सम्बन्ध विच्छेेेेदका लागि अदालत गएका जाेडिकाे मिलन अदालतबाटै

घनश्याम पाैडेल-अर्घाखाँची । अर्घाखाँची जिल्ला अदालतले अदालतबाटै सम्वन्ध बिच्छेद गर्ने निर्णय गरेका एक दम्पतिलाई पुनर्मिलन गराईदिएको छ । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका वडा नं. १ बस्ने लिलामनी पौडेल र गुल्मी जिल्ला छत्रकोट गाउँपालीका वडानम्वर –१ माईत भएकी छत्रदेव गाउँपालिका–१ बस्ने जमुना पौडेल वीच अदालतमै पुनर्मिलन भएको हो ।

मुलुकी संहिता लागु भएपछिको तेस्रो दर्ता द्धारा विवाह अर्थात कोटम्यारीज आईतबार अर्घाखाँची जिल्ला अदालतमा सम्पन्न भएको अदालतका स्रेस्तेदार गम्भीर घिमिरेले जानकारी दिए ।

उक्त दम्पत्ती वीच अदालतबाट यही असार ५ गते सम्वन्ध विच्छेद हुने गरी मिलापत्र समेत भएको घिमिरेले बताए । पौडेल दम्पतिका एक ६ बर्षिय छोरा रहेका छन ।

यसरी सम्वन्ध बिच्छेद गरी एक छोरा जन्माई सकेका दम्पत्तीले पुनः अदालतमा आई दर्ता द्धारा बिवाह गरी पुनर्मिलन हुनुले समाजमा सकारात्मक सन्देश जाने समेत अपेक्षा गरिएको स्रेस्तेदार घिमिरेको बुझाई रहेको छ ।

सम्बन्ध बिच्छेदको मुद्दा दर्ता भएपछि सम्वन्ध कायम हुने गरी मिलापत्र भएका मुद्दा नगण्य मात्रमा रहेको अदालतका सुचना अधिकारी टेकराज गैरेले बताए । गैरेले अधिकांश मुद्दाहरु सम्वन्ध बिच्छेद हुने गरी फैसला र मिलापत्र भएको समेत जानकारी दिए ।

अर्घाखाँची जिल्ला अदालतमा पुरुष द्धारा दर्ता गराइएका सम्बन्ध बिच्छेदका ४१ मुद्दा र महिला बाट दर्ता गराइएका मुद्दा समेत गरी करीब ४५ प्रतिशत मुद्दा सम्बन्ध बिच्छेदका मात्रै रहेको अदालतले जनाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार