बाढी र पहिरोसंगै सर्पको टोकाई र हुने मृत्यृ बढ्दै

डा. प्रकाश बुढाथोकी
रुपन्देहीको तिलोत्तमा नगरपालिका– ६ गणेशपुरका राजेन्द्र र राधा सुवेदीका २ मात्र सन्तान १२ बर्षकी सुस्मिता र ६ बर्षका भाई सौगात सौगातको जन्मदिन मनाएर खाटमा सुतेकालाई गोमन सर्पले टोकेपछि भोलि बिहान मुखभरी फिज कारेर बेहोशी अवस्थामा फेला परेका थिए । लुम्बिनी अंचल अस्पताल,बुटवलमा मृत घोषणा भएपछि अकस्मात बज्रपात परेको थियो ।
आ.ब. २०७१÷७२ मा सर्पको टोकाईबाट १३ सय ३२ जना बिरामी आएकामा बिषालु सर्पको टोकाई भई उपचार पाएका १ सय २३ जना तथा उपचारक्रममा मृत्यृ भएका २ जना थिए । २०७२÷७३ मा १३ सय १३ जना सर्पदंशका बिरामी आएका बिषालु सर्पले टोकेका र उपचार पाएका १४९ जनामा उपचारको क्रममा १३ जनाको मृत्यृ भएको थियो । आ.ब. २०७३÷७४ मा १२ सय ७७ आएकामा बिषालु सर्पका १५३ जनाको उपचार भएको र मृत्यृ भएका १९ जना थिए ।आ.ब. २०७४÷७५ मा सर्पले टोकेका ११ सय ३ मा बिषालु सर्पका १ सय ७७ जनाको उपचार भएको तर १३ जनाको मृत्यृ भएको तथ्यांक छ । बिभागको तथ्यांकअनुसार गत बर्ष देशभर ६ हजार बढी सर्पदंशले घाईते भएको र २३ को मृत्यृ भएको थियो ।पछिल्लो आठ बर्षमा सर्पदंशका कारण १ सय ३१ ल्े ज्यान गुमाईसकेका छन । सर्पदंशको मृत्यृदर नेपालमा १० प्रतिशत छ ।
हलै तराईका जिल्लामा आएको बाढी र भएको डुबानले सर्पदंशको त्रास,संख्या र मृत्यृ बढेको छ ।प्राकृतिक प्रकोपपश्चात बासस्थान नष्ठ भएकाले उनीहरु मनिसको बासस्थानतिर छिर्दछन,एक ठाऊबाट बगेर अर्काे ठाऊमा आएका र जमिनबाट गर्मी तथा बर्षाले बाहिर निस्केका सर्प उत्तिकै हुन्छन ।बार्षीक २ हजार बढी सर्पले डसेको आशंकामा आउने बिरामीमा गत आईतवार साझ भरतपुर अस्पतालको आकस्मिक कक्षमा दर्जन बिरामी सर्प टोकाईका थिए ।
डरत्रास र मृत्यृको जोखिममा अत्यधिक पर्ने समस्या भनेको सर्पको टोकाई हो । उपचारका लागी अन्यत्र जानुपर्ने बाध्यता हटाउन लमही नगरपालिकाले अस्पतालमा सर्पदंशको उपचार प्रभावकारी सञ्चालन गर्न लमही अस्पताल,राप्ती,गढवा,राजपुर लगायतका स्वास्थ्यकर्मीलाई तालिम प्रदान गरेको छ ।सर्पदंश उपचार केन्द्रका लागी बिनियोजित १ करोड १० लाखको बजेटबाट भवन बनाउन टेण्डर आह्वान गरेको छ ।
पहिले तराईमा मात्र हुने औलो,कालाज्वर अहिले क्रमश पहाड र हिमाल चढेका छन भने तराईमा मात्र देखिने विषालु गोमन,करेत जस्ता सर्पहरु पहाडका स्थानमा पाईन्छन भन्दा कोही अचम्मीत छैनन ।पहिले पहाडीया सर्पहरु विषालु तथा मृत्यृ गराउने पाईदैनथे तर बढ्दो तापक्रमले तुरुन्तै मृत्यृ गराउने बनेका छन । सन २०१८ जुलाईमा गौरीशंकर संरक्षण क्षेत्रमा तराईमा पाईने किङ कोब्रा देखिएको थियो ।जलवायु परिवर्तनले सर्प चिसो ठाऊमा बस्न सक्ने भएको वा हिमाली क्षेत्रमा तापक्रम बढी तराई जस्तै भएको अनुमान गर्न सकिन्छ ।टेकु अस्पतालमा दैनिक १० देखी १२ जना सर्पदंशका बिरामी धादिङ, नुवाकोट, मकवानपुर, सिन्धुपाल्चोक,भक्तपुर र ललितपुरका ग्रामीण भेगबाट आउने गरेका छन ।
लÔण
टोकेको ठाउ“मा दुई दा“तको गहिरो निसान देखिन्छ ।केही क्षणमै उक्त ठाउ“मा फोका उठ्न थाल्दछ । दुख्छ । सुनिन्छ ।रगत अलिक लामो समयसम्म आइरहन्छ । वाकवाकी लाग्छ ।मुखबाट ¥याल निक्लन्छ । डर त्रासले उत्तेजित हुन्छ ।ओंठ र मुख सुख्छ ।तिर्खा लाग्छ । मुटुको धडकन बढछ ।आ“खी भ।ै , परेला तल झर्छ ।खान निल्न समस्या देखीन्छ ।बोल्दा जिब्रो लर्बराउछ । हिड्दा खुट्टा लडखडाउछ । समय बित्दै जा“दा आ“खाले एउटा वस्तुको दुई छाया देख्ने, आ“खा खोल्न गाह्रो हुनेगर्दछ । सास लिन समस्या हुन्छ । पक्षघात देखिन्छ । ३–६ घण्टापछि पिसाव रातो भएर आउ“छ ।
तसर्थ विषालु सर्पले टोकेपछि मानिसको श्वास प्रस्वासमा अवरोध भई, मासपेशीमा पक्षघात भई, रक्तचाप ज्यादै न्युन भई अचेत हुन जान्छ र मृत्यु हुन्छ । तर भाइपरको टोकाइमा छालाको रंग निलो हुने, आ“खाको नानी ठूलो हुने र विभिन्न रक्तश्राप हुन्छ । अति विषालु सर्पका रुपमा परीचित करेत, गोमन र भाइपर सर्पहरुले टोकेको मान्छेलाई तुरुन्त औषधी उपचार गर्न नसकेको खण्डमा मृत्यु हुने सम्भावना अधिक हुन्छ । तर ब्यवहारमा ६०% जति सर्पदंसमा यात विषालु हुदैन या विष नपर्ने तथा परे पनी कम भएको पाइन्छ ।
तराईमा भए बिषालु सर्पले टोकेको संभावना बढी हुन्छ तथापी सवै बिषालु सर्पले बिष छोडेका हुदैनन ।मानिस जति आतिन्छ,त्यति रक्तसञ्चार बढी बिष छिटो फैलिन्छ । बिषविहिन सर्पले टोक्दा पनि मानिस आत्तिने गर्दा ह्दयाघात,छिटो छिटो सास फेर्ने, टोकेको ठाऊमा घोचे जस्तो हुने,टोकेको ठाऊ वरपर सुन्निने,रक्तश्राब,निलो,फोका उठ्ने, संक्रमण तथा नेक्रोसिस, कुहिने, हातखुट्टा बाऊडिने वा नचल्ने ,बेहोश हुने जस्ता लक्षण देखिन्छन । विश्व स्वास्थय संगठनले गरेको एक अध्ययनअनुसार विषालु सर्पले टोकेमापनि ३० प्रतिशतले मात्रविष छोड्छन् र ७० प्रतिशतको विषलाग्दैन । यस्ता ७० प्रतिशतमानिसलाई औषधि र झारफुक नगरे पनि केहीहु“दैन ।
प्राथमिकउपचार
टोकेको ठाउ“मा चिन्ह लगाई साबुनपानी वा पोटास पानीले तत्काल पखाल्ने र कपडाले छोप्नुपर्छ ।विरामीलाई आस्वस्थ पार्ने , विषसग लड्ने क्षमता वढाउन साहस ढाडस दिनु पर्छ किनभने ९० प्रतिशत बिरामीआत्तिएर मर्दछन् । त्रसितअवस्थामा मुटुको चाप बढी धडकन बढ्दछ र विष झन् बढी र छिटो फैलन्छ ।होस्मा भए प्रसस्त चिसो झोल पदार्थ, चिया, कफी, पानी, खान दिने तथा घाउ“ वरिपरि बरफ चिसो पानी राख्ने गर्नपर्दछ ।
टोकेको ठाउ देखि शरीरमा विष फैलन नदिन सर्पले टोकेको खुट्टा वा हात चल्न नदिने गर्नूपर्छ । टोकेको ठाउदेखि २—३ इन्चमाथि मुटुतिर अलग अलग तीन ठाउ“मा चौडा पट्टी(व्याण्डेज , डोरी , रुमाल वाध्ने र एउटा औलापट्टीभित्र मुश्कीलले छिर्न सकने गरी वाध्ने तर प्रत्येक १५ मिनेटमा आधा मिनेट डोरी खोली रक्तसञ्चार हुनदिनपर्दछ ।
यदि अस्पताल वा स्वास्थ्य संस्था धेरै टाढा भएमा वा त्यहासम्म पुग्न ३ घण्टा भन्दा बढी समय लाग्ने अवस्था भएमा तत्कालका लागि प्राथमिक उपचार गरेर मात्र व्यक्तिलाई अस्पताल तिर लानुपर्दछ ।
रोकथाम
. घर वरिपरि अनावश्यक ठूला घा“स खर झा“डीहरु नराख्ने दूलो बन्द गरिदिने, घरभित्र सिध्रा माछा खुला रुपमा राख्नहुदैन ।.रातिमा अधिकांश सर्पदंश हुने भएकाले सुत्ने बेलामा गेट, ढोका, बन्द गर्ने घरवरिपरि फिनेल वा मट्टितेल छर्कने,झ्याल ढोकाहरुमा जाली लगाउने, राति हिडडुल गर्दा हातमा लौरो उज्यालोको प्रबन्ध गरी जुत्तँ लगाएर हिड्ने गर्नपर्दछ । खुला ठाऊमा सुत्दा झुल लगाउनपर्दछ ।.घरबाहिर तथा भित्र सामान जथाभावी नराख्ने, मिलाउने, सर्प बस्न सक्ने सम्भाव्य स्थानमा जा“दा होशियारी अपनाउनेर्,गर्दा हुन्छ ।. रेडियो, पत्रपत्रिकामार्फत स्वास्थ्य शिक्षा दिने, जनचेतनाका कार्यक्रम गरी जानकारी दिने गर्दा पनि सर्पदंशवाट जोगाउन सकिन्छ ।.झारफुक गर्नेले ग्यारेन्टी दिइ अल्झाउने गर्नु भन्दा अस्पतालमा रिफर गर्ने किनभने विषालु सर्पले टोकेमा एक मात्र बच्ने उपाय तुरुन्तै अस्पताल लैजानु हो ।
(न्याम्स वीर अस्पतालका सह प्राध्यापक तथा बरिष्ठ कन्सल्टेण्ट डेण्टल सर्जन डा. ब¬ढाथोकी नेपाल चिकित्सक संघका केन्द्रिय कोषाध्यक्ष ह¬न¬ह¬न्छ ।)

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार