‘ए’ लेभल शिक्षा- इतिहास, परिचय, प्लस २ बाट भिन्नता र विशेषताहरु

राहुल भुषाल शर्मा
इतिहास:
सन् १२०९ मा बेलायत अवस्थित क्याम्ब्रिज विश्वविद्यालय अन्वेषण र अनुसन्धान गर्न बेलायत सरकारद्वारा स्थापना भएको थियो। सन् १२३१ मा यस विश्वविद्यालयलाई तत्कालिन राजा हेनरी त्रृतीयले रोयल चार्रटरको मान्यता प्रदान गरेका थिए। रोयल चार्टर भनेको तत्कालिन बेलायती सरकारबाट दिइने सर्वोच्च वैधानिक मान्यता मानिन्थ्यो। उदाहरणका लागि यही रोयल चार्टर प्रयोग गरी विश्वको पहिलो स्वत्नत्रताको दस्तावेज म्याग्ना कार्तालाई तत्कालीन राजा जोनद्वारा कानुनी मान्यता दिइएको थियो।

यस विश्वविद्यालयमा आवद्ध शोध र अनुसन्धान गरी हालसम्म ११८ वटा वैज्ञानिकले नोबेल पुरस्कार प्राप्त गरिसकेका छन्। शोधकर्ताहरु मध्ये सर आइजाक न्यूटन (भौतिकशास्त्र- गुरुत्वाकर्षण), सर चार्ल्स डार्विन (वंशाणु) , सर फ्रान्सिस बेकन (गणित र कम्प्युटर), चार्ल्स बेबेज (कम्प्युटरका पिता) , एलान ट्युरिङ (२१सौ सताब्धिको कम्प्युटरका प्रणेता, द्वितीयविश्व युद्ध रोक्न कम्प्युटर निर्माण गरी जर्मन सेनाको कोड भाषा पढ्न खेलेको प्रमुख भूमिका) हरु जस्ता थुप्रै वैज्ञानिकहरुले यस विश्वविद्यालयले प्रदान गरेको सिकाई र व्यवस्थाबाट विश्वविख्यात भई तिनैको शोध र अनुसन्धान आज विश्वले पठन-पाठन गरिरहेको छ।

यस विश्वविद्यालयले हालसम्म आफ्नै प्रकाशनबाट लाखौ प्रकारका पुस्तक प्रकाशन गरि पठन पाठन गर्ने गराउने गरेको छ। साथै यस विश्वविद्यालयले तहगत रुपमा पाठ्यक्रम विकास गरी संसारभरी विद्यालय, कलेज र विश्वविद्यालयमा आफ्नो कक्षाहरु संचालन गर्न गराउन सफल भएको छ। त्यसैले यस विश्वविद्यालयको मान्यता १६० देशमा उच्च छ। तहगत मध्ये प्रि-प्राइमेरी, प्राइमेरी, अाइजिसिएसई अथवा निम्न र माध्यमिक, जिसिई ‘ए’ लेभल अथवा उच्च माध्यमिक र विश्वविद्यालय तह अनुरुप अन्तर्राष्टृिय स्तरको शिक्षा प्रदान गरिरहेको छ ।

‘ए’ लेभलको परिचय:
७०० वर्ष भन्दा लामो वैभवशाली इतिहास बोकेको क्याम्ब्रिज विश्वविद्यालय अन्तर्गत सन् १९५१ मा बेलायतमा उच्च माध्यमिक विद्यालय (नेपालमा १०‌+२ सरहको) ‘ए’ लेभल संचालन भएको थियो । यसको पुर्ण रुप एड्भान्ष्ण लेभल हो। नेपालमा भने ए लेभलको पठन-पाठन सन् ९० को दशकदेखि बुढानिलकण्ठ स्कूल काठमाडौमा सुरु गरिएको हो। हाल नेपालमा ३० वटा विद्यालयहरुमा यस कार्यक्रमको पठन-पाठन भइरहेको छ। यसको पठन-पाठन पनि मूलत: कक्षा १० को SEE पश्चात्, कक्षा ११-१२ जस्तै, AS र A2 गरी दुई वर्षमा गराइन्छ।

कक्षा ११-१२ बाट भिन्नता र विशेषताहरु:
यसको पाठ्यक्रम बेलायतमा अवस्थित विशेषज्ञहरुद्वारा हरेक दुई वर्षमा पुनरावलोकन गरिन्छ।
ए लेभल पढेका विद्यार्थीहरुले विदेश जानका लागि अवसर र छात्रवृत्ति दुबैमा प्राथमिकता पाउने।
अन्तराष्ट्रिय विश्वविद्यालयहरुको पढाईसँग मिल्ने हुँदा, विद्यार्थीहरुलाई त्यहाँको अध्ययन शैली गार्हो नहुने।
विद्यार्थीहरुले कुनै पनि विषयको छनौट गर्न पाउने जस्तो भौतिकशास्त्र पढ्ने विद्यार्थीले अर्थशास्त्र पनि लिइ पढ्न पाउने।
अहिलेको विश्वव्यापिकरणको युगमा समसामयिक र अन्तराष्ट्रिय परिवेशमा उपयोग हुने।
विद्यार्थीहरुले ४ विषय लिएर ए लेभल पढ्दा राष्ट्रिय परिक्षा बोर्ड ‌११, १२ को पाँच विषय बराबर मान्यता पाउने।
१५९ देश लगायत नेपालमै पनि उच्च शिक्षा हासिल गर्न पाउने।
एउटा विषयको किताब २ वर्षका लागि पूर्ण हुने।

यिनै विशेषताहरुले गर्दा यो कार्यक्रमको विषयगत गहराईलाई बुझी यस कार्यक्रमले प्रदान गर्ने वौद्दिक सम्पत्तिको अभिलेख राख्न उपयुक्त हुनेछ। अहिलेको युग भनेको विश्वव्यापिकरणको युग हो। विश्व आर्थिक-व्यावसायिक परिवर्तनसँगै शिक्षाले पनि त्यही गतिको परिवर्तन अनुशरण गर्नुपर्ने हुन्छ। अाफ्नो धर्म-संस्कृतिको जगेर्ना र प्रवर्धन गर्दै नँया युगको शिक्षा खासगरि ११-१२ सरहको २ वर्षे शिक्षामा फरक कदम बढाउन चाहने प्रतिभाशाली, जेहेनदार र नेतृत्व बहन गर्न खोज्ने विद्यार्थीहरुको भविष्यका लागि ‘ए’ लेभल अत्यन्तै फलदायक साबित हुन सक्छ । त्यसको पहिलो कदम भनेको ‘ए’ लेभलको शिक्षा हो भन्ने विश्वास धेरै जागरुक अभिभावक, शिक्षा क्षेत्रका अग्रजहरुको ठम्याई रहेको हुँदा संघिय राजधानीमा कक्षा १० पछि को पहिलो रोजाई ‘ए’ लेभल रहदै आएको छ । यो कार्यक्रमलाई प्रदेश ५ मा रहनुभएका विद्यार्थी तथा अभिभावकहरुले पनि विश्वव्यापिकरणको युगमा ‘ए’ लेभलले प्रदान गर्ने शिक्षाको स्तर मनन् गर्न ढिलो गर्नुहुदैन। यसलाई विदेशी शिक्षा भन्दा पनि सरोकारवालाहरुले यसको पढाई सकिएपछि विद्यार्थीले पाउने गुणात्मक परिवर्तनको नतिजालाई वस्तुगत रुपमा तुलना गर्दै कक्षा ११-१२ पनि यथाशिध्र ‘ए’ लेभल स्तरको बनाउनु पर्ने अवस्था आइसकेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार