लुम्बिनीमा पर्यटन विकासको महत्व

बलबहादुर आचार्य
नेपाल पर्यटन विकासको लागि एउटा उर्बर भूमि हो । यस देशमा रहेका हरेक स्थानहरु पर्यटकीय स्थलका रुपमा विकास गर्न सकिन्छ । हामीले यस देशमा रहेका पर्यटकीय स्थलहरुको समग्र रुपमा पहिचान गर्ने र उक्त पहिचान भएका पर्यटकीय स्थलहरुलाई पर्यटकीय महत्वका दृष्टिकोणवाट अन्तराष्ट्रिय, राष्ट्रिय, प्रादेशिक तथा स्थानीय पर्यटकीय स्थलका रुपमा बर्गीकरण गर्न आवश्यक छ । अन्तराष्ट्रिय तथा राष्ट्रिय महत्वको स्थलहरुलाई केन्द्रीय सरकार र प्रादेशिक तथा स्थानीय महत्वका पर्यटकीय स्थलहरुलाई प्रदेश र स्थानीय सरकारहरुले महत्वकासाथमा त्यसको पूर्वाधार निर्माण र पूर्वाधार निर्माण भएको स्थानमा त्यसलाई सुन्दरीकरण तथा पर्यटनमैत्री बनाउने कार्ययोजनामा केन्द्रित हुन आवश्यकछ । अहिले कतिपय स्थानमा रहेका पर्यटकीय स्थलहरु महत्वका हिसाबले ज्यादै महत्वपूर्ण त छन् तर न त त्याहाँसम्म पुग्ने राम्रा बाटाहरु छन् न त त्यहाँ पुरेर त्यसको महत्व बताउने पथ प्रर्दशक छन् न त त्यहाँ पुगेर बस्ने, खाना खाने तथा रमाउने खालको व्यवस्थापन नै छ । तसर्थ हामीले हाम्रा यसखालका पर्यटकीय स्थलहरुको बारेमा अब ज्यादै गम्भीरताका साथमा लाग्नुपर्ने अवस्था आएकोछ । यस बारेमा हामीले योजनाबद्ध रुपमा लाग्न सक्यौं भने देशको अर्थतन्त्रको विकास गर्दै हजारौं युवाहरुलाई रोजगारी दिदै विदेशमा दुख कष्टका साथमा रोजगारीमा रहेका युवाहरुलाई पनि स्वदेशमै रोजगार बनाउने वातावरण निर्माण हुनेछ ।
पर्यटन उद्योग अन्य उद्योग जस्तै एक्लै हिंडने व्यवसाय होइन, यस उद्योगको सफलताका लागि धेरै उद्योग तथा व्यवसायहरु एकीकृत रुपमा सञ्चालन हुन आवश्यक हुन्छ । खासगरी पर्यटन उद्योगका लागि ट्राभल एजेन्सी, यातयातका साधान, होटल तथा रेष्टुरेन्ट, पर्यटका लागि विशाल सुपरमार्केट तथा मलहरु, नेपालको कला तथा सँस्कृति झल्कने साँस्कृतिक कार्यक्रमहरु, अत्याधुनिक सञ्चार प्रणाली तथा सुविधाजनक वित्तीय सेवा, अध्ययन तथा मनोरन्जनात्मक संग्राहलय तथा उद्यानहरु, उपहारका सामाग्रीका बजारहरु, पथ प्रदर्शकहरु लगायतका धेरै उद्योग तथा व्यवसायहरुको समुच्चय रुप नै पर्यटन उद्योग तथा व्यवसाय हो । जसको परिचालनबाट उद्योग व्यवशाय सञ्चालन हुने हजारौंले रोजगारी पाउने र पर्यटन अर्थतन्त्र चलायमान हुने गर्दछ र नेपालको आर्थिक समृद्धिमा महत्वपूर्ण योगदान पुग्दछ । तसर्थ यसमा पर्यटन क्षेत्रका सबै सरोकार सदस्यहरुको समान रुपमा विकास भएन भने यसको विकास हुन सक्दैन र उक्त क्षेत्र अधरो हुन पुग्दछ । तसर्थ हामीले पर्यटन क्षेत्रमा लागेका सवै क्षेत्रहरुको विकासका लागि पनि आवश्यक ध्यान पु¥याउनु पर्दछ ।
पर्यटनको हिसाबले नेपाल संसारको १४० देश मध्ये ११२ औं स्थान र साँस्कृतिक धरोहरका हिसावले १२८ औं स्थानमा पर्दछ । नेपालमा आउने पर्यटकहरुको वार्षिक औसत संख्या करिव ७ लाख मात्र रहेको छ । नेपालमा सन् २०१५ देखि आउने पर्यटकहरुको संख्या यस प्रकाररहेको छ । २०१५,मा ५,३८,९७० २०१६ मा ५,१४,३७५ २०१७ मा ६,४४,९५६ २०१८ मा ११,७३,०७२ पुगेको छ । यस वषर््ाको विदेशी पर्यटक नेपालको इतिहासमा सबैभन्दा बढी रहेकोछ । हाल नेपालमा आउने पर्यटकहरुको औसत बसाइ १२ दिन र प्रति दिनको खर्च ५४ अमेरिकी डलर रहेकोछ । संसारमा पेरिस, न्यूयोर्क, लण्डन, सांघाइ, स्तानबुल, रोम, आम्सटर्डम, टोकियो, बार्सिलोना र बर्लिन विश्वका ठूलो संख्यमा पर्यटक भिœयाउने सहरहरु हुन जसले त्याँहाको अर्थतन्त्रमा ज्यादै ठूलो योगदान समेत गरेको छ ।
नेपालमा रहेका विभिन्न पर्यटकीय स्थलहरु मध्ये विश्व सम्पदामा सूचीमा परेको लुम्बिनी नेपालको एउटा अन्तराष्ट्रिय पर्यटन केन्द्रको रुपमा रहेकोछ । संसारका बौद्धिष्ट समुदायहरुको लागि यो एउटा ज्यादै धेरै महत्व बोकको गन्तव्य हो । यस पवित्र स्थललाई प्राध्यापक केन्जो टाँगेले मिनि बौद्धिष्ट वल्डको रुपमा विकास गर्दै संसारभरिका बौद्धिष्ट समुदाय तथा संसारका शान्तिप्रेमी पर्यटकहरुको एउटा नमुना शान्ति उद्यानको रुपमा विकास गर्ने सोंचका साथमा डिजाइन गरिएको थियो । तर आज भन्दा ४२ वर्ष पहिले बनाइएको यो गुरुयोजनाको विकास ज्यादै सुस्त गतिमा अगाडि बढी रहेकोछ । यस महत्वपूर्ण स्थलको विकास महत्वकासाथमा गर्नु पर्दछ भन्ने सोंचका साथमा विगतमा सरकारले लुम्बिनी विकास कोषको समेत स्थापना गरी यसको विकासका लागि महत्व दिनु पर्दछ भन्ने सोंच त राखेको थियो तर व्यवहारमा यसले पञ्चायती कालमा राजपरिवारको हाली मुहाली गर्ने संस्थाको रुपमा रह्यो भने बहुदलीय व्यवस्थाको स्थापना पछि पनि यसको विकासको लागि विभिन्न सरकारले राम्रा र योग्य व्यक्तिलाई उक्त कामको जिम्मेवारी दिने भन्दा पनि आफ्नो स्वार्थ अनुसार चल्ने गरी पदाधिकारी मनोनयन गर्ने कार्यले गर्दा यस पर्यटकीय स्थलको विकास आवश्यक मात्रामा हुन सकेकोछैन । अझ पनि यस यसतर्फ मन्त्रीहरु तथा सरकारले योग्य तथा यसको विकासको महत्व बुझेको व्यक्तिहरुलाई आवश्यक जिम्मेवारी दिने कार्य नगरेमा यसको विकासले गति लिन नसक्ने र वर्तमानको अपेक्षा अनुसार काम अगाडि बढन नसक्ने देखिन्छ ।
हाम्रो प्रदेशको महत्वपूर्ण अन्तर्राष्टिय पर्यटन केन्द्रको रुपमा रहेको यस क्षेत्रमा आउने पर्यटकहरुको संख्या त क्रमशः बढिरहेको छ तर पनि यसबाट नेपाल सरकार तथा यस क्षेत्रका पर्यटन उद्योगी तथा व्यवसायीहरुले यथेष्ट मात्रामा त्यसको फाइदा लिन सकेका छैनन् । यसको मूलकारण भनेको यसको भित्र तथा वरिपरिको वातावरण पर्यटकमैत्री हुन नसक्नु नै हो । पर्यटकहरुले यस स्थानमा आएपछि पर्याप्तमात्रामा मनोरन्जनमूलक सुविधा तथा वातावरण पाउन नसक्नु नै हो । हाल लुम्बिनीमा आउने विदेशी पर्यटकहरुको संख्या क्रमशः विकास हुँदै गएको छ भने यस वर्ष सबैभन्दा बढी करिव १५ लाख पर्यटकहरु यहाँ आएका छन् भने बढी पर्यटक आउने देशहरुमा क्रमशः श्रीलंका, थाइलैण्ड, बर्मा, चीन, द.कोरिया, भियतनाम, जापान लगायतका पयर्टकहरु रहेका छन् । यस क्षेत्रमा आउने पर्यटकहरुको औसत समय १ घण्टा मात्र रहेकोछ । यसले के कुरा देखाउँछ भने यस क्षेत्रमा आउने पर्यटकहरु मात्र लुम्बिनी दर्शन गर्दछन् र उनीहरुलाई हामीले यहाँ बसाउने र रमाउने खालका भौतिक तथा साँस्कृतिक वातावरण दिन सकेका छैनांै ।
यस लेखक पनि ज्यादै छोटो समय उक्त स्थानमा कार्य गर्ने अवसर पाएको र पर्यटन क्षेत्र अध्ययन तथा लेखनको क्षेत्र भएकोले उक्त स्थानको विकासको लागि आफूले महशुस गरेका विषयहरु यस लेखमा उल्लेख गर्न सान्दर्भिक लागेकोले यहाँ लुम्बिनीको विकासका बारेमा केही चर्चा गर्ने जमर्काे गरेको छु ।
२.० नेपालमा पर्यटन क्षेत्र विकासको अवधारणा ः
यस देशमा रहेका हरेक पर्यटकीय क्षेत्रहरुलाई आधुनिक र सुविधा सम्पन्न रुपमा विकास गर्ने ।
यस देशका केही पर्यटकीय स्थलहरुलाई विश्व प्रसिद्ध पर्यटकीय स्थलको रुपमा विकास गर्ने ।
प्रत्येक राजनीतिक इकाइले कम्तीमा एउटा पर्यटकीय क्षेत्रको निर्माण तथा विकास गर्ने ।
केही समयका लागि देशको बजेटको ठूलो लागानी पर्यटन क्षेत्रमा केन्द्रित गर्ने तत पश्चात यस क्षेत्रले आफै आम्दानीको श्रोत निर्माण गर्दछ ।
हरेक क्षेत्रका कार्ययोजनाहरु पर्यटन मैत्री बनाउन पहल गर्ने ।
पर्यटन क्षेत्रलाई शैक्षिक पर्यटनको रुपमा पनि विकास गर्ने ।
ग्रामीण तथा कृषि क्षेत्रलाई पनि ग्रामीण पर्यटनको रुपमा विकास गर्ने ।
हरेक पर्यटकीय स्थलहरुमा बाटो, बिजुली र पानीको व्यवस्था सरकारवाट प्राथमिकताका साथमा निर्माण गर्ने र अन्य कार्यका लागि सहकारी तथा निजी क्षेत्रलाई प्रोत्साहन गर्ने ।
तीन खम्बे अर्थनीतिलाई व्यवहारमा कार्यान्वयन गर्ने ।
नेपालको स्वाधीन तथा आत्मनिर्भर अर्थतन्त्र निर्माणको लागि यस क्षेत्रलाई मूल आधार बनाउने ।

२.१ पर्यटन क्षेत्र विकासका कार्ययोजना
यस देशमा रहेका सम्पूर्ण पर्यटकीय स्थलहरुको पहिचान गर्ने र परिचय पुस्तक प्रकाशन गर्ने ।
पहिचान भएका पर्यटकीय क्षेत्रहरुलाई विषयगत रुपमा वर्गीकरण गर्ने ।
महत्वका हिसाबले ःअन्तराष्ट्रिय स्तर, राष्ट्रिय स्तर, प्रादेशिक स्तर र स्थानीय स्तर ।
विचारका हिसाबले ः धार्मिक, ऐतिहासिक, पुरातात्विक, प्राकृतिक, शैक्षिक, भौगर्भिक, साँस्कृतिक तथा समाजशास्त्रीय
आवश्यक भएका स्थानहरुमा थप अत्याधुनिक पर्यटकीय स्थलहरुको निर्माण गर्ने ।
नेपालको पर्यटन सम्बन्धी गुरुयोजना निर्माण गर्दै गुरुयोजना बमोजिम पर्यटन क्षेत्र विकासको काममा तीव्र गतिका साथमा कार्यान्वयन गर्ने ।
मन्त्रालयले प्रत्येक वर्ष निश्चित संख्याहरुलाई अन्तराष्ट्रिय तथा राष्ट्रिय महत्वका हिसाबले ठूलो परियोजना रुपमा क्रमशः विकास गर्दै जाने ।
पुरातात्विक महत्वका क्षेत्रलाई छिटो भन्दा छिटो पहिचानका लागि पुरातत्व विभागको सहयोग लिदै पर्यटकीय स्थलको महत्वको बारेमा जानकारी बोर्डहरु राख्ने ।
पर्यटन एउटा सामुहिक उधोग भएका कारण विभिन्न किसिमका यातायातका साधनहरु, टभल एजेन्सीहरु, सञ्चार, होटल तथा रेष्टुरेण्ट, पसलहरु, साँस्कृतिक संघ संस्थाहरु, वित्तीय सस्थाहरु लगायतका क्षेत्रमा सरकारले समन्वयात्मक संरचनाहरु निर्माण गर्ने ।
ठूला योजनाको लागि वैदेशकि सहयोग तथा लगानीलाई प्रोत्सहन गर्ने ।
पर्यटनको प्रचारको लागि काठमाण्डौ तथा अन्तर्राष्ट्रिय विमान स्थलहरुमा नेपालका मुख्य पर्यटक स्थलहरुको सूचना बोर्डहरु राख्ने र प्रत्येक सहरमा त्यस सहर र आसपासका पर्यटकीय स्थलहरुको बारेमा प्रचार बोर्डहरु राख्ने ।
अन्तराष्ट्रिय र राष्ट्रिय स्तरका पर्यटकीय स्थलहरुलाई प्रत्येक सहरहरुमा दूरी तथा दिशा खुल्ने गरी बोर्डहरु राख्ने ।
पर्यटकीय स्थलहरुमा माग्ने संस्कृतिको अन्त्य गरी व्यवसायिक संस्कृतिको विकास गर्ने ।

पर्यटन विकासका आवश्यक पूर्वाधारहरु ः
सबै पर्यटकीय स्थलहरुको गुरुयोजना निर्माण ।
बजेटको महत्वपूर्ण हिस्सा पर्यटन क्षेत्रमा विनियोजन ।
सबै प्रदेश तथा स्थानीय निकायहरुले संघको पर्यटन विकासको आधारमा कार्ययोजना निर्माण ।
शैक्षिक संस्थाहरुमा पर्यटन बारेको पाठ्य सामाग्री शिक्षण ।
आवश्यक मात्रामा पर्यटन सम्बन्धी सामाग्री प्रकाशन तथा पथ प्रदर्शकको उत्पादन ।
नेपाल तथा स्थानीय स्थलको महत्व दर्शाउन गरी उपहार सामाग्रीहरुको उत्पादन गर्न नेपाली उधोगहरुको स्थापना ।
आआफ्नो स्थानको आवश्यकता बमोजिमका टुर प्याकेज निर्माण ।
प्रत्येक प्रदेशमा पर्यटन विकास तथा अध्ययन अनुसन्धान केन्द्रको स्थापना ।

लुम्बिनी विकासका कार्ययोजनाहरु ः
गौतम बुद्धसँग सम्बन्धित स्थानहरुको तीव्र रुपमा अध्ययन अनुसन्धान गर्ने र त्यसको तथ्यहरु सार्वजनिक गर्ने ।
प्राप्त तथ्यहरुको विश्लेषण गरी पर्यटकीय स्थलका रुपमा विकास गर्न योजना बनाउने र उक्त स्थानको संरक्षण गर्ने ।
विगतमा निर्माण भएको लुम्बिनी गुुरुयोजनाहरुको कार्यान्वयनका यथाशीघ्र गर्ने ।
बृहत्तर लुम्बिनी गुरुयोजनाका लागि यथाशीघ्र कार्ययोजना बनाउने र यसलाई एउटा विश्वको आकर्षक शान्ति उद्यान पर्यटकीय स्थलको रुपमा विकास गर्ने ।
स्थानीय तथा प्रदेश सरकारका पर्यटन नीतिमा सहयोग तथा सहकार्य गर्ने ।
लुम्बिनीसँग सम्बन्धित अन्य पर्यटकीय स्थलहरुको प्रचार प्रसार गुरुयोजना बनाउने ।
लुम्बिनी आउने चारैतिरवाट होडिङ्ग बोर्ड राख्ने । दक्षिण गोरखपुर, पूर्व नारायणगढ, उत्तर पोखरा र पश्चिम नेपालगन्ज ।
अन्य विभिन्न माध्यमहरुबाट पनि प्रचार प्रसारका योजना बनाउने ।

ड्ड लुम्बिनीभित्र गरिनु पर्ने कार्यहरु ः
लुम्बिनीको सम्पूर्ण दृश्य देखिने गरी केवलकार वा भ्यू टावरको निर्माण ।
लुम्बिनीभित्र आवश्यक सुन्दरीकरण पार्क, जंगल, पशुपंक्षी हेर्ने स्थानको निर्माण ।
विदेशी पर्यटकहरुलाई अनिवार्य पथ प्रदर्शक व्यवस्था ।
माया देवी मन्दिर वा शान्ति स्तूपा लगायतका स्थानमा धूप बाल्ने राम्रो व्यवस्था ।
डुँगा सञ्चालन भएको स्थानमा पानीको फोहरा समेतको व्यवस्था ।
प्रत्येक पूर्णिमाका दिन दीप प्रज्वलन कार्यक्रमलाई थप व्यवस्थित गर्ने ।
प्रत्येक साँझमा रमणीय पानीका फोहराहरु प्रदर्शन स्थलको निर्माण ।
बुद्धको जीवनी तथा बुद्ध दर्शनका बारेमा फिल्म शो ।
गौतमबुद्धका सन्दर्भमा नाटक प्रदर्शन ।
ठूलो सभाहल तथा ध्यान केन्द्रहरुको निर्माण ।
पर्यटकहरुलाई विभिन्न स्थानमा प्रत्येक घण्टामा जानकारी प्रदर्शन गर्ने डिस्प्ले बोर्डहरु ।
टिकट लिने स्थानहरुलाई अझै व्यवस्थित ।
जंगल, चरा तथा पशु पंक्षीको संरक्षणमा विशेष व्यवस्था ।
यस क्षेत्रको सुरक्षा व्यवस्थालाई सुदृढ बनाउन चारै कुनाको पर्खालमा २४ सैं घण्टा शैनिक सुरक्षाको व्यवस्था ।

पसले घरहरुको आवश्यक पुर्नसंरचना गर्ने र उपहार सामाग्री उत्पादन गर्ने उधोगहरुलाई यस स्थानमा आउन बिशेष पहल ।
स्थानीय रुपमा उत्पादन हुने उपहार सामाग्रीहरुलाई व्यवशायलार्य बिशेष प्राथमिकता ।
दक्ष प्राविधिक बाहेकका कर्मचारीहरुको भर्नामा स्थानीयलाई प्राथमिकता ।

लुम्बिनी बाहिर रहेका सरोकार निकायहरुसँग गर्नु पर्ने कार्यहरु ः
वरिपरिको समुदायलाई सहयोग तथा सहभागी गराउने गरी उधोग व्यवशायको वातावरण मिलाउने र उनीहरुको शिक्षा तथा स्वास्थ्यको हितमा कार्ययोजना बनाउन सहयोग गर्ने ।
पर्यटन व्यवशाय तथा उधोगसँग सम्बन्धित व्यवसायीहरुसँग सहकार्य गर्ने । ट्राभल एजेन्सी, होटल तथा रेष्टुरेण्ट, यातायात व्यवसायी, मल तथा सुपर मार्केट व्यवसायी, उपहार सामाग्री उत्पादन गर्ने उद्योग तथा बेच्ने पसलेहरु, पार्क तथा उधान व्यवसायी तथा संस्थाहरु आदि ।
विभिन्न पर्यटकीय स्थलहरुसँग अन्तरसम्बन्ध बिस्तार । पोखरा, सौराह, काठमाण्डौ आदि ।
विदेशी दाता तथा विश्वका बौद्ध समुदायसँगको सम्बन्धलाई सुमधुर बनाउँदै यस क्षेत्रको बाहिरी संसारसँग प्रचार प्रसारमा जोड दिने ।
यस वरिपरिको स्थललाई पर्यटनमैत्री वातावरण निर्माणमा विशेष पहल ।

यसरी हामीले लुम्बिनी तथा यससँग सम्बन्धित पर्यटकीय स्थलहरुको बृहत्तर गुरुयोजना बनाउँदै यस क्षेत्रमा पर्यटन उद्योगी, व्यवसायीहरुलाई पर्यटनको विकासमा प्रोत्साहन गरी क्रियाशील बनाउन सक्यो भने हामीले यस क्षेत्रका जनताको जीवनस्तरको विकासमा पनि योगदान गर्न सक्नेछांै । यस क्षेत्रको पर्यटन विकासले पर्यटन अर्थतन्त्रमा महत्वपूर्ण विकास गर्दै नेपाल सरकारले लिएको समृद्ध नेपाल सुखि नेपालीको नारालाई सफल बनाउनका लागि समेत ठोस योग्दान पुग्नेछ र यस स्थान नेपालको एउटा राम्रो अन्तराष्ट्रिय पर्यटन केन्द्रको रुपमा समेत क्रमशः विकास हुँदै जानेछ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार