संघीय पर्यटन : एक विश्लेषण

पर्यटन शब्दको उत्पत्ति फेन्च शब्दबाट भएको मानिन्छ । सामान्य अर्थमा पर्यटन पर्यटकको माध्यबाट सञ्चालन गरिने व्यवसाय हो । पर्यटक भन्नाले विभिन्न किसिमका उद्देश्यहरू राखी देशको भौगोलिक सीमानाभित्र वा बाहिर भ्रमण गर्ने व्यक्ति बुझिन्छ र ती व्यक्तिहरूका लागि आवश्यक पर्ने सम्पूर्ण सहयोग उपलब्ध गराउने प्रायोजनले स्थापित व्यवसायलाई नै पर्यटन व्यवसाय भनिन्छ । नेपालका प्रायः प्रत्येक ग्रामीण बस्तीहरू कला, भाषा, संस्कृति, भेष भूषामा अनेकता भएको कारणले गर्दा यहाँको ग्रामीण क्षेत्र पर्यटन उद्योगको विकासका माध्यबाट आर्थिक क्रान्ति गर्नेमा कुनै शंका छैन । यसैका माध्यबाट नेपाल नेपालीको चाहना सुशासनसहितको आर्थिक समृद्धि, सरल तथा सहज रूपमा हासिल हुनेछ । देशका सबै नागरिकहरूले दैनिक जीवनका आधारभूत आवश्यकताहरू सहज, सरल तथा पारदर्शीपूर्ण वातावरणमा लोकतन्त्रका आधारभूत मूल्य मान्यताको तरिकाले प्राप्ति गरेको अवस्थालाई नै समृद्धि भनिन्छ । जसका लागि आवश्यक पर्ने वित्त व्यवस्थापन नेपाली अर्थतन्त्रमा ग्रमीण पर्यटनबाट मात्रै सम्भव छ ।
पर्यटन प्राचीनकालदेखि नै मानवको लोकप्रिय विषयको रूपमा रहेको छ । मानिस सभ्यताको सुरुवातदेखि नै टाढा टाढासम्म यात्रा गर्दै आइरहेको छ । प्राचीनकालमा सबैभन्दा पहिले भ्रमणको लागि निक्लने यात्रीहरूमा फेनोसियनहरूको नाम लिन सकिन्छ । विश्व पर्यटनको इतिहासमा यिनीहरूलाई नै आधुनिक पर्यटका रूपमा परिभाषित गरिएको पाइन्छ । विश्व पर्यटनका क्षेत्रमा अठारौं शताब्दीलाई पर्यटनको सुनौलो युग मानिन्छ । विशेषगरी सन् १९४३ देखी सन् १९७३ सम्मको ३० वर्षको अवधिमा यात्राका क्षेत्रमा उल्लेखनीय प्रगति भएको मानिन्छ । नेपालमा पर्यटन प्राचीनकालमा व्यापारीक उद्देश्यले हुने कुरालाई कौटिल्य अर्थशास्त्रमा समेत उल्लेख गरिएको छ । चिनियाँ नागरिकहरूले भारतमा आफ्ना उत्पादनहरू विक्री गर्न नेपालको बाटो भएर भारत जाने कुरा गरेका छन् जसले नेपालको पर्यटन क्षेत्र तत्कालीन समयदेखि चलेको भए पनि पर्याप्त विकास नभएको र त्यसमा पनि ग्रामीण पर्यटनले त कुनै पनि नीतिगत तथा कार्यगत प्रक्रियामा प्राथमिकता नपाएको महशुस गराउँछ तर आज समय फेरिएको छ जसले गर्दा ग्रामीण पर्यटनले प्राथमिकता पाउँदै गएको छ र त देशका थुप्रै ठाउँमा नमुना ग्रामीण बस्तीँ निर्माण तथा सञ्चालन भएका छन् जुन सकारात्मक कार्य हो । नेपालको ग्रामीण गरिबी निवारणका लागि र देशको अर्थतन्त्रका लागि जतिबेला नेपाली अर्थतन्त्रमा ग्रामीण पर्यटनलाई बढवा दिने योजना बनाइएको थियो बिडम्वना ! तत्कालीन समयमा नै देशमा राजनैतिक अस्थिरता उत्पन्न भयो जसले गर्दा यसमा सोंचे अनुसारको उपलब्धि नभएको पक्कै पनि हो ।
नेपाल आफै ग्रामीण बस्ती मिलेर बनेको मुलुक भएकाले यहाँको आर्थिक विकासको सशक्त माध्य भनेको नै ग्रामीण पर्यटन हो भन्नेमा दुईमत छैन । नेपालमा गगनचुम्बी चुचुराहरू , साँस्कृतिक र धार्मिक संयोजनको कारण विश्वका विभिन्न मुलुकहरूबाट बढ्दो मात्रामा पर्यटकहरू आर्कषित तवरले आउने गर्दछन् । नेपालको ग्रामिण क्षेत्रमा नै विश्वको सर्वाेच्च शिखर सगरमाथादेखि सन् २०१६ का लागि उत्कृष्ट प्रमुख गन्तव्य पनि ग्रामीण क्षेत्रमै पर्दछ ।नेपालमा आउने पर्यटकहरू विशेषतः हिमशिखरको आरोहण गर्न, मानसिक शान्ति प्राप्त गर्न, विश्व शान्तिका अग्रदूत गौतम् वुद्धको जन्मस्थल अवलोकन गर्न, एकसि∙े गैंडाको बारेमा अध्ययन गर्न तथा यहाँका विभिन्न कला संस्कृति, धार्मिक साँस्कृतिक स्थलका बारेमा बुझ्न, जैविक विविधताको बारेमा अध्ययन गर्न,जातजातिका बारेमा अध्ययन अनुसन्धानका लागि मुख्य रूपमा आउने गर्दछन् ।
ग्रामीण पर्यटन , जसमा अन्तर्राष्ट्रिय पर्यटक या आन्तरिक पर्यटक पर्दछन् तर यिनले त्यहाँ कम्तीमा एक रात बिताएकै हुनुपर्दछ । ग्रामीण समुदायको रहनसहन एवं त्यहाँको भौगोलिक वातावरणको परिचय दिने खालका बनाएर यसतर्फ पर्यटकहरूलाई आकृष्ट गर्न सकिन्छ । सबै गाउँ क्षेत्रले सबै आक्रमण दिन नसके पनि विविध ग्रामीण वातावरणले विविध कार्यक्रम दिई पर्यटकको गन्तव्य स्थल बन्न सक्छ । नेपालका ग्रामीण क्षेत्रले तिनको भौगोलिक अवस्थिति एवं, ऐतिहासिक पृष्ठभूमि अनुसारका सांस्कृतिक र प्राकृतिक दुबैखाले पर्यटक आकर्षण दिन सक्छन् । त्यहाँ पर्यटकहरूले पिकनिक , क्याम्पि∙, माछा पार्ने , पौडी खेल्ने, चराहरू हेर्ने, प्याराग्लाडिङ्ग, छोटाछोटा दूरीका पदयात्रा प्राकृतिक दृश्यावलोकन , ऐतिहासिक स्थलको भ्रमण , चाडवर्पहरू र मेलापर्व आदि जस्ता विभिन्न क्रियाकलापहरूमा आफूलाई सहभागी गराउन पाउछन् ।
वास्तवमा ग्रामीण क्षेत्रमा हुने पर्यटन लामो समयको लागी हुँदैंन तर छोटै अवधिको भए पनि यसले ग्रामीण अर्थतन्त्रमा टेवाचाहिँ नपु¥याउने होइन । ढुवानीको समस्याले अलपत्र परी अनावश्यक रूपमा खपत हुने खाद्यान्न, साग सब्जी ,फलफूल वा दुग्ध पदार्थको खपतमा वृद्धि हुन गर्इृ ग्रामीण समुदायले आफूले उत्पादन गरेका वस्तुको उचित मूल्य प्राप्त गर्ने यो एक सरल उपाय हुन्छ । यसका अतिरिक्त अल्प रोजगारी भएको ग्रामीण क्षेत्रमा नयाँ अवसर पनि खुल्छ । ग्रामीण क्षेत्रका जनसंख्याको मुख्य रोजगारी कृषिलाई पनि प्रवद्र्धन गर्न प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहायता पु¥याउछ र पर्यटन र यससँग सम्बन्धित क्रियाकलापको विकास गर्न विस्तार गरिने सडकले ग्रामीण अर्थतन्त्रको विकासका लागि आवश्यक पर्ने अन्य पूर्वाधार विकास गर्न ढोका खोल्नेमा दुईमत छैन ।
ग्रामीण पर्यटनतर्फ साच्चैं भन्ने हो भने योजनाकारहरूले, ग्रामीण विकासका लागि योजनाहरू सहरका पाँचतारे होटलमा बसेर बनाउने भएकाले मात्रै यसको विकास नहुने कुरालाई विकासवादी अर्थशास्त्रीले सन् १९९० देखी नै बताउँदै आएका छन् । यसैबिच नेपालको ग्रामीण पर्यटन क्षेत्र यससँग सरोकार राख्ने सम्र्पूण पूर्वाधारको विकास गर्नका पर्यटन मन्त्रालयबाट कदमहरू चालिएको भएता पनि त्यो पर्याप्त नभएको कुरा सामाजिक अगुवा बाटनै बताउँदै आइएको छ । नेपालले आर्थिक अवस्थामा सुधार ल्याउनको लागि कम लगानी र सुनिश्चित तवरले उपलब्धिलाई संस्थागत गर्न सक्ने क्षेत्र भनेको नै ग्रामीण पर्यटन नै हो किनकि यसको सहज र चौतर्फी विकास गर्न आवश्यक पर्ने जनशक्ति नेपाल आफैले पूर्ति गर्न सक्दछ ।
ग्रामिण विकासको अर्थ कुनै पनि ग्रमीण क्षेत्रमा आर्थिक, सामाजिक बनावट मान्यताहरू अन्तर सम्बन्ध र प्रक्रियाहरूको दूरगामी परिवर्तन हो । ग्रामीण जनताको जीवन आपनलाई सरल सहज बनाउनको लागि पर्यटन क्षेत्रको विकास गरिन्छ भने त्यसलाई नै ग्रामीण पर्यटनको विकासको प्रयास भनिन्छ जसको प्रभाव उल्लेखित पक्षमा पर्ने गर्दछ ः
क. ग्रामीण रोजगारीका अवसरमा वृद्धि
ख. स्थानीय कला संस्कृतिको संरक्षण , संवद्र्धन हुने
ग. सामाजिक आर्थिक पूर्वाधारको विकास र विस्तार
घ. वैदेशिक मुद्राको आर्जन हुने
ङ. नयाँ नयाँ प्रविधिको आदान प्रदान हुने
च. मानिसहरूमा बढ्दै गएको व्यक्तिगत स्वार्थीपनामा कमी आउने
छ. बढ्दो प्रतिभा पलायन तथा पुँजी पलायन केही हदसम्म रोकिने
ज नयाँ नयाँ लगानीका अवसरहरूको सिर्जना हुने ।
झ आय वितरणमा रहेको असमानतालाई कम गर्न सकिने ।
ञ स्थानीय तहमा रहेको विगत अभावको समस्या समाधानको दीर्घकालीन उपायका रूपमा प्रयोग गर्न सकिने ,इत्यादि ।
प्राकृतिक सौन्दर्य, अनुपम सँस्कृति, अतुलनीय साँस्कृतिक सम्पदा र अनगिन्ती विशिष्टतायुक्त पर्यटकीय स्थलहरूका कारणले नेपाल पर्यटनका लागि प्रमुख गन्तव्य रूपमा विश्वभर परिचित छ । नेपालको ग्रामीण क्षेत्रको पर्यटनमा प्रशस्त सम्भावनाहरू रहेका छन् । जसलाई पहिचान गरी समयमै उचित तथा दीर्घकालीन योजनाहरू बनाई सफलतापूर्वक कायान्वयन गराउनबाट नेपाल सरकार तथा मातहतका कार्यालयहरू नचुकेको खण्डमा नेपाली ग्रामीण पर्यटनले नेपालीहरूको जीवनस्तरमा उल्लेख्य मात्रामा सकारात्मक परिवर्तन ल्याउने कुरालाई विकासवादी अर्थशास्त्रीहरूले प्रष्ट पारेका छन् तर विडम्वना ! नेपाली राजनीतिक दलका नेताहरूले स्वदेशको विकास भन्दा विदेशी दाता मुलुकको हितलाई केन्द्रमा राखेर नेपाली युवा पुस्तालाई वैदेशिक रोजगारीमा पठाई रहेका छन् ।
नेपाली ग्रामीण इलाकाहरूलाई हरेक किसिमका पूर्वाधारबाट विकसित र सुविधा सम्पन्न राख्न सकेको अवस्थामा यस क्षेत्रले देशको अर्थतन्त्रमा सकारात्मक तथा दीर्घकालीन प्रभाव पार्न सक्दछ जसको प्रत्यक्ष फाइदा स्थानीय स्तरका बासिन्दालाई पर्दछ भने यसले स्थानीयस्तरको कला सँस्कृति, भेषभूषा संरक्षणमा सचेतना प्रदान गर्दछ । जसबाट महिला तथा पिछडिएका वर्गले समेत प्रत्यक्ष लाभ लिन सक्नेछन् ।
नेपालमा पर्यटन उद्योगको विकासका लागि ठूलो सम्भावना छ । नेपालमा आफ्नै किसिमको एक अनौठो र विलक्षण भौगोलिक विशेषता पाइन्छ । यस देशमा प्राचिन सँस्कृति, कला र कौशलका अनुपम नमुनाहरू यत्रतत्र देख्न पाइन्छन । नेपाल प्राकृतिक दृश्यले सुशोभित र मनोहर छ । विश्वका अन्य पर्यटकीय सहर र क्षेत्रका तुलनामा नेपालको पर्यटकीय क्षेत्रहरू प्राकृतिक रूपमै सुन्दर छन तर तिनको उचित प्रचार प्रसार नहँुदा राज्यलाई वर्षेनी करोडौं रुपियाँको राजश्व घाटा भइराखेको छ भने वैदेशिक ऋणको भार थपिदै गएको छ । सन् १७३७ को वर्ष नेपालमा युरोपियनहरू भ्रमणमा आएको इतिहास हामी सामु रहेको छ । तत्कालीन समयमा उनीहरूले नेपालको आर्थिक, सामाजिक, राजनैतिक, धार्मिक अवस्थाका बारेमा अध्ययन अनुसन्धान गर्नका लागी नेपालको भ्रमण गरेको पाइन्छ ।
नेपाली पर्यटन क्षेत्रको विकासमा १०४ वर्ष जहानिया शासन व्यवस्था सञ्चालन गरेका राणाहरूबाट कुनै कदम अगाडि नबढाइएको कुरालाई इतिहासले नै प्रमाणित गरिदिएको छ भने देशमा चलेको शस्त्र द्वन्द्वले पर्यटन क्षेत्रलाई नराम्रोसँग प्रभावित परेकै हो । तथापि पर्यटन क्षेत्र त्यसमा पनि ग्रामीण पर्यटनको विकास भएमा त्यहा जाने मुख्य पर्यटकहरू सहरी क्षेत्रका हुन्छन् । तिनले केही नयाँ कुरा थाहा पाउछन र ग्रामीण समुदायलाई केही मद्धत गरेर फर्कन्छन् । तुलनात्मक रूपमा सहरी क्षेत्र भन्नाले प्रतिव्यक्ति आय बढी नै हुने समुदाय बसोबास गर्ने भएबाट सहरी क्षेत्रबाट ग्रामीण क्षेत्रमा मानिसहरूको बहाव हुनाले, आय वितरणमा पनि केही हदमा सुधार आउने कुरामा दुइमत हुन सक्दैन । त्यसैले ग्रामीण क्षेत्रले केही नयाँ या कुनै अनौठो कुरा प्रस्तुत गर्ने प्रयास गरेर पर्यटकहरूलाई उत्प्रेरित गराउन सक्ने वातावरण सिर्जना भएमा क्रमिक रूपमा ग्रामीण विकास हँुदै जान्छ र सुरुमा सहायक गन्तव्य स्थल भएपनि पछि गएर प्राथमिक गन्तव्यस्थलको रूपमै पनि विकसित हुन सक्छ । वास्तवमा ग्रामीण पर्यटनलाई उकास्न त्यति सजिलो छैन । त्यहाँ व्याप्त अभाव वा असुविधालाई सम्झेर नै मानिसहरू जाने मन गर्दैनन् यसको लागि यातायात, आवास र खानेकुरा त मूलभूत रूपमै नभै नहुने कुरा भए । सुविधायुक्त आवास स्वादिष्ट खाना योजनालाई केही समयको लागि थाती राखेर भए पनि यातायातको विकास नभै सकेको क्षेत्रमा छरिएर रहेका ग्रामीण क्षेत्रमा पदयात्राको रूपमा पर्यटकहरूलाई आकृष्ट गर्न सकिन्छ भन्ने कुराको कुनै निश्चितता छैन तापनि त्यहाँको आर्कषणहरूको व्यापक प्रचार प्रसार क्रमिक रूपमा आन्तरिक र अन्र्तराष्ट्रिय पर्यटक बढाउने प्रयास हुनुपर्दछ ।
नेपालमा पर्यटन क्षेत्रबाट आज करिब १ लाख ६० हजार मानिसहरूले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा रोजगारी पाएका छन् । कुल ग्राहस्थ उत्पादनमा पर्यटनको योगदान आर्थिक वर्ष २०७५÷७६ मा २ प्रतिशत रहेको छ । यस क्षेत्रबाट नेपाली अर्थतन्त्रले थुप्रै रुपियाँ पैसा तथा ज्ञान, प्रविधि आर्जन गर्न सफल भएकाले यसको विकासका लागी उचित तवरले योजना बनाई कार्यान्वयन गराउनु आजको नेपाली ग्रामीण पर्यटन क्षेत्रको माग हो । ग्रामीण पर्यटकको विकासबाट देशमा विभिन्न प्रकारका घरेलु तथा साना उधोगको विकासमा टेवा पुग्दछ र त्यस्ता उद्योगबाट उत्पादित हस्तकलाका सामाग्रीहरू आन्तरिक तथा वाह्य पर्यटकहरू ले खरिद गर्दछन । ग्रामीण गरिबी, असमानता, बेरोजगारी, प्रविधिक तथा आर्थिक पछौटेपन जस्ता समस्या समाधान गर्नमा सहयोेग प्राप्त हुने गर्दछ । नेपालका थुप्रै ग्रामीण बस्तीहरू ग्रामिण पर्यटक विकासको लागि उपयुक्त भएता पनि त्यहासम्म पुग्ने सहज पहँुचको अभावले गर्दा पछाडि परेका छन् । जसको प्रत्यक्ष घाटा देशको अर्थतन्त्रमा परेको छ जसलाई समयमै देशका नीतिनिर्माता, योजनाकार, पर्यटक व्यवसायी तथा सचेत नागरिकले मध्यनजर गरि देशको आर्थिक क्रान्तिको शसक्त र प्रभावकारी स्रोतका रूपमा ग्रामीण पर्यटकहरूलाई नै छनोट गर्न चुक्नु हुन्न ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार