मिडिया पनि गुन बैगुनबाट मुक्त छैन!

हामीले अति राम्रो भन्नुको अर्थ बैगुन न्यून भएको सम्झनु पर्छ । गुनै गुनको मानिस लगायत एउटै पनि वस्तु खोज्नु वा विश्वास गर्नु आफैमा बेठिक सोंच हो । कहिले राम्रो मात्र देख्ने उसैका कमी भेटिंदा अनि नकारात्मक ढंगले नराम्रो मात्र देख्ने दृष्टिदोषबाट जोगिनु र सम्यक दृष्टि राखेर व्यवहार गर्न सक्नु पर्छ । सबै कुरामा अनिवार्य रूपमा गुन बैगुनको उपस्थिति अथवा त्यसको गर्भबाटै गुन बैगुन लिएर जन्मने कुरा हाम्रा पत्रकार मिडिया अनि हामी पठक श्रोता दर्शकमा बरोबर रहने हुने देखिने कुरा हो ।
यो गुन बैगुन आफैमा गतिशील हुन्छ । हाम्रो परिवेश, हाम्रो सोंच चेतना र चिन्तनमा आएको गतिलाई यसले पच्छ्याइ रहन्छ । हामीले निष्पक्षताको माग गरे पनि पूर्ण निष्पक्ष हँुदैन । खास खास समयमा पक्ष विपक्षकाहरू बीचको अवस्था सुषुप्त रहन्छ । आपसी हितमा टक्कर प¥यो कि पक्षधरताले आँकुरा हाल्छ, जागृत हुन्छ ।
मिडियाको आफ्नो मिसन हुन्छ । उसले अफ्ना धारणालाई बहुमत धारणा बनाउने अव्यक्त मनसाय राखेको हुन्छ । यसले समान्य घटनालाई घटेकै रूपमा बाहिर ल्याएर जनप्रिय बन्ने र आफ्ना अरू माध्यमबाट उद्देश्यमूलक ढंगले मिशनमा काम गरिरहेको हुन्छ । अफ्नो पक्षको वकालत गरिरहेको हुन्छ । यदि उ नेपाली संस्कृतिलाई विस्थापित गराउने लक्ष लिएको छ भने छाडा कुरालाई आफ्ना प्रचार प्रसारमा निरन्तरता दिने र विदेशी फोहर भिœयाउनमा जोड तोडले लाग्छ । सबैका आआफ्ना मिसन हुन्छन् । अनेक खोल भिरेर निष्पक्ष भनेर या व्यवसायिक भनेर आफूलाई बिकाउदै मिसन पूरा गर्न पर्ने हुनाले पर्दा भित्रै रहेर काम गर्न मिडियाले नयाँ नयाँ चोपिला स्तम्भहरूको सहारा लिएको पाइन्छ । पत्रकार जगत जसलाई विधायिका, कार्यपालिका र न्यायपालिका पछिको चौथो अङ्ग भन्ने चलन पनि छ । अहिले सूचना पाउने कुरा प्रविधिले सहज त बनायो सँगसँगै सूचनालाई मनलाग्दी भाँचभूँच पारेर पाठकलाई अत्याउने तर्साउने बिकारले हाँगा जरा फैलाउने कुरालाई पनि सहज बनाइ दियो । हातहातमा समाचार आउन थालेपछि मिडियाले आफूलाई पाठक तान्ने नयाँ तरिका अपनाउनु पर्ने भयो । विश्लेषणात्क, खोजमूलक विषयमा धेरथोर ध्यान जानथालेको देखा पर्दै छ । यसमा कुशलता हासिल गर्नेहरू जिउन लायक हुने र अरू क्रमशः खिइएर हराउने कुरालाई हेक्का राखेर आफूलाई अस्तित्वमा राख्ने हो ।
एउटा पत्रकारले के कुरा पाठकलाई दिने भन्ने कुरामा मिडिया सञ्चालकले के चाहेका हुन भन्ने कुरामा निर्भर गर्छ । समाजमा लडाएर विवादलाई चर्काएर विक्री बढाउने र अफ्नो पक्षमा जनमत बटुल्ने ट्रेन यतिबेला नेपाली मिडियामा प्रतिस्पर्धा चलेको पाइन्छ । पत्रकारिता छिद्रान्वेसी काम हो भने पनि लुकेका अपराध, थिचोमिचोको उजागर गरेर समाजलाई सचेत हुन सघाउने पाटोलाई कम व्यक्तिहरू बीचका नेताहरू बीचका नेता नेता बीचका जाति जाति बीचका समान्य मतभेदलाई उकेरा लगाउने फेसो ठोकेर तीललाई ताड बनाउने एकोहोरा धन्धामै मिडिया लागिरहने हो भने आवाज विहीनहरूका आवाज हौं भन्ने मान्यातामा प्रश्नचिन्ह लाग्न सक्छ । मिडिया आफ्नो आचारसंहितामा रहेर जनतामा प्रस्तुत हुनु पहिलो आवश्यकता हो भने, उसले आफ्ना मिसनमा रहँदा समेत बहुसंख्य नागरिकको हितमा रहेको पुष्टि पुनः पुष्टिमा निरातर रहनु पर्छ,भइरहनु पर्छ ।
समाज पनि गतिमय छ । पुरानोको धङधङी र नयाँको अभ्यास बीचमा नेपाली समाज रूपान्तरण भइरहेको छ । यस अवस्थाको समाजलाई मिडियाले कतातिर साथ दिने र कसलाई किनारा लगाउने कुरामा महत्व पूर्ण भूमिका खेलेको हुन्छ । पछाडि फर्कने शक्तिको आडलिएर अग्रगमनलाई जानेर वा क्षणिक आवेगमा प्रभावित भएर हुर्काउने बेलामा कुल्चने काम गरियो भने आत्मघाती बनिन्छ भन्ने कुरामा गहिरो दृष्टि राख्नै पर्छ । आफ्ना निरासा र कुण्ठायुक्त अभिव्यक्तिले पश्चगामी रमाइरहेका त छैनन् ? नागरिक सशक्तीकरणमा लागेका मिडियाकर्मी र तिनका पाठक दर्शकको दिव्य दृष्टि पुग्नै पर्छ !

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार