मेलम्ची प्रमुखको राष्ट्रिय अपराध

गत साल नेपाल सरकारले इटालियन ठेकेदार कम्पनी सिएमसीसित सल्लाह गरी उपत्याकामा २०७५ साल माघ २७ गते मेलम्चीको उद्घाटन गर्ने योजना बनाएको थियो । तर परिस्थिति एकाएक बिग्रियो । यसको मुख्य कारण खानेपानी मन्त्रालयका तत्कालीन सचिव गजेन्द्र ठाकुर र मेलम्ची खानेपानीका आयोजनाका प्रमुख सूर्यराज कँडेलले नियोजित रुपमा सिएमसीका ठेकदारलाई भगाएका थिए । यसको रहस्य ठूलो छैन ।
खास कुरा मेलम्ची आयोजनाका प्रमुख सूर्यराज कँडेल काठमाण्डौमा खानेपानी आपूर्ति गर्ने ठूला व्यापारी हुन् । उनको श्रीमतीको नाममा काठमाण्डौमा ठूलो परिणाममा पानी आपूर्ति गर्ने क्रिष्टल आक्वा सर्भिसेस प्रालि रहेको कुरा खुल्न आएको छ । आफ्नो परिवारको व्यापार घाटामा जाने भयका कारण उनले यस्तो राष्ट्रिय अपराध गरेका रहेछन् । अब सरकारले यस्ता अपराधीहरुलाई प्रमुखबाट हटाएर तत्काल अर्को असल व्यक्तिलाई आयोजना प्रमुख बनाउनु पर्छ ।
नेपालमा यस्ता समस्याहरु धेरै छन् । तर यो वाणिज्य क्षेत्रमा रहेको मनोवैज्ञानिक समस्या हो । यो विषयमा नयाँ पाठ सिकाएको छ । यस्ता व्यक्तिलाई तुरुन्त हटाउनुको विकल्प छैन । सरकारले अन्य आयोजनाहरुमा पनि व्यक्ति छनोट गर्दा यो विषयलाई गम्भीर रुपमा हेर्नुपर्छ । पात्रको व्यावसायिक स्वार्थ के कस्तो छ त्यो हेरी उसलाई छनोट गर्नुपर्छ । मेलम्चीजस्तो महत्वपूर्ण क्षेत्रमा यस्तो व्यक्ति कसरी छानिन पुग्यो ? यो विचारणीय विषय हो ।
केही वर्ष पहिला पनि विद्युतीय क्षेत्रमा लगभग समाप्तजस्तै भएको थियो । १८ घण्टा लोडसेडिङ्ग हुनुको कारण अर्बौको व्यापार गर्ने इन्भरटर व्यवसायिकहरुको घूसपैठ थियो भन्ने निष्कर्ष निस्केको थियो । यही निष्कर्षमा आधारमा विद्युत क्षेत्रमा असल र निस्वार्थी व्यक्ति प्रमुख बनाई सुधार हुन सक्यो ।
नेपालमा यस्तो धन्दामा स्वयं मन्त्रीहरु पनि पर्छन् । सभासदहरु पनि कुनै न कुनै रुपमा पर्छन् । नेपालमा ठूलो उद्योगहरु धराशायी हुनुको कारण यस्तै घूसपैठिया दलालहरुले समस्या पारेका हुन् । आफ्नो मुलुकको उद्योगमा आगो दन्काएर अरुको मुलुकको सामान आयात गरी मध्यस्त बनेर अरबौं कमाउने राष्ट्रघातीहरु सरकारमै छैनन् भन्न मिल्दैन । विगतमा उदारीकरणका नाममा कौडीका मूल्यमा बेचेका उद्योगहरुका अन्तर्यमा यही दलाली चरित्र हाबी भएको छ । अहिले मुलुकको व्यापार घाटा करिब १० अरब पुगेको छ । यति ठूलो परिणाममा घाटा लाग्नु भनेको मुलुक आर्थिक संकटमा डुब्नु हो ।
मेलम्ची योजना आउन ढिला गराउने जल माफियाहरु काठमाण्डौमै छन् । ती व्यक्ति आयोजनाका प्रमुख सूर्यराज कँडेल हुन्् । यस्तो राष्ट्रद्रोही काम गर्ने व्यक्तिलाई प्रमुखमा चयन गर्नु गलत भएको छ । भोलिका दिनमा प्रदेश नम्बर ५ मा प्रस्ताव गरिएका गण्डकी डाइभर्सन माडी डा«इभर्सन भेरी ड्राइभर्सनमा पनि प्रमुख चुन्दा ख्याल गर्नुपर्ने सन्देश आएको छ । सरकारले यसलाई गम्भीर शिक्षाको रुपमा लिनुपर्छ

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार