श्रीमतीद्वारा चक्कु प्रहारी गरी श्रीमानको हत्या

काठमाडौं । काठमाडौंको गोकर्णेश्वरमा श्रीमतीले चक्कु प्रहार गर्दा श्रीमानको मृत्यु भएको छ । २५ वर्षीया श्रीमती शिला घलेले २४ बर्षका श्रीमान जालमान स्याङ्तानलाई तरकारी काट्ने चक्कु प्रहार गर्दा मृत्यु भएको हो ।

चक्कु प्रहारबाट छाती र ढाडमा चोट लागेकाले स्याङ्तान गम्भीर अवस्थामा रहेकाले नेपाल मेडिकल कलेज अत्तरखेल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीको टोलीले त्यस लगत्तै घटना स्थलबाट सिला घलेलाइ पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

घटनाको स्थिति हेर्दा घरयासी विवादको कारण हत्या भएको हुनसक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । घटनाबारे थप अनुसन्धान थालिएको महानगरीय प्रहरी वृत्त बौद्धले जनाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार