असारे गीत

मैयाँ भट्टराई
असारै मासको दबदबे हिलो छि मलाई घिन लाग्यो
आहाई छि मलाई घिन लाग्यो
महँगी बढ्दा फरिया किन्दा छ बिस रिन लाग्यो
आहाई छ बिस रिन लाग्यो
भ्रष्टाचार देख्दा अत्याचार भोग्दा छि मलाई घिन लाग्यो
आहाई छि मलाई घिन लाग्यो
यो गनाएको समाज हेर्दा छि मलाई घिन लाग्यो
आहाई छि मलाई घिन लाग्यो
खोकारे दाइ खोक है लगाऊ जोत है हली दाइ
आहाई जोत है हली दाइ
बाँजो छ खेत बाँजो छ बारी जोत है हली दाइ
आहाई जोत है हली दाइ
जोत्ने र खोक लगाउने धेरै विदेश गए दाइ
आहाई विदेश गए दाइ
खाडीमा रगत पसिना बगाई मर्दैछन् दाजुभाइ
आहाई मर्दैछन् दाजुभाइ
माक्र्सको हलो लेलिनको हलो माओको हलो छ
आहाई त्यसैमा भलो छ
त्यै हलो समाई नेपाललाई जोत है हली दाइ
आहाई जोत है हली दाइ
नेपाल जोत्न धेरैले पोखे पसिना रगत
आहाई पसिना रगत
जोतेनन् ठूला ठालुले खेत भाषण फगत
आहाई भाषण फगत
म बन्ने हैन देश बन्नु पर्छ मिलेर बनाऔ ँ
आहाई मिलेर बनाऔ ँ
कुर्सीका निम्ति तँछाडमछाड आपसमा नगरौ ँ
आहाई झगडा नगरौ ँ
कुटाइ ’नि खाइयो जेलाँ ’नि परियो नेपाल जोतदा
आहाई नेपाल जोंतदा
क्यै स्वार्थ छैन नेपाल बने खुशी छ यो मन

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार