उद्धारमा प्रशंसनीय प्रयास

यो पटक मनसुन धेरै ढिला आयो तर शुरुमै अतिवर्षाको रुपमा आयो । यसले धनजनको क्षति पु¥यायो । झण्डै ३ दर्जन जतिको ज्यान गयो । हजारौ घरबारविहीन भए । सयौं घाइते भए । यसले भयावह स्थिति सिर्जना गरेको छ । अझै पनि पानीको आतङ्क कम भई सकेको छैन । आशा छ अब यो विस्तारै कम हुनेछ ।
अहिले केही पुलहरु भासिएका छन् । केही पुुल भाँचिएका पनि छन् । आवागमनमा समस्या परेको छ । सडकहरु अबरुद्ध भएका छन् । जनजीवन ठप्प छ । यस्तो अवस्थामा जनताको जीउ ज्यान बचाउन र सुरक्षा दिनको लागि नेपाल सरकार,प्रशासन, नेपाली सेना, नेपाल प्रहरीको निकै सक्रियता देखियो । साथै मौसम विदहरुले पनि पूर्वानुमानमा राम्रो भूमिका खेले । यसले थप सयौंको ज्यान बच्यो । यसैले यो समायमा नेपाल सरकार र मातहतका नियकायहरुलाई धेरै धेरै धन्यवाद दिनु पर्छ ।
यो पटक सरकार छ भन्ने महशुस नेपाली जनतालाई भयो । अप्ठ्यारो परेको समयमा सरकारले जनतालाई साथ दियो । त्यसरी नै नेपाली जनताले पनि सरकारलाई साथ दिएकै छन् । यो खुसीको कुरा हो । लोकतन्त्रमा जनताहरुप्रति सरकार ज्यादा जिम्मेवार र जवाफदेही हुन्छ । यो पटक तुलनात्मक रुपमा सजग देखियो । अनि अर्को कुरा धान बाली नलाई सकेको अवस्थामा बाली नोक्शान भएन भनेर पनि अलकति चित्त बुझाउन सकिन्छ ।
नेपालमा मात्र हैन, विश्वभर वर्षको प्रकोप बढेको छ । सामुद्री छालहरु तुलनात्मक रुपमा ज्यादा देखिन थालेका छन् । अहिले विश्वभर मौषममा अतिवाद देखिन थालेको छ । त्यसो त समाजमा पनि अतिवाद छ । त्यसले पनि कुनै न कुनै रुपमा समस्या खडा गरेको छ । शान्ति स्थिरता आउन सकेको छैन । प्रकृतिमा देखिएको अतिवाद पनि मानव निर्मित अतिवाद नै हो । यसले हाम्रो पर्यावरणमा समस्या पैदा गरेको छ ।
अति उत्पादन र अति उपभोगले पर्यावरण र मानव शरीरमा नै समस्या परेको छ । अति उत्पादनले वायुमा कार्बनको मात्रा आवश्यक भन्द ज्यादा छ । यसले ओजन तहमा समस्या खडा गरेको छ । वनस्पतिहरु, पुरातात्विक महत्वका वस्तुहरु,खाद्यबाली उत्पादन लगायतमा प्रतिकूल असर परिरहेको छ । लाखौ प्रकृतिक जैविक तथा वानस्पतिक विविधतामा समस्या परिसकेको छ । जल थल दुबैमा रहेका विभिन्न प्रकारका जीवहरु लोप हुन थालेका छन् । यसले गर्दा पारिस्थितिक प्रणालीमा समस्या आएको छ । सर्वत्र असन्तुलन छ । वर्ष पनि सन्तुलित छैन । यो अतिवर्षा खडेरी जस्ता समस्याबाट गुज्रदै छ ।
संसार निरपेक्ष छैन । अलग रुपमा बँच्न सक्दैन । पर्यावरण बचाउन नेपालले मात्र सक्दैन । समस्या अन्यौन्याश्रित छ । समाधानमा समस्या छ । त्यसैले यो विषयलाई अन्तर्राष्ट्रिय समस्या मानी विश्वभरका जनताले आफ्ना सरकारहरुलाई दबाब दिएर पर्यावरणमा सन्तुलन ल्याउन जरुरी छ ।
अन्त्यमा नेपालले धेरै प्रकृति प्रकोपको सामना गर्नु परेको छ । बाढी पहिरो, भूकम्पले निरन्तर दुःख दिई रहेको छ । यो अवस्थामा हामीहरु प्रकृतिको बिघ्नबाधा विरुद्ध सतर्कता अपनाउँदै सुरक्षित हुँदै जानु पर्छ । कमजोर भू धरातलमा बसेका बस्तीहरुको जोखिम न्यनीकरणमा ध्यान पुराउनु जरुरी छ । पहाडी भूभागमा सडक विस्तार गर्दा सडकमाथि बस्ने बस्तीहरु खतरामा छन् । डोजरको प्रयोगले पनि समस्या खडा गरेको छ । तर पनि यो पटक सरकारको जिम्मेवारिता अलि राम्रो चुस्त दुरुस्त देखियो । ततकालीन सुरक्षा दिई सकेपछि दीर्घकालीन राहत पुराउनको लागि सरकारले योजना बनाउनु पर्छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार