लामखुट्टेजन्य रोगहरुको रोकथाम

लामखुट्टेको टोकाईबाट ब्याक्टेरिया,भाइरस र परजिवीद्वारा लाग्ने ६ खतरनाक रोगहरु पर्दछन । संक्रमीत एनोफिलिज लामखुट्टेको टोकाइले प्लाज्मोडियम परजीवीबाट लाग्ने मलेरिया वा औलो, एडिज एजिप्टाई र केही हदसम्म अल्बोपिक्टस पोथी लामखुट्टेको टोकाईबाट डेंगु ज्वरो, एडिज प्रजातिको लामखुट्टेको टोकाईबाट जिका फिवर, एडिज एजिप्टाई र अल्बोपिक्टस लामखुट्टेको टोकाईबाट चिकनगुनिया,क्युलेक्स वा एनोफिल्सको पोथी लामखुट्टेको टोकाईबाट बुचेरीया ब्यान्क्राफ्टी,ब्रुईयामल यी,बु्रईयाटिमोरी जस्ता परजीवी सरी लिम्फेटिक फिलिरियासिस अर्थात हात्तीपाइले,कालाज्वर र क्युलेक्स जातको पोथी लामखुट्टेको टोकाइबाट जाप्नीज बी ईन्सेफलाईटिस भाइरस सरी लाग्ने जाप्नीज ईन्सेफलाईटिस पर्दछन ।
डेंगु
संक्रमीत एडिज एजिप्टाई र केही हदसम्म अल्बोपिक्टस पोथी लामखुट्टेको टोकाईबाट डेंगु ज्वरो हो । वर्Èा श¬रु भएपछि मात्र प्रकोप बढ्ने डेंगू गत वर्È साउनदेखि महामारीको रुपमा ३० जिल्लामा फैलिई हजारौं संक्रमित,उपचारका लागि रगतको अभाव र १९ जनाको मृत्यु भएको थियो तर यस वर्È हल्का वर्Èा नहँुदै धरानमा फैलिई नियन्त्रण बाहिर १ महिना नै रह्यो । हल्का वर्षासँगै चितवन,मोरङ,नवलपरासी,रुपन्देही लगायतका जिल्ला र आसपासका जनतामा देखिइरहेको छ । जेठको दोश्रो सातादेखि आजसम्म धरानमा नियन्त्रण बाहिरका रुपमा डेड्डु महामारीकै रुपमा छ ।
सफा पानीमा पाइने पोथी एडिस एजिप्टीले दिउँसो मात्र टोक्दा हुने डेंगू संक्रमण टाईप १ बाट २ मा जाने,मृत्यृ कम हुने क्लासिकबाट बढी मृत्यु ह¬ने हेमोरेजिक र शक डेंगूमा जानसक्ने,मुलुकका ६ स्थानका ठूला अस्पताल र मेडिकल कलेजमा मात्र उपलब्ध भेन्टिलेटर,जनचेतनामा कमी,रक्तसञ्चार सेवा तथा रगतको अभाव,सरकारी निष्क्रियता आदिले महामारी लिनसक्ने र धेरै धनजनको Ôति ह¬ने निश्चित छ ।
औलो ः
संक्रमित एनोफिलिज लामखुट्टेको टोकाइले प्लाज्मोडियम परजीवीबाट लाग्ने मलेरिया वा औलो हो ।औलो उन्मूलन भइसकेको घोषणा गरिएको भनिएपनि नेपाल सरकार इपीडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण केन्द्रका अनुसार नेपालका ६५ वटा जिल्ला ( ५२ वटा सामान्य समस्याग्रस्त र १३ अती नै प्रभावीत)र ७५ प्रतिशत भन्दा बढी २ करोड जनता अझै पनि औलोको जोखिममा छन् । संसारभर लामखुट्टेको टोकाइबाट हरेक वर्ष १० लाखभन्दा बढी मानिसको मृत्यु हुने गरेको छ जस्को अधिकांश हिंसा औलोले लिने गरेको छ । मलेरिया लगायत लामखुट्टेजन्य रोगहरुबाट सामान्यतया ५ वर्षमुनिका बालबालिका,गर्भवती महिला र एचआईभी संक्रमित बढी प्रभावित हुने गरेका छन ।
कालाज्वरः
संक्रमीत फ्लेवोटोमीइस जातको पोथी स्यान्डफ्लाई भुसुनाले मानिसलाई टोकेमा यो रोग मानिसमा सर्दछ । विश्वमा कालाजारबाट बढी प्रभावित मुलुकमध्ये नेपाल एक हो । हाल नेपालमा प्रति १० हजार मानिसमा ३ देखि ४ जना मानिस कालाजारबाट प्रभावित भएको अनुमान छ । नेपालका खासगरी भारतसँग सीमाना जोडिएका १२ वटा जिल्ला कालाजारबाट प्रभावित भएको पाइएको छ । यो लामखुट्टेले टोकेर लाग्ने रोग नभई भुसुनाले टोक्दा लाग्ने रोग हो । प्रायले लामखुट्टेले टोक्दा लाग्ने भनेर यस्को नाम लिने गर्दछन जुन शत प्रतिशत गलत हो ।
हात्तीपाइले ः
संक्रमीत क्युलेक्स वा एनोफिल्सको पोथी लामखुट्टेको टोकाईबाट बुचेरीया ब्यान्क्राफ्टी,ब्रुईयामलयी,बु्रईयाटिमोरी जस्ता परजीवी सरी लिम्फेटिक फिलिरियासिस अर्थात हात्तीपाइले रोग लाग्दछ । हिमाली तथा उच्च पहाडी भूभागका जिल्ला बाहेक तराई र पहाडका ६० जिल्लाका २ करोड भन्दा बढी हात्तीपाइलेकोे जोखीममा छन । स्मरणीय रहोस, सन २०१५ सम्म हात्ती पाइले निवारण गर्ने सरकारको लक्ष्य छ ।

महामारी देखाउने लामखुट्टेको टोकाइबाट मात्र सर्ने रोग फैलिन तथा परजीवीको विकास र जीवनचक्र पूरा हुन लामखुट्टे र मानिस नभइहु“दैन । रोकथामका उपाय भन्नासाथ लामखुट्टेको विकास र जीवनचक्र नाश गर्नुपर्दछ । जीवनचक्र पूरा हुन नदिन लामखुट्टेको टोकाइबाट मानिस जोगिने गर्नु पर्दछ । बच्नका लागी प्रयोग गरिने मच्छडधूप भने हानिकारक सिद्ध भईसकेको छ ।

लामखुट्टेको टोकाइबाट बच्नः घरको झ्यालढोकामा मसिनो जालीको प्रयोग गर्ने,सुत्दा किटनाशक झुलको प्रयोग गर्ने,पंखा,एयर कुलर,एयर कण्डीसन प्रयोग गर्ने गर्नुपर्छ ।जाली र झुलको व्यवस्था हुन नसक्ने ठाउ“मा लामखुट्टे भगाउने धूप, झोलको प्रयोग गर्ने,घर बाहिर जा“दा शरीरको खुल्ला भागमा लामखुट्टे धपाउने मलमको प्रयोग गर्ने वा तोरीको तेल, निमको तेल वा लामखुट्टे रिपेलेन्ट दलेर बस्ने र सुत्ने र प्रभावित Ôेत्र मा जा“दा वा बस्दा पुरै शरीर ढाकिने गरी पूरा लामो बाहुला भएको सेतो हलुका रंगको कमिज र पैन्ट लगाउनु पर्दछ । आर्युवेदका अनुसार बिहान बेलुका कोठामा कपुर जलाउँदा,नरिवलको तेलमा कपुर मिलाएर शरीरमा तथा टोकेको ठाउँमा लगाउँदा,नीमको तेललाई ढोका,झयाल र दराजमा लगाउँदा पनि लामखुट्टेको समस्याबाट दूर भएर जानसक्छ ।

लामखुट्टेको नाश गर्न ः आ—आफ्नो घर गोठमा कीटनाशक औषधि छर्कन लगाउने,औषधि छर्केको ३—६ महिनामा सम्म लामखुट्टे मर्ने भएकोले किटनाशक छर्केको भित्तामा कम्तीमा ३ महिनासम्म लिपपोत नगर्ने,किटनाशकयुक्त झुलको प्रयोग गर्ने,पानी शोस्ने रुखहरु जामुन, सिमल, मसला रोप्ने तथा घर वरिपरि, सडक वारिपारीका खाल्डाखुल्डी पुर्ने, पोखरी, इनार र कुलोको वरिपरिको घा“सपात सफा गर्ने, मट्टितेल, डिजल, डिडिटी मालाथियन, क्लोडीन, डेल्ड्रीन छर्कने, जमेको पानी बगाइदिने गर्नुपर्दछ ।

लामखुट्टेको बच्चा विनाश गर्न ः लामखुट्टेले विशेषगरी जमेको पानीमा फुल पार्ने र प्रजनन गर्ने भएकोले त्यस्ता खाल्डा तुरुन्त पुरिदिएमा वा ७ दिनभित्र सुकाउने, जमेको पानीलाई बगाइदिने गर्दा फुल र लार्भाहरु मर्दछन् । गाउ“का पोखरी, दह, तलाउ, नाला र खाल्डामा लामखुट्टेको लार्भा खाने माछा पाल्ने,घर वरिपरि जमेको पानीमा मट्टितेल,डिजल,डि.डि.टी. छर्कने,जामुन, सिमल, मसला जस्ता पानी सोस्ने रुखहरु पानी जम्ने ठाउ“मा रोप्ने गर्दा पनि बच्नसकिन्छ । क¬नै पनि प्राकृतिक तथा अप्राकृतिक भाडाहरुमा पानी जम्न दिनु हँुदैन ।

जनचेतनामा अभिवृद्धिः रोगलाई प्राविधिक, आर्थिक, सामाजिक र राजनैतिक रुपमा संवोधन गरिनु पर्दछ । रोगका बारेमा आम जनसमुदाय तथा सरोकारवालालाई उक्त रोगको विविध पक्षबारे जानकारी दिनुपर्छ । संक्रमित व्यक्तिको रगत अन्य व्यक्तिमा प्रत्यारोपण गर्नुहँुदैन । सञ्चार माध्यम तथा स्थानीयस्तरका स्वास्थ्यकर्मीहरुद्वारा रोग सम्बन्धी जनचेतना फैलाउन जरुरी रहन्छ । रोगको शंका लागे जतिसक्दो चाँडो चिकित्सकलाई देखाउनु पर्दछ ।
अन्तमा आफ्नो, शरीरको, परिवारको र समाजको सुरक्षाकोलागी हामी आपैंmले व्यक्तिगत र घर वरपरको सरसफाई, लामखुट्टेबाट बच्ने उपाय मात्रै अपनायौं भने यस्ता खतरनाक, मृत्युजन्य रोगबाट जोगिन सक्छौं ।हामी आफै आफ्नो धन र जनको क्षति न्यूनीकरण गर्न लामखुट्टेको टोकाइबाट बच्नै पर्दछ र लामखुट्टेको बासस्थान निर्मूल गरी संक्रमित लामखुट्टे निर्मूल गर्नुपर्दछ । घर वरिपरि सफा र स्वच्छ राखांै । पानी जम्ने भाडाकुडा,खाल्टाखुल्टी नराखौंै ।

(न्याम्स,वीर अस्पताल काठमाण्डौका सह प्राध्यापक वरिष्ठ कन्सल्टेण्ट डेण्टल सर्जन डा. बुढाथोकी नेपाल चिकित्सक संघका केन्द्रीय कोषाध्यक्ष हुनुहुन्छ ।)

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार