छाउगोठमा महिला

डा. प्रकाश बुढाथोकी
त्यसो त सर्वाेच्च अदालतले २०६३ बैशाख २६ मा छाउपडी प्रथालाई क¬रीति घोषणा गरिसकेको छ र छाउपडी उन्मूलन निर्देशिका पनि बनिसकेको छ, तर कार्यान्वयनमा छैन । यस्ता घटनाले छाउ बार्ने तथा मृत्यु हुने परिवारमा सन्नाटा मात्र छाउदैन छाउपडी उन्मूलनमा क्रियाशील तथा स्वास्थ्य सचेतना जगाउन लागि परेको राज्य र तपाई हामी सबैको काम तथा खर्च माथि प्रश्न उब्जाएको छ ।

अछामको राष्ट्रभाषा मा.वि.मा कक्षा ९ मा अध्ययनरत गाजा—७ की १५ वर्षीय रोशनी तिरुवा २०७३ पौष ४ गते आइतवार बिहान घर छेवैको छाउगोठमा मृत फेला परिन् । त्यस्तै मंसिर ४ गते अछामकै तिमिल्सेन गाउँकी २१ वर्षीय डम्बरा उपाध्यायको पनि यसैगरी मृत्यु भएको थियो । उक्त गाविस २०७२ असोज ९ गते बाजागाजासहित छाउमुक्त घोषणा भएको थियो । घटनाले छाउपडी न्यूनीकरण तथा उन्मूलनमा क्रियाशील सरोकारवालाहरुको काम र खर्च माथि प्रश्न उब्जाएको छ । तथापि छाउ बस्दा महिलाले भोग्नुपर्ने थुप्रै शारीरिक,मानसिक पीडा अझै बेखबर छन् ।
जिल्ला प्रहरी कार्यालयको जाडोमा आगो बाल्दा धूवा“मा निसास्सिएर मृत्यृ भएको आशंका छ । किनभने उक्त गोठमै एक साता अघि आमा निसास्सिएर मध्यरातमा बाहिर आएकी थिइन । विगत ५ वर्ष अघि पनि रिडीकोट—४ कि १५ वर्षीय सर्मिला भलु
धूँवाले तथा २०६८ माघ १९ मा ढकारी — ४ की लक्ष्मी बुढा आगोले जलेर मृत्यु भएको थियो । २०६३ यता जिल्लामा छाउपडीकै कारण १० महिला किशोरीले मरण गरेको एनजिओहरुको तथ्यांक छ ।
अब गर्मीको समय कम हुन थाल्यो । केही महिनाभित्रै चिसो हुन शुरु गर्छ । जब चिसो श¬रु हुन्छ तब हुने र नहुने,धनी र गरीब,कमजोर र बलियो व्यक्ति स्पष्ट देखिन थाल्दछ । एकसरो लुगा समेत राम्रोस“ग लाउन नपाउने गरिब जनता त्यसैमा अझ बुढाबुढी,बालबालिका र महिला वर्गका लागि चिसो अभिशाप बन्दछ । जाडोको मौसममा खासगरी रुघाखोकी,भाइरल इन्फ्लुएन्जा, ब्रोङकाइटिस, दम, श्वासप्रश्वास, पिनास, निमोनिया, दादुरा, ठेउला, चिसोको एलर्जी,घा“टीको संक्रमण,भाइरल झाडापखाला,छाला फुट्ने,चिलाउने,सुन्निने,सेतो कत्ला निस्कने,छाला सुख्खा तथा फुस्रो हुने,चाउरी पर्ने,अनुहारमा कालो र सेतो दाग हुने लगायत मुटु कमजोर बन्दछ । हातखुट्टाका औंला,कान रातो हुने, चिलाउने ,सुन्निने र कहिलेका“हिं घाउ हुने, दाद,ओठ फुट्ने,हातखुट्टा फुट्ने,शरीर चिलाउने,अपच, पखाला,आउ“ जस्ता पाचन सम्बन्धी रोगहरू र हातखुट्टा र जोर्नी सुन्निने अवस्था पनि त्यत्तिकै निम्त्याउ“छ ।
जाडोबाट बच्न खोज्दा निस्सास्सिएर एक दर्जनको मृत्यु भइसकेको छ । विगतमा राजधानीमै यस्ता घटना घटेका पनि हाम्रो मानसपटलमा ताजै छ । गत साल कपनमा २ जना युवक कोठा न्यानो पार्न बालिएको बायोबिक्रेटबाट, सुकेधारामा एक महिलाको बाथरुममा नुहाउँदा,नगरकोटको होटलमा २ चिनियाँ नागरिक मृत अवस्थामा पाइएका थिए । यति मात्र होइन पार्टी प्यालेसमा जेनेरेटर चलाएकै कोठामा सुतेका २ कामदारको मृत्यु भयो । नेपालमा शंकास्पद सिओका कारण मृत्यु हुने शतक बढी भएपनि तथ्यांकले वार्षिक ३ दर्जन देखाउने गर्छ ।
जाडोमा बिजुली,कोइला,दाउरा तथा ग्यासको उपयोग गर्दा निस्कने ग्यास जुन देख्न,सुध्न र महसुस गर्न सकिदैन,त्यो कार्बन मोनोअक्साइड हो । जसलाई अदृश्य हत्यारा वा मौन हत्यारा भनिन्छ । बिना कुनै संकेत र लक्षण कसैको ज्यान लिन सक्ने अवस्था वा कारकका रुपमा यसलाई लिइन्छ । सिओ ग्यास सामान्यत सहीरुपले बल्न नसकेको स्टोभ,हिटिड्ड सिस्टम,जेनेरेटर तथा चुरोट र मट्टीतेल, ग्यासबाट चल्ने हिटर,गिजर तथा स्टोभ आदिको ग्यास तथा धूवाँमा पाइन्छ । ग्या“स गिजरमा पानी ताती रह“दा कार्बन मोनोअक्साइड ग्यास उत्पन्न हुन्छ । बाथरुममा झ्याल र भेन्टिलेसन राम्रो नभए गिजर प्रयोग हुदा ग्यास भूँमा बस्छ र अक्सिजन कम भएर सी.ओ. ग्यासको निर्माण हुन्छ तब निस्सासिएर नुहाउने व्यक्तिको मृत्यु हुनसक्छ ।
सी.ओ. श्वासका माध्यमबाट शरिरमा पुगेपछि रगतमा मिसिन्छ र शरीरको अक्सिजन सोस्ने क्षमतामा कमी ल्याउ“छ र शरीरलाई हानि नोक्सानी मात्र पु¥याउँदैन मृत्यु समेत गराउँछ । सी.ओ.को सामान्य सम्पर्कमा आउँदा शुरुमा हल्का टाउको दुख्छ । निरन्तर सम्पर्कमा रहँदा तीव्र टाउको दुखाई,रिंगटा,थकान,वाकवाकी,चिटचिट हुने गर्छ । निर्णय क्षमता,स्मरण शक्ति र अंगमा तालमेलको कमी हुन्छ । स्नायुतन्त्रमा दीर्घकालीन हानि,सिक्ने र सम्झने क्षमतामा अभाव हुन्छ । कहिलेकाहिं बिना कुनै लक्षण त प्रायः लक्षण पछि बेहोसी हुन्छन् । ग्यासले कमजोर बनाउँछ,चेतना हराउँछ, प्रभावित व्यक्ति कराउन पनि सक्दैन र स्लिपिड्ड टयाब्लेट खाएझै लठ्ठ पर्छन् र अन्ततः तिनको मृत्यु हुन्छ ।
सी.ओ.को निरन्तर सम्पर्कमा रहँदा वा एकैपटक धेरै मात्रामा सम्पर्कमा रहँदा स्रोत हटाएपछि पनि स्वास्थ्यमा दीर्घकालीन नोक्सान पुग्नसक्ने सी.डी.सी.को तथ्यपत्रमा उल्लेख छ । रंगहीन र गन्धहीन सि.ओ.ग्यास शरीरमा अक्सिजन पु¥याउने रातो रक्तकोषमा असर पार्छ,अक्सिजन परिवहन प्रणालीमा प्रभावित पर्छ र अक्सिजन नपाउनाले शरीरका कोषहरु मर्न थाल्छन र कार्बन डाइअक्साइड भन्दा बढी खतरनाक हुन्छ । टाउको दुखेको दुख्यै गर्नु,सोंच्ने Ôमतामा असर हुनु,सास फेर्न असजिलो हुनु हडबडाउन थाल्नु,आ“खा र हातको तालमेल हुन छाडनु,मुटुको चाल बढ्नु,शरीरको तापक्रम कम हुनु,पेटमा समस्या उत्पन्न हुनु,रक्तचापमा कमी हुनु कार्बनमोनोअक्साईड विषाक्तताको लÔणहरु हुन् । विशाक्तता माटोको घरमा भन्दा सिमेन्टेड घरमा छिटो र बढी ह¬न्छ ।
रगतमा सी.ओ. नाप्न मिल्ने गरी छोटो समय मात्र रहन्छ, तुरुन्तै निस्किहाल्छ । शरीरमा वा रगतमा सी.ओ.को मात्रा ३० प्रतिशत पुग्दा टाउको दुख्ने, थकाई लाग्ने हुन्छ, ४० प्रतिशत पुग्दा बेचैनी बढ्छ । रगतमा सी.ओ.को मात्रा ६० प्रतिशत ह“ुदा मान्छेले चेतना गुमाउ“छ,बेहोसी बन्छ र मात्रा ८० प्रतिशत पुग्दा मानिसको मृत्यु हुन्छ ।
रोकथामः
सुत्ने समयमा बालेको आगो,हिटर निभाउनुपर्छ । हिटर वा अन्य क¬रा बाल्दा त्यसको नजिकै पानी राख्नपर्दछ । बन्द कोठामा जेनेरेटर,गाडी वा धूँवा फाल्ने कुनै पनि यन्त्र चलाउन हुँदैन । दाऊरा,गुइँठा र ब्रिकेट बाली कोठा तताउँदा,न्यानो पार्दा झयाल ढोका खुला राख्नुपर्दछ । कोठामा हावाको उचित ओहोरदोहोर हुने व्यवस्था मिलाउनुपर्छ । बाथरुममा ग्यास गिजर बाहिरै राखी उपयोग गर्दा झयाल वा भेन्टिलेसन खुलै राख्नुपर्छ । भेन्टिलेसन ठूला र खुला हुनुपर्छ । कोठा र शरीर तातो बनाउदै गर्दा टाउको दुख्ने तथा उल्टी होला जस्तो हुनासाथ उपकरण बन्द गरी झयालढोका खोलिहाल्नुपर्छ,ताजा हावामा निस्केर सास फेर्नु पर्छ । लक्षण वा बेहोशी देखिए तुरुन्त अस्पतालमा लग्नुपर्छ ।
अन्त्यमा,त्यसो त सर्वाेच्च अदालतले २०६३ बैशाख २६ मा छाउपडी प्रथालाई क¬रीति घोषणा गरिसकेको छ र छाउपडी उन्मूलन निर्देशिका पनि बनिसकेको छ तर कार्यान्वयनमा छैन । यस्ता घटनाले छाउ बार्ने तथा मृत्यु हुने परिवारमा सन्नाटा मात्र छाउदैन छाऊपडी उन्मूलनमा क्रियाशील तथा स्वास्थ्य सचेतना जगाउन लागि परेको राज्य र तपाई हामी सबैको काम तथा खर्च माथि प्रश्न उब्जाएको छ ।

चि.बि.रा.प्र.,वीर अस्पतालमा कार्यरत डा. बुढाथोकी नेपाल चिकित्सक संघका केन्द्रीय सह—कोषाध्यक्ष हुनुहुन्छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार