जनसंघर्ष दैनिकको नागरिक सल्लाहकारमा गोविन्द खनाल

रुपन्देही । राष्ट्रिय दैनिक जनसंघर्षले नागरिक समाजका मुद्दाहरुलाई उजागर गरी सामाजिक न्यायको पक्षमा बहस पैरवी गर्दै आइरहेको छ ।

यस बिषयलाई अझ ब्यापक रुपमा बहस चलाउने सोच अनुरुप यस प्रकाशनले मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय वरिष्ठ उपाध्यक्ष गोविन्द खनाललाई नागरिक सल्लाहकारको जिम्मेवारी दिइएको दैनिक जनसंघर्षका सम्पादक पम्फा खनाल चापागाईंले जानकारी दिईन् ।

दैनिक जनसंघर्षले सामाजिक न्यायका पक्षमा शान्तिपूर्ण रुपमा अभियान चलाउने र मिडियामा महत्वका साथ स्थान दिने निर्णय गरेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार