मन्त्री गिरीद्धारा वृक्षारोपण वर्ष शुभारम्भ

कपिलवस्तु । प्रदेश नं. ५ का उद्योग पर्यटन वन तथा वातावरण मन्त्री लिला गिरीले विरुवा रोपेर वृक्षारोपण कार्यक्रमको उद्घाटन गरेका छन । डिभिजन बन कार्यालय गौत्तमबुद्धले बृक्षारोपण बर्ष २०७६ लाई सफल पार्न सोमबार वृह्त वृक्षारोपण कार्यक्रम गरेको हो । वृक्षारोपण बर्षको उद्धघाटन कार्यक्रममा ३ सय ५५ वटा १२ प्रजातीका विरुवाहरु रोपेको डिभिजन कार्यालयले जनाएको छ ।
स्वच्छ वाताबरण सवस्थ जीवन , हरियाली प्रर्बद्धन हाम्रो अभियान” भन्ने नारा सहित आयोजित कार्यक्रममा शिवराज उद्यानको अगाडीको साढे २ हेक्टर खाली जग्गामा कदम, हर्रो वर्रो ,सितल चिनी, अमला आदीका विरुवा वृक्षारोपण गरिएको डिभिजन वन अधिकृत दुर्गा बहादुर कार्कीले बताए । यस वर्ष ४ लाख ८८ हजार विरुवा उत्पाद गरेको र त्यी विरुवाहरु साझेदारी,सामुदायि,राष्ट्रिय तथा निजिी वनहरुमा वृक्षारोपण गरिने उनले बताए ।
रुख विरुवा र जंगल मासिदै जादाँ पर्यावरणमा नराम्रो असरको गरेको परेकोे बताए । वन जंगल संरक्षण गरी पर्यावरणिय सन्तुलन कायम गरी भोलीका सन्ततीका लागी स्वच्छ वाताबरण सिर्जनाका लागी हरेक एक जनाले एक विरुवा लगाउनु पर्ने मन्त्री गिरीले बताए । कुनै उपयोग विना रहेका खाली जग्गामा वृक्षारोपण गरी हुर्काएमा आय स्रोतमा समेत वृद्धि हुने विश्वास व्यक्त गरे ।
नेपाल सरकाले यस बर्ष वृक्षारोपण वर्षका रुपमा लिएको हुनाले सबैले आफ्नो खाली जग्गामा पनि बोट विरुवा लगाउनु पर्ने प्रदेश ५का सामाजिक विकास समिति सभापति दिर्घनारायण पाण्डेले बताए । पशुपक्षीको वासस्थान समेत रहेकोले बनजगंल मासिदै जादाँ दुर्लभ जंगली जनावरहरु पनि लोप हुदै गइरहेको प्रदेश सभा सदस्य अर्जुन कुमार के.सीले बताए ।
कार्यक्रममा शिवराज नगरपालिकाका प्रमुख नेत्रराज अधिकारी, ाझेदारी वन व्यवस्थापन महासंघ कपिलवस्तुका अध्यक्ष गंगेश तिवारी लगाएतले बन संरक्षणमा सबै लाग्नु पर्नेमा जोड दिए ।
आज नै डिभिजन वन कार्यालयको नव निर्मित भवनको उद्घाटन भएको छ । १७ लाखको लागतमा निर्माण भएको ४ कोठे भवनको मन्त्री गिरीले रिवन काटेर उद्घाटन गरेका हुन ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार