बुटवल औद्योगिक क्षेत्रको वर्तमान अवस्था ः समस्या र समाधानका उपायहरु

नुरजंग के.सी
पृष्ठभूमिः
बेलायतको औद्योगिक नगरी मेनचेस्टरका व्यापारीहरुको सामुहिक प्रयत्नबाट सन १८१६ मा पहिलो औद्योगिक क्षेत्रको स्थापना भएदेखि प्रारम्भ भएको औद्योगिक क्षेत्रको अवधारणा दोस्रो विश्वयुद्धपछि अविकसित मुलुकहरुले औद्योगिकरणको माध्यमबाट देशलाई छिटोभन्दा छिटो समुन्नत गराई जनताको जीवनस्तर उठाउने शक्तिशाली एवं प्रभावकारी माध्यमको रुपमा औद्योगिक क्षेत्रको अवधारणालाई प्रयोगमा ल्याइएको थियो । त्यसपश्चात् औद्योगिक क्षेत्रको विकास, विस्तार र सञ्चालन गर्ने कार्य विश्वव्यापीहरुमा पैmलियो । हाल संसारका प्रायःजसो देशहरुमा औद्योगिक क्षेत्र कुनै न कुनै रुपमा रहेको पाइन्छ । औद्योगिक क्षेत्रको प्रयोग विशेष गरेर पिछाडिएका क्षेत्रहरुलाई विकास गर्न, देशको सन्तुलित आर्थिक विकास गर्न, सहरको भीडभाड र सांगुरोपनलाई हटाउन, न्यूनपूँजी, स्थानीय साधनस्रोत तथा सीपलाई उद्योगधन्दातर्पm प्रवाहित गर्न, असंगठित रुपमा रहेको निजी क्षेत्रलाई व्यवसायिक रुपमा औद्योगिक क्षेत्रतर्पm आकर्षित गरी मुलुकमा औद्योगिक विकास गर्नको लागि गरिएको पाइन्छ ।
नेपालमा औद्योगिक विकासको इतिहासलाई हेर्ने होे भने संयुक्त राज्य अमेरिकाको आर्थिक सहयोगमा वि.सं.२०१६ सालमा बालाजु औद्योगिक क्षेत्रको स्थापनाबाट प्रारम्भ भई विभिन्न दातृराष्ट्र तथा नेपाल सरकारको लगानीमा देशभित्र बालाजु, पाटन, हेटौडा, नेपालगञ्ज, धरान, धनकुटा, पोखरा, बुटवल, भक्तपुर, विरेन्द्रनगर र गजेन्द्रनारायण सिंह गरी ११ वटा औद्योगिक क्षेत्रहरु स्थापना भएकोमा धनकुटा बाहेक अन्य १० वटा औद्योगिक क्षेत्रहरुमात्र सञ्चालनमा छन् । औद्योगिक क्षेत्रभित्र स्थापित ७०० उद्योगहरुमध्ये ६०४ उद्योगहरु संचालनमा छन् । उक्त उद्योगहरुबाट १८१७८ जनाले रोजगारी प्राप्त गरेका छन् । वि.सं.२०४४ सालमा राजविराज औद्योगिक क्षेत्र स्थापना पश्चात देशमा थप औद्योगिक क्षेत्र स्थापनाका लागि वि.सं.२०७२ सालमा नेपाल सरकारले प्रत्येक प्रदेशमा कम्तीमा एउटा औद्योगिक क्षेत्र (कम्तिमा एक हजार बिगाह क्षेत्रफलको) स्थापना गर्ने घोषणासँगै कञ्चनपुरको दैजी, बाकेकोे नौवस्ता, रुपन्देहीको मोतिपुर, मकवानपुरको मयुरधाप, चितवनको शक्तिखोर र झापाको दमकमा नयाँ औद्योगिक क्षेत्र स्थापनाको लागि जग्गा प्राप्ति भई डिपिआरको प्रक्रिया समेत पूरा भइसकेको र सर्लाहीको सागरनाथ, गोर्खाको च्याङ्लीफाट दाङको लक्ष्मीपुर, सुर्खेतको साटाखानी र कैलालीको लम्कीमा सम्भाव्यता अध्ययन भई औद्योगिक क्षेत्र घोषणाको क्रममा रहेको छ । । यसबाट अब मुलुक औद्योगिकरणको दिशामा अगाडि बढेको स्प्रष्ट हुन्छ । औद्योगिक क्षेत्रकोे विकाशले विभिन्न बाहनामा उद्योगव्यवसाय वन्द नहुने, सहरी मानव वस्ती प्रदूषणवाट मुक्त हुने, अनुगमन तथा नियमन गर्न सजिलो हुने, ट्रेड यूनियनको समस्या नरहने जस्ता सबल पक्षहरु हुन्छन् । यसले गर्दा मुलुकले औद्योगिक क्षेत्रको विकास र विस्तारमा जोड दिएको पाइन्छ ।
स्थानीयस्तरमा उपलब्ध साधन स्रोतको उच्चतम उपयोग गरी क्षेत्रिय आर्थिक सन्तुलित विकास गर्न तथा देशको औद्योगिकरणकोे विकाशमा टेवा पु¥याउने हेतुले नेपाल सरकारको लगानीमा वि.सं.२०३२ सालमा बुटवल औद्योगिक क्षेत्रको स्थापना भएको हो ।
बुटवल औद्योगिक क्षेत्रको वर्तमान अवस्थाः
स्थानीय स्तरमा साधन स्रोतको उच्चतम उपयोग गरी राष्ट्रिय अर्थतन्त्रको सन्तुलित विकास तथा देशको औद्योगिकरणको विकाशमा टेवा पु¥याउने उद्देश्यले नेपाल सरकारको लगानीमा वि.सं.२०३२ साल फागुन ५ गते बुटवल औद्योगिक क्षेत्रको स्थापना भएको थियो । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपालको प्रदेश नं ५ को अस्थायी राजधानी बुटवलमा औधोगिक क्षेत्र रहेको छ । स्थापनाको केही वर्ष औद्योगिक सेवा केन्द्रबाट सञ्चालित यो औद्योगिक क्षेत्र वि.सं.२०४५ सालदेखि औद्योगिक क्षेत्र व्यवस्थापन लि.को मातहतमा सञ्चालित छ । सुन्दर नगरी बुटवल उप–महानगरपालिकाको पूर्व—दक्षिण भागमा पूर्व–पश्चिम करीव २००मीटर र उत्तर दक्षिण करीव ७००मीटर को घेराभित्र ४३४ रोपनी क्षेत्रफलमा यो औद्योगिक क्षेत्र पूर्व–पश्चिम राजमार्गको दक्षिणतर्फ बुटवल उपमहानगरपालिकाको वडा नं १० रामनगरमा अवस्थित छ । सरकारको १.७९ करोड र निजी २७० करोड लगानी भएको औद्योगिक क्षेत्रले बहालमा दिन सकिने ३८४ रोपनी जग्गामा ७२ वटा उद्योग प्रवद्र्धन भइसकेको छ । औद्योगिक भवन, सडक, विद्युत पानी, ढल, आदि पूर्वाधारले आगटेको क्षेत्रफल ६०.६७ रोपनी रहेको छ ।
औद्योगिक–व्यापारिक केन्द्रको रुपमा परिचित बुटवल नगरमा अवस्थित बुटवल औद्योगिक क्षेत्रमा औद्योगिक पूर्वाधारहरु उपलब्ध भएकोले उद्योगी व्यवसायीका लागि आर्कषणको केन्द्र बन्दै आएको छ । यस औद्योगिक क्षेत्रमा उद्योग खोल्न जग्गा माग गर्ने उद्योगिहरुको संख्या अत्यधिक रुपमा बढेको छ । तर क्षेत्रमा खाली जग्गा नभएकोले थप जग्गा उद्योगहरुलाई उपलब्ध गराउन सकेको छैन । यस क्षेत्रमा विद्यमान उद्यमशीलता र उद्यमीहरुकोमागलाई सम्बोधन गरी औद्योगिक प्रवद्र्धन गर्न यस क्षेत्रको विस्तार र थप औद्योगिक क्षेत्रको स्थापना गर्न जरुरी छ ।
हाल यस क्षेत्रमा ६४ वटा उद्योगहरु सञ्चालनमा रहेका छन । यस क्षेत्रभित्र सञ्चालित उद्योगहरुले प्लाष्टिकका वस्तुहरु उत्पादन गर्ने, केबुल, मिटरबक्स लगायत विद्युतीय सामाग्री उत्पादन गर्ने, ग्रिलसटर, फ्रेविकेटिटङ्ग, झोलुङ्गेपुल लगायत फलामे सामाग्रीहरु उत्पादन गर्ने, इन्जिनियरिङ्ग वक्र्सप, दूग्धपदार्थ, मोटरसाइकलको लेगार्ड तथा हेलमेट, काष्ठआइरन, माइव्रmोहाइड्रो तथा पाइपपिटिङ्ग सामानहरु उत्पादन गर्ने उद्योगहरु प्रवद्र्धन भई करीव २०४२ जनाले प्रत्यक्ष रोजगारी पाएका छन । क्षेत्रस्थित उद्योगबाट नेपाल सरकारलाई रु ३५ करोड २० लाख राजस्व योगदान पु¥याएको अवस्था छ । क्षेत्रभित्र उद्योग सम्बन्धी जानकारी निम्न तालिकामा प्रस्तुत गरिएको छ ।

बुटवल औद्योगिक क्षेत्रको स्थिति
स्थापना ः २०३२ फागुन ५ गते ।
सहयोग ः नेपाल सरकारको सहयोगमा र्निमाण भएको ।
क्षेत्रफल ः ४३४ रोपनी
विकासित जमिन ः ४३४ रोपनी
लिजमा दिइएको जमिन ः ३७२.५५ रोपनी
लिजमा दिन वाकी जमिन ः नभएको
सेवाहरुले ओगटेको क्षेत्रफल ः ६०.६७ रोपनी
औद्योगिक क्षेत्रमा रोजगारी ः २१ जना
उद्योगमा रोजगारी ः२०४२ जना (महिला ः ४८७,पुरुष १५३४)
विद्युत अमता ः ४००० केभिए
पानी अमता ः २५० किलो लि.प्रति दिन
सडक अमता ः २.१४ कि.मी
उद्योगको संख्या ः ७२
चालु उद्योग ः ६४
र्निमाणाधिन उद्योग ः ४
बन्द उद्योग ः ४
उत्पादन क्षमता ः रु. १ अरब ४० करोड (अनुमानित)
राजस्व योगदान ः रु. ३५ करोड २० लाख (वार्षिक)

स्रोत ः बुटवल औद्योगिक क्षेत्र ब्यवस्थापन कार्यालय २०७५

निर्माणाधिन उद्योगहरुमध्ये बुटवल उपमहानगरपालिकाले पशु बधुशालाको लागि लिएको २८ रोपनी जग्गामध्ये करीव ०.५० रोपनी जग्गामा एउटा भवन वाहेक अन्य कुनै र्निमाण नगरेको र वधशाला समेत सञ्चालनमा ल्याएको छैन । त्यस्तै बुटवल धागो कारखाना वि.सं. २०६६ भाद«बाट कर्मचारीलाई अवकाश दिई हाल पूर्ण रुपमा बन्द अवस्थामा रहेको छ । बुटवल धागो कारखानाले भाडामा लिएको १४३.७७ रोपनी जग्गा उपयोगमा आएको छैन । सो ठाँउमा नयाँ उद्योग प्रवद्र्धन गर्न सके ३५ वटा जति उद्योगहरु खोल्न सकिने र करवि ५०० जनालाई प्रत्यक्ष रोजगारी दिन सकिन्छ र औद्योगिक क्षेत्र व्यवस्थापन लि.लाई वार्षिक ६० लाख जति थप आय हुनेदेखिन्छ । क्षेत्रभित्र विभिन्न कारणहरुले बन्द रहेका उद्योगहरु चाडै सञ्चालन गर्न सम्बन्धित उद्यमी तथा निकायहरुको ध्यान जानु जरुरी छ ।

समस्याहरु ः
पूर्व पश्चिम राजमार्गको दक्षिणतर्फ बुटवल उपमहानगरपालिका वडा नं १० रामनगरमा ४३४ रोपनि क्षेत्रफलमा अवस्थित बुटवल औद्योगिक क्षेत्रमा देखिका वर्तमान समस्याहरुलाई देहाय बमोजिम बुँदागत रुपमा निम्नानुसार प्रस्तुत गरिएको छ ।
(क) क्षेत्रभित्र सञ्चालित उद्योगहरुको विस्तार तथा नयाँ उद्योग प्रवद्र्धन गर्नको लागि जग्गाको अभाव रहेको छ ।
(ख) क्षेत्रभित्र रहेका भौतिक पूर्वाधारहरुको उचित मर्मतसंभारको अभावले जिर्ण तथा प्रयोगहिन भएको छ ।
(ग) प्रतिदिन ४ घण्टा लोडसेडिङ्गको कारणले उद्योग सञ्चालनमा समस्या रहेको तथा क्षेत्रले विद्युत वितरणमा प्रयोग गरेको कन्डक्टरवायर पुरानो भएकोले विद्युत भोल्टेजको थप समस्या ब्यहोर्नुपरेको छ ।
(घ) क्षेत्रभित्रको भाडामा लिएको जग्गामा उद्यमीले आफ्नै र्निमाण गरेको भौतिक संरचना तथा मिलमेशिनरीहरु वैकंमा धितो राखी बैंक तथा वित्तिय संस्थाहरु ऋण प्रवाह गर्न नमानेकाले उद्यमीहरुलाई चालपूँजीको व्यवस्थापन तथा उद्योगको विकास, विस्तार तथा आधुुनिकीकरण समस्या परेको छ ।
(ङ) क्षेत्रभित्र सञ्चालित कतिपय उद्योगहरुको लागि आयात गरिने कच्चा पदार्थको भन्सार दर तयारी वस्तुको भन्सार दर भन्दा बढी भएकोले उत्पादन लागत वृद्धि भई प्रतिस्पर्धा गर्न समस्या रहेको छ ।
(च) दक्ष जनशक्तिको अभावको कारण उद्योग सञ्चालन, उत्पादित वस्तु स्तरीय तथा गुणस्तरीय वनाउन समस्या रहेको छ ।
(छ) क्षेत्रले र्निमाण गरेको औद्योगिक भवन पुरानो तथा जिर्ण भएको साथै उद्योग–मैत्री नभएकोले समस्या परिरहेको छ ।
(ज) प्रयोगविहीन अवस्थामा रहेको बुटवल धागो कारखाना नयाँ प्रविधिका साथ सञ्चालन गर्ने वा विकल्पमा जान नसक्दा समस्या परेको छ ।
(झ) बुटवल औद्योगिक क्षेत्र संघ अन्तर्गत सञ्चालन भए तापनि बुटवल उपमहानगरपालिका तथा प्रदेश सरकारको इज्जतको सवाल हुँदाहुँदै पनि बजेट विनियोजन नगर्दा यसको संवद्र्धन तथा प्रवद्र्धनमा समस्या भएको छ ।
(ञ) क्षेत्रभित्र बुटवल उपमहानगरपालिकाले निर्माण गरेको पशु बधशाला सञ्चालनमा नल्याउँदा बुटवलवासी स्वस्थ तथा सफा मासु खानबाट बञ्चित हुँदा मानव स्वास्थमा गम्भिर असर परेको छ ।

समाधानका उपायहरु ः
बुटवल औद्योगिक क्षेत्र अझ व्यवस्थित ढङ्गबाट सञ्चालन गर्न र उद्योग—मैत्री वातावरण बनाउन सम्बन्धित निकायले गर्नसक्ने र गर्नुपर्ने समस्याहरुको पहिचान गरी क्षेत्रभित्र रहेका उद्योगहरुको प्रवद्र्धन गर्न औद्योगिक क्षेत्र पूर्ण क्षमतामा सञ्चालन गर्न र नयाँ उद्यमीहरुलाई क्षेत्रभित्र आकर्षण गर्न सम्बन्धित निकायले निम्न कार्यहरु गर्नुपर्दछ ।
(क) जग्गा अभावको कारणले गर्दा क्षेत्रभित्र उद्योगहरुको विकाश र विस्तारमा अवरोध उत्पन्न भइरहेको छ भने नयाँ उद्योग सञ्चालन गर्न चाहने उद्यमीहरुले जग्गा उपलब्ध गराउन नसकिरहेको वर्तमान परिपेक्ष्यमा नेपाल सरकारबाट घोषणा गरिएको रुपन्देही जिल्ला स्थित मोतिपुर औद्योगिक क्षेत्रको निर्माण तथा सञ्चालन यथाशिघ्र हुनेगरी सम्बन्धित निकायसँग समन्वय गरी कार्यान्वयनमा जानुपर्दछ ।
(ख) औद्योगिक क्षेत्रका लागि छुट्टै डेडिकेटेड फिडरबाट विद्युत आपूर्ति भइरहेकोले औद्योगिक क्षेत्र लोडसेडिङमुक्त क्षेत्रको रुपमा घोषणा गर्नुपर्दछ ।
(ग) औद्योगिक क्षेत्रभित्र स्थापना भएका उद्योगहरुले आफ्नै लगानीमा निर्माण गरेका क्षेत्रभित्रका भौतिक संरचना तथा मिलमेशिनरीहरु धितोमा राखी ऋण लिन पाउने व्यवस्था मिलाउनुपर्दछ ।
(घ) औद्योगिक क्षेत्रको सुरक्षाको लागि औद्योगिक सुरक्षा बललाई २४सै घण्टा क्षेत्रभित्र बसी सुरक्षाको पूर्ण प्रत्याभूति दिनुपर्दछ ।
(ङ) औद्योगिक क्षेत्रका भौतिक संरचनाहरु ज्यादै पुरानो भई जीर्ण अवस्थामा रहेकोले मर्मतसंभार तथा विकास गर्नुपर्दछ ।
(च) औद्योगिक क्षेत्रभित्र सञ्चालित उद्योगहरुलाई लाभपूर्ण ढंगबाट सञ्चालन गर्न मद्दत पुग्ने, उद्योगमा कार्यरत मजदूर कर्मचारी तथा व्यवस्थापकहरुको सीप, क्षमता अभिवृद्धि गर्न, वातावरण प्रदूषणलाई न्यूनीकरण गर्न तथा उत्पादकत्व अभिवृद्धि गर्न मद्दत पुग्ने विविध प्रकारका कार्यव्रmमहरु पहिचान गरी कार्यन्वयन गर्दै जानुपर्छ ।
(छ) औद्योगिक क्षेत्रभित्र र्निमाण गरिएको औद्योगिक भवनहरु उद्योग–मैत्री बनाउनुपर्दछ ।
(ज) औद्योगिक क्षेत्रभित्र बन्द भएको बुटवल धागो कारखाना लगायत अनुत्पादक अवस्थामा रहेका भवन, कारखाना तथा जग्गा नयाँ प्रविधिका साथ यथाशीघ्र सञ्चालनमा ल्याउनुपर्दछ।
(झ) औद्योगिक क्षेत्र भित्रका उद्योगहरुले उद्योग सञ्चालनको लागि जग्गा अपर्याप्त भएको समस्या देखाउँदै क्षेत्रको सडक, ढल तथा विद्युत पानी वितरणको लागि छुट्टयाएको जग्गामा उद्योगका कच्चा पदार्थ, तयारी वस्तु र फोहोरहरु खुला गोदामको रुपमा प्रयोग गर्दा क्षेत्रको भौतिक पूर्वाधारहरुको क्षेति भएको र औद्योगिक क्षेत्रको वातावरणमा समेत नकरात्मक असर पुगेकोले यो समस्या तत्काल समाधान गर्नुपर्ने हुन्छ ।
(ञ) औद्योगिक क्षेत्र र उद्योगबीच भएको जग्गा तथा भवन सम्बन्धी सम्झौताको शर्त तथा कम्पनीको नीतिनियम तथा निर्देशन अनुसार उद्योगहरु सञ्चालन भए नभएको सम्बन्धमा नियमित रुपमा निरीक्षण तथा अनुगमन गर्नको लागि स्थानीय तथा प्रदेश र केन्द्रियस्तरको छुट्टाछुट्टै अधिकार प्राप्त अनुगमन समितिको गठन गर्नुपर्दछ ।
(ट) यस क्षेत्रकै इज्जतको रुपमा रहेको बुटवल औद्योगिक क्षेत्रको प्रवद्र्धन तथा संवद्र्धन गर्न पर्याप्त बजेटको व्यवस्था गर्नुपर्छ ।
(ठ) औद्योगिक क्षेत्रभित्र स्थापित पशु बधशाला यथाशिघ्र संचालनमा ल्याइ बुटवल नगरवासीलाई स्वस्थ तथा सफा मासुको व्यवस्था गर्नुपर्दछ ।
निष्कर्ष
औद्योगिक क्षेत्र व्यवस्थित तरीकाले संचालन गर्न राम्रा नीति कार्यक्रम भएपनि तिनको प्रभावकारी कार्यान्वयन नहुने र लामो समयसम्मको राजनैतिक अस्थिरता, ऊर्जा संकट र भौतिक पूर्वधारको अभावले गर्दा नेपालमा औद्योगिकरण हुन सकेको छैन । साथै आद्योगिक क्षेत्रलाई राजनैतिक प्रभावबाट मुक्त राखी आवश्यक पूर्वाधार उपलब्ध गराइनुपर्दछ, जीर्ण तथा प्रयोगहिन पूर्वाधारको मर्मतसंभार हुनुपर्दछ । औद्योगिक क्षेत्रभित्र सरल, सहज र सस्तो ढंगबाट ऊर्जा उपलब्ध हुने व्यवस्था हुनुपर्दछ । यसका साथै आन्तरिक रुपमा उत्पादित वस्तुहरुको उपभोग गर्ने संस्कृतिको विकास गरी आन्तरिक उत्पादनको लागि पर्याप्त मागको सिर्जना गरिनुपर्दछ, औद्योगिक पूँजीको व्यवस्था गरिनुपर्दछ । सरोकारवाला सरकारी निकायले औद्योगिक क्षेत्रको विकासका लागि निर्वाह गर्नुपर्ने जिम्मेवारी पूरागर्ने, उद्यमशीलता विकाश गर्ने र क्षेत्रभित्र उद्योग सञ्चालन र सम्भाव्यताबारे सर्वसाधरणलाई जानकारी र अवसरको व्यवस्था गराउनुपर्दछ । आर्थिक विकासको इतिहाँस हेर्दा औद्योगिकरण विना अर्थतन्त्रको अग्रगामी रुपान्तरण भएको पाइँदैन । यस तथ्यलाई मनन गरी नेपालमा पनि औद्योगिक क्षेत्रको विकास, विस्तार र प्रवद्र्धन गर्नसके मात्र मुलुकमा औद्योगिकरण भई रोजगारीको सिर्जना, आय वृद्धि र गरिवी निवारणमा महत्वपूर्ण टेवा पुग्दछ र देशको आर्थिक अवस्था मजबुत भई समृद्धिको सपना पूरा गर्न सकिन्छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार