लागू पदार्थ, सिरिन्ज र एचआइभी एड्स

सन्दर्भ ः लागूपदार्थ ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस
लागुऔषधका कारोवारी बढेका छन् । जिल्लाका कुल मुद्दाहरुमा ९० प्रतिशत लागूऔषधका रहेको जिल्ला प्रहरी रुपन्देही बताउँछ ।८० प्रतिशत विद्यालय कलेजकामा अध्ययनरत सम्पन्न बाबुआमाका छोराछोरी छन् । यस्मा नसमेटिएका झनै धेरै छन् । खुला सीमामा प्रहरी तैनाथी र निगरानी नहुने,नेपालमा प्रतिबन्धित औषधी भारतीय बजारमा खुलेआम विक्रीवितरण र तीव्र सहरीकरणका कारण रुपन्देही अहिले लागूऔषधको कारोवार गर्ने र सेवन गर्नेहरुको अखडा बन्दै गएको छ ।
त्यसैमा अभिभावकको रेखदेख,विद्यालय वा कलेजको तथा शिक्षकको अनुगमन र टोलबासीको निगरानी नहुँदा एकातिर दुरुपयोग र ओसारपसार घटाउन सकिएको छैन भने अर्काेतिर थोरै समयमा धेरै कमाउन सकिने लोभ र अन्जानपनले पनि भरियाका रुपमा महिला, बालक बढी प्रयोग भईदिंदा र सरकारी स्तरको सुधारगृह र परामर्श केन्द्रको अभाव छ । त्यसैमा संलग्न माफियाको पहँुच केन्द्र र शक्तिकेन्द्रसँगै रहँदा झनै घट्ने सम्भावना देखिदैन ।
भयानकता ः
बढदो सहरीकरण,गरिबी,बेरोजगारी समस्या,फितलो कानुनी व्यवस्थापन लगायतका कारणले नेपालमा लागूऔषध दुव्र्यसनीको संख्या वर्षेनि बढेको बढ्यै छ । विश्व स्वास्थ्य संगठनले सन १९५४देखि नै लागूपदार्थ सेवन गर्ने बानीलाई विश्वकै दोस्रो खतरनाक रोग मान्दै आएको छ ।जसले ३ प्रतिशत शारीरिक र ९७ प्रतिशत मानसिक,आध्यात्मिक र भावनात्मक असर पार्छ । दुव्र्यसन बानी बढ्दै जाने,घातक र निको नहुने रोग हो । हतियारपछि सबैभन्दा बढी तस्करी हुने लागूऔÈध रहेको इन्टरपोलले जनाएको छ । नेपालमा सरकारले ५० हजार बताएपनि १ लाख ५० हजार दुव्र्यसनी जस्मा ५ प्रतिशत महिला रहेका सम्बद्ध संघसंस्था बताउ“छन् । हत्याजस्तो जघन्य अपराधपछि लागूऔÈधमा संलग्नलाई सजाय दिने कानुनी प्रावधान छ । विश्वमा नेपाल ट्रान्जिट प्वाइन्ट बनेको छ । समय मै नियन्त्रण गर्न नसके नेपाल कोलम्बिया बन्ने खतरा बढेको छ ।
दुव्र्यसन ः
लागू पदार्थ भन्नाले कुनैपनि प्राकृतिक वा रसायानिक पदार्थ जसको प्रयोग वा सेवनबाट मानिसको केन्द्रीय स्नायु प्रणाली (मस्ष्तिष्क र स्पाइनल कर्ड) मा प्रभाव पारी भावना र सोंचाईमा परिवर्तन ल्याइदिन्छ र विस्तारै गलत सोंचाई र निर्णय वा निर्णय नै गर्न नसक्ने स्थितिमा पु¥याइदिन्छ ।लागू पदार्थको कुलतमा फसेका व्यक्तिलाई दुव्र्यसनी भनिन्छ ।
दुव्र्यसनका चारवटा चरणहरु हुन्छ ।
(क) परीक्षण÷चाख्नेः के होला ? कस्तो होला ? भन्ने खालको उत्सुकताले ।
(ख) अवसरगत जस्तैः चाडपर्व, दसैं तिहार आदिमा प्रयोग गर्ने ।
(ग) नियमित रुपमा खान्छ ।
(घ) निर्भर अन्त्यमा ड्रग खा“दै जा“दा उसलाई ड्रग्स् बिना उसको जीवन नै अ“ध्यारोमा परे जस्तो भान हुन पुग्छ । उसलाई ड्रग्स् नभई हु“दैन ।उसले त्यतिबेला जे गरेर भएपनि आफ्नो डोज पूरा गरेरै छाड्छ । दुव्र्यसनीले लागूपदार्थ प्रयोग गर्नलाई वा पैसा जुटाउनलाई समाजमा अनेक प्रकारका अपराधजन्य घटनाहरु हत्या,चोरी,डकैती तथा यौन विकृतिमा ठूलो भूमिका देखिएको छ ।तलतल लागेपछि जस्तासुकै खतरा मोल्नपनि पछि पर्दैनन । सन १९९० को दसकमा सिरिन्जद्वारा नसा छेडेर लागूपदार्थको प्रयोग गर्ने चलन नेपालमा भित्रिएको हो ।
लत छुटाउँदा ः
लागू पदार्थको प्रयोगको कुरा गर्ने हो भने प्रयोगकर्ताहरु शारीरिक र मानसिक गरी दुई प्रकारले लागू पदार्थमा निर्भर हुन्छन् । प्रयोग गरिरहेको लागू पदार्थ एकैचोटी खान छोड्दा विभिन्न किसिमका समस्याहरु निद्रा नलाग्ने, शरीर काट्ने, दिशा नहुने नशाहरु दुख्ने, आवाजमा पनि कापेको जस्तो भान हुने जस्ता शारीरिक समस्याहरु उत्पन्न हुन्छन् । जसलाई हामीहरु लागू पदार्थ प्रयोगको शारीरिक अवस्थाहरु भनिन्छ । त्यति मात्र होइन, प्रयोग गर्ने गरेको नसाजन्य पदार्थको झल्झली सम्झना आउने, केही बिर्से जस्तो, हराए जस्तो हुने छटपटी, बेचैन, घरपरिवारपट्टि कुनै वास्ता नगर्ने अन्य विषयमा ध्यान केन्द्रित नहुने जस्तो मानसिक समस्याहरु देखा पर्दछन् ।
यसको अवस्थालाई सरसर्ती हेर्दा शारीरिक समस्याहरु जटिल जस्ता देखिएता पनि मानसिक समस्या वा निर्भरताको तुलनामा त्यसको उपचार एवं व्यवस्थापन गर्न सजिलो हुन्छ । यी समस्या दीर्घकालीन समेत हु“दैनन् । मानसिक समस्याहरु भने बढी दीर्घकालीन हुन्छन् । यसको व्यवस्थापन गर्न स्वयं व्यक्तिले भन्दा अरुको सहयोग, परामर्श र हौसला प्रदान गर्नुपर्दछ ।
युवाहरु किन लागू पदार्थ प्रयोग गर्छन् त ?
एकजना दुव्र्यशनीले ४८ जनालाई आफूजस्तै बनाउन सक्छ ।
(क) दौंतरीहरुको प्रभाव÷करकापमा लागेर
(ख) साथी गुम्ने डर, लोभलाग्दो व्याख्या
(ग) साथीको करकापलाई नाई भन्न नसक्नु
(घ) साक्षीबाट आउने धम्की वा त्रास
(ङ) पारिवारिकमा धेरै मत्याउन हाल्नु वा पुल्पुल्याउनु
(च) बढी पैसा दिने, खर्चबारे सोधपुछ नगर्ने,
(छ) अभिभावकले छोराछोरीका लागि समय नदिनु वा बाबाआमा नहुनु ।
(ज) छोराछोरीप्रति समान व्यवहार नहुनु ।
(ञ) उनीहरुका अगाडि धूम्रपान वा जा“डरक्सी पिउने वा लिन पठाउने ।
(ट) आमाबाबाबाट टाढा रहनु जस्ता कारणले गर्दा कौतुहलता, अति उत्सुक प्रवृत्ति, असफलता काम नहुनु पीर, चिन्ता, सामाजिक परिवेश तथा वातावरणले पनि उनीहरुलाई ड्रग्सतिर उन्मूख गराउ“छ ।
सिरिन्ज ः
कुनैपनि सुईको औषधीलाई शरीरमा पु¥याउन प्रयोग गरिने साधन नै सिरिन्ज हो । शरीरमा सुई दिन आइ.एम., आइभी, सवक्युटनस, इन्ट्राडर्मल आदि तरिकाहरु भएपनि छिटो र तुरुन्त असर देखाउन तथा ज्यादा दुव्र्यसनीहरुले अपनाउने तरिका इन्ट्रोभेनस (नसाद्वारा दिने) हो । हाल आएर एचआइभी एड्स, हेपाटाइटीस बी जस्ता रोगहरु सुईकै कारणले बढी संक्रमण भइरहेकोले अस्पताल, नर्सिड्डहोम, निजी क्लीनिक लगायत सम्पूर्ण स्थानमा डिस्पोजेवल सिरिन्ज प्रयोग भैरहेको छ ।
नेपालमा कुल प्रयोगकर्तामध्ये झण्डै ७० प्रतिशतले सुईको माध्यमबाट नियमित लागू पदार्थ प्रयोग गर्दछन् भने झण्डै आधा जसोले साझा सुईको प्रयोग गर्दछन् । यस्तो खालको जोखिम व्यवहारको कारणले गर्दा उनीहरुमा एचआइभीको संक्रमण हुन्छ । भयानक रुपमा बढेको पाइन्छ । काठमाडौंमा ६८ प्रतिशत पूर्वी तराईमा ३५ प्रतिशत, पोखरामा २२ प्रतिशत र राष्ट्रिय औशतमा ४० प्रतिशत रहेको छ । त्यति मात्र होइन प्रयोगकर्ताहरु युवा भएकोले यौन क्रियामा पनि सक्रिय हुन्छन् र असुरक्षित हुन सक्छन् ।
अन्तमा, दुव्र्यसनीहरुमा एचआइभी एड्सको संक्रमण मात्र सीमित नरहेर आफ्ना यौनसाथी, श्रीमान् श्रीमती र अन्यलाई पनि संक्रमित बनाउ“छन् जसबाट परिवार, समाज र सिंगो राष्ट्रलाई असर पार्ने भएकोले यसलाई राष्ट्रिय प्राथमिकताको सूचीमा राखी एक राजनैतिक मुद्दा बनाउनु आवश्यक छ । उच्च जोखिम समूहको पहिचान गरी जनचेतना जगाउने, समाजमा लागू औषधको उपलब्धता नहुने र कुलतमा फसिसकेकालाई पुनस्र्थापना गर्ने जस्ता निरन्तर र दीर्घकालीन योजनाहरु बनाउनु पर्दछ ।
न्याम्स वीर अस्पतालका सह प्राध्यापक डा. बुढाथोकी नेपाल चिकित्सक संघका केन्द्रीय कोषाध्यक्ष हुनुहुन्छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार