नेपालगन्जमा बकरईदकाे राैनक

नेपालगन्ज । मुस्लिम समुदायको दोस्रो महान चाड ‘बकरईद’ धुमधामका साथ नेपालगन्जमा पनि मनाइएको छ ।

नेपालगन्ज उपमहानगरपालिकाको विपीचोक नजिकै रहेको ईदगाहामा विहान ८ बजे नमाज पढेर बकरईद मनाइएकाे हाे । यस क्षेत्रकै ठुलो ईदगाहामा करिव १० हजारभन्दा बढी मुस्लिम धर्मावलम्बीहरुले शान्त वातावरणमा बकरईदको नमाज पढेर एकआपसमा अंकमाल गर्दै बकरईद मनाइए ।

यस्तैमा सहरी विकास मन्त्री मो. इस्तियाक राई पनि ईदगाहामा पुगी बकरईदको नमाज पढी शुभकामना साटासाट गरी ईद मनाए । सहरी विकास मन्त्री राईले नेपालगन्जका जनतालाई दिएका हरेक बाचा पुरा गर्ने गरेका कारण यस क्षेत्रमा चर्चित छन् ।

इद मनाउँदै गर्दा मन्त्री राइले भने –‘म जे बोल्छु त्यो पुरा हुन्छ अनि मलाई खुशी लाग्छ । नेपालगन्जका जनताको लागि बोलेका कुरा भगवानको कृपाले अहिलेसम्म पुरा भएकाे छ । नेपालगन्जका जनताका चाहना पुरा गर्नु नै मेरो प्रमुख लक्ष्य पनि हो । ’

नाममा राजनीति गर्न नहुने बताउँदै आफ्नो लागि हरेक धर्मप्रतिको समान आदर रहेको उल्लेख गरे ।

मुस्लिम समुदायको यस चाडमा खसी कुर्बानी दिने चलन अनुसार कुर्बानी दिएपछि तिन भागमा बिभाजित गर्नु पर्ने जसअनुसार एक भाग गरिबलाई र एक भाग आफ्ना इष्टमित्र तथा एक भाग आफ्नो घरमा राख्नु पर्ने परम्परा छ ।

बकरईद विशेषगरी तीन दिनसम्म मनाउने चलन अनुसार सहरी विकास मन्त्री राई पनि तिन दिनसम्म स्थानियकै माझमा रहने बताए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार