समाजमा नैतिकता, बौद्धिक र संस्कारको खडेरी

प्रत्येक मानिस नैसर्गिक मानवीय गुणले सम्पन्न हुन्छ । आफ्नो मनमस्तिष्क र हृदयलाई एक साथ चलाउँछन् । शिक्षाले चेतनाको ढोका उघार्छ । व्यक्तिलाई आफ्नो असली रुप नैतिकताले साक्षात्कार गराउँछ । संस्कारले गर्दा मानिस लोभ लालच, रीस क्रोधमा फँस्दैन । मानवले जीवनलाई धर्तीको उत्तम सिर्जना ठान्दछ । गर्वले ढक्क फुल्दै सदाबहार रुपमा हाँँसेको संसारमा रहन्छ । आँशुलाई मित्र ठान्छ । मृत्युलाई प्रकृतिको स्वभाव मान्छ । मानिसलाई जिम्मेवार र जवाफदेही तुल्याउँछ । अनि बल्ल समाजमा द्वन्द्व सृजना हुँदैन । विद्यालय तहदेखि नै माथि उल्लेख गरिएको कुराहरु सिकेका हुन्छन् ।
अब प्रश्न उठ्छ बालबालिकालाई आफ्ना अभिभावकले संस्कारीमन सिकाउन सफल भएका छौ ? तर जति जति समय परिवर्तन हुँदै छ नैतिकता र संस्कारको पनि कम महत्व दिने काम भइरहेको छ । किन होला ? धेरै ठूल्ठूला विद्वान् तथा लेखकहरु पनि संस्कारको बारेमा अनविज्ञता जस्तो देखिन्छ । किनभने हाम्रो नेपाली समाज डिग्री पिएचडी गरे तापनि आफ्नो संस्कारलाई छाड्नु भनेको शैक्षिक पिचाशीको रुपमा चित्रण गर्छन् ।
शिक्षाले मात्र समाजलाई रुपान्तर गर्न सकिदैन अनुशासन, नैतिकता, संस्कारको रुपमा आफूलाई उम्याउने व्यक्ति नै असली शिक्षितको रुपमा परिचित हुन्छ । सभ्यतापूर्ण व्यवहारले समाजमा स्थापित हुन असहज हुदैन । शैक्षिक र आर्थिक रुपमा सबल भएता पनि नैतिकता सबैभन्दा ठूलो गहना हो । जुन रुपमा त्यसलाई विश्लेषण गरे तापनि उद्देश्य भनेकै सभ्यसमाजको निर्माण गर्नु हो ।
हामीले आफ्ना बालबालिकालाई अभिभावकले संस्कार एवंम अनुशासन आचरण जस्ता विषयवस्तु राम्रोसँग सिकाउँछौ भने विद्यालय तहदेखि विश्वविद्यालय सम्म अनुशासन राख्दै नैतिकवान बन्न सफल हुन्छ । अनि शिक्षकलाई नैतिक र संस्कारको बारेमा सिकाउँनै पर्दैन । घरबाटै सिकेर आएको बालबािलका निकै अनुशासन बस्छन् । भाषामा मिजासिलो रुपबाट बोल्छन् । आफूभन्दा सानालाई माया तथा ठूलालाई गर्ने संस्कार बसेको हुन्छ । यसलेगर्दा सिकाई दिगो हुन्छ । समाजमा छाडापन हिजो आज निकै बढेर गएको पाइन्छ । जतिपनि परिवर्तन हुँदै आएको नैतिकता र संस्कारको बढ्दो खडेरी परेको छ किनभने अभिभावकले आफ्ना बालबालिकालाई स्कूल, कलेज पठाउँछौ तर उनीहरु पढाइमा भन्दा धेरै घुमफिर गर्ने, विभिन्न होटेलहरुमा गएर दिन बिताउने र लागु पदार्थ सेवन गर्ने जस्ता कामहरु गर्छन् । अनि त्यस्ता क्रियाकलापमा सरिक हुनेलाई सामाजिक बहिष्कार समेत गर्न सक्ने तागत अभिभावकमा हुनै पर्छ । विद्यालयले पनि शान्ति, प्रेम, सद्भाव, अहिंसा, सहयोग सहकार्य, सम्मान, मित्रता, सहिष्णुता, सहानुभूति जस्ता मानवीय पक्षहरु साँच्ची नै धनीभूत रुपले अध्यापन गराउँन सकेमा पनि नैतिकता र संस्कारको विकास बढेर जान्थ्यो कि ? नैतिकता हरेक क्षेत्रमा चाहिने चिज हो । यसले मानिसलाई सदमार्गमा डो¥याउँछ । यी कुराहरु उल्लेख गरिरहँदा समाजमा उच्छृङखल गतिविधिले गर्दा मानिसलाई पिडादायी बनाएको छ । मानिसले शारीरिक श्रम हैन मानसिक श्रम गरेर सुखी जीवनयापन गर्न पाउनुपर्छ भन्ने सोच राखी नैतिकतालाई नै दाउमा राखेर समाज र मुलुकप्रति बेवास्ता हुने गरी क्रियाकलापमा सक्रिय रुपमा सहभागी भएको पाइन्छ । पढे लेखेका र बौद्धिक स्तरका ठूलाठालुले पनि श्रमशोषण गर्ने र नैतिकता नै बेचेर आफूलाई महान सम्झने व्यक्तिहरुले गर्दा पनि नैतिकता र संस्कारको खडेरी परेको हो कि ? भन्ने प्रश्न पनि समाजमा उठ्ने गर्छ ।
आफूलाई महान लेखक वा शिक्षाविद् भन्नेहरुमा संस्कारको कमी भएको हो कि ? भन्ने तर्क पनि बेला बेलामा उठ्ने गर्छ । किनभने शिक्षित व्यक्तित्व जसले लेखकको माध्यमबाट समाजलाई सुसूचित गराउँन र नैतिकताको बारेमा धनिभूत रुपमा लेखकीय माध्यमद्वारा आवाज उठाउँन सक्ने व्यक्तिको रुपमा परिचित रहन्छन् । राम्रा कामका बारेमा बुझन र सिक्न उसको घरमा वा पुस्तकालयमा भेट गर्न जाँदा बेवास्था गरेको पाइयो । नेपालीपन भनेकै संस्कार हो । घरमा आएका वा अरु कुनै ठाउँमा भेट गर्न आउने व्यक्तिलाई स्वागत गर्नु हाम्रो कर्तव्य पनि हो । अनि विभिन्न कोणबाट प्रश्न गर्दा त्यसको उत्तर दिने त्यसको अलवा नबोल्ने र किन आयो ? के का लागि आयो ? पूरै वेवस्थाले गर्दा भेट गर्न जाने व्यक्तिमा पनि सन्देश के हुन्छ भने लेखकीय हिसाबले र प्रत्यक्ष भेटघाटको क्रममा व्यवहारिक रुप फरकपन देखियो । त्यसो हुँदाहुँदै साँच्चै नै सरकार तथा संस्कारको बारेमा अनभिज्ञ जस्तो देखियो । यस्तो खालको व्यवहारले असल लेखकको रुपमा चित्रण गनृ समाजले सक्दैन । भन्नै टिकाटिप्पणी सुन्न पाइन्छ ।
हामीलाई चाहिएको के ? सर्टिफिकेट कि व्यवहारिक ज्ञान वा असल व्यक्ति ? आज यी प्रश्न समाजमा उठने गर्छ । प्रगतिवादी हुँ भन्ने घर परिवार, समुदाय र समाजमा देखाउने व्यवहारले फरकपन देखाउने सामन्ती संस्कार देखाउने यस्ले द्वन्द्वचाहे संस्थामा होस्, चाहे घरपरिवार होस् प्रकृति देखापर्छ । त्यसैले राजनीति क्षेत्र, शिक्षा क्षेत्र लगायत हरेक ठाउँमा उन्नति र प्रगतिको बाधकको रुपमा रहिरहन्छ । संस्कारमा असफल हुँदा मानिसलाई आघात पुग्छ । मानसिकता नै अर्धचेत जस्तो रहन्छ । त्यसैले सिर्जनशील बन्ने शिक्षा विद्यालयदेखि नै दिने हो भने समाजलाई विकासकोे बाटोमा हिडाउन सकिन्छ । समाजमा आत्मविश्वासी हृदय भएको व्यक्तित्व चाहिएको छ । त्यसले हीनताभाव एक आपसमा नहोस् । जस्तो हिजोआज अभिभावकले आफ्ना सन्तानलाई मनपरी रुपमा दिइएको स्वतन्त्रता वा जे माग्यो त्यही उपलब्ध गराउने संस्कार बढेर गएको पाइन्छ । यसले गर्दा सरासर गलत दिशामा अग्रसर गराउने खुला मार्ग हो । समस्या व्यक्तिमा होइन चिन्तनमा निर्भर रहन्छ । स्वतन्त्रताले त कहिलेकाही अपराधिक व्यक्तिसँगको सम्पर्कबाट परिमाण आउने हो । यस्ता क्रियाकलाप रोक्नका लागि अभिभावकले आफ्ना छोराछोरीलाई आज कहाँ गयौ ? के के काम ग¥यौ ? भोलिको योजना के छ ? जस्ता प्रश्नहरुले साँझमा प्रत्येक दिन रिपोर्टिङ लिने र छड्के जानकारी पनि बेला बेलामा राख्ने गरेमा गलत क्रियाकलापमा लागेका व्यक्तिलाई असल बाटोमा हिडाउन सकिन्छ भन्ने तर्क पनि बेला बेलामा सवाल उठने गर्छ । एक आपसको सहकार्य तथा अनुभव साटासाट गर्दा व्यक्तिलाई तनावमुक्त बनाउनुका साथै मितव्ययी बनाउँछ । मितव्ययी व्यक्तिको संस्कार र नैतिकता पनि हो । त्यसबाट जीवन सरल सहज र व्यवस्थित बनाउँछ । समाजमा केही प्रतिस्पर्धी र विवाद त हुन्छन् नै तर कुनै पनि बेला कतिपय मर्यादा र आचरण संहितालाई उल्लघंन गर्ने अनुमति दिन सक्ने स्थिति रहदैन । त्यस सँगसँगै नैतिकता र सामाजिक भाव पनि पैदा गराउँन सक्नु पर्छ । ऐतिहासिक विकासका लागि प्रेम, न्याय, बन्धुत्व उत्तरदायित्व आदि भाव समाजमा प्रत्येक व्यक्तिमा झल्किन पर्छ । अनि मात्र संस्कार बचाउन सकिन्छ । विशेष गरी बुद्धिजीवी, लेखक तथा वरिष्ठ साहित्यकार हुँ भन्नेहरुमा म सबै थोक हुँ मैले भनेका शब्दावली तथा लेखाइ ठिक हो भन्ने सङ्कीर्ण भावना व्यापक रुपमा हुने गर्छ । त्यो भाव विभिन्न साहित्य गोष्ठी, समाजसम्मेलन वा प्रतियोगित्मक हुँदाको बखत बढीमात्रामा झल्कने गर्छ । यसले गर्दा समाजमा प्रतियोगितात्मक हुँदाको बखत निष्पक्ष भयो भन्ने विश्वास क्रमशः हराउँदै गएको छ । अनि त्यस्ता व्यक्तित्व भने अनुशासनको हरेक क्षेत्रमा कमजोर देखिएको अवस्थामा नैतिक शिक्षा विद्यालय तहदेखिनै विश्वविद्यालय तहसम्म अध्यापन गराउँने वातावरण सम्बन्धित निकायले गरेमा पक्कै पनि समाजमा संस्कारको विकास हुनेमा कुनै शंकै छैन ।
अन्त्यमा, हिजो आज धनी कसरी बन्ने ? सुखसयलमा मोजमस्ती कसरी गर्ने ? लगनशील र कामको बारेमा सोचाइ निकै साँगुरो बन्दै गएको छ । अनि समाजमा दलाली प्रवृत्ति बढ्दो छ । एकले अर्काको अस्तित्व स्किार्य हुँदैन यी र यस्ता क्रियाकलापले समाज आक्रान्त छ । विद्यालय तहदेखि विश्वविद्यालय सम्म अध्ययनशील र सृजनशीलको भावना निकै कमजोर छ । क्याम्पसहरुमा पढ्न जाँदा कक्षा कोठा भन्दा पनि बहिरी आवरण रमाउने र परीक्षाको समयमा अनैतिक क्रियाकलापबाटै उत्तीर्ण हुने भावना पनि निकै फराकिलो बन्दै गएको छ । त्यसबाट के सन्देश दिन्छ भने जबसम्म नैतिक शिक्षा र अनुशासनलाई पूर्ण रुपले कार्यान्वयन गराइदैन तबसम्म विकासको बाटाहरु अवरुद्ध हुन्छ । समाजमा नैतिकता र संस्कारको क्रियाकलाप हराउँदै जान्छ । तथापि हरेक स्थितिमा चरित्र निर्माण र बौद्धिक विकासलाई सहयात्री बनाइनु पर्छ । विद्यार्थीको नैतिक शिक्षाबाट संस्कारको विकास गराउन सम्भव देखिन्छ । अनि मात्र नैतिकता र संस्कारको खडेरी पर्दैने कुरा आम बुजाइ रहेको पाइन्छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार