परीक्षणमा ॐ शान्तिको क्रान्ति

नारायणप्रसाद पौडेल
माक्र्सवादको आयु दुईसय वर्षभित्रै चल्दै छ, जसले पारेको उथलपुथल असामान्य छ । राजनीति हैन यो, तर विश्व परिवर्तनको चाहना त्यो भन्दा भिन्न पनि छैन । सत्ता र शासनको आसनमा नपुगीकन परिवर्तन(क्रान्ति) चाहनु र हुनु चानचुने हैन । संसारबाट धेरै कम्युनहरु ध्वस्त भए । धेरै सम्प्रदायका आश्रमहरु विगतका इतिहास बने ।
ॐ शान्तिका रहन सक्छन् त्यो बेलासम्म, जुनबेलासम्म सहयोगी हातहरुको साथ हुन्छ । ४६ हजार ब्रह्मकुमारी र १४ हजार ब्रह्मकुमारको अथक साधना, सत्प्रयास र १२ लाख सदस्यको सहयोग सानो भन्न सकिन्न । जबसम्म निराश, उदास, हतास, एकल, असहाय, निरुपाय, तर केही गर्ने र सेवामा समर्पित हुने शक्ति र व्यक्तिको जीवन–यापनको सम्मानित व्यवस्था गर्न सकिन्न तबसम्म ॐ शान्ति जस्ता सम्प्रदायको अवशान पनि हुन्न ।

प्रजापिता ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालयको अन्तर्राष्ट्रिय मुख्यालय छ – माउन्ट आबु, राजस्थान, भारतमा । हजारौं शाखा, उप–शाखा र प्रशाखाहरु छन् विश्वभरि । नेपालमा पनि छन् । त्यो विश्व विद्यालय कुनै औपचारिक शिक्षा आर्जन गर्ने, उपाधि लिने÷दिने, लिएको उपाधिको प्रमाण पत्र लगेर सरकारी एवं गैरसरकारी कम्पनीका विभिन्न पद÷जागिरसँग साट्ने, मानव निर्मित हैन र सरकारी कानुन अधिनस्त पनि छैन होला सायद । त्यो भन्दा बढी विश्वसनीय र उच्च आदर्शले भरिपूर्ण ईश्वरीय विश्व विद्यालय हो, ॐ शान्तिका समर्थक, शुभचिन्तक र पथप्रदर्शकका लागि । भौतिक सुविधाले सम्पन्न आद्यात्मिक चिन्तन र राजयोगको अपूर्व अभ्यासको प्रयोग देख्न र सिक्न सकिन्छ त्यहाँ । मुक्तिको एउटा जु÷युक्ति हो त्यो अनुयायीका लागि । र हो अनुसन्धान र खोज गर्नेहरुका लागि नयाँ विषय पनि । जहाँ पुगेपछि अलग्गै आनन्दानुभूति हुन्छ, लिन सकेमा । डेढदशक पहिले पढेको सरुभक्तको ‘पागल वस्ती’ उपन्यासको स्मरण ग¥यो यो पङितकारले त्यहाँ पुगेर, हेरेर । विशुद्ध काल्पनिक त्यो उपन्यासको अलग बस्ती र ॐ शान्तिका लौकिक एवं भौतिक सुविधाले सु–सम्पन्न आश्रमको तुलना गर्न हुँदैन, मिल्दैन । तथापि के चाहिँ सत्य हो भने सरुभक्तको त्यो काल्पनिक बस्ती जस्तै लाग्ने ॐ शान्तिका आदर्श आश्रमहरु र अनुशासन धेरै उच्चस्तरको रहेको जो कोहीले अनुमान गर्न सकिन्छ । सरुभक्त आफै गएर हेरे, कस्तो अनुभूति गर्दा हुन्, के लेख्दा हुन् हँ ?
असाधारण विश्वास, समर्पण र अविच्छिन्न अभ्यासले जे पनि गर्न सक्छ भन्ने एउटा राम्रो उदाहरण हो त्यो । धेरै लामो इतिहास छैन त्यसको । ॐ शान्तिका प्रवर्तक दादा लेखराजको अवतरण सिन्ध प्रान्त(हाल पाकिस्तान)को कृपालिनी परिवारमा सन् १८७६ मा र आरोहण भारतको राजस्थान १९६९ मा भएको हो । जसलाई उनका अनुयायीले ब्रह्मा बाबा र शिव बाबा भनेर पुकार्छन् । उनकै तस्वीर अगाडि गएर, नतमस्तक भएर, राजयोग र ध्यान गर्छन् । दीक्षित हुन्छन् । कठोर ब्रह्मचर्यको पालन, सात्विक एवं उत्तेजनाउर्जक पदार्थरहित भोजन, स्वेताम्बरण, बाबाका उपदेशको श्रवण, अनुशरण तथा जनसेवामा तल्लीन हुन्छन् । आवास, रहन–सहन, खान–पान, पहिरन, चाल–चलन, जीवन–यापन, राजयोग ध्यान र अध्ययन श्रवण, अनुशासन अनुकरणीय छ आश्रम क्षेत्रभित्र । त्यसैले संसार परिवर्तन सम्भव छ भन्ने लाग्छ उनीहरुलाई । माउन्ट अबु र अबुरोडस्थित शान्ति वनका अलिशान भवन, सभाकक्षमा हुने प्रवचन, जीवन यापन र बैभव उपज हुन त्यसैका । त्यो देखेपछि जुनसुकै सज्जनका मुखबाट निष्कन्छ – ‘यादृशी भावना यस्य सिद्धिर्भवति तादृशी’ । ॐ शान्तिका सँस्थापक शिवबाबाले पनि यदि कतै स्वर्गबाट देख्नसक्ने भए त्यही भन्दा हुन् । उनको भावनाको व्यापकता बढेको छ । तर कतिसम्म हो, परीक्षणमा पनि छ त्यो । सय÷दुईसय वर्ष चल्नुले पनि धेरै फरक पार्छ । माक्र्सवादको आयु दुईसय वर्षभित्रै चल्दै छ, जसले पारेको उथलपुथल असामान्य छ । राजनीति हैन यो, तर विश्व परिवर्तनको चाहना त्यो भन्दा भिन्न पनि छैन । सत्ता र शासनको आसनमा नपुगीकन परिवर्तन(क्रान्ति) चाहनु र हुनु चानचुने हैन । संसारबाट धेरै कम्युनहरु ध्वस्त भए । धेरै सम्प्रदायका आश्रमहरु विगतका इतिहास बने । ॐ शान्तिका रहन सक्छन् त्यो बेलासम्म, जुनबेलासम्म सहयोगी हातहरुको साथ हुन्छ । ४६ हजार ब्रह्मकुमारी र १४ हजार ब्रह्मकुमारको अथक साधना, सत्प्रयास र १२ लाख सदस्यको सहयोग सानो भन्न सकिन्न । जबसम्म निराश, उदास, हतास, एकल, असहाय, निरुपाय, तर केही गर्ने र सेवामा समर्पित हुने शक्ति र व्यक्तिको जीवन–यापनको सम्मानित व्यवस्था गर्न सकिन्न तबसम्म ॐ शान्ति जस्ता सम्प्रदायको अवशान पनि हुन्न । राजनीति, अर्थनीति, सँस्कृति, धर्म, विभेदबाट मुक्त आद्यात्मिक आचार र विचारयुक्त शक्ति जसले अलौकिक हैन, लौकिक स्वर्गमा दैविक सुख र शान्ति यतै लिन÷दिन सक्छ भने किन चाहियो मृत्युपछिको स्वर्ग ?
ॐ शान्तिका अनुयायीहरुले आफूहरुलाई देवता र देवीकै स्वरुपमा सम्झन्छन्, बुझ्छन्, र बाबाका सन्तान भएको मान्छन् । मुख्यालयका मनमोहिनी र मानसरोवर आश्रम क्षेत्रभित्रै छन् बैकुण्ठ, इन्द्रप्रस्थ, ब्रह्मलोक आदि इत्यादि सबै । आबु पर्वतमा पनि स्वर्गका देवी देवताले जस्तै सेवा गरेर मेवा लिने प्रबन्ध छ । सुविधायुक्त उद्यान, भोजनालय, शिक्षालय, सरोवर, सभाकक्ष, औषधालय, आवास र बाहनादि छन् । उनीहरुका आश्रमका क्षेत्रभित्रको सुरक्षा प्रणाली विश्वसनीय र चुस्त दुरुस्त छ । बाहिरी मान्छेलाई प्रवेश निषेध छ । हामीले पनि बुटवल तामनगरस्थित निर्माणाधीन ॐ शान्ति इश्वरीय राजयोग साधना केन्द्र एवं उद्यानका ब्रह्मकुमार नरेन्द्रभाइजीबाट प्रेषित प्रवेशपत्र लिएर नगएको भए देख्न पाइँदैनथ्यो होला । ॐ शान्तिको मुख्यालयमा करिब ५० जनाजति नेपाली ब्रह्मकुमारी र कुमारहरु रहेछन् । विभिन्न विभागमा सेवा गरेर जीवन बिताउने अठोट गरेर, आन्तरिक परीक्षामा सफल भएर त्यहाँ पुगेका होलान् । कहिलेकाहिँ बाहिरी जीवनमा आउँदा नर्कमा पसेजस्तो लाग्दो हो । भित्र रहँदा स्वर्गको अनुभूति गर्न पाइने, त्यति धेरै कष्ट उठाउन नपर्ने, सन्तुष्ट हुन सकिने भएपछि किन चाहियो अरु ? ब्रह्मकुमार सोनु र विष्णु भाइजीले ३ दिनसम्म पु¥याएको सेवा र दिएको ज्ञान स्तुत्य छ । वहाँहरुको त्यो स्वर्गमा प्रवेश र सेवा पाउनु आफैमा धेरै महत्वपूर्ण हो जस्तो लाग्यो हामीलाई पनि ।
‘मन एव मनुष्याणं कारणं बन्ध मोक्षयोः’ । मनै त हो मान्छेको जसले बन्धनमा पार्छ र मोक्ष पनि दिन्छ । काम, क्रोध, लोभ, मोह, मद र मात्सर्य त्यागेर विश्वासको अभ्यासमा निरन्तर लागेपछि जे पनि हुन्छ, गर्न सकिन्छ । त्यही भारत हो जहाँ ओशो(आचार्य रजनिश)ले जस्तो विचारको प्रतिपादन गरे र विश्वचर्चित बने, त्यसको ठीक विपरीतजस्तो लाग्छ दादा लेखराज(ॐ शान्ति)को आचरण, व्यवहार र उपदेश । विगत ७० वर्ष यताका यी दुई परष्पर विपरीत विचारले विश्वमा राम्रै चर्चा पाएका छन् र अलग सम्प्रदायको रुपमा विकास गरेका छन् आफुहरुलाई । यही वीचमा उदाएका हुन् सत्यसाईबाबा पुट्टपर्ति (आन्ध्रपदेश) र ह्वाइटफिल्ड बेंगलोर (कर्नाटका)मा । उनको उदयको रफ्तार पनि सामान्य थिएन । सत्संग, जय गुरुदेव, गायत्री परिवार, रामकृष्ण मिसन, राधेराधे, रामरहिम, आशाराम बापु जस्ता अनगिन्ती सम्प्रदायका शिष्य छन् नेपालमा जसले अनुयायी बनाउने र मुख्यालयका आश्रममा ओसार्ने प्रतिस्पर्धा गर्छन् । पछिल्लोपटक पतञ्जलीले उछिनेको छ धेरैलाई । यसपछि कसले कता दौडाउने हो थाहा छैन । आफै अगाडि बढ्न नसके पनि, लुम्बिनी, कपिलवस्तु, जनकपुर, पशुपति, मुक्तिनाथ, स्वर्गद्वारी, खप्तड, पाथिभारा आदिमा तीर्थयात्री तान्न नसके पनि, अरुका पछिलाग्नमा जित्दैन कसैले हामी नेपालीहरुलाई । राजनीति, सँस्कृति, धर्म, सम्प्रदाय आदि इत्यादि सबैमा ।
ॐ शान्तिका धेरै आचरण बुद्धका उपदेश र मार्गसँग मिल्छन् । सत्यसाई बाबाकै जस्तो रहेछ सबै धर्मलाई समान रुपमा हेर्ने दृष्टिकोण र व्यवहार पनि । ब्रह्मकुमारीहरुको नेतृत्व र व्यवस्थापन हुनाले त्यति धेरै समस्या नहोला भित्रभित्रै । तथापि त्यहाँ पनि वर्ग छन् र छन् असन्तोषका उकुस्मुकुस् । लगाउने जुत्ता, कपडा, बाँध्ने घडी, भिर्ने झोला, बस्ने आवास, चढ्ने सवारी साधन आदि हेरेरै भन्न सक्छ जोसुकैले । त्यहाँभित्रको ज्ञान त्यहिँ मात्र काम लाग्ने हो, बाहिरी जगतमा प्रतिस्पर्धा गर्ने कुरा भएन । उनीहरुका युगको आयु जम्मा १२ सय ५० वर्षको छ, मान्छन् । हाम्रो ज्योतिष शास्त्रको खगोलीय गणितसँग मिल्दैन । प्रकृतिको नियम विपरीत, जैविक प्रणालीभन्दा भिन्न, पारिवारिक जीवनभन्दा टाढा रहेर परिवर्तन गर्न सकिने विषय केही दशाब्दीका लागि सार्थक ठहरिएला । सधै कति सम्भव होला परीक्षणमै रहेको भन्न परेको त्यसैले हो । सेवा गर्ने हातहरु घट्दै गएको कुरा प्रवेशपत्र लिनका लागि निवेदन गर्न तामगरको ॐ शान्ति आश्रममा जाँदा सुनाइएको थियो । त्यस्तै कुरा स्व. भिक्षु विमलानन्दका उत्तराधिकारी सागर धम्मले पनि लुम्बिनीमा गरेको एकजना बुद्धमार्गीले सुनाएका थिए । दाताहरु घट्दै गए टिक्न धेरै गाह्रो पर्छ । चन्दा माग्ने धन्दा गर्नेहरु धेरै भए, दिनेले पनि कता कता पु¥याउन् ? उत्पादनमूलक एवं आत्मनिर्भर हुने खालका काम नगर्ने हो भने भविष्य त्यति सुरक्षित नहुन पनि सक्छ । नर्कबासीले थामिदिनपर्ने स्वर्गको आयु कति लामो होला र । निश्चित क्षेत्र, घेरा वा परिधिभित्रका आफूहरु जम्मै देवी देवता र अरुहरु दानव, आफूहरु सुर र अरु जम्मै असुर मान्न पाइन्छ । तर दानव एवं असुरकै सन्तान लगेर देवता बनाएर, उनीहरुबाटै चन्दालिएर चल्न कति सकिएला ? साह्रै सोचनीय र पेचिलो विषय होला यो पनि ।
०७६ साउन २१ गते, तौलिहवा – कपिलवस्तु

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार