कपिलवस्तुमा ईद–उल–अजहा मनाइँदै

कपिलवस्तु । मुलुकभरकै मुस्लिम समुदायको बाहुल्यता रहेको कपिलवस्तुमा दोश्रो ठूलो चाड (ईद उल अजहा) बक्राईद धुमधाम संग मनाइँएको छ । ईदकै अवसरमा कपिलवस्तु नगरपालिका २ स्थित ईदगाह र नगरपालिका वडा नम्बर ४ स्थित इमाम अहमद बिन हम्मल मस्जिदमा सामुहिक नवाज पढि बकरा ईद मनाउन थालिएको हो ।

सो अवसरमा कपिलवस्तु नगरपालिका २ मा रहेको तौलिहवा ईदगाहमा मदरसा नैमुल उलुमका मौलाना अली हसन नजामीले धार्मीक बिधी अनुरुप नवाज पढाएका थिए । त्यसै गरि कपिलवस्तु नगरपालिका ४ मा रहेको इमाम अहमद बिन हम्मल मस्जिदमा ५ सय बढि महिलाले सामुहिक नवाज पढेका छन ।

महिलाहरुलाई पर्दा लगाएर छुटटै नवाज पढने व्यवस्था गरिएकोले महिलाहरु बालबालिका सहित नवाज पढन मस्जिदमा पुगेका थिए । मुस्लिम बाहुल्याता रहको कपिलवस्तुमा मुस्लिम समुदायले इदगाहा, करबला, मदरसाहरुमा विशेष नवाज तथा पाठ गरि घर घरमा खसीको बलि दिएर सो पर्व मनाउदै गरेका हुन ।

खसि, रागा लगायतका पशुहरुको कुर्वानी ( बली ) दिई आफन्त नातागोता तथा इष्टमित्र संग खुसी साटेर यो चाड मनाइने गरिन्छ । अरबी क्यालेन्डर अनुसार जिलहिज्जा महिनामा पर्ने बक्राईद मुस्लिम समुदायले आज देखि तिन दिन सम्म मनाउने गर्दछन ।

बकरा ईदका अवसरमा मुस्लिम धर्माबलम्बीलाई शुभकामना दिन संघिय साँसद बृजेश कुमार गुप्ता, प्रदेशसभा सदस्य धर्म बहादुरलाल श्रीवास्तव र काँग्रेस नेता सुधाकर पाण्डेय ईदगाहमा पुगेका थिए । ईद उल अजहाको अवसरमा प्रदेश ५ सरकारले सोमबार बिदा दिए पनि केन्द्र सरकारले बिदा नदिएको भन्दै कपिलवस्तुका मुस्लिम अगुवाले गुनासो गरे ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार