पुस्तकालय र पठन संस्कृति

माधवकुमार पौडेल

पुस्तकालय लेखी, छापी, कोरी, खिची वा यस्तै अन्य विभिन्न माध्यमद्वारा तयार पारिएका पुस्तक, पुस्तिका, अखबार, पत्रिका, नक्सा, चार्ट, फिल्म आदि ज्ञानमूलक सामाग्री सुव्यवस्थित रुपमा उपलब्ध गराई जीवनभर नियमित शिक्षा प्रदान गर्ने शैक्षिक केन्द्र हो (विकिपिडिया) । समुदायको विकास गर्न र सभ्य बनाउन पुस्तकालयको महŒवपूर्ण भूमिका हुन्छ ।
पुस्तकालय सबैका लागि ज्ञानको भण्डार हो । धेरैलाई पुस्तकालय शिक्षा क्षेत्रस“ग सम्बन्धितका लागि मात्र हो भन्ने पर्छ । यो गलत हो । अहिलेका बालबालिकामा पढ्नुपर्छ भन्ने नै छैन । सानैदखि किताबमा आकर्षण भए – पछिसम्म पढ्ने बानीको विकास हुन्छ । पुस्तकालय हाम्रो शैक्षिक, समाजिक, मानसिक, आत्मिक र संस्कृतिक रुपान्तरणमा सहायक हुन सक्छ । महात्मा गान्धी भन्थे – ‘प्रत्यकेको घरमा पुस्तकालय हुनु जरुरी हुन्छ ।’
विद्यालय पछिको ज्ञान प्रदान गर्ने र चेतनाको किरण फैलाउने कुञ्ज पुस्तकालय नै हो । मानव सभ्यताको सुरुवातस“गै पुस्तक र पुस्तकालयको शुरुवात भएको ऐतिहासिक तथ्य पाइन्छ । सुमेरियन र मेसोपोटामियनहरुले गिलो माटोका खबटाहरुमा आफ्ना विचारहरु चित्रात्मक लिपिमा लेखी घाममा सुकाएर राख्ने गर्थे । खबटे पुस्तकका तिनै संग्रहरु नै आजका आधुनिक पुस्तकालयका प्राचीन रुप हुन् ।
नेपालमा वि.सं. १८६९ मा पृथ्वीनारायण शाहले युद्ध जितेपछि जम्मा भएका हस्त लिखित ग्रन्थहरु व्यवस्थित गर्न पुस्तकालय स्थापना गरेको पाइन्छ । राणाकालमा मोतिराम भट्टले ‘लाइबे्ररी’ शुरु गरेको इतिहास पाइन्छ ।
भनिन्छ – ‘मान्छेले जे पढ्छ वा अध्ययन गर्छ, उ त्यही हो ।’ सकारात्मक परिवर्तन ल्याउन पुस्तक भन्दा ठूलो हतियार अरु छैन । नमरी संसार देखिन्न भनेझैं नपढी संसार पनि बुझिन्न । यो शास्त्र सत्य हो ।
सीमीत वर्गका व्यक्तिहरुले बेलाबखत पुस्तक र पुस्तकालय संस्कारका विषयमा बहस चलाए पनि ठूलो हिस्सा अझै पठन संस्कृतिबाट विमुख छ । चिया पसल वा चौतारीमा बसेर घन्टौं गफ गर्न मरिहत्ते गर्ने हामी नेपालीहरुमा पुस्तकालयमा जम्मा भएर अध्ययन गर्ने र बौद्धिक मन्थन गर्ने संस्कारको विकास अझै हुन सकेको छैन । पठन संस्कृतिको सुरुवात सबैभन्दा पहिले घरबाट हुनु जरुरी छ । पुस्तकालय वा विद्यालय ÷ विश्वविद्यालयबाट मात्रै होइन । हरेक अभिभावहरुले दिनको केही मिनेट मात्रै पुस्तकलाई साथी बनाउने संस्कार सुरु गर्न सके भावी सन्ततीलाई पुस्तक किनेर पढ भनेर भनिरहनु पर्ने छैन ।
पठन संस्कृति संसारबाट लिन र संसारलाई दिनका लागि हो । मानिसले समाजबाट नै लिने हो र समाजलाई दिने हो ।
स्कुल वा क्याम्पसमा पढाउने मात्र शिक्षक होइनन् । जसले जीवनमा बा“च्नका लागि केही न केहि सिकाउ“छन् ता पनि हाम्रा लागि शिक्षक हुन् । भनिन्छ – बालबालिकाको पहिलो पाठशाला घर र उसको पहिलो गुरु, बुबा, आमा हुन् ।
महात्मा गान्धीले भनेका छन् – म जे छु त्यो मेरो आमाको प्रतिफल हो । संसार गुरु र शिष्यले बनाएका हुन् भनेर चिनियाहरु अझै भन्ने गर्दछन् ।
फूलको बास्ना डा“डावारि मानिसको बास्ना डा“डापारि भन्ने नेपाली उखान नै छ । दक्षिण अफ्रिका अश्वेत नेता नेल्सन मन्डेला हुन् या अमेरिकाका सौ¥हौं राष्ट्रपति अब्राहम लिङ्कन वा भनौं हाम्रै महाकवि देवकोटा यो सबैले आफ्नो समयमा केही बढी नै पढे र कालजयी कृति लेखे ।
मन्डेलाले ‘अ लङ्ग वाक टु फ्रि डम’ संस्मरणात्मक पुस्तक संसारभरि ८० लाख प्रति विक्री भइसकेको छ । त्यस्तै भारतका प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरुले जेलबाट छोरी इन्दिरालाई लेखेका ‘नेहरुज लेटर’ पनि पढैया संस्कृतिको दस्ताबेज हो ।
पठन संस्कृतिको विकास गर्न, साहित्यिक कार्यक्रमहरु, गोष्ठी, पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सव उपयोगी हुन्छन् । सचेत समाज निर्माण गर्न नपढी सुखै छैन । ज्ञान बिना समाज चल्दैन र ज्ञान आर्जन गर्न पढ्नै पर्दछ ।
तीव्र गतिमा फेरिएको प्रविधि र प्रवृत्तिका कारण गहन पठन संस्कृति धरापमा पर्दै गइरहेको छ । पठन संस्कृतिको विकास सामाजिक चेतनाको स्तर नकारात्मक दिशा तर्फ जान्छ । तसर्थ ः प्रविधि मार्फत हुने टुक्रे पठन भन्दा मुद्रित पुस्तकहरुबाट गहन अध्ययन गर्ने अवधारणालाई बलियो बनाउ“दै लैजानुपर्दछ ।
तर पढ्ने भन्दैमा जे पायो त्यही बा बजारु पुस्तकले समाजलाई सही दिशा निर्देश गर्न सक्दैनन् ।
पढ्नु मानवीय क्रियाकलापको महŒवपूर्ण पक्ष हो । सामुहिक र व्यक्तिगत चेतना विस्तार गर्न पठन संस्कृतिको महŒवपूर्ण भूमिका हुन्छ । युरोपदेखि अमेरिकासम्मको आधुनिकताको विस्तारमा पठन संकृतिको निर्णायक भूमिका थियो ।
पठन संस्कृतिको प्रभाव शिक्षित माध्यमवर्गमा मात्र सीमित पाइन्छ । अहिले पठनको पारम्परिक शैलिमा बद्लाव आएको छ । भर्चुअल रिडिङ्गले स्थान लिएको छ । ‘क्लासिक’ पुस्तकको ठाउ“मा ‘बेस्ट सेलर’ आएका छन् । संवेदनाको विकास गराउने साहित्यको स्थान अहिले उपयोगिता प्रधान सामाग्रीले लिएका छन् । शारेवका लागि पढ्ने परम्परामा अहिले व्यापक फरेबदल आएको छ ।
पछिल्लो समय बुटवलमा ‘पाठक मञ्च’ नामको अनौपचारिक संगठन कृयाशील छ । पुस्तक पढ्न रुचि राख्ने जो कोही पनि यसका सदस्य छन् । जहा“ चौरासी वर्षीय बृद्धदेखि किशोर÷किशारी, युवा, प्रौढ सबै एउटै डबलीमा भेला भई पुस्तक, लेखक र पठन संस्कृतिका बारे विचार, विमर्श र अन्तरक्रिया गर्ने गरिन्छ । पठन संस्कृति हुर्काउनु यसको एकमात्र उद्देश्य हो । यस मञ्चको अनौपचारिक कार्यालय बुटवल मिलनचोकमा रहेको ‘हिमालयन बुक हाउस’ हो ।
नेपालबाट पहिलो पटक डि.भी परेर अमेरिका पुगेका दुर्गा दाहाल अमेरिकी किशोर किशोरीहरुको अध्ययनप्रतिको लगाव बारे यसो भन्छन् – ‘पुस्तकालय र क्याफेमा बसेर पढिरहेका किशोर किशोरी थुप्रै भेटिन्छन् । घर भित्रै बसेर पढ्न मन लाग्दैन होला । कलेजका पुस्तक किन्न महङ्गो हुन्छ । त्यसैले पनि उनीहरु पुस्तकालय प्रयोग गर्छन् । रिफरेन्स पुस्तक पाइने, दिनैभर ल्यापटप चलाएर बस्न पाइने कफी सप अध्ययनका लागि महŒवपूर्ण ठाउ“मा रुपमा लिइन्छ । किनकि त्यहा“ शान्त वातावरण हुन्छ, इन्टरनेट हुन्छ प्राय ः विश्वविद्यालयका वरीपरि ठूलाठूला कफी सप हुन्छन् । त्यस्ता कफी सपमा विद्यार्थीहरु समर (गर्मी बिदामा) काम गर्दछन् । काम गरेर कमाएको पैसाले बा“की नौ महिना घुम्छन्, अध्ययन गर्दछन् । ’
के हामी हामीले निर्माण गर्ने भनिएका स्मार्ट सहरहरुमा यस्तै संस्कृतिको विकास गर्न सक्दैनौ त ? च्याउ सरी विस्तार भैरहेका रेष्टुरेण्ट र क्याफेहरुलाई त्यसैगरी रुपान्तरण÷परिमार्जन गर्न सक्दैनौ त ? पठन संस्कृतिलाई मनोरञ्जनको विकल्यका रुपमा अघि सार्न सक्दैनौं त ?
सार्वजनिक स्थलहरु जस्तै पार्क, बस स्टप, र यात्रु प्रतिक्षालयहरुमा पत्रपत्रिका र पुस्तकहरुको उचित व्यवस्था गर्न सके फुर्सदको समय ज्ञान र सूचना आर्जनमा लगाउन पनि त सकिन्छ । जन्मदिवस र विवाह उत्सवहरुमा हामी पुस्तक गिफ्ट दिने चलन चलाउन सक्दछौं । महङ्गा फेन्सी, बजारु सामाग्री र खेलौनाहरु भन्दा गतिला पुस्तक उपहार स्वरुप दिन सके पठक संस्कृति निर्माणमा बलियो सहयोग मिल्नेछ ।
अमन्त्रम अक्षरं नास्ति मूलमनौषधम् । अयोग्य ः पुरुषो नास्ति योजकस्तत्र दुर्लभ (अर्थात मन्त्र नभएको अक्षर हु“दैन, औषधि नभएको विरुवा हु“दैन, कुनै पनि व्यक्ति अयोग्य हु“दैन, तर त्यो संयोजन गर्न सक्ने योग्य व्यक्ति सारै नै दुर्लभ हुन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार