प्रदेश नम्बर ५ मा संस्कृति, प्रकृति र पर्यटन

विश्वका विकसित एवं सम्पन्न मुलुकहरूबाट विकासोन्मूख मुलुकतिर मौद्रिक प्रवाह ल्याउने धूवाँरहित पर्यटन उद्योग आज सांस्कृतिक एवं प्राकृतिक सम्पदायुक्त राष्ट्रहरूको चर्चित एवं बहुआयामिक स्रोतको रूपमा स्थापित भएको छ । राष्ट्रहरूले वैदेशिक मुद्रा आर्जनमात्र नगरी यसको पूर्वाधारको निम्ति तयार गरिएका साधन र स्रोतले समाजको आर्थिक, शैक्षिक, सामाजिक, भौतिक, सांस्कृतिक आदि स्तर नै समुन्नत एवं परिर्माजित हुन पुग्दछ । जुन क्षेत्र र गाउँको प्राकृतिक र सांस्कृतिक सम्पदामा अतिथि रमाउँछन, त्यहाँका बासिन्दाहरूले होटेल, पथप्रदर्शक, नृत्य, गायन, घरेलु उत्पादनका सामग्री विक्री वितरण जस्ता सरल र सहज माध्यमद्वारा पैसा कमाउँछन् । क्षेत्रीय विकासको निम्ति यसको जे जति महत्व छ, त्यति नै रोजगारका अवसरहरू सिर्जना गर्नमा अह्म भूमिका रहेको हुन्छ । यस उद्योगमा दक्ष, अर्धदक्ष एवं अदक्ष जनशक्तिको खपत हुने गर्दछ । यस क्रममा गौतम बुद्धको जन्मस्थल रहेको लुम्बिनी प्रदेश (वर्तमान सन्दर्भमा ५ नं. प्रदेश) पर्यटन उद्योगको निम्ति अत्यन्त उर्बरा भूमि हो । लुम्बिनी, कपिलवस्तु, देवदह, रुरु, रिडी, रेसुङ्गा, पणेना, अर्घा, खाँची, गौमुखी, जलजला, स्वर्गद्वारी, भित्रिकोट, थवाङ, लिवाङ, थुनी, रुकुमकोट, मुसीकोट, रतननाथ, बर्दिया ठाकुरनाथ, मुक्तिनाथ, ढोरपाटन, चितवन, पोखरा आदि स्थानको सञ्जाल तयार गरी पर्यटकीय प्याकेज तयार गर्न सकिन्छ । यसले यस प्रदेशलाई आत्मनिर्भर बन्न सहयोग पु¥याउने प्रबल सम्भावना रहेको छ ।
विश्वको दोस्रो मानव समूह र एसियाको पहिलो प्राचीन मानव रामापिथेकसको अस्तित्व फेला परेको बुटवल, देवगणको संगमस्थल भनिने देवघाट, जोसमनी सम्प्रदाय केन्द्र रेसुङ्गा आदि स्थानहरू यहाँ रहेकाछन् । रुरु, श्रृंगा, रेसुङा, देवघाट, त्रिवेणी, बुद्घको क्रिडास्थल कपिलवस्तु, मावली देवदह–रामग्राम, राम्दीघाट, रम्भापानी, माण्डव्य तपोभूमि, दाङको अर्जुनखोला आदि पुरातात्विक एवं सांस्कृतिक स्थलहरू रहेका छन् । पवित्र यो भूमि प्रकृतिका महत्वपूर्ण उपजहरूले पनि भरिपूर्ण छ । पवित्र नदी तिलोत्तमा, रोहिणी, नारायणी, तेलार, वाणगड्डा† नवलपुरका नन्दन ताल, नन्दभाउजू ताल, महलपोखरी, ठूलोपोखरी, हरपुर देवीस्थान पोखरी† रूपन्देहीका गैडहवा ताल, गजेडी दानापुर ताल, चिल्हिया नन्दभाउजू ताल, पाल्पाको सत्यवती ताल, पर्वासको कमलपोखरी, खाँची ठाडाको कमलपोखरी आदि, दाङको बाह्रकुने दह प्राकृतिक दृष्टिले आकर्षक सम्पदाको रूपमा रहेका छन् । विभिन्न कृषि बालीको नमुना क्षेत्रको रूपमा समेत यो प्रदेश विद्यमान रहेको छ । धार्मिक सहिष्णुता र उदारताको अनुपम संगमस्थल रहेको लुम्बिनी क्षेत्र नेपालको लागि मात्र महत्वपूर्ण नभई विश्वमानवको दृष्टिमा पनि विशेष पवित्र थलोको रूपमा छ ।
पर्यटकीय विकासको लागि यातायात, आवास, सञ्चार, सूचना, मनोरम पर्यटकीय स्थलहरू, स्थानीय संस्कृतिको नमुना प्रदर्शन, सीप, शिष्टता र सौन्दर्यताको खाँचो पर्दछ । यस परिवेशमा यस क्षेत्रमा स्थानीय साधन र स्रोत परिचालन गरी पर्यटन उद्योग मार्फत क्षेत्रीय विकास सन्तुलन गर्न सकिने प्रबल पूर्वाधारहरू रहेकोले परिवर्तित सन्दर्भमा पाँच नं. प्रदेशको सेरोफेरोमा रहेका पर्यटकीय उत्पादनमूलक सम्पदामा सीमित भई यो रचना तयार गरिएको छ । यस प्रदेशमा बुद्धसँग सरोकार राख्ने विभिन्न सम्पदाहरू रहेकोले मूलतः लुम्बिनी, कपिलवस्तु, देवदह, रामग्राम आदि क्षेत्रका सम्पदाहरूलाई केन्द्रबिन्दूमा राखी पर्यटकीय सञ्जाल तयार गर्नसकेमा बढी फलदायी हुने देखिन्छ । बौद्ध परिपथको अतिरिक्त हिन्दु तथा मुस्लिम परिपथको पनि विकास गरी तीर्थयात्रीय पर्यटन उद्योग संचालनको प्रचूर सम्भावना छ ।
लुम्बिनी गौतम बुद्धको जन्मस्थल हो । यहाँको विहार क्षेत्रलाई दुई भागमा विभाजन गरिएको छ । केन्द्रीय नहरको पूर्वपट्टि थेरवादी र पश्चिमपट्टि महायानीहरूको लागि पलटहरू छुट्टाइएका छन् । पूर्वपट्टि नेपाल, भारत, श्रीलङ्का, म्यान्मार, कम्बोडिया, क्यानडा र थाइल्याण्डले आ–आÇनो राष्ट्रिय पहिचानमा विहार तथा अतिथिगृह निर्माण गरेका छन् । पश्चिमपट्टि नेपाल, कोरिया, चीन, जापान, फ्रान्स, भुटान, जर्मन, भेतनाम, क्यानडा आदि मुलुकका सरकार तथा संस्थाहरूले पनि आ–आÇनो अस्तित्व पुष्टि गर्ने विहार एवं स्तूपहरू तयार गरेका छन् । केन्द्रीय नहरको दक्षिण र दक्षिण–पूर्व कुनामा क्रमशः विश्वशान्ति दीप र शान्ति घण्ट अवस्थित छन् । सर्कुलर लेभीको बीचमा अवस्थित पुराताŒिवक बगैंचामा अशोकस्तम्भ, मायादेवीको मन्दिर, पुष्करिणी तलाउ, स्तूप र विहारका स्मारकहरू छन् । यसरी बुद्धको जन्मस्थल लुम्बिनी विश्व मानवको साझा सम्पति भएकोले यसलाई १९९७ मा विश्वसम्पदा सूचीमा सूचीकृत गरिएको छ । यो त भयो लुम्बिनीको झलकमात्र ।
प्राचीन कपिलवस्तु राज्यको राजधानी तिलौराकोट कला एवं ऐतिहासिक दृष्टिले महत्वपूर्ण स्थान हो । यहाँ वाणगंगा नदीको पूर्वपट्टि १,७००  १,३०० फीट क्षेत्रको तिलौराकोट दरबार क्षेत्र, चारैतिर खाई, पर्खाल, प्रवेशद्वार र आसपासमा बौद्ध स्तूप, विहारखण्ड आदि रहेका छन् । तौलिहवा बजारदेखि करिब ८ कि.मी.उत्तर–पूर्व तथा निग्लिसागरदेखि १.५ कि.मी.पूर्वमा अवस्थित अरौराकोट प्राचीन खण्डहर हो । यसलाई कनकमुनि बुद्धको नगरपनि भनिन्छ । तौलिहवा बजारदेखि दक्षिण–पश्चिममा रहेको गोटिहवामा मानुषी क्रकुच्छन्द बुद्ध जन्मिएका थिए । यहाँ भू–सतहमा पुरिएको अशोक स्तम्भ कार्लाइलले ई.सं. १९०४ मा उत्खनन गरी बढी स्पष्ट गराए । यसलाई अझ भिक्षु धर्मलोकले ई.सं. १९५४ मा उत्खनन गरी स्पष्ट भागहरू प्रकाशमा ल्याए । कालान्तरमा यसको शिरोभाग फुटेको हुनाले स्थानीय बासिन्दाहरूले यसलाई फुटेश्वर महादेवको नामले पूजा आराधना गर्दछन् । सिद्धार्थले बुद्धत्व प्राप्त गरेपछि प्रथम पटक कपिलवस्तु आएको शुद्धोधनसँग भेट भएको, राहुल भिक्षु संघमा प्रवेश गरेको, प्रजापति गौतमीले कषाय बस्त्र दिएको आदि घटनासँग सम्बद्ध न्यग्रोधाराम छ । सिसहनीयाकोट, रोहिणी नदीको किनारमा अवस्थित कुमारवर्ती माई गौतम बुद्घकी माता र सानीमा मायादेवी र प्रजापतिको नामबाट अपभ्रंश हुँदैं कालान्तरमा मदरानी र पेडरानी हुन गएको भनिने स्थान, देवदह, बर्दगोरिया आदिलाई खुल्ला संग्रहालयको रूपमा विकास गरी सांस्कृतिक, पहाडी, पर्यावरणीय एवं प्राकृतिक पर्यटनसमेत विकास गर्न सकिने छ । यहाँदेखि पहाडतिर ट्रयाकिङको व्यवस्था गर्न सकेमा अझ प्रभावकारी गराउन सकिने छ । छिपागढको पश्चिमपट्टि, पण्डितपुरको पश्चिम खोलाको दायाँ किनारमा बढगाउँमा करिब ४ मिटर अग्लो, पूर्व–पश्चिम २५० मिटर र उत्तर–दक्षिण २०० मिटरको क्षेत्रमा अवस्थित आयताकारको ढिस्कोमा माटाका घोडा, हस्ती, कुकुर, साँढे आदिका मूर्तिहरू र टुटे फुटेका माटाका भाडावर्तनका टुक्राहरू छरिएर रहेका छन् । यसको पश्चिमपट्टि ढिस्कोमा समयमाईको थान स्थापना गरी स्थानीय बासिन्दाहरूले पूजाआजा सञ्चालन गर्दै आएका छन् । यी क्षेत्रहरूलाई सञ्जालमा जोडी बौद्ध परिपथ सञ्चालन गर्न सकिन्छ । दाङदेउखुरी क्षेत्र चुरेभावर प्रदेशमा पर्ने भएकोले यहाँ ढुङ्गेयुगमा मानवका प्रारम्भिक समूहहरू बसोबास गर्दथे । दाङको हापुर, टरिगाउँ, बिजौरी, पातुखोला, कटुकिसेवार, देउखुरीको लमही तथा अर्जुखोलाको आसपासमा पाषाणकालीन पुरावशेषहरू फेला पारिएका छन् । यहाँ पुरापाषाण, मध्यपाषाण तथा नवपाषाणकालीन संस्कृतिको विकास भएको थियो । गोरखनाथका शिष्य रतननाथले स्थापना गरेको पीठ भएकोले यसको नामकरण रत्ननाथ सिद्धपीठ रहन गयो । यी बाहेक अन्य सांस्कृतिक, ऐतिहासिक, पुरातात्विक, प्राकृतिक आदि सम्पदाहरूपनि यस प्रदेशमा रहेका छन् ।
प्रकृतिको रमणीय थालोको रूपमा रहेको तानसेनको प्राकृतिक दृश्य, भगवती, अमरनारायण, अमर महादेव, अमर भैरव र अमर गणेशका मन्दिरहरू पनि सांस्कृतिक दृष्टिले महŒवपूर्ण छन् । पाल्पा जिल्लाको महाभारत पर्वत शृङ्खलाको कौडेलेकको थुम्कोमा अवस्थित सत्यवतीताल प्राकृतिक एवं सांस्कृतिक दृष्टिले महŒवपूर्ण स्थान हो । कालीगण्डकी र रिडी खोलाको सङ्गम तथा स्याङ्गजा, गुल्मी र पाल्पा जिल्लाको त्रिकोणात्मक मिलन क्षेत्रमा अवस्थित रिडी ऐतिहासिक, पुराताŒिवक, सांस्कृतिक एवं प्राकृतिक दृष्टिले विशेष आकर्षक स्थल हो । गण्डकीतटमा अवस्थित विभिन्न घाटहरूमा जस्तै यहाँ पनि विभिन्न पर्वोत्सव एवं घटना विशेषमा टाढाटाढाबाट श्रद्धालुजनहरू स्नान गर्न एवं धार्मिक अनुष्ठानहरू समेत सम्पन्न गर्न आउने गर्दछन् । शालीग्राम पाइने स्थान भएकोले वैष्णव तीर्थस्थलको रूपमा परिचित छ ।
नेपालको अमूल्य सांस्कृतिक एवं प्राकृतिक सम्पदाले परिपूर्ण रेसुङ्गा मानव सृष्टिसँग संबद्ध, भृगु ऋषिको तपोभूमि, रूरुको शिरोभाग, पुलस्य पुलह ऋषिको तपोभूमि, महर्षि, राजर्षि, देवर्षि एवं ब्रह्मर्षिको वासस्थानयुक्त सुनौलो थलो हो । स्वदेशी उपज, मूर्तिपूजा, कर्मकाण्ड र जातपातको विरोधी जोसमनी सम्प्रदायको मूलथलो नै रेसुङ्गा हो । गण्डकी प्रदेशमा विस्तारित चौबीसी राज्यहरूमा गुल्मी राज्यको चारपाला राजधानी थियो । यहाँ पन्ध्रौं शताब्दीदेखि वीर शाहले राज्य स्थापना गरी उनका तेह्र पुस्ताले राज्य गरे पछि वि.सं. १८४३ जेष्ठ महिनामा गोरखाले एकीकरण गरेको थियो । अर्घा अग्लो पहाडको थुम्कोमा अवस्थित प्राकृतिक, साँस्कृतिक, ऐतिहासिक तथा पुराताŒिवक महŒव बोकेको रमणीय थलो हो । यहाँ विभिन्न जातजातिका मानिसहरू बसोबास गर्र्दै आएका छन् । अर्घा राज्यस्थलमा अवस्थित महाकाली देवीको मन्दिर ऐतिहासिक तथा सांस्कृतिक दृष्टिले महŒवपूर्ण छ । अर्घा क्षेत्रको ऐतिहासिक, पुराताŒिवक तथा सांस्कृतिक महŒव र महिमा बोकेको प्रकृतिको रमणीय काखमा अवस्थित यस दरवारको संरक्षण गरी पर्यटकलाई आकर्षित गरी ग्रामीण, पहाडी, साहसिक तथा प्रकृति पर्यटन विकास गर्न सकिने प्रबल सम्भावना रहिआएको छ ।
खाँचीकोट दरवार पुराना हातहतियारहरू संरक्षण गरी शक्ति पीठमा राखी वर्षे र हिउँदे दसैंमा पूजाआजा गर्ने प्रचलन सुरक्षित छ । ढाल, तरवार, खुँडा र बन्दुक समेत रहेकोले यहाँको सामरिक अस्तित्व स्मरण गराउँछन् । अर्घाखाँची जिल्ला छत्रगञ्जमा अवस्थित छत्र देवतालाई उल्क महाराज बर्बरे वा छत्र महाराज नामले चिनिन्छ । प्रारम्भमा उल्क भनिने छत्र महाराज कालान्तरमा माझकोट, रूपाकोट र गुल्मीको अन्य क्षेत्रमा समेत लोकप्रिय हुन पुगे । अर्घाखाँची जिल्लाकै पाणिनिमा अवस्थित पणेना डाँडोलाई पाणिनीय तपोभूमि भनिन्छ । ध्वनी सामीप्यताको आधारमा मात्र यसलाई ईशाको दोस्रो–तेस्रो शताब्दीसम्म पु¥याउन नखोजी विभिन्न साहित्यिक स्रोत र जनश्रुतिहरू पनि यस क्रममा विशेष महŒवपूर्ण एवं मननयोग्य छन् । प्रसिद्ध वैयाकरणी महर्षि पाणिनिले अष्टाध्यायी, धातुपाठ, गणपाठ, उर्णादिसूत्र, निर्णनुशासन शिक्षा दिव्यकोष, आजम्वती विजय जस्ता रचनाहरू तयार गरी हिन्दू जगतमा लोकप्रिय छन् । उनको तपोभूमिबारे विभिन्न भनाइहरू प्रचलनमा छन् । हिमालय खण्ड, केदार खण्डको पर्वत रूरु क्ष्ोत्र एवं पणेना क्षेत्र आदि उनका तपोभूमि हुन् भन्ने सन्दर्भहरू उपलब्ध छन् । बल्कोट अर्घाखाँचीमा रहेका विभिन्न रमणीय प्राकृतिक तथा सांस्कृतिक स्थलहरू मध्ये एक पवित्र थलो हो । यसको फेदीमा ऐतिहासिक मथुराबेसी फाँट छ । विभिन्न जातजातिको बसोबास रहेको यस स्थानमा विविधतामा एकता रमाएको छ । आÇनो गौरव कमाएको छ । भनिन्छ, मध्यकालीन पर्वतका राजा कीर्तिबम मल्ल राज्य विस्तार गर्दा पश्चिमपट्टि लाग्दा बल्कोटको उत्तर–पूर्वको केरूङा र पाल्पाका राजाहरू यसको दक्षिण–पश्चिम थुम्कोमा किल्ला कायम गरी युद्ध सञ्चालन गर्दा बल अर्थात् शक्तिको आधारमा विजय गरेको हुँदा बलकोट भन्दै जाँदा कालान्तरमा अपभ्रश भई बल्कोट नामकरण गरियो । अद्यापि पाल्पाका सेनामेना बसेको ठाउँलाई पाल्पाथुम भनिन्छ ।

प्राकृतिक तथा सांस्कृतिक सम्पदाले सम्पन्न गौंमुखी प्यूठान जिल्लाको उत्तर–पूर्व गौमुखी गाउँपालिका, गुल्मी तथा बाग्लुङ जिल्लाको उत्तर–पश्चिम क्षेत्रमा अवस्थित छ । झिम्रुक (धर्मावती) नदीको उद्गमस्थल यस स्थानमा रहेको गुफाको कुनामा गाईको मुख जस्तो आकारबाट छङछङ गरी पानी निक्लेको हुँदा यसलाई गौमुखी भनिन्छ ।
प्यूठान क्षेत्रमा विभिन्न पुरास्थलहरू जस्तै– भित्रिकोट, ओखरकोट, सारिकोट, तुषाराकोट, भूमेथान, झाँक्रीथान, खैराकोट, सिद्धसंसारनाथ, कालिका, जाल्पा, खड्गदेव, रानीपौवा, सिद्धफलाहारिनाथ , स्वर्गद्वारी आदि महŒवपूर्ण सांस्कृतिक तथा पर्यटकीय स्थलहरू अवस्थित छन् । स्वर्गद्वारी सांस्कृतिक तथा प्राकृतिक दृष्टिले रमणीय थलो बनेको छ । यहाँ वैशाख पूर्णिमा, गुरूपूर्णिमा, आश्विनशुक्ल सप्तमी, आश्विनशुक्ल दशमी, कार्तिक औंसी, मार्गशुक्ल चौथी आदि तिथिहरूमा विभिन्न धार्मिक चाड र पर्व मनाउने गरिन्छ । वैशाख पूर्णिमाको दिनमा यज्ञमा पूजापाठ गर्ने ब्राह्मणहरूलाई नियुक्ति र छुट्टी दिने परम्परा रहिआएको छ । प्राकृतिक एवं सांस्कृतिक दृष्टिले मनोरम पहाडको चुचुरोमा अवस्थित स्वर्गद्वारी पर्यटकीय दृष्टिले विशेष उल्लेखनीय छ । माछापुच्छे« तथा धौलागिरिको मनोेरम दृश्य अवलोकन गर्न सकिने यस थलोमा पुग्न दाड्ड – होलेरी – खाल – धरमपानी मोटर बाटो हँुदै जान सकिन्छ । त्यसैगरी भालुवाङ – प्यूठान – रोल्पा सडकको भिंगृबाट स्वर्गद्वारीको चुचुरोमा पुगिन्छ ।
प्यूठानको दक्षिण–पश्चिममा पर्ने ऐरावती तथा यसको अलावा प्यूठानमा भाइटीकाको भोलिपल्ट तृतीयादेखि पञ्चमी तिथिसम्म ३ दिन डल्ले सरायँ (विजुवारनेर), क्वाडी सरायँ (चितिखोला) र दाखाक्वाडी हिक्मतेश्वर बगैंचाको मेला पनि प्रख्यात छन् । यिनमा लट्टीखेल र तारवारखेल आदि हुन्छन् । विजुली कोटको जात्रा, सारीवाङको मसानपाटीमा हुने कार्तिके जात्रा र मरन्ठाना ठूलासिमको मेला आदि अवसर पनि उल्लेखनीय मेला हुन् । खलंगामा घण्टाकर्णदेखि ऋषितर्पणी पूर्णीमासम्म हुने लाखेनाच, गाईजात्रा, पल्टन जाजा, गणेशजात्रा, कृष्णजात्रा र खरजात्रा (माघे पूर्णीमाको दिन) लाग्दछ । यी जात्राहरू सदरमुकाममा मनाउने हँुदा प्यूठानका अतिरिक्त छिमेकी जिल्लाका बासिन्दाहरू पनि अवलोकन गर्न आउने परम्परा छ। नाँचमा पुरूसुङ्गे नाँच, मारूनी नाँच, माडीखोले नाँच र अन्य लोकनृत्य निकै रमाइला छन् । यसरी विभिन्न जातजातिबाट बसोवास भएको प्यूठान जिल्ला लोक संस्कृतिको अपार भण्डार रहेकोछ ।
रोल्पामा अवस्थित विभिन्न सम्पदाहरू मध्ये गजुलकोट, खुङ्ग्रीकोट, खुंग्री त्रिपुरेश्वरी, घोडागाउँ खड्गस्थान, जलजला, तालावाङ कैलावराह, नौलादेवी पाटेश्वर, लिवाङ तथा गैरागाँउ कालिका आदि स्थानहरू विशेष महŒवपूर्ण छन् । यी विभिन्न स्थानहरूमा रहेका स्मारक तथा कलावस्तुहरू धार्मिक आस्थाको आधारमा सुरक्षा तथा संरक्षण हुँदै आएका छन् । प्रत्येक स्मारक तथा कलावस्तुले समसामयिक मानव सभ्यता र संस्कृतिको प्रतिनिधित्व गर्ने भएकोले पुरास्थलहरूको जगेर्नाबाट मानव इतिहासले निरन्तरता प्राप्त गर्न सक्दछ । यी विभिन्न स्थानहरू मध्ये गजुलकोटको विशेष महŒव रहिआएको छ । यस क्षेत्रमा मुसिकोट, रूकुमकोट, सिद्धथान, पाञ्चायन देवता, चन्दननाथ, बराहथान, शेरेश्वर महादेव, विजयेश्वरी, शिवालय आदि पुरास्थलहरू छन् । प्राचीन सबुत प्रमाणहरू फेला पार्न सकिएको छैन ।
मनोरम प्राकृतिक सौन्दर्यताले परिपूर्ण एवं विविध संस्कृतिको खानी यस प्रदेशका यी विभिन्न साधन र स्रोतहरूको दोहन गरी गाउँगाउँको विकास र विस्तार गर्न जिल्ला समन्वय समिति, नगरपालिका, गाउँ पालिका, नागरिक समाज आदि विशेष चनाखो हुनु पर्दछ । यहाँ बसोवास गर्ने बाहुन, क्षत्री, दसनामी, कुमाल, थारु, मगर, गुरुङ, गाइने आदि जातजातिको आÇनै सांस्कृतिक विशेषता छन् । यातायात सुविधायुक्त नदीको आसपासमा ओर्ली विभिन्न गाँउहरूमा समेत भ्रमण गराउन सकिन्छ ।
रुकुमकोट, जलजला, नौ बहिनी, स्याउलीवाड्ड, अर्खा हँुदै बाग्लुड्ड प्रवेश गर्न सकिन्छ । मध्यपहाडी लोकमार्ग पर्यटकीय सञ्जाल विकास र विस्तारको निम्ति महत्वपूर्ण कडी बनेको छ । त्यसैगरी बिजुली–बरौला हँुदै अर्घाकोट, रेसुड्डा, रिडी, रुद्रवेणी, मुक्तिनाथ, तानसेन, बुटवल, देवदह, रामग्राम, छिपागढ, सिद्र्धानगर, लुम्बिनी, कपिलवस्तु, शिवगढी, प्यूठानदोबाटो, भालुवाङ, बागेश्वरी, ठाकुरद्वारा, दाङ हुँदै स्वर्गद्वारी चक्रपथको रूपमा विभिन्न क्षेत्रको भ्रमण गर्ने गराउने व्यवस्था मिलाउन सकिने प्रवल सम्भावना रहेको छ ।
यसरी सरल र सहज ढड्डले आन्तरिक साधन एवं स्रोतको परिचालन गरी ग्रामीण पर्यटन विस्तार गर्न सकेमा स्थानीय स्वरोजगार सिर्जना हुने, कृषि उत्पादनमा प्रोत्साहन हुने, आयआर्जमा बृद्धि हुने तथा समृद्ध नेपाल बन्नमा सहयोग पुग्ने छ । स्थानीय निकायको अतिरिक्त सरकारले केन्द्रियस्तरबाट समेत यथार्थ बस्तुस्थिति बुझी तथ्यपरक ढड्डले योजना तर्जुमा गरेमा परिणाममुखी हुने छ । स्थानीय जनताले आÇनो घरदैलोमा रोजगार पाएमा विदेशमा दरवान, पाले, चौकिदार, कान्छा वा गोर्खाली बनी स्वाभिमान बन्धक राख्नु पर्ने बाध्यता हट्ने छ । रोजगार र सम्पन्नताले सहजै द्वन्द्व न्यूनीकरण गर्ने छ, भोको पेट भर्ने छ, अराजकता र अशान्ति मर्ने छ । प्राकृतिक तथा सांस्कृतिक सम्पदाले सुसम्पन्न यस प्रदेशमा सुनको कुखुरी ओथारो बस्ने अनुकूल वातावरण सिर्जना गर्न गराउन नागरिक समाज बढी सचेत हुनु आवश्यक छ । यस प्रदेशमा अवस्थित विभिन्न सम्पदा तथा सुविधाको दोहन गरी तीर्थाटन, सांस्कृतिक, पहाडी, व्यापारिक, प्रकृति, साहसिक, कृषि, शैक्षिक, मेडिकल आदि पर्यटनको विकास गर्न सकिने प्रबल सम्भावनाहरू विद्यमान रहेका छन् । यसको निम्ति संस्कृति तथा प्रकृतिको संरक्षण तथा समायोजनको भने खाँचो छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार