साँस्कृतिक आयात प्रतिस्थापन

आयात प्रतिस्थापन अर्थशास्त्रीय शब्द हो । यो शब्द केवल अर्थशास्त्रमा मात्र प्रयोग भएको पाइन्छ तर पछिल्लो चरणमा यसको अर्थ विस्तार भएको छ । यो आर्थिक क्षेत्रमा मात्र हैन,साँस्कृतिक क्षेत्रमा प्रचलनमा आउन थालेको छ । नेपाली संस्कृतिमा मौलिकताको खोजीका साथसाथै विदेशी साँस्कृतिक प्रभाव पनि कमजोर बन्दै गएको छ । विदेशी संस्कृतिमा आयात प्रतिस्थापन हुन थालेको छ । वैदेशिक संस्कृति विशेषतः नृत्य संगीत सबैमा आयात प्रतिस्थापन हुन थालेको छ । आयात प्रतिस्थापन भनेको बाहिरबाट आउने संस्कृतिलाई बलियो विकल्प दिएर छेक्नु हो ।
एकान्ताका काठमाण्डौमा हिप्पी डान्स,रक डान्स,ब्रेक डान्स, हिपहप डान्स लगायत थुप्रै नाँचहरु आउन थाले । यसले राजधानी लगायतका अन्य सहरहरुमा पनि प्रभाव पार्न थाल्यो । यी नृत्यहरुमा युवाहरु राम्ररी जमे । यसले हाम्रो मौलिकतामा चुनौती खडा ग¥यो । तर जब ४० को दशकपछि नेपाली लोकगीत र लोकनृत्यको प्रचार प्रसार हुन थाल्यो । त्यसले वैदेशिक गीत तथा नृत्यलाई नेपाली बजारमा स्वतः आउन रोक्यो । यसलाई सरकारले प्रतिबन्ध नै लगाउन परेन । अहिले त विदेशी गीत संगीत नृत्यको त्यति ठूलो प्रभाव छैन ।
विगत हजारौं वर्षदेखि विकसित हुँदै आएका मानवीय संवेदनायुक्त चाडपर्वहरु हाँसो खुसी,मनोरञ्जनकोे लागि बनाइएका हुन्् । यसले सबैलाई सुखी र खुसीको अनुभव दिन्छ । यी मूल्यहरु समाजका पिंढी दरपिंढीमा उत्तरदेनको रुपमा रहिरन्छन्् । नयाँ नयाँ पिंढीले ती मूल्य मान्यताहरु ग्रहण गर्दै सिक्दै र सिकाउँदै जाने प्रक्रिया हुन्छ । यी गीतहरु विगतदेखि श्रुति र स्मृतिका आधारमा बाँचिरहेका थिए् । अहिले त व्यावसायिक रुपमा तालिम नै चल्न थालेका छ । तर पछिल्लो चरणमा लिपिको विकास पछि यिनीहरुको संरक्षण संवद्र्धन हुन थालेको छ । यस विषयमा विश्व विद्यालयहरुमा शोधखोज हुन थालेको छ । अहिले नेपालका कुनै पनि गीत नृत्यहरु ओझेलमा छैनन् भन्दा हुन्छ ।
धेरैले बजार अर्थतन्त्रका कारण संस्कृतिको लोप भएको कुरा बताउँछन् । बजार अर्थतन्त्रमा यी साँस्कृतिक मूल्यहरु लोप हैन ,व्यावसायिक भई अरु भव्यताका साथ विकसित हुन थालेका छन् । अहिले गाउँ सहर जहाँ पनि पञ्चेबाजा समूहहरु, भजन समूहरु, गीत संगीतहरु, प्रस्तरकला, काष्ठकला, चित्रकला, व्यावसायिक रुपमा विकसित हुन थालेका छन् । ठूला ठूला सहरहरुमा त पञ्चेबाजाहरु दैनिक ३० हजारसम्म र भजने समूहरु १२, १५ हजार रुपैयाँसम्ममा सेवा प्रदान गरिहेका छन् । यसरी नै अन्य सांस्कृतिक मूल्यहरु यसरी नै व्यावसायिक हुन सकेमा बजारले नै जोगाउँछ । विभिन्न संघ संस्थाहरुले साँगठनिक रुपमा जोगाउँछन् । यति मात्र हैन बजारले गीत संगीतमा पनि व्यवसायिक रुप लिन थालेको छ । बजारहरुमा ठूला ठूला संगीतालयहरु व्यावसायिक भएका छन् । विभिन्न चाडपर्वमा आवश्यक पर्ने सामग्रीहरु विभिन्न जनजातिका भेषभूषाहरु, आभूषणहरु बजारमा छ्यालब्याल पाइन थालेको छ । बजारअर्थतन्त्रको विकासका साथसाथै यी कुराहरुलाई निजी तथा सामुदायिक रुपमा व्यावसायिक भई विकसित हुन थाल्दैछन् । यसले नेपालीय स्वपहिचान बचाएको छ ।
तर यसरी विकास र संरक्षण गरिरहँदा केवल एउटा जातिको वर्चश्व रहने गरी काम गर्नु हुँदैन । सबै जात जातिका गीत संगीत बाजागजाहरु समान रुपमा विकास गर्नुपर्छ । स्थानीय स्वायत्त शासनपछि भने यसले राम्ररी गति लिन थालेको छ । मधेस, थारु, नेवार, मगर, गुरुङ, तामाङ्गलगायतका सबै समुदायलाई समान रुपमा हिंडाउन सक्नुपर्छ । हाम्रो संविधानको भावना अनुसार सबै अटाउने, देखिने र जोडिने गरी राख्न खोजेको छ । सबै समुदायको साँस्कृतक मूल प्रवाहलाई यसरी नै जोडेर बलियो बनाउनु पर्छ ।
नेपालमा प्रेम दिवस र बथडेको प्रचार छ । यो विदेशी प्रचार हो भनेका छौं । तर हामीले यसलाई नेपालीपन दिनु पर्छ । प्रेम मानवीय संवदनको विषय हो । हाम्रो संस्कृतिमा यसलाई कतै न कतै स्थान दिन सकेको भए विदेशी मूल्यहरु स्थापित हुँदैनथे । विवाह पञ्चमीको व्यवस्था गरिएको छ । त्यसैलाई प्रम दिवस भनेको भए बाहिरबाट आउने पे्रम दिवस प्रतिस्थापित हुन्थ्योे । बथ डे पनि त्यस्तै हो । तर पूर्वीय संस्कृतिमा बथडे छ । त्यसलाई जन्म दिवस भनी पूर्वीय मूल्य अनुरुप मनाउनु पर्छ । ्त्यसो भएमा जस्ताको तस्तै नआई कमसेकम रिमिक्स भएर आउने अवस्था आउन सक्थ्यो ।
अन्त्यमा हाम्रो संस्कृति बलियो र प्रभावशाली भएका अन्य मुलुकका सांस्कृतिक मूल्यहरु आउन सक्दैनन् । साँस्कृतिक आयात प्रतिस्थापन भई मुलुकको मौलिकता जोगिन्छ । यही मौलिकताले राष्ट्रियता बलियो हुन्छ । यसको लागि हामी व्यावसायिक तथा संस्थागत रुपमा मौलिकता जोगाउन लाग्नु पर्छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार