अर्घाखाँचीमा ७२ सय नागरिकता वितरण

घनश्याम पौडेल
अर्घाखाँची । जिल्ला प्रशासन कार्यालय अर्घाखाँची सेवाग्राहीमैत्री भएको छ । सेवाग्राहीलाई सहज, सर्वसुलभ रूपमा सेवा दिने उद्देश्यले प्रशासनले काम अगाडि बढाएको छ । प्रशासनले गतवर्ष वंशजको आधारमा ७ हजार २ सय ९० नागरिकता वितरण गरेको छ ।
वैवाहिक अंगीकृत ११ वटा, राहदानी वितरण २ हजार ८ सय ८३ वटा वितरण भएका छन् । राहदानी सिफारिस सामान्य ३ हजार १८, राहदानी सिफारिस द्रुत सेवा १ हजार ५८ वटा, नाबालक परिचयपत्र १ सय ४४ वटा वितरण गरिएको छ । पारिवारिक पेन्सन सम्बन्धी सिफारिस २ सय ७८, संस्था दर्ता ७८, संस्था नवीकरण १ सय ३ वटा, विपद् प्रभावित १७७ जनालाई १५ लाख ५२ हजार ५ सय राहत वितरण गरिएको प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले बताए ।
जिल्ला सुरक्षा समितिको बैठक ९ पटक, अन्तर जिल्ला समन्वय बैठक ५ पटक, सार्वजनिक अपराध र सार्वजनिक शान्ति विरुद्धका कसुर सम्बन्धी ५२ मुद्धा दर्तामध्ये ४९ मुद्ध फैसला भएका छन् । जिल्ला प्रशासनले सदरमुकाम तथा ग्रामीण भेगमा १५ पटक बजार अनुगमन गरेको छ । जिल्लाको भूमिकास्थान नगरपालिकाको धनचौर, धारापानी, पाणिनीको दुर्गाफाँट, छत्रदेवको छत्रगन्ज, शितगंगाको सिद्धारा बाघखोर, मालारानीको हंसपुरमा एकीकृत घुम्ती सेवा शिविर सम्पन्न गरी तिन हजार सेवाग्राहीलाई गाउँमै सेवा दिएको छ ।
कारागारमा रहेका कैदीबन्दीहरूलाई सिप विकास तामिल, निःशुल्क स्वास्थ्य शिविर, खेलकुद सामाग्री वितरण, पुस्तकालयको व्यवस्था लगायतका काम जिल्ला प्रशासनले गतवर्ष गरेको प्रजिअ लामिछानेले बताए । द्वन्द्व प्रभावितलाई ३ लाख ७२ हजार राहत वितरण, आगोलागि, चट्यान, हावाहुरी प्रभावितलाई घर तथा टोलमा पुगेर राहत वितरण गरिएको जिल्ला प्रशासनले जनाएको छ ।
आपतविपतका लागि आवश्यक पर्ने हेलीप्याड पाचँ ठाउँमा जिल्ला प्रशासनको पहलमा निमार्ण भएका छन् । भूमिकास्थानको धनचौर, पाणिनीको पोखराथोक, छत्रदेवको बल्कोट, केरुङ्गा हटिया र पोखेडाडाँमा गतवर्ष निमार्ण भएका छन् । भने सन्धिखर्कको टुडिखेल, रामवाण गुल्मको व्यारेक म्यालपोखरी सन्धिखर्क, ईलाका प्रहरी कार्यालय खन, रामवाण गुल्मको ठाडा वेसमा पनि हेलीप्याड रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय मार्फत गतवर्ष विभिन्न १८ थान अवैध हतियार संकलन तथा बरामद भएका छन् । सुसाशन र पारदर्शिता कायम गर्ने सम्बन्धमा कार्यालय प्रमुख र सुचना अधिकारीहरूबाट प्रतिबद्धता पत्र घोषणा, सेवाग्राही सहायता कक्षको व्यवस्था, विद्युतिय नागरिक वडापत्रको व्यवस्था, सिसिटिभिको व्यवस्था, स्तनपान कक्ष निमार्ण, फ्रि वाईफाईको व्यवस्था, प्रतिक्षालयको व्यवस्था, सेवाग्राहीलाई खानेपानीको व्यवस्था, कर्मचारीहरूका लागि विद्युतीय हाजिरीको व्यवस्था गतवर्ष जिल्ला प्रशासनका मुख्य उपलब्धी रहेको सहायक प्रमुख जिल्ला अधिकारी विष्णु बेल्वासेले बताए ।
प्रशासनको बेवसाईट, इमेल, ट्विटर, फेसबुकको व्यवस्था तथा प्रयोग, निःशुल्क निवेदन लेखनमा सहयोग, डिजिटल वडापत्र, नियमित प्रतिवेदन तथा पत्राचारमा विद्युतीय माध्यमको प्रयोग लगाएका काम जिल्ला प्रशासनले गतवर्ष गरेको छ ।
कर्मचारी मिलन केन्द्रमा बसेको बैठकले गोरुसिंगे सन्धिखर्क सडकखण्डअन्तर्गत पत्थरकोटदेखि ठाडासम्म २६ किलोमिटर दुरीमा सुरक्षा निकाय नरहेकोले सवारी दुर्घटना हुने, जंगली जनावरको आक्रमण तथा अतिक्रमणको जोखिम रहेकाले उपयुक्त स्थानमा सशस्त्र प्रहरी वल नेपालको एउटा अस्थायी बेस स्थापना गर्नका लागि गृह मन्त्रालयलाई अनुरोध गरेको प्रजिअ लामिछानेले बताए ।
शितगंगा नगरपालिकाको नगरसभाबाट पारित भएको इलाका प्रशासन कार्यालय, मालपोत र नापी कार्यालय ठाडामा स्थापना गर्नका गृह मन्त्रालय र भूमि व्यवस्था तथा गरिबि निवारण मन्त्रालयमा सिफारिस सहित अनुरोध पनि बैठकले गरेको छ ।
नगरप्रमुख सूर्य अधिकारीले भने, ‘संघीयाताको अधिकार गाउँगाउँमै भनेपछि, सामान्य नागरिकता, राहदानी लगाएतका काम गर्न सन्धिखर्क आउँन सेवाग्राहीलाई गाहृो भएको छ, सेवाग्राहीको भावना बुझेर ठाडामा ईलाका प्रशासन, मालपोत र नापी कार्यालय स्थापनाका लागि नगरसभाबाट निर्णय गरेका थियौँ ।
बैठकमा सन्धिखर्क नगरपालिकाका प्रमुख कमल भुसाल, भूमिकास्थानका प्रमुख रेशम थापा, नेकपाका नेता छमकुमारी खनाल, काँग्रेसका उपसभापति शान्ता भण्डारी, समाजवादी पार्टीका टोपवहादुर बलाल, राप्रपाका देवीबहादुर खड्का, जनमोर्चाका पशुपति ढकाल, परिवार दलका डिल्लीराज भुसाल, पत्रकार महासंघका अध्यक्ष हिम लेकाली लगायत सरकारी कार्यालयका प्रमुख, प्रतिनिधि, नागरिक समाजको उपस्थित रहेको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार