टमाटरको जुस पिएर तौल घटाउने की ?

काठमाडौं । अनावश्यक बोसो लागेको भद्दा शरीर कसलाई पो मन पर्ला र मोटो शरीर रोगको घर हो भन्दा अत्युक्ती नहोला ।

आजकल तौल बढेर सबैलाई समस्या भइरहेको छ ।

वजन घटाउनका लागि डाइटिङ गर्ने वा जिम धाउने काम गर्छन् कोहीकोही । तर टमाटरको जुस पिउँदा पनि वजन कम हुन्छ ।

जुसमा भएको एन्टीअक्सिडेन्ट र मिनरल्सले वजन घटाउन मद्दत गर्छ । गोलभेंडाले शरीरको मेटाबोलीजम पनि बढाउँछ अनि बोसो गलाउँछ ।

गोलभेंडाको जुस घरैमा सजिलै बनाउन सकिन्छ ।

जुस बनाउने विधि

यसका लागि तपाईं पाकेको दुईवटा टमाटर लिनुस् ।

यसका साथै आधी चम्चा मरिच र दुई चम्चा मह लिनुस् ।

बनाउने तरिका

शुरुमा टमाटरलाई मजाले पिँध्नुस् र रस निकाल्नुस् ।

मरिचको धूलो बनाउनुस् ।

टमाटरको रस र मरिचको धूलो मजाले फेंट्नुस् ।

यो मिश्रणलाई एउटा गिलासमा हाल्नुस् र त्यसमा दुई चम्चा मह हाल्नुस् ।

जुस तयार भयो ।

यस्तो जुस दिनदिनै बिहान खाली पेटमा पिउनुस् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार