नेकपाको उपाध्यक्षमा बामदेव गौतम

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी -नेकपा)ले बामदेव गौतमलाई उपाध्यक्ष बनाउने भएको छ ।

नेकपा सचिवालयको शुक्रवार बसेको बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले उपाध्यक्ष पद सृजना गरेर गौतमलाई जिम्मेवारी दिने प्रस्ताव राखेका हुन् ।

तत्कालीन एमाले र माओवादी मिलेर नेकपा गठन गर्दा दुई अध्यक्ष र महासचिव मात्र तोकिएको थियो । तर पार्टी एकताको डेढ वर्षपछि गौतमका लागि उपाध्यक्ष पद सृजना गरिएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार