्शन गरेर फेरि त्यही महासागरमै गएर मिल्ने जलप्रवाह जस्तै हुन् । किनकि विश्वमा वेदजनित ज्ञानभन्दा बाहिर अरू कुनै ज्ञान छैन ।
अथवा वैदिक सनातनधर्म संसारलाई प्रकाश दिने सूर्य जस्तै हो भने अरू धर्महरू बत्ती जस्तै हुन् । किनकि अरू धर्महरू सबैका करीब तीन हजार वर्ष यताका तिथिमिति सहितका इतिहास छन् । त्यो भन्दा पहिले संसारमा अनादि कालदेखि चल्दै आएको एउटै सनातनधर्म मात्र थियो । प्राचीन इतिहास पढ्दै जाँदा यसलाई छर्लङ्ख बुझ्न सकिन्छ । बत्तीपनि सूर्यकै सन्तति हुनाले यसलाई वालेर जति तलतिर फर्काए पनि त्यसको ज्वाला माथितिरै अथवा सूर्यतिरै फर्कन्छ । यसको रूप आगो भएकोले हामीलाई पोल्नसक्छ तरतेल सकियो भनेदेखि निभेर प्रकाशसहितसूर्यमै विलीन हुन्छ ।त्यसैले वेदभन्दा पर अन्य कुनै पनि धर्मको अलगअस्तित्व छैन ।
हाम्रो देशमा प्रचलित सबै धर्म र संस्कृतिमा अन्योन्याश्रित सम्बन्ध र समभाव रहेको छ । उदाहरणको लागि मुक्तिनाथ मन्दिरमा हिन्दू र बौद्ध पुजारी सँगै बस्छन् भने लुम्बिनी लगायतका नेपालका विभिन्न देवी देवताको मठ मन्दिरमा भिन्न भिन्न जातका पुजारीहरूले पूजागर्छन् । तर ती सबै मन्दिरमा दर्शन र पूजा गर्न भने सबै जात जतिका मानिसहरू जाने प्रचलन छ । यो हाम्रो उदाहरणीय धार्मिक सहिष्णुता हो । अन्य देश र जातजातिका मन्दिरहरूमा येस्तो उदाहरणदेख्न पाइँदैन ।
हाम्रो हिन्दूधर्म र संस्कृतिका धार्मिक कार्य र पर्वहरूमा सदा सर्वदा मुखरित भइरहेका सबै धार्मिक कर्म गर्दा गरिने पूजाविधिलाई धर्म भनिएको छ भने ती धार्मिक कार्यमा गरिने नाच, गान, बजान र खेल आदि सबै कुराहरू संस्कृति हुन् । जस्तै तीजमा गरिने सप्तर्षि पूजा र शिवको उपाशनालाई धर्मको रूपमा लिइन्छ भने माइतिमा दिदी बहिनीहरू जम्मा भएर नयाँ गहना र कपडा लगाउनु, दर खानु र समसामयिक तीजगीतहरू रचना गरी गाउने र नाच्ने गरेर मनोरञ्जन गर्नु संस्कृति हो । यसैगरी नेपालमा मनाइने सबै चाड—पर्वहरूमा धर्म र संस्कृतिका अनेक रूपहरूले हाम्रो पहिचान बोकेका छन् । अतः आफ्नो पहिचान जोगाउनको लागि तिनको संरक्षण गर्नु हाम्रो दायित्व हो । भनिएको पनि छ ‘धर्मो रक्षति रक्षितः’ अर्थात् धर्मको रक्षा गर्नसकेमात्र धर्मलेहामीलाई रक्षा गर्छ । हाम्रा सनातन हिन्दूधर्म र संस्कृतिका निधि भनेका व्यासद्वारा लिखित, संरक्षित र संवर्धित पुराण र उपपुराणहरू हुन् । यिनैको भावना र मर्मअनुसार विकसित भएको धर्म र संस्कृतिको जगेर्ना गर्नु हाम्रो परम कर्तव्य हो ।
अन्तमा विशाल हिमालयका काखमा रहेको भूपरिधि र विराट समयावधिको अन्तरालमा विकसित भएको यो हिन्दूसभ्यतामा अहिले पुनर्जागरणको निकै आवश्यकता छ । किनकि हामी जानी नजानी पाश्चात्य संस्कृतिको भाषमा नराम्रोसँग फसिरहेका छौँ । वास्तवमायर्थाथ बुझ्न सकेमावेदजनित हिन्दूदर्शन र जीवनपद्धति नैविकल्प रहित मङ्गलकारी पवित्र शिवबाटो हो । अस्तु

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार