दैनिकपत्रकर्मी बेल्वासे सहित १२ जना सम्मानीत

कपिलबस्तु । दैनिक पत्र राष्ट्रिय दैनिकका कपिलवस्तु संवादाता माधव बेल्वासे सहित वन तथा वन्यजन्तु संरक्षणका ६ विद्याका उत्कृष्टहरुलाई नगद र प्रमाण पत्र सहित पुरस्कृत गरिएको छ ।

जसमा कर्मचारी तर्फ राम मिलन चौधरी र हेम बहादुर घले, सुरक्षा कर्मि तर्फ धन बहादुर गिरी र अम्मर बहादुर वली, सामुदायिक वन तर्फ सुरइ सामुदायिक वन प्रथम, रामलक्ष्मण सामुदायिक वन द्धितिय, इन्द्रेणी सामुदायिक वन तृतिय , साझेदारी वन तर्फ कपिलवस्तु साझेदारी वन र निजि वन तर्फ प्रथम साजेदा खान, द्धितिय रक्षाराम चौधरी तृतिय मोहिका कुर्मीलाई नगद सहित सम्मान गरिएको छ ।

त्यस्तै वन वातावरण तथा बन्यजन्तु र वन अपराध न्यूनिकरण समाचार प्रकाशन गरेकोमा दैनिक पत्रकर्मी पत्रकार माधव वेल्वासेलाई नगद सहित सम्मान गरेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार