रोजगारीमा शास्त्रीय र आधुनिक दृष्टिकोणः एक विवेचना

युवकहरुलाई प्रौढहरुले प्रायः सोध्ने गर्छन्– के गरेका छौ ? यसको सोझो अर्थ हो धन आर्जनको कुनै काममा छौं । रोजगार हो कि बेरोजगार ? यदि कोही अर्थोपार्जनको काममा संलग्न छैन भने बेरोजगार हुन्छ । उसले सानो तिनो धन आर्जनको काम भयो भने रोजगार हुन जान्छ । बेरोजगारी किन उत्पन्न हुन्छ ?यस सम्बन्धमा निम्नलिखित तीनवटा दृष्टिकोण प्रस्तुत गर्न सकिन्छ

१.क्लासिकल दृष्टिकोणः
क्लासिकल दृष्टिकोण अनुसार बजार संयन्त्रमा कुनै प्रकारको अपूर्णता वा हस्तक्षेप भएन भने बेरोजगारी पाईंदैन । जुन बेरोजगारी देखिन्छ, त्यो अस्थायी हुन्छ । कुनै कारणले श्रमिकको पूर्ति बढी छ भने अर्थव्यवस्थामा बेरोजगारी उत्पन्न हुनजान्छ तर छिटै बेरोजगार बीच ज्यालाका लागि प्रतिस्पर्धा उत्पन्न भई ज्यालामा कमी आउँछ । ज्याला कम हुनासाथ बढी मानिसहरुले रोजगार प्राप्त गर्छन् । त्यसैले उत्पादनमा कमी हुँदा बेरोजगारी उत्पन्न हुन्छ । यस अन्तर्गत अदृश्य बेरोजगारी र मौसमी बेरोजगारी, अल्प बेरोजगारी, शैक्षिक बेरोजगारी, खुल्ला बेरोजगारी, चक्रीय बेरोजगारी र व्यापार चक्रको कारणले उत्पन्न बेरोजगारी इत्यादि । यी मध्ये केही बेरोजगारी समाधान हुँदैनन् । जस्तै चक्रीय बेरोजगारी व्यापार चक्र समाप्त भए पछि आफैं समाप्त हुन्छ । शैक्षिक बेरोजगारी हटाउन रोजगार चाहनेले आफ्नो योग्यतामा विशेषज्ञता हासिल गर्नु पर्दछ । फ्रिक्शनल बेरोजगारी वास्तवमा बेरोजगारी होइन त्यो रोजगार खोज्ने प्रयास गरे सजिलै हट्छ । अदृश्य बेरोजगारी एक अस्पष्ट अवधारणा हो । कति जना र कहाँ बेरोजगार छन्, त्यो पत्ता लगाउन सकिंदैन । कृषिमा यस्तो बेरोजगारी पाइन्छ भनिन्छ तर त्यहाँ सीमान्त उत्पादकत्व नाप गर्न सकिंदैन । तर यस अवधारणाले के भ्रम उत्पन्न गर्न सफल भएको छ भने कृषि बेरोजगारी उत्पन्न गर्ने व्यवसाय हो ।

२.माक्र्र्सीय दृष्टिकोण ः
माक्र्सको विचारमा बेरोजगारी समस्या पू“जीवादी प्रणालीको समस्या हो । बेरोजगारीको समस्या उत्पन्न हुने कारण उत्पादन प्रणालीमा परिवर्तन हो । मानिसको ठाउ“मा पू“जीको प्रयोगले केही श्रमिक बेरोजगार हुन जान्छन् । यस्तो बेरोजगारी तीन प्रकारले बढ्न जान्छ– मेशिनले कामदार विस्थापित गरी दिंदा, कृषि उत्पादनबाट औद्योगिक उत्पादन वा गाउँबाट सहरमा गएर अलपत्र परेका, तथा कामको अत्यधिक अनियमितताले हुने बेरोजगार ।

माक्र्सवादी तर्क के छ भने साम्यवादी अर्थव्यवस्थामा बेरोजगारी हुँदैन किनभने त्यसले श्रम प्रधान प्रविधि प्रयोग गर्छ । पोल्यान्डमा भएको श्रमिक असन्तोषले त्यहाँको साम्यवादी सत्ता परिवर्तिन भयो । रुस र अन्य साम्यवादी देशहरुमा पनि बेरोजगारीको समस्या छ । सबैलाई योग्यता अनुसारको काम र आवश्यकता अनुसारको दाम एक सुन्दर मृगमरीचिका मात्र साबित भएको छ ।

३.केन्सीयन दृष्टिकोण– केन्सले बेरोजगारीको माग पक्षको विश्लेषण गरेका छन् । उनको विचारमा अर्थव्यवस्थामा प्रभावकारी माग घट्न गयो भने बेरोजगारी बढ्छ । अर्थव्यवस्थाको कुल माग बढाउना साथ बेरोजगारी समस्याको समाधान प्राप्त हुन्छ । यसका लागि मानिसहरुको आय वृद्धि गर्नु पर्दछ । यस विधिले विगत ५० वर्ष सफलता साथ काम ग¥यो तर तरलतामा कमीको अन्तराष्ट्रिय समस्याले यस विधिका केही कमी छन् भन्ने तर्फ सोंच्न बाध्य बनायो । त्यसैले अहिले केही अर्थशास्त्रीले रोजगारीको क्लासिकल दृष्टिकोणलाई समर्थन गर्छन् ।
अर्थशास्त्रीहरुले यस बाहेक अन्य बेरोजगारीहरुको पनि चर्चा गरेका छन् । जस्तै सरकारी वा बैंकर नियमले गर्दा अर्थव्यवस्थाको केही क्षेत्रमा बेरोजगारी फैलिन जान्छ । श्रम नियमन कानुन लागु गर्दा अफ्रिका, मध्य पूर्व र ल्याटिन अमेरिकामा त्यहाँका युवा र महिला बेरोजगार हुन पुगेका छन् । नेपालबाट निर्यात हुने कार्पेट युरोपमा बाल श्रम कानुन अन्तर्गत लिन नमान्दा नेपालमा कार्पेट श्रमिकहरु बेरोजगार हुन पुगेका थिए ।

नेपाल वृत्ति व्यवसाय ः
नेपालको तराइमा एउटा उखान प्रचलित छ, ‘उत्तम खेती मध्यम बान । निषिद्ध चाकरी भीख निदान ।’ यसले केवल चारवटा वृत्ति व्यवसाय हुन्छ भनेको छ । कृषि सर्वोत्तम पेसा बताइएको छ । यसलाई सर्वोत्तम पेसा भन्नुका पछाडि केही आर्थिक तर्कहरु छन् । कृषकले प्राकृतिक साधनको सर्वोत्तम उपयोग गरेर उत्पादन प्राप्त गर्छ । उसको यस प्रयासले जी.डी.पी. मा योगदान हुनजान्छ । उसको कामले वातावरणीय सन्तुलनलाई बिगार्दैन । कृषकको कामले प्रकृतिलाई बढी नै सहयोग गर्छ । कृषकले स्वरोजगार गर्छ र समय समयमा थप रोजगारी सिर्जना गरेर अर्थव्यवस्थालाई सहयोग गर्छ । उसले उत्पादन गरेको वस्तु जीवन निर्वाहको प्रमुख साधन हो । पोषण प्राप्त हुन्छ । जुन स्वस्थ जीवनका लागि आवश्यक छ । कृषकको उत्पादन अन्य उत्पादनका लागि कच्चा पदार्थ हो । अर्थात् अर्थव्यवस्थाका द्वितीयक र तृतीयक क्षेत्र कृषिका आधारमा नै फस्टाउँछन् ।

बानको अर्थ हो उद्योग व्यवसाय, बनियाँगिरी । व्यवसायीले समय, स्थान, रुप इत्यादि परिवर्तन गरेर वस्तुको मूल्य बढाउँछ । उसले मौलिक वस्तु उत्पादन गर्दैन । तर ऊ आफूले रोजगार गर्छ र अन्य केहीलाई रोजगारी दिन्छ । जी.डी.पी.मा उसको पनि योगदान छ ।

चाकरीको अर्थ हो नोकरी । वि.संं २००० सम्म नेपालमा पनि नोकरी शब्द प्रयोगमा थिएन । अचेल चाकरीलाई नोकरी वा सर्भिस शब्दले विस्थापित गरी दिएको छ । सेवाद्वारा जी.डी.पीमा गरिने योगदानलाई यस अन्तर्गत राखिन्छ । नोकरी गर्नेले आफ्नो योग्यता देखाएर सो अनुरुप आर्थिक क्रिया गर्न चाहन्छ । तर उसले अरुलाई प्रत्यक्ष रोजगारी दिंदैन ।

अन्तिम वृत्ति भीक्षा माग्नु । मागेर खानेले केही उत्पादन पनि गर्दैन । अरुको भाग खान्छ । जी.डी.पी. मा योगदान हुने कुरै भएन ।

नेपालमा बेरोजगारी सम्बन्धी अनुमानित तथ्याङ्कहरुले १४ देखि १९ प्रतिशत बेरोजगारी रहेको देखाएका छन् । नेपालीहरुको आर्थिक समृद्धिका लागि विगतमा विभिन्न प्रयास भए । शिक्षा, स्वास्थ्य, यातायात, सञ्चार लगायत केही क्षेत्रमा प्राप्त उपलब्धि सन्तोषजनक पनि देखिएको छ । तथापि नेपालमा बेरोजगारी छ । नेपालमा निम्नलिखित स्वरुपमा बेरोजगारी समस्या देखा परेको छ ।

१. नयाँ प्रविधिको जति छिटो उपयोग नेपालमा देखा पर्छ यति छिटो नेपालका छिमेकी देशहरुमा पनि देखिंदैन । कृषिमा परम्परागत शैली लोप भइसकेको छ । घरेलु र साना उद्योगहरु वैदेशिक वस्तुको उपभोगले विस्थापित भएका छन् । यी सबै कुराले मानिसहरुलाई बेरोजगार बनाइदिएको छ । उदाहरणका लागि कम्प्युटर र अफसेट प्रेसले परम्परागत टाइपराइटर तथा ल्याटर प्रेससँग सम्बन्धित धेरै रोजगारलाई विस्थापित गरिदिएको छ । ट्रयाक्टरले गोरु, हलो र जुआ मात्र विस्थापित गरेन त्यससँग सम्बन्धित हली, नारा, हलो जुआ बनाउने सीप र रोजगार सबैलाई विस्थापित गरिदिएको छ । यस प्रकारको बेरोजगारी हटाउन सकिंदैन । पुरानो प्रविधिलाई अपडेट गर्ने विधिको विकास गर्ने हो भने यस्ता बेरोजगारले सीप विकास गर्ने समय पाउँछन् । फलस्वरुप बेरोजगारीको तीव्रतालाई कम गर्न सकिन्छ ।

२. शिक्षाको विकास सन्तोषजनक छ । तथापि यसै कारणले शैक्षिक बेरोजगारी बढ्दो छ । उत्पादित जनशक्ति प्रयोग गर्ने निकाय कम्पनी, फर्म, शैक्षिक संस्थाले सबै जनशक्ति आफ्नो काममा दक्ष नभएको गुनासो गर्दै आएका छन् । कम योग्य जनशक्ति छ भने उसले तोकिएको काम दक्षतापूर्वक गर्न सक्दैन । फलस्वरुप सम्बन्धित रोजगारदाताले उनीहरुलाई कामबाट हटाइदिन्छन् । यस प्रकार गुणस्तरीय शिक्षा र सीपको कमी बेरोजगारीको कारण बनेको छ । यसको समाधान थप शिक्षा र सीप आर्जन गरेर योग्यता बढाउनु नै हो ।

३. नेपालीको बदलिंदो जीवन शैली पनि परम्परागत क्षेत्र बेरोजगारीको कारण बनेको छ । स्कूलहरुमा कालोपाटी र सेतो चक प्रयोग हुँदा हरेक शहरमा चक निर्माण उद्योगहरु सञ्चालित थिए । त्यसमा काम गर्ने कामदार, टेकनिसियन, त्यसको बजार प्रतिनिधिले काम पाएका थिए । कालोपाटीलाई सेतोपाटी र कालो मार्करले विस्थापित गरेपछि पुरानो रोजगारी विस्थापित हुनु स्वाभाविक हो तर यी वस्तुको उत्पादन नेपालमा नगरुन्जेल यसले आन्तरिक बेरोजगारीलाई विस्थापित गर्ने छैन । केही मानिसलाई बेरोजगार बनाएको यस परिवर्तनले विद्यार्थीको गुणस्तरीय शिक्षामा के परिवर्तन आएको छ । यसको सन्तोषजनक उत्तर कसैसँग छैन । टपरीलाई प्लास्टिकको प्लेटले विस्थापन गर्दा पात टिप्ने, बजारमा लगेर बेच्ने, टपरी खुट्ने जति परम्परागत रोजगार थियो त्यो एकैचोटि बेरोजगार हुन जान्छ । जीवन शैलीमा परम्परागत पुट दिएर हामीले यस्ता रोजगार जीवित राख्न सक्छौं ।

३. वैदेशिक रोजगारको उद्देश्य नेपाली अर्थव्यवस्था अत्यधिक कमजोर भएको बेला नेपालीहरुलाई रोजगार दिनु थियो । त्यो लक्ष्य प्राप्त पनि भयो । पछि विदेश जाने क्रम कति धेरै बढ्यो भने नेपालमा रोजगार व्यवसाय सञ्चालन गरेका मानिस पनि विदेशिए । त्यसबाट बेरोजगारीको नयाँ शृङ्खला सुरु भयो । विदेश जाने मानिस बेरोजगार मात्र थिएनन्, उद्यमी पनि थिए, उपभोक्ता पनि थिए । उद्यमी र उपभोक्ता दुबैको कमी हुनु भनेको देशभित्र प्रभावपूर्ण माग र उत्पादन दुबैमा कमी भई बेरोजगारी सिर्जना हुनु हो ।

रोजगार सम्बन्धमा पूर्वीय आर्थिक विचार ः
पूर्वीय नीति, स्मृति र अर्थशास्त्रकारहरुले बेरोजगारीको विषयमा उल्लेख गरेका छैनन् बरु उनीहरुले प्रत्येक व्यक्तिलाई पुरुषार्थ गर्न प्रेरित गर्न गरेका छन् । अर्थ, काम, र धर्मको प्राप्तिलाई पुरुषार्थ भनिएको छ । यी मध्ये कुनै एउटा वा तीनवटाको सन्तुलित उपलब्धि हासिल गर्नु सम्मानजनक भनिएको छ । आश्रम र वर्ण विभाजनको उद्देश्य यसै पुरुषार्थको प्राप्ति हो । सुरुका २५ वर्षको जीवनलाई ब्रह्मचर्य भनिएको छ । यसमा व्यक्तिमा अनुशासन, आज्ञापालन, अध्ययनशीलता, र पवित्रता विकासको कल्पना गरिएको छ । दोस्रो अवस्था, जुन २५ वर्षपछि सुरु हुन्छ, मा विवाहित जीवनका सारा कर्तव्य समावेश हुन्छन् । पचास वर्ष पछिको तेस्रो आश्रमलाई वानप्रस्थ र ७५ वर्ष पछिको चौथो जीवनलाई सन्यास आश्रम भनिन्छ ।
ब्रह्मचर्य भावी जीवनको तैयारी हो । यस अवस्थामा अनुशासनपूर्वक ज्ञान र सीप हासिल गरेर मात्र गृहस्थ आश्रममा वाञ्छित अर्थ र कामको उपलब्धि गर्न सकिन्छ तर त्यो धर्मको सीमामा हुनु पर्छ ।

त्यसै गरी चार वर्णको विभाजन गरिएको छ । ब्राह्मणलाई त्यो बौद्धिक वर्ग मानिएको छ, जसलाई वेद र स्मृतिको ज्ञानको सुरक्षा गर्नु भनिएको छ । क्षत्रिय वर्ण भनेको सैन्य वर्ग हो, जुन शासक पनि हुन सक्थे । शस्त्र धारण गर्नु, त्यसका आधारमा जीविका गर्नु, र देशको सुरक्षा गर्नु क्षत्रीय वर्णको कर्तव्य भनिएको छ । वैश्य वर्गले सामान्यतया कृषि वा वाणिज्यको काम गर्छन् भनिएको छ । अन्तमा, द्विजातिको सेवा गर्नु, कृषि, पशुपालन आदि धनार्जनको काम गर्नु, शिल्पकार र नट कार्य गर्नु शूद्रवर्णको काम हो भनिएको छ ।
निश्चित रुपमा वर्ण व्यवस्था एक आर्थिक संरचना हो किनभने यस व्यवस्थामा अर्थव्यवस्थाले श्रम विभाजनका फाइदाहरु प्राप्त गर्छ । यसका साथै त्यसले देशको उत्पादन र उपभोगलाई निर्धारण गर्दछ भने एउटा वर्णको अर्का वर्णस“ग निर्भरतामा अभिवृद्धि गरी सामाजिक समन्वय कायम गर्दछ । प्रत्येक वर्णको जीविकाको साधन पूर्व निर्धारित भएकोले उत्पादन, उपभोग र रोजगारीमा निरन्तर सन्तुलन हुन जान्छ भन्ने मान्यता गरिएको छ ।

पुरुषार्थ प्राप्तिका लागि आश्रम र वर्णको मर्यादा पालन गर्ने र गराउने शासक वेद मार्गबाट सुरक्षित भएर आनन्दसँग रहन्छ, कहिल्यै पदच्युत हु“दैन भन्ने निष्कर्ष प्राप्त गरिएको छ । यस आलेखमा मैले शास्त्रीय मान्यताका आधारमा रोजगारीको विषयलाई वर्णाश्रम व्यवस्थाको कार्य विभाजन बारेमा विवेचना गरेको हुँ । आधुनिक समाजको विकास भएपछि विश्वव्यापीकरणसँगै रोजगारीको परिभाषा बदलिएको छ । परम्परागत रोजगारीको आधारमा टेक्दै र त्यसलाई समय सापेक्ष रुपमा परिमार्जन गर्दै आधुनीकरण एवं व्यवसायीकरण गर्दै जाँदा रोजगारीको समस्या न्यूनीकरण हुँदै गई परम्परागत सीपहरुले पनि नयाँ मान्यतालाई आत्मसात गर्दै अगाडि बढ्न सकिने सम्भावना देखिन्छ । यो कोणबाट पनि रोजगारमा अवसर सिर्जना गर्न सकिने कुराप्रति नयाँ अर्थशास्त्रीहरुको ध्यान पुग्नु जरुरी देखिन्छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार