शैक्षिक गुणस्तर सुधार्दै सैनामैना

बुटवल । रुपन्देही जिल्लाको सैनामैना नगरपालिकाले आफ्नो शैक्षिक गुणस्तर सुधार गर्दै शैक्षिक हबको रुपमा बिकास गर्न लागिरहेको छ ।

नगरमा रहेका २ कलेज र ३५ बिद्यालय रहेको मध्य आधारभुत तह सम्म अध्ययन हुने १८ वटा सामुदायिक विद्यालय र १८ वटा संस्थागत विद्यालयहरु रहेका छन् ।

नगरपालिकाले आगामि आर्थिक वर्ष २०७६÷७७ का लागि १७ करोड बजेट छुट्टाएको छ । नगरपालिकाले शिक्षाको गुणस्तर बृद्धि गर्नको लागि विभिन्न कार्यहरु गर्ने नगर प्रमुख चित्र वहादुर कार्कीले बताउँदै आएका छन् ।

उनले बिद्यालय जाने बातावरण सबैलाई बनाउनका लागि आफुहरुले पहल गरीरहेको बताउँदै बिद्यालय तथा शिक्षकहरुको क्षमता अभिबृद्विको लागि समेत कार्यक्रमहरु जारी राख्ने बताए ।

उनले महिनावारी भएको अवस्थामा वालिकाहरु बिद्यालयमा उपस्थीत हुन छाडेको हुँदा त्यो अन्य गर्नको लागि सैनामैनाका सबै बिद्यालयहरुमा सेनेटरी प्याड बितरणको कार्य जारी राखेको बताए । उनले भने–‘ सैनामैनाले शिक्षामा चाहिने सबै खाले स्रोत साधन उपलब्ध गराउन हरपल तयार छ ।’

सैनामैनामा अब दिवा कक्षा

साथै कक्षा ११ र १२ मा अध्ययन गरीरहेका बिद्यार्थीहरुको कोर्ष पुरा नहुँदा नतिजा बिग्रन सक्ने संभाव्यतालार्य मध्यनजर गर्दै आजभोली १० बजेदेखी ३ बजेसम्म निरन्तर अध्ययन गराउँदै आएको उनको भनाई छ । उनले यो कार्यका लागि १२ लाख बराबरको फर्निचर बनाउने तयारीमा रहेको र यो कुरा बजेटमा समावेस रहेको उल्लेख गरे ।

उनले भने –‘ विद्यार्थीको सिकाई र विद्यालयको गुणस्तरमा वृद्धि गर्ने ११÷१२ को विहानी पढाईलाई दिव्याकालीन गराईएको छ । विहानी समयमा ढाई देखि ३ घण्टा मात्र पढाई हुने र कोर्ष पूरै नहुदा नतिजा नराम्रो आउने र दिउसको समयमा खालि भएर बरालिएर र्दुव्यसनमा फसेको ले दिव्यकालिन शिक्षामा १० देखि ४ बजे सम्म पढाई भईरहेका छ । ’

साथै नगरपालिकाले नगरभित्रका सबै बिद्यालयमाहरुमा फ्रिज सहितको तातो चिसो पानी वितरण गर्ने योजना बनाएको छ ।यसले मौषमानुसार बिद्यार्थीहरुले पानी पिउन सक्ने अपेक्षा गरीएको छ । सैथै नगरपालिकाले विद्यालय हाता भित्र जंकफुड निषेध गरी टिफिन बक्स वितरण गर्ने कार्य पनि सञ्चालन गरीरहेको छ ।

क्षमता अभिबृद्विको लागि तालीम
सैनामैना नगरपालिकाले पालिकालाई शैक्षिक हबको रुपमा बिकास गर्नको लागि क्षमता अभिबृद्वी कार्य पनि शुरु गर्दै आईरहेको छ ।

बिभिन्न कुरामा दक्ष बनाउने क्रममा सैनामैनाले यो वर्ष सैनामैना भित्रका सामुदायिक विद्यालयलाई शिक्षण सिकाई र प्रविधि प्रयोग शिकाईका लागि ३ महिने तालिम प्राबिधिक तालीम शुरु गर्ने तयारी गरेको छ । १८ वटा बिद्यालयका शिक्षकहरुको लागि कम्प्युटर, ल्यापटप तथा प्रोजेक्टर को प्रयोगको बिषयमा तालीम प्रदान गर्न लागिएको हो ।

भएका सामाग्रीको पनि भरपुर उपयोग गर्न नजान्दा प्रबीधिकाट बन्चीत हुन नदिनको लागि यस्ता किसिमका तालीमहरु प्रदान गर्दै आईरहेको नगरपालिकाका शिक्षा शाखा प्रमुख धनेश्वर पन्थी बताउँछन् ।

उनले सैनामैना भित्र रहेका संस्थागत विद्यालयका लागि आफै तालीम नदिएपनि अनुदान स्वरुप ७ लाख बजेट तालिमको लागि छुट्टाएको र सोही रकमले तालीम लिने जनाईएको छ ।

उनले भने –‘ नगरपालिकाले चक र डष्टर निषेधित भनेर त भन्यो तर शिक्षक शिक्षिकाले प्रोजेक्टर कम्प्युटर चलाएर विद्यार्थी पढाउन नसकेको हुँदा यो तालिम चलाउन लागिएको हो र यो आवश्यक पनि थियो । ’

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार