नेपाली समाजमा सङ्गाीतको उपयोग

आभास
विषय प्रवेश
सङ्गीत मानव मस्तिष्कलाई सहजै प्रभावित गर्न सक्ने शक्तिशाली कला हो । ‘कलाको मुख्य विशेषता के हो भने त्यसले विज्ञानले जस्तो अवधारणाहरुमा होइन कि निश्चित भावनमत्मक अनुभूतिको रुपमा वास्तविकतालाई प्रतिबिम्बित गर्दछ । ‐दर्शनशास्त्रको प्रारम्भिक ज्ञान—पृ.४१४, भिक्टर आफानास्येभ—सन् १९८५ ) उसो भए सङ्गीत वैज्ञानिकताबाट विमुख विषय हो त ? त्यो त झनै होइन । सङ्गीत झन् अत्यन्त वैज्ञानिक आधारमा उभिएको कला हो । विश्वप्रसिद्ध जर्मन सङ्गीतकार लुडविग भान बिथोभेनले ‐१७७०—१८२७) ‘सङ्गीतले संसार बदल्न सक्छ ‘भनेका छन् । त्यसैले संसार फेर्ने क्षमता बोकेको कला अवैज्ञानिक हुनै सक्दैन । किनभने सँसार फेर्ने कुरा वैज्ञानिक कुरा हो । परिवर्तन अवैज्ञानिकताको बाटोबाट हिँड्यो भने दुर्घटना निम्तन्छ । कलाको वैज्ञानिककता बुझ्नका निम्ति साधकको साधनाले आफ्नो आधारभूमि भने टेकेकै हुनुपर्छ । कलाकारको आधारभूमि ऊ वरपरको परिवेश हो । मानवसहितको भूगोल हो । आफू क्रियाशील भइरहेको समाज हो । त्यसैले समाज र कलाको अन्तरसम्बध अति नै प्रगाढ हुन्छ ।
हाम्रो समाज र सङ्गीत कला सँसारका सबै मानव समाजले झै ँ हाम्रो समाजले पनि कला र साहित्यलाई महत्व दिँदै आएको छ । तर हाम्रो समाज विशेष खालको छ । यसको बनावट त्यति सरल र सरल छैन । यो अनेक हाँगामा फैलिएको विशाल वृक्ष जस्तो छ । यसको जरा गढेको भुइँ त उही छ , तर हाँगा ,उपहाँगा र पातहरु चारैतिर फर्किएका छन् । ती हाँगा ,उपहाँगा र पातहरुले आफू फर्किएको दिशा र भूगोल अनुरुपको स्वभाव बोकेका छन् । उत्तर दिशाको समाजको स्वभाव दक्षिण दिशाको भन्दा भिन्दै छ । पश्चिम दिशाको समाजिक स्वभाव पूर्वी दिशाको स्वभाव भन्दा फरक छ । हाम्रो चालचलन ,चाडबाड, रीतिथिति अनेक प्रकारका छन् । ती सबै रीतिथितिमा सङ्गीतले अहम् भूमिका निभाएको छ ।
हाम्रो विशेषखाले समाजिक अनेकतालाई विगतका राज्यव्यवस्थाहरुले सम्बोधन गर्न सकेनन् । त्यतिमात्र होइन पञ्चायती राजले त हाम्रो समाजमा विविधतालाई एउटै धारमा विलय गराउने बाटो लियो । भाषा र साँस्कृतिक विविधता नै हाम्रो सामुहिक सम्पत्ति हो भन्ने यथार्थतालाई आत्मसात गर्न सकेन । शाहवँशको पछिल्लो पुस्ताले नेतृृत्व गरेको पञ्चायत तिनकै पुर्खा पृथ्वीनारायण शाह ‐सन् १७२३—१७७५) जत्ति पनि सचेत हुन सकेको देखिएन । यहाँनेर पृथ्वीनाराण शाहको ‘आफ्ना सयेललाई ता शास्त्रबमोजिमको तिनै सहर नेपालको नेवारहरुको नाच झिकाइ हे¥या पनि हुन्छ । ईनमा ता दियाको पनि आप्नै देसमा रहन्छ । यसो भया आफ्नु देश गमन रहन्छ । ‘‐दिव्य—उपदेश ः तृतीय सँस्करण ः पृष्ठ ६१ ,सम्पादक—बाबुराम आर्चाय र योगी नरहरिनाथ ) भन्ने भनाइलाई मनन गर्नु सान्दर्भिक हुन्छ ।
दिव्य—उपदेशको उपरोक्त भनाइले राजनीतिमा सङ्गीत र सँस्कृतिको भूमिकालाई प्रष्ट्याउँछ । तर पृथ्वीनारायण शाहपछिका तिनका सन्तान तथा राणाहरुले त्यो महत्वलाई ध्यान दिएनन् तिनले हाम्र्रा भित्री साङ्गीतिक परम्परालाई कम र दरवारी तामझामलाई प्राथमिकतामा राखे । त्यसको चपेटामा हाम्रा अनेकौं ऐतिहासिक र परम्परागत कला चेपिए र टाक्सिए । कति त लोप नै भए । कलात्मक समाजले राज्यलाई सम्पन्न बनाउँछ । भन्ने सत्य अनुभूत हुँदा हामीले धेरै कुरा गुमायौ ँ। अहिलेको युग विगतको जस्तो छैन । यो प्रविधियुक्त भएको छ । यसको क्षेत्र पनि विशाल रुपमा फैलिएको छ । हिजो घर आँगनमा आएका गन्धर्वले आप्नै वरपरका कर्खा र घटना सुनाउँथे ।अब हाम्रो सामाजिक चरित्रमा ठूलो अन्तर आइसकेको छ । विविध समाज सम्मिलित राष्ट्रलाई बलियो सूत्रमा बाँध्ने डोरी मौलिक कला हो । त्यसमा पनि सङ्गीतकला अझ महत्वपूर्ण मानिन्छ । कलामा वैयक्तिक भावनासँगै सामुहिक भावना पनि उपस्थित हुन्छ । कुनै जातिको परम्परागत साँस्कृतिक वा साङ्गीतिक पर्वलाई अर्को जातिले सामान्य रमिता अथवा जात्रा मात्र ठान्न सक्छ । तर सम्बन्धित जातिका निम्ति आप्ना परम्परागत चालनचलनहरु रमिता मात्रै हुँदैनन् । ती चालनचलन त निश्चित समुदाय या समाजको भावनात्मक विषयसँग जोडिएको विषय हो । अभौतिक भाव शृङ्खला हो । पहिचानको जरो हो । भावनासँग जोडिएर रहेको यो महत्वपूर्ण पक्षलाई राज्यले झन् संवेदनशील भएर हेर्नु पथ्र्यो । विगतमा डोरीमा बाँधिएनन् । सामाजिक पोयाहरु खुकुला भए र नेपाल भावनात्मक रुपमा कसिलो हुनै सकेन । खुकुलो तार भएको बारीको बाली सुरक्षित राख्न सजिलो हुँदैनथ्यो । भएन। बाहिरी, भित्री अनेक खेलाडीहरुलाई हाम्रै कमजोर खलियान नै क्रिडास्थल भयो । गणतन्त्रसम्म आइपुग्दासमेत विगतका सत्ताहरुको उध्र्व स्वभाव वर्तमान सत्तामा सरेको झै देखिन्छ । भन्नलाई वर्तमान सत्ताले आफूलाई प्रगतिशील सोंचको संवाहक हुँ भन्ने दाबी गर्छ । तर सँस्कृतिलाई हेर्ने साेंचमा यो सत्ताले पनि प्रगतिशीलता अपनाएको देखिन्न । पुराना सबै कुरा भताभुङ्ग गर्नु नै क्रन्तिकारिता हो , भन्ने सोंच प्रगतिशील साेंच होइन । यस्तो सोंचले राष्ट्रको भवनालाई जोड्ने होइन तोड्ने काम गर्छ । अनावश्यक विवाद निम्त्याउँछ ।
भावनात्मक रुपले कमजोर समाज विद्रोहका निम्ति सँधै अनुकूल हुन्छ । झन् तिनमा आर्थिक र सामाजिक असमानताले निरन्तरता पाएपछि समाज हरदम विद्रोह उन्मुख भइरहन्छ । हाम्रो निकट विगतको माओवादी विद्रोह त्यसै परिणाम थियो । हुन त सामाजिक विद्रोह समाज विकास क्रमको वैज्ञानिक प्रक्रिया नै हो । तर हरेक विद्रोहपछि समाजको अवस्था पहिलेको भन्दा उन्नत हुनुपर्छ भन्ने तथ्यलाई पनि भुल्नु हुँदैन । हाम्रो अहिलेको गणतन्त्र र सँघीयता विगतका पद्धतिभन्दा निकम्मा सावित भएभने समाजले यिनलाई नै सँधै काँध थापिराख्छ भन्ने हुँदैन । सङ्गीतको विषयमा चर्चा गर्दै गर्दा राजनीति कहाँबाट आयो ? सन्दर्भ त्यति स्वभाविक नलाग्न पनि सक्छ । तर कला तथा साहित्य ः राजनीति र सत्ताबाट टाढाका असामाजिक विषय हुँदै होइनन् । विगतमा भन्ने गरिन्थ्यो। कला राजनीतीबाट मुक्त हुनुपर्छ । त्यो धारणा सुन्दा मीठो सुनिने गज्जबको धारणा नै थियो । कला राजनैतिक नारा जस्तो ठाडो र सपाट विषय होइन भन्ने हकसम्ममा त्यस्ता धारणासँग असहमत हुनु जरुरी पनि छैन । तर कलाको कुनै पनि विधा समाज र सत्ताबाट पृथक् रहने काल्पनिक विषय भन्ने हुँदै होइनन् । बरु कलाजगत ,राजनीति र सत्तासँग सम्बन्धित विषय होइनन् भन्ने धारणा चाहिँ झन् धेरै खतरनाक योजना बाकेको राजनैतिक धारणा हो । कला, साहित्य कुनै पनि कालखण्डमा राजनीतिसँग विमुख थिएनन् र भविष्यमा पनि हुनै सक्दैनन् ।
हाम्र्रो सङ्गीत र सत्ता
सामान्य अर्थमा सत्ता भनेको शक्तिलाई नियन्त्रणमा राख्न सक्ने तप्का हो । माक्र्सवादका अनुसार —उत्पादनका साधन, श्रोतलाई आप्नो नियन्त्रणमा लिने शक्ति नै सत्ता हो । तर फेरि पनि भनौ ँ—कलाको इतिहास उत्पादनसँग भन्दा भावनासँग बढी जोडिएको विषय हो । विगतमा त कलाकारिता कमाउको विषय छँदै थिएन र स्वान्त सुखायको विषय थियो । कलाकारका निम्ति सङ्गीत स्वान्त सुखायको विषय भए पनि तत्कालीन सत्ताले तिनलाई आप्नै स्वार्थ निम्ति प्रयोग गर्थे । नेपाल लगायत दक्षिण एसिया अथवा विश्वकै साङ्गीतिक इतिहास पल्टायो भने पनि सत्ताले सङगीतलाई सक्दो उपयोग गरेको पाइन्छ । उसबेलाका स—साना राजा रजौटाहरुले सङ्गीतलाई भरपुर उपयोग गरेको थिए । तर त्यतिबेलाका सत्ताहरु उपयोगवाद भित्रको राजनीतिलाई लुकाउनका निम्ति कला,साहित्य राजनीति भन्दा पृथक विषय हुन् पनि भन्थे । नेपालमा पनि त्यही भनिन्थ्यो । जसको प्रभावले राणाकाल र पञ्चायतकालमा पनि कला र राजनीति फरक विषय हो भन्ने आवाज टड्कारो ढँगले सुनिन्थ्यो ।
राजा महेन्द्रको चाहनाले नेपाल भित्रिएका मूर्धन्य सङ्गीतकार अम्बर गुरुङबाट ‐१९३८— समेत बेलाबखत गीत, सङ्गीत राजनैतिक विषय होइन भन्ने धारणा सुनिन्थ्यो । तर चाखलाग्दो कुरा के हो भने —तिनै सङ्गीतकार तथा गायक अम्बर गुरुङ आप्नो पहिलो गीतले इङ्गित गरेको राजनीतिका कारण भारतीय राजनीतिको चपेटमा परेको यथार्थ अहिलेसम्म उल्लेख गरिन्छ । दार्जिलिङमा चलेको नेपाली भाषाको आन्दोलनसँग जोडिएका कवि अगम सिँह गिरीले ‐१९२८—१९७१)रचेको नौलाख तारा उदार अम्बर गुरुङको पहिलो रेकर्डे गीत थियो । जसलाई उसबेलाको अलइण्डिया रेडियोले बजाउन बन्देज लगायो । यस्ता राजा महेन्द्रले त्यही गीत मार्फत ् अम्बरको लोकप्रियता र चर्चा सुने । त्यही घटनाले नै अम्बर गुरुङ नेपाल भित्रने वातावरणको बिजारोपण गग्यो । त्यो एकखाले राजनैतिक घटना नै थियो । अम्बर गुरुङको नौलाख ताराले राजनीतिको ठाडो नारा लगाएको त थिएन तर त्यसले दार्जिलिङका पीडित नेपालीहरुको भावनात्मक पाटोलाई उजागर गरेको थियो । त्यसैले त्यो बिम्बात्मक गीत पनि राजनैतिक गीत नै थियो । यो गीतले तत्कालीन समयको भारत—नेपाल सम्बन्धको आन्तरिक मनोभावलाई समेत सँकेत गरेको थियो ,भन्दा फरक पर्दैन । सत्ताले सङ्गीतमा गर्नसक्ने राजनीतिको यो स्पष्ट र सजिलो उदाहरण हो । सत्ता अनेक खालका हुन्छन् । तिनका रुप पनि अनेक हुन्छन् । सत्ता सँधै हामीले बुझ्ने तहमा मात्र उपस्थित भएको हुन्छ भन्ने होइन । सत्ताका अनेक तह संसारभरि फैलिएका हुन्छन् । सत्ताका रुप पनि अनेक हुन्छन् । केन्द्रीय सत्ताका उपसत्ता पनि हुन्छन् ।तल्लो तहसम्म यसरी फैलने सत्तााले हाम्रो समाजमा रहेका कुनै पनि कुरालाई स्वतन्त्र छोडेका हुँदैनन् ।
समाजभित्र समानान्तर रुपमा वैकल्पिक सत्तााको अभ्यास पनि चलिरहेको हुन्छ । त्यहाँ पनि कला ,साहित्य र सङ्गीताको अत्यधिक उपयोग भएको पाइन्छ । आफ्नो हितका निम्ति वैकल्पिक धारले वैकल्पिक धारकै कला प्रयोग गरिरहेको हुन्छ । सत्तामा पुग्न अभ्यासरत वैकल्पिक सत्ताालाई सनाजले कहिलेकाँही मूलधारको सत्ताालाई भन्दा धेरै बल दिइरहेको पनि हुनसक्छ । त्यो बलले त्यस्ता वैकल्पिक शक्ति आफूलाई मात्र परिवर्तनका नौला वाहक ठान्छन् । तिनले हाम्रा परम्परागत कला सँस्कृतिलाई भत्काउने वा नास्ने अभियान पनि चलाउँछन् । यसबाट हाम्रा पतिपय महत्वपूर्ण मौलिक सँस्कृति लोप हुने कमलाई झन् बढावा दिन्छन् ।
नेपालका वामपन्थी समूहरुले सङ्गीतलाई अन्य राजनैतिक शक्तिले भन्दा बढी उपयोग गरे । आफ्नो पार्टीगत क्रियाकलापलाई जनमानसमा पु¥याउने साधनका रुपमा सङ्गीतको अत्यधिक प्रयोग भएको विगत हामीबाट छिपेको छैन । उदाहरणको लागि गाउँ गााउँबाट उठ ‐स्याम तमोट ) गीतलाई लिन सकिन्छ । यो र यस्तै प्रकृतिका अनेक गीतले तयार गरेको व्यवस्था परिवर्तन नहुन्जेल समाजिक सरोकारमा केन्द्रित जनसङगीतका बारे बखान भएको परिवेशबाट हामी भलिभाँती परिचित छांै। सङ्गीतको त्यस धारलाई सार्थक र समाजप्रति उत्तरदायी कलाकर्म भनेर निकै प्रशंसा गरिन्थ्यो । हेर्दा यस्तो लाग्थ्यो वामपन्थीहरु वैकल्पिक सांस्कृतिको क्षितिज उघार्दै छन्। तर तिनीहरु जब सत्ताको मूलधारमा पुगे वैकल्पिक धारका कला र कलाकारको पनि विगतका सत्ताकै पुनरावृत्तिको नियति भोग्नु प¥यो । यो समाजलाई माक्र्सवादी र माओवादी अवधारणले परिवर्तन गर्ने प्रयत्न भएको लामो समयखण्डको उदासलाग्दो सिलसिला हो । जो यद्यपि जारि छ । त्यसैले लाग्छ सङ्गीतको सबालमा वामपन्थी सत्ताको चरित्र पनि पुराना सत्ताको भन्दा पृथक् देखिएन ।
कार्ल माक्र्सले मानिसलाई खुशी बनाउनका निम्ति धर्मको उन्मुलन आवस्यक
भएको धारण राखेका थिए । यसलाई हाम्रो समाजका प्रतिनिधि माक्र्सवादीहरुले अक्षरशः पालन
नगर्ने कुरै रहेन । त्यही पालनाको क्रममामा ओवादीआन्दोलनताका
हाम्रा कतिपय जाति,जनजातिका सँस्कारसँग जोडिएका
साङ्गीतिक पर्वहरु अवरुद्व भए । उदाहरणका निम्ति गुरुङ र मगर

मनाउने घाटुलाई लिन सकिन्छ । द्वन्द्वताका अधिकाँश गाउँहरुमा
घाटु बन्द गर्न दवाव आयो । बन्द पनि भए । नेपालका तत्कालीन क्रान्तिकारीका
दृष्टिमा त्यसो गर्नु यथास्थितिवादको विरोध गर्नु र प्रगतिशील बन्नु
थियो । त्यो परिवर्तन महान अभियान भित्रकै क्रियाकलाप थियो ।
सायद तर त्यसले घाटुसँग जोडिएर रहेको साङ्गीतिक परम्परा
नास्ना मद्दत पुग्यायो । एथ्नो म्युजिकोलोजी को कोणबाट हेर्दा यस्तो
क्षतिलाई सानो क्षति मानिन्न । अर्कातर्फ हाम्रा पुराना साङ्गीतिक
परम्परा मासिनुमा ग्रामीण जनजीवनबाट युवाहरुको वैज्ञानिक ढँगले
न केलाइन त्यसबारे निचोड निकाल्न भने सकिन्न ।
जे जसरी भएको होस् परम्परागत सङ्गीत मासिनु भनेको पुराना पोखरीहरु मसिनु जस्तो हो । अझ भनौँ पानीको मुहान मासिनु जस्तै हो । पानीको मुहान मासिएपछि वनस्पतिमा प्रभाव पर्छ । साथै चरा पनि स्थान परिवर्तन गर्दै अलप हुने खतरातर्फ उन्मुख हुन्छन् । चरा सङ्गीतका श्रोत मध्ये एक हुन् । हामीलाई हाम्रो मूल श्रोत मास्यौंभने पराधीन हुन बाध्य हरनेछौँ । किनभने भावनासँग सम्बन्धित हाम्रा कला नासिए भने समाजले त्यसको विकल्प खोज्छ । कला विहीन शून्यतामा समाज छोटो भन्दा छोटो समय पनि बस्न सक्दैन । कलाले समाजको पहिचान प्रतिबिम्बित गर्छ । त्यसैले पराधीनतामा हाम्रा मौलिकतालाई विलिन हुन दिनु भनेको आफ्नो पहिचान गुमाउनु पनि हो ।
समाजले अभ्यास गर्दै आएका मान्यताको जग व्यक्ति र समाजको मनोविज्ञानमा अडेको हुन्छ । यसलाई समाजशस्त्री र मानवशास्त्रीले गहिराइमा पुगेर व्याख्या गर्न सक्लान् मलाई त के लाग्छ ।भने —विकल्प बिना ,प्रचलित मान्यतारु मस्दा त्यसले अकै बाटो खोज्छ । जुन स्वभाविक हो । नेपालका माक्र्सवादीले माक्र्सको धर्म उन्मूलनको धारणाको सतही अनुसरण गरे र आफ्नो परम्परागत साँस्कृति मान्यताहरुलाई कुरीति मात्र ठाने । त्यसलाई परित्याग गर्न प्रेरित गरे । तर मानव स्वभाले युगौदेखि अभ्यास गर्दै आएको धार्मिक स्वभाव सजिलै त्याग्न सकेन । त्यही भएर धर्म उन्मूलनको बाटोमा होइन परिवर्तनको बाटोतर्फ लाग्यो । अहिलेको सामाजिक गुनासो एउटा पाटोमा टड्कारै सुनिने गरेको आवाज हो यो । हाल चर्चामा रहेको गुठी सम्बन्धी विधेयकलाई उल्लेखित सन्दर्भहरुसँग जोडेर हेर्नु उचित हुन्छ । गुठीसँग धार्मिक चालचलन र भौतिक सम्पत्ति मात्र होइन सामाजिक परम्परासँग जोडिएर आएका अनेक सामुहिकता जोडिएका छन् । साथै परापूर्वकालदेखि चल्दै आएका साङ्गीतिक रुप पनि छन् । सामन्त युगमा सञ्चालन भएका सबै कुरा निकम्बा हुन भन्ने सोंच वैज्ञानिक सोंच भएन । त्यसैले गहिरो विचार नगरी परम्परलाई मास्दा ,त्यससँग जोडिएर रहेका अन्य धेरै अभौतिक मानवीय सम्पदाहरु नष्ट हुन सक्छन् । सामुहिकता नष्ट हुन सक्छ ।
सङ्गीतको चार्चा गर्दा राजनीतिको कुरा आयो । फेरि यो परम्परा धार्मिक क्षेत्रको चर्चा किन ? प्रश्न उठ्न स्वभाविकै हो । चौतर्फी अध्ययनले प्रमाणित गरिसकेको कुरा के हो भने सँसारका धेरैखाले सङ्गीतहरुको उद्गम विन्दु कुनै रुपमा कि त श्रम कि त धर्मसँग जोडिएर आएका छन् । विगतमा मानव स्वभावलाई नैतिक मार्गमा डो¥याउन धर्म प्रयोग भयो र धर्मसँगै धार्मिक भजन ,किर्तन प्रयोग भए । सङ्गीतले विस्तारै अन्य क्षेत्रलाई पनि अँगाल्न थाल्यो । कालान्तरमा मानवीय स्वभाव परिमार्जित हुँदै जाने क्रममा सङ्गीतमा पे्रम र सौन्दर्य जस्ता अन्तरमनका तरङ्गहरु पनि मिसिए । एउटा कालखण्डमा आइपुगेपछि सङ्गीतले विशाल व्यापकता हासिल गर्न सफल भयो । प्रविधिले सङ्गीतलाई झन् धेरै निम्ति सुलभ र सहज बनायो । यो सहजताले सङ्गीत पहिला भन्दा अलिक् स्वतन्त्र भयो । तर आजसम्म आइपुग्दा ,अबको सङ्गीत भने सत्ताको तावाबाट फुत्केर बजारको भुङ्ग्रोमा फसेको अवस्थामा छ भन्दा त्यति फरक पर्दैन ।
सङ्गीत र बजारको सम्बन्ध ः
नाफालाई महत्व दिनु बजारको प्रारम्भिक धर्म हो । कलामा बजारको हात परेपछि त्यसको स्वरुपमा पनि आँशिक हस्तक्षेप हुन्छ नै । त्यसैले अहिलेको सङ्गीत बजारको हस्तक्षेपबाट उन्मुक्त छैन । बजारको कलाको मूल रुपलाई हस्तक्षेप गर्छ । भन्ने चेतले नै हेर्नुपर्छ । पुँजीवादी सँसारमा समेत सङ्गीतलाई दुई धारमा बाँड्न थालिएको लामै समय भयो । पहिलो व्यावसायिक र दोस्रो सिर्जनशील व्यावसायिक सङ्गीतले आफै आफ्नो बजार निर्धारण गर्छ । अथवा कलाकारले ठूलो समूहलाई ध्यानमा राखेर सरल सङ्गीत बन्छ । त्यसका साथै व्यापारीले पनि यसखाले उत्पादनलाई कसरी व्यापक बनायो भनेर योजना बन्छ । जति व्यापक भयो त्यसले त्यति नै नाफा कमाउन सक्छ । नाफा कमाउने उद्देश्य राख्नु नकारात्मक सोंच होइन तर बढी कमाउने लोभमा गयात्मकतामा सम्झौता गर्नु उपभोक्तामाथि अन्याय गर्नु पनि हो । बजारमा चल्ने भौतिक सामग्रीको उत्पादनमासेत यो प्रवृत्तिलाई बेइमानी नै मानिन्छ । फेरि सङ्गीतकला त भौतिक वस्तु जस्तो मूर्त उत्पादन मात्र हुँदै होइन । यो त समाजले हुर्काउँदै आएको अमूर्त विरासत पनि हो । त्यसैले सबै सङ्गीतलाई बजार र चर्चासँग मात्रै जोड्नु हुँदैन । यही कुरालाई आत्मसात गरेर हुनुपर्छ । आर्थिक रुपले सम्पन्न समाज या राष्ट्रले सिर्जनशील सङ्गीतलाई छुटै धारमा राखेका ।
सङ्गीतको स्तरको कुरा उठ्दा कहिलेकाँहि आम श्रोतले रुचाइएको चर्चित सङ्गीतलाई बजार र सस्तो भन्ने अधिकार कसैलाई नभएको भन्ने तर्फ पनि सुनिन्छ । त्यस्ता तर्फ सतही रुपमा सुन्दा ठिकै पनि सुनिन्छन् । तर ती तर्फ वा सोंच विचारहरु वुद्धि विवेक भन्दा बजारकै प्रभावबाट अभिप्रेरित अभिव्यक्ति हुन् कि भनेर शँका गर्नु फरक पर्दैन ।
वर्तमान समयको साङ्गीतिक बजार डिजिटल सँसार हो । ठूला र साना डिस्क रेकर्डबाट क्यासेट टेप ,सिडी,युटुव हुँदै आएको सङ्गीतको श्रव्य यात्रा अब ईन्टरनेटमा पुगेको छ । सङ्गीत अब सुन्ने कला मात्र होइन हेर्ने कला पनि हो भन्न तालिएको धेरै समय भएको छैन । लाग्थ्यो सङ्गीत सुन्दा कानको श्रवण क्षमता मात्र होइन, आँखाको दृश्यावलोकन पनि तिखार्नु पर्ने बेला आयो । तर प्रविधिले सङ्गीत हेरेर भन्दा सुनेरै रमाउन चाहने श्रोताका निम्ति पनि नयाँ क्षितिज खोलिदिएको छ । मान्छेका हातहातमा रहेका मोबाइलले सङ्गीतको बजारलाई झन् व्यापकता प्रदान गरेको छ । आफ्नो रुचिको सङ्गीत आफ्नो अधीनमा आएको छ । प्रविधिको आश्चर्य लाग्दो यस्तो क्रान्तिले सिर्जनशील सङ्गीतलाई पनि मौका प्रदान गरेको छ । पुरानो पुस्तालाई बाहिरका सृजनशील सङ्गीतकार बाख,मोजार्ट ,बिथोभेन, चोकोब्स्कीहरुको सङ्गीत सुन्ने ईच्छा जाग्दा विदेश जाने साथीसँगी वा आफन्तहरुबाट तिनका टेप मगाउँदै नहिना कुुर्नु पथ्र्यो । अहिले सँसार भरका सबैखाले सिर्जना सुन्न निमेषभर पनि कुर्नु पर्दैन । कलाकारले आफ्ना रचनालाई विश्वव्यापी रुपमा सार्वजनिक गर्नकानिम्ति पनि डिजिटल बजारले सहयोग पुग्याएको छ । त्यतिमात्र होइन आप्नो रचनाको आयस्ता सिधै आप्नो बैंक खातामा ल्याउन सकिने सहज बाटो खुलेको छ । कलाकार सचेत नहुँदाको अवस्थामा भने बिचौलिया साङ्गीत —दलालले नै कलाकारको वौद्धिक आयस्तामा रजाइँ गरेको अवस्था भने यथावत छ ।
कलाकारको दायित्व
सङ्गीत क्षेत्रमा संलग्न कलाकारको संख्या विगतमा भन्दा अहिले कयौ गुणले बढेको छ । यसबाट हाम्रो समाजमा सङ्गीतप्रति रुचि बढेको तथ्य प्रमाण्ति हुन्छ । यो समाजको मनोवैज्ञानिक स्वास्थ्यका निम्ति सकारात्मक पक्ष पनि हो । तर के हामीले सिर्जना गर्ने सङ्गीतबारे विचार विमर्श र चिन्तन नगरी यसको उचाईतर्फको यात्रा तय गर्न सक्छौ ?फेरि सङ्गीतको उचाई भनेको के हो ? त्यसलाई केले निर्धारण गर्ने यसबारे पनि सोच्नु आवशयक छ ।
कहिलेकाँही सुनिन्छ, सङ्गीत सुन्ने कला भएकोले सुन्दा आनन्द आए पुग्छ । कुरा गलत होइन तर सङ्गीत सुनेर मात्र हुँदैन त्यसलाई पर्गेल्नु पनि पर्छ । सङ्गीत सुनेर क्षणिक रमाइलो गर्ने विषय मात्र होइन । यो गहन अध्ययन र अनुसन्धानको विषय पनि हो ।
मान्छेको अन्तरमनको गहिराइलाई आनन्दित पार्ने जीवित कला हो सङ्गीत । यसका बारेमा विचार विमर्श नगरी हाम्रो दिशानिर्देश हुँदैन । सङ्गीतको विचार विमर्शमा सबैभन्दा पहिलो यस क्षेत्रका कलाकर नै अग्रसर हुनुपर्छ । विचार ,विमर्श र समालोचनाले हाम्रा रचनाहरुको गुणात्मकतालाई विकसित पनि मद्दत पुग्छ । हामीले विचार विमर्श नगरेकै कारणले हाम्रा सङ्गीतका केही विधाहरु पुनरावृत्तिको शिकार भएका छन् । पृनरावृत्ति पनि एक हिसाबले बजारको प्रभावित निर्देर्शित हुनुपर्दाको परिणाम हो झै लाग्छ । पृनरावृत्तिको यो सन्दर्भ सङ्गीतमा प्रयोग हुने शब्द अथवा कथावाचनको पारासँग भन्दा त्यसको साङ्गीतिक पक्षसँग बढी केन्द्रित छ । उदाहरणको निम्ति वर्षौंदेखि नेपाली जनमानसमा प्रचलित लोक दोहोरीलाई लिँदा उपयुक्त हुन्छ । यसले अँगाल्ने विषयवस्तुमा हाम्रो सामाजिक विशेषता नभएको होइन । यसमा सँलग्न कलाकारको व्यूत्पन्नमतिको पनि खुलेर प्रसँसा गर्नु पर्छ । यो क्षेत्रका कलाकार हाम्रो लोक जगतका आशुकवि नै हुन् । यदाकदा यिनले वैयक्तिक लगायत सामाजिक सरोकारका राजनैतिक विषयलाई पनि प्रभावकारी ढँगले सम्बोधन नगरेका होइनन् । तर दुई दशक लामो समयदेखि चलेको यसको साङ्गीतिक पक्ष भने त्यति उत्साहजनक छ भन्न सक्ने अवस्था छैन । खासमा हाल नाम चलिरहेका लोक दोहोरी शैलीहरु विगतमा सिँगो समाज सँलग्न भएर सृजेका लोक परम्परा जस्तो सामुहिकताबाट निमित सृजना होइनन् । बरु लोक शैलीबाट प्रभावित व्यक्तिले बुनेका धुन हुन् । व्यक्तिले बुनेका धुनलाई लोकले बुनेको अर्थ लाग्ने ‘लोक —धुन ’ भनेर प्रचार गर्नु ठीक होइन भन्ने लाग्छ ।
यसका साथै सङ्गीतका अन्य विधामा पनि हामीले हाम्रो मौलिक परम्परामा बसेर सृजन गर्ने अथवा हाम्रो भूमिमा भएका सङ्गीतका विभिन्न रङ्गमा आधारित भएर सृजना गर्नुपर्ने आवश्यकता देखिन्छ । यसले हाम्रो पहिचानलाई उजागर गर्नेछ । चिनारी सुस्पष्ट गर्नेछ । विश्वमा प्रचलित शैलीलाई पछ्याउँदा पनि हामीले हामो्र साङ्गीतिक आत्मालाई केन्द्रमा राख्नु मौलिकताको भण्डार भरिलो पर्नु हो । सर्जकको वैयक्तिक सोंचबाट मात्र होइन, सँस्थागत सामुहिक सोंचबाट यसखाले अभियानलाई पूर्णता दिन सम्भव हुन्छ । त्यसैले सङ्गीतकारले धून मात्र बुनेर हुँदैन । धुन बुन्ने प्रक्रियाका बारे चिन्तन मनन् गर्नु पनि आवश्यक छ । परम्परागत बाजागाजाको भौतिक विकासमा पनि ध्यान दिनु् आवश्यक देखिन्छ । बाजा र तिनका निक्लने धुन सामान्य आवाज मात्र होइनन् । बाजाहरुको सुरममा अन्तरनिहित आवाजको चरित्रमा सामाजिक मनोविज्ञान पनि अँकित भएको हुन्छ । व्यक्ति व्यक्तिका बोलीमा तिनको परिचय स्थापित भए जस्तै बाजाहरुको पनि सुस्पष्ट परिचय रहेको हुन्छ । त्यसैले बाजामा भूगोल र समाजको परिचयसमेत लुकेको हुन्छ । उदाहरणका लागि ,सारङ्गी र मादलले चिनाउने भूगोल र ढोलक र कोचाखिँले चिनाउने भूगोल फरक हुन्छन् ।
उल्लेखित विषय सामान्य अध्ययनले मात्र पार लगाउन सकिने विषय होइन । यो गहन अध्ययनको विषय हो । यसखाले अध्ययनले हामीलाई सामुहिकतातर्फ उन्मुख गराउँछ । सामुहितालाई साङ्गीतिक भाषामा ‘अर्केष्ट्रा’ भन्न सकिन्छ । कतिपय अवस्थामा ‘अर्केष्ट्रा’ भन्नासाथ पश्चिमा शैली हो भनेर नाक खुम्च्याउने गरेको पनि देखिन्छ । शैलीको आरम्भ जहाँबाट भए पनि यो प्रस्तुति कलाको उच्च रुप हो । एसियाका विकसित देशहरुले सयौ ँ वर्षदेखि यसखाले सङ्गीतको अभ्यास गर्दै आएका छन् । हाम्रो उत्तरी छिमेकी चिनले सञ्चालन गरेका ‘अर्केष्ट्रा’ सुन्यो भने उनीहरुले सँसारभरका उत्कृष्ट साङ्गीतिक रचनालाई समेत आफ्नै रङ्गमा ढालिसकेको छन् । ‘अर्केष्टा«’ यो स्थानीयकरणले चीनियाहरुको फिल्मी र नाट्यसँगीतलाई बिछट्ठै योगदान पुगेको छ । छिमेकीको त्यो उदार साङ्गीतिक अभ्यासबाट हामीले पनि सिक्नु जरुरी छ । भलै चिनमा साँस्कृतिक क्रान्तिताका विदेशी सङ्गीतमा बन्देज लागेको थियो । हामीले त्यसखाले कठोर बाटोबाट बाटोबाट नहिँडे पनि अझै सृजनात्मक सङ्गीतको सामुहिक प्रस्तुतिमा गतिलो पाइला चाल्न सकेका छैनांै । यदि हामी पनि सामुहिक र सँस्थागत प्रयत्नबाट यतातिर लाग्यौं भने हामो्र राष्ट्रिय सँस्कृतिले निकै ठूलो फड्को मार्नेछ ।
राज्यको दायित्व र हाम्र्रो भविष्यः
सङ्गीतको व्यावसायिक धारले आफूलाई आफैले धान्ने हो । त्यसमा निजी क्षेत्रको लगानी पर्ने हुनाले पनि प्रवर्धनको आप्नै परिवेश निर्माण भएको हुन्छ । तर परम्परागत साँच्चैको—लोक र सृजनात्मक शैलीका कलालाई निरन्तरता दिनका निम्ति राज्य नै साँस्कृतिक रुपले सचेत हुनु जरुरी छ । गणतन्त्र र सँघीयताले राज्यका कार्यक्षेत्रको प्रारुप परिवर्तन गर्ने बाटो अँगालेको स्पष्ट देखिँदैन । यदि हाम्रो्र केन्द्र र प्रान्तहरु साँच्चै शक्ति विकेन्द्रीकरणमा परेका छन् । भने साहित्य ,सङ्गीतमा पनि त्यसको प्रभाव देखिन थाल्नु पर्छ । विगतमा मोफसललाई छायाँमा पारियो भन्ने आवाजहरु सुनिन्थे । सँघीयतापछि पनि त्यस्तै आवाज लिरन्तर रह्यो भने के निस्कन्छ ? सजिलै अनुमान गर्न सकिन्छ । विगत हामीले भोगिसकेको समय हो । इतिहास हो । त्यो पढ्ने हो पुज्ने ठाउँ होइन । त्यसले हामीलाई धेरै कुरा सिकाएर गएको छ । तर अब त्यो फर्कन्न । त्यसैले हाम्रानिम्ति हाम्रो वर्तमान महत्वपूर्ण छ । हामी वर्तमान अवस्थामा जति सचेत हुन्छौं । त्यही अनुपातमा हाम्रो भविष्य निर्धारण हुन्छ । हाम्रो साङ्गीतिक वर्तमान अति निराशाजनक छ । भन्नु अतिशयोक्ति नहोला । तर हामीले हाम्रो निर्दिष्ट दिशातर्फ पाइला चाल्न भने बाँकी नै छ । भावनात्मक अनुभूतिसँग जोडिएका विषयमा हाम्रो परिवेशका व्यक्ति , समाज राज्यले कस्ता नीति र व्यवहार अबलम्वन गर्छन्? त्यसले हाम्रो राष्ट्रिय सँस्कृतिको भविष्य निर्धारण गर्छ ।
निष्कर्षः
सङ्गीत कलाले मानवभित्रको सभ्य स्वभावलाई प्रभावितमात्र गर्दैन परिमार्जित पनि गर्छ । यसले उच्च सभ्यतामर्फको यात्रालाई जीवन्तता प्रदान गर्छ । यहाँनेर कार्ल माक्र्सको सामाजिक मानवका ज्ञानेन्द्रियहरु असामाजिक मानवका ज्ञानेन्द्रियहरु भन्दा फरक हुन्छन् । केवल मानिसको सारभूत तत्वको विषयनिष्ठ रुपले आनावृत्त समृद्धिद्वारा मात्रै मानिसको विषयनिष्ठ सँवेदनशीलता—सङ्गीतको धुन टिप्ने क्षमता राख्ने कान रुपको सौन्दर्य छुट्याउन सक्ने आँखा —सङ्क्षेपमा भन्ने हो । मानिसको भोगविलासलाई तृप्त गर्ने क्षमता राख्ने र मानिसका सारभूत शक्तिको रुपमा आफूलाई परिपुष्ट गर्ने ज्ञानेन्द्रियहरु विकसित हुन्छन् ।‐माक्र्स एङ्गेल्स,साहित्य र कला —पृष्ट—१२९) भन्ने भनाई सान्दर्भिक हुन्छ । त्यसैले हामीले हाम्रो समाजलाई वैयक्तिक स्वार्थमा अल्झने परिपाटी भन्दा सामाजिक जिम्मेवारीको चेतसहित सामुहिकतातर्फ उन्मूख समाज निर्माणका निम्ति पनि सङ्गीतको सृजनशील स्वरुपलाई जागृत गराउँदै अघि बढ्नु जरुरी छ ।
सन्दर्भ सामग्री ः
० दर्शनशास्त्रको प्रारम्भिक ज्ञान प्रगति प्रकाशन
० माक्र्स एङ्गेल्स,साहित्य र कला—अनु कृष्णप्रकाश श्रेष्ठ
० नेपाली सङ्गीतको समय—चक्र र स्वपहिचान—आभास,प्राज्ञिक सँसार
० उयउगबिच mगकष्अ बलम उयष्तिष्अक ष्लबाचष्अब‐कयmभ ष्लतचयमगअतयचथ चभाभिअतष्यल‐दष्चनष्त भलनभिचत
०बिभिन्न वेबसाइटहरु

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार