राष्ट्रिय दैनिक जनसंघर्षको सम्पादकमा खनाल र कार्यकारी सम्पादकमा अधिकारी

बुटवल । राष्ट्रिय दैनिक जनसंघर्षको सम्पादकमा पम्फा खनाल चापागार्इं र कार्यकारी सम्पादकको जिम्मेवारी अग्रज पत्रकार सुमन अधिकारीले लएिका छन् ।

सम्पादकको जिम्मेवारी लिनु हुने पम्फा खनाल चापागाईं जनसंघर्ष राष्ट्रिय दैनिकको स्थापना कालदेखि नै आवद्ध रही निरन्तर प्रकाशन संस्थालाई अगाडि बढाउन क्रियाशील व्यक्तित्व हुन भने कार्यकारी सम्पादक सुमन अधिकारी तीन दशकदेखि विशेष गरी छापा पत्रकारितामा विशिष्ट पहिचान र क्षमता राख्ने सफल पत्रकारको रूपमा सुपरिचत व्यक्तित्व हुन् ।

जनसंघर्ष राष्ट्रिय दैनिक हाइटेक अफसेट प्रकाशन प्रा.लि.को स्वामित्वमा प्रकाशित मोफसलको ख्यातिप्राप्त राष्ट्रिय दैनिक हो ।

यसमा आवद्ध भई काम गरेका पत्रकार तथा कर्मचारीहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा ख्याति प्राप्त छन् ।

यो पत्रिकाले प्रजातन्त्र, लोकतन्त्र, संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनामा महत्वपूर्ण योगदान पु¥याउनुका साथै सामाजिक उत्तरदायित्वमा आधारित मर्यादित पत्रकारितामा विशिष्ट पहिचान बनाउन सफल र आमपाठकका बीचमा लोकप्रिय रहेको छ ।

राष्ट्रिय दैनिक जनसंघर्ष मोफसलको राष्ट्रियस्तरको ‘क’ वर्गमा सूचीकृत पहिलो राष्ट्रिय दैनिक हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार