बन्दैछ सैनामैनामा जेष्ठ नागरीक तथा आपाङ्गता ग्राम

टिका खरेल–सैनामैना ।सैनामैनामा प्रदेश स्तरीय जेष्ठ नागरीक ग्राम तथा आपाङ्गता नागरीक ग्राम निर्माण कार्य शुक्रबार देखि सुरु हुने भएको छ ।
सैनामैना नगरपालिका वडा नं. १ मा रहेको बनकट्टामा सो ग्राम निर्माण कार्य हुन लागेको हो ।
जेष्ठ नागरिक तथा विभिन्न शरिरीक मानसिक आपाङ्गता भएका ब्याक्तिहरु बस्ने, मनोरन्जन गर्ने ब्यवस्था, अवास गृह, क्लिनिक, खेलकुद सहित ग्राम निर्माण गर्न लागिएको छ । अहिले संघीय सरकारको एक करोड बजेटको लगातमा निर्माण कार्य सुरु गरिएको छ । ग्राम निर्माणको पहिलो चरणमा तारबार गर्ने अवाश्यक पर्खाल लगाउने कार्य हुने छ भने बांकी काम आवश्यक बजेटको स्रोत जुटेपछि गरिने सैनामैना नगरपालिकाका नगर प्रमुख चित्र बहादुर कार्कीले बताउनु भयो ।
सैनामैनाको बनकट्टामा रहेको करिब ६ विगहामा निर्माण गर्न लागिएको ग्राम करिव ३ वर्षमा सम्पन्न गर्ने योजना रहेको सैनामैना नगरपालिकाका नगरप्रमुख कार्कीले बताउनु भयो । ग्राम निर्माण भए पश्चात वृद्धवृद्धा, शारिरिक, मानसिक रुपले आपङ्गगता भएका ब्यक्तिहरुलाई बास बस्न, उपचार, मनोरन्जन गर्न तथा समय विताउन सहज हुने छ ।
मन्त्रीद्धारा निमार्ण स्थलको अवलोकन नेपाल सरकारका महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाले निमार्ण स्थलको अनुगमन समेत गर्नु भयो । योजना समयमै सम्पन्न गर्न नगरपालिकाका नगर प्रमुख चित्र बहादुर कार्कीलाई उहांले सुझाब दिनु भयो । अवलोकन गर्दै मन्त्री थापाले भन्नु भयो सैनामैना नगरपालिकाले अति राम्रो योजना ल्याएको छ, यस योजनाबाट आफु खुशी भएकोले ग्राम निर्माणका लागि आफुले सक्दो सहायोग गर्ने बताउनु भयो ।
सैनामैना नगरपालिकाका नगर प्रमुख चित्र बहादुर कार्कीले संघिय सरकारले उपलब्ध गराएको बजेटको सहि ठाउँमा सदुपयोग गर्ने बताउदै संघिय सरकारले नगरपालिकाको योजनामा सहायोग गरेकोमा महिला बालबालिका तथा जेष्ठ नागरिक र मन्त्री ज्युलाई धन्यबाद ब्यक्त गर्नु भयो ।
आवलोकन टोलिमा संघिय मन्त्री सहित नगर प्रमुख, उपा प्रमुख, नगरपालिकाका इन्जिनियर वडाअध्यक्ष, विभिन्न राजनितक दलका प्रतिनिधि, पत्रकार, संघ संस्थाका प्रतिनिधि स्थानियहरुको सहभगिता रहेको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार