आमाबाबुको सक्षमता नै स्तनपानको सफलता

सन्दर्भ– विश्व स्तनपान सप्ताह,श्रावण १६ देखी २२
जिल्ला प्रशासन कार्यालय, जुम्ला,स्वास्थ्य सेवा विभाग लगायतका के सरकारी के गैरसरकारी तथा निजी सबै सार्वजनिक स्थल,कार्यालय परिसरमा स्तनपानको महत्व दर्शाउन स्तनपान कक्षको स्थापना,उद्घाटन गर्ने क्रम बढ्दो छ । संघीय सरकारले हरेक पालिकामा स्तनपान कक्ष सञ्चालन गर्ने जमर्काे समेत गरेको छ । त्यसो त विमानस्थल,सिंहदरवार परिसर लगायतका सार्वजनिक स्थलहरुमा स्थापना भएका स्तनपान कक्षहरुको उपयोगितामा भने त्यति आएको देखिदैन ।
नेपाल जनसाँख्यिक स्वास्थ्य सर्वेÔण २०१६ का अनुसार शिशु जन्मेको १ घण्टाभित्र स्तनपान गराउनेको संख्या ५५ प्रतिशत छ । पूर्ण स्तनपान गराउने ६६ प्रतिशत मात्र छन् । स्तनपान गराउनु अघि नवजात शिशुलाई घ्यू, मह, चिनी चटाउने चलन ३० प्रतिशत आमामा देखिएको छ । त्यसो त सन २००७ देखि एक घण्टाभित्र स्तनपान शुरु,पूर्ण स्तनपान ६ महिनासम्म र ६ महिनापछि २ वर्Èसम्म स्तनपानका अतिरिक्त पौष्टिक पुरक खाना भन्ने ३ बुँदे अभियानका रुपमा कार्यक्रमहरु सञ्चालनमा छन् । विकसित देशहरुमा तथा सहरी Ôेत्रमा बालअधिकार पोÈण र अविकसित देशमा कुपोÈणको समस्या छ ।
यसैलाई मनन गरी विश्व स्वास्थ्य संघ,संयुक्त राष्ट्रसंघीय बालकोÈ जस्ता अन्तराष्ट्रिय संघसंस्थाहरुले शिशुहरुलाई सकेसम्म पहिलो ६ महिनासम्म पूर्ण स्तनपान र कम्तीमा २ वर्Èसम्म स्तनपान गराउन सिफारिस गरेका छन । वल्र्ड एलाइन्स फर ब्रेष्ट फिडिड्ड एक्सन—डब्लु.ए.बी.ए.ले प्रत्येक वर्È विश्व स्तनपान सप्ताह अगष्ट १ देखि ७ मा समसामायिक नारा दिन्छ । त्यसैको भावार्थमा आफ्नो राष्ट्रको भाÈामा नारा तय गर्ने गर्दछन् । यस वर्ष बाबुआमाको सक्षमता स्तनपानको सफलता भन्दै मनाइँदै छ ।
शिशुलाई फाइदाः
आमाको दूध प्रचूर मात्रामा ६ महिनासम्म खुवाउ“दा पानीको समेत आवश्यकता पर्दैन किनभने दूधमा ८८ प्रतिशत पानी हुन्छ । आमाको दूध बच्चाका लागि तयारी खाना पनि हो । जसलाई शिशुले चाहेमा जुनसुकै बेला र जुनसुकै स्थानमा सजिलैस“ग खुवाउन सकिन्छ । त्यसैमा अझ बच्चालाई समय अनुसार आवश्यक पर्ने तत्वहरु, उचित मात्रामा रहन्छ, पातलिने सम्भावना रह“दैन । सुपाच्य हुन्छ र दिगो रहन्छ साथै बाहिरी सूक्ष्म जीवले आक्रमण गरी दूषित बनाई रोग लाग्ने सम्भावना पनि रह“दैन ।
बट्टाको दूध खानेमा भन्दा स्तनपान गर्नेहरुमा निमोनिया, दम, झाडापखालाले समात्ने र मृत्यु हुने सम्भावना २५ गुणा कम र भिटामिन ए, फलाम र पोषणको कमी भई, कुपोषण हुने सम्भावना न्यून रहन्छ । आमाको दूध नखानेमा शारीरिक अवस्था कमजोर हुने, समयमै घस्रिने र हिंडडुल गर्न नसकिने, दूध पचाउन नसकिने, वान्ता हुने, आ“खा कमजोर हुने पछि रतन्धो हुने, बाौद्धिक क्षमता कम हुने र कमजोर शारीरिक अवस्थाका कारणले व्यक्तित्व विकास गर्न सक्दैन । बच्चाको दा“त र गिजाको विकास हुनाका साथै बलियो बनाउँछ । बोली छिटो आउँछ ।छालारोगको सम्भावना कम हुन्छ । आमाको महिनावारीका गडबढ, रक्तश्राव, डिम्बाशय क्यान्सर,पाठेघर क्यान्सर र खुम्चाई सामान्य अवस्थामा ल्याउने तौल घटाउने गर्दछ ।
जन्मेको १ घण्टामा स्तनपान गराउँदा २२ प्रतिशत नवजात शिशुको मृत्युदर रोक्न सकिन्छ । विश्व स्वास्थ्य संगठनका अनुसार आमाको दूध खुवाए वर्षेणी लाखांै बालबालिका जोगिन्छन् । नेपालको बाल, नवजात शिशु मृत्युदरको मुख्य कारण स्तनपान नहुनु मानिन्छ । जन्मेको २ घण्टादेखी २३ घण्टाभित्र स्तनपान गराउन ढिला गरे मृत्यृको जोखिम पहिलो २८ दिनमा ४० प्रतिशतले बढ्छ । त्यसैगरी २४ घण्टा वा सो भन्दा ढिला गरे उक्त जोखिम ८० प्रतिशतले बढ्छ । आमाको दूध सेवन नगर्नेमा गर्नेमा भन्दा मृत्युको सम्भावना १४ गुणा बढी छ । तसर्थ प्रारम्भिक स्तनपानले जीवन र मरणमा फरकपन ल्याउनसक्छ ।
विगौती दूध
आमाको शुरुको दूध ७—१० दिन भित्रको अलि बाक्लो, पहेलो र च्यापच्याप लाग्ने, वंशाणुगत, कोलोष्ट्रमसहित हुन्छ जसलाई विगौती दूध भनिन्छ । हानिकारक संक्रामक जीवाणु र किटाणुलाई नष्ट पार्ने, संक्रामक रोगस“ग लड्न सक्ने तत्वहरु भएको, कार्बोहाइटे«ड, प्रोटिन, चिल्लो पदार्थको अलावा सबै पौष्टिक तत्वले भरिपूर्ण भएकोले विगौती दूधलाई पहिलो खोप पनि भनिन्छ । आमामा जन्मेदेखि गर्भधारण गर्दासम्म उत्पन्न भएका रोगहरु विरुद्ध विकसित एण्टीबडी भएको दूध, बच्चा जन्मने वित्तिकै वा ढिलोमा जन्मेको आधादेखि एक घण्टाभित्रै खुवाउनु पर्दछ । आमाको दूध शिशुको अधिकार तथा प्रकृति प्रदत्त उपहार एकातिर हो भने अर्कोतिर जीवनदायी अमृत समान हुन्छ ।
आमालाई फाईदा ः
स्तनपान गराउ“दा सौन्दर्यमा ह्रास आउ“छ, शरीरको तौल घट्छ, स्तनको आकार बिग्रन्छ भन्ने गलत मानसिकतामा आधुनिक नारी देखिन्छन् । कतिले कमजोर भइन्छ, कतिले दूध पुग्दैन भन्दै धेरैले पूरा अवधि खुवाउ“दैनन् ।स्तनपानले ५० प्रतिशत पारिवारिक वचत समेत बढाउ“छ ।गर्भावस्थामा संचित बोसो समेत घटाउ“छ । स्तनपान गराउ“दा प्रोजेष्ट्रोन हर्मोनको बृद्धिले छ महिनासम्म गर्भनिरोधकको रुपमा काम गरेको पाइन्छ । गर्भधारण ढिलो हुन गई गर्भान्तरमा पनि मद्धत पुग्दछ । स्तनपान ५० प्रतिशतले कम गर्दा १७–३७ प्रतिशत प्रजनन् दरमा वृद्धि हुन्छ ।
डब्बा तथा अन्य दूध खुवाउ“दा हुने खर्चको आर्थिक भार तथा बिरामी भई उपचारमा लाग्ने खर्चको भार कम हुन्छ । आमालाई स्तनपान गराउ“दा आत्मीयता, भावनात्मक, सुखानुभूति, गौरव, मानसिक स्वस्थता र आत्मसन्तुष्टि प्रदान गर्दछ । बच्चाले आफूलाई सुरक्षित ठान्दछ । बच्चाले दूध चुस्दा अक्सीटोसिन हर्मोन उत्पन्न भई दूध पगार्ने भएकोले बच्चा गर्भमा रहेको बेला खुलेको आमाको पाठेघरलाई खुम्चन मद्धत पु¥याउँछ । पाठेघरमा लाग्ने रोगहरु न्यूनीकरण गर्दछ । प्रसवपछि हुने रक्तश्रावलाई रोक्दछ । त्यसैगरी आमालाई पछि गएर हुने डिम्वासय, स्तन र पाठेघरको क्यान्सर हुने सम्भावना ८ गुणाले कम हुन्छ । स्तनपान गराउ“दा आमाले पूर्णता पाउ“दछ ।
अन्तमा,आमाको दूध शिशुको लागि अमृत समान मानिए पनि बढ्दो आधुनिकतास“ग शहरका मम्मी भनाउ“दाहरु विभिन्न कारणहरु देखाउ“दै दूध सुकाउन औषधि खाने,सुई लगाउने, वट्टाको दूध खुवाउने फेसनमा लागेका छन् भने गाउ“घरका आमाहरु उचित खानपानको अभाव, कामको चाप तथा अज्ञानताले यथेष्ठ स्तनपान गराउन सकिरहेका छैनन् । ठूला तारे होटलमा गरिने सप्ताह कार्यक्रमहरुले स्तनपानको प्रतिशतलाई कागजमा बढाउन सक्लान तर घर घरमा स्तनपान प्रोत्साहित गर्न विशेषज्ञदेखि सामान्य स्वास्थ्यकर्मी,घरपरिवार र समाजका हरेकले सचेत नागरिकको भूमिका निर्वाह गर्न जरुरी छ ।
न्याम्स वीर अस्पताल,काठमाण्डौका सह प्राध्यापक,उपचारामक सेवा महाशाखा, स्वास्थ्य सेवा विभागमा कार्यरत डा.बुढाथोकी नेपाल चिकित्सक संघका केन्द्रीय कोषाध्यक्ष हुनुहुन्छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार