नियम कानुन भित्र रहेर काम गरेको छुः मेयर सिंह

कपिलवस्तु । आगामी आथिृक बर्षको नीति, कार्यक्रम र बजेटका बिषयमा मेयर र उप मेयर बिच बिवाद चुलिदा कपिलवस्तु नगरपालिकाका मेयर किरण सिंहले आफुले नियम कानुन अनुसार नै काम गरेको दाबी गरेका छन ।

नगरपालिका स्थित आफनै कक्षमा पत्रकार सम्मेलन राख्दै उनले उप मेयर लक्ष्मी कसौधनसंग कुनै बिवाद नरहेको र गुप्ताको काम कारबाहीमा कुनै हस्तक्षेप नगरेको बताए । गत असार १० गते पाचौ नगर परिषदकाक्रममा आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रमप्रति असंतुष्टी जनाउदै कार्यक्रम सहभागी नभएको जनाएकी थिईन ।

बजेट बाडफाडमा प्रस्ताव गरेको बजेट बिनियोजन गर्न नमाने पछि गुप्ता असंतुष्ट भएकी थिईन । ‘ संबिधान नियम कानुनको परिधि भित्र रहेर काम गरेको छु, उप मेयरको कुनै काममा बाधा गरेको छैन, अरु नगरपालिका भन्दा बढी सेवा सुबिधा उपलब्ध गराएका छौ ’ मेयर सिंहले भने ‘ उम मेयरले नगर सभा जस्तो कार्यक्रममा सहभागी नभएर र्गैर जिम्मेवारीपन देखाउनुभयो ’ ।नीति बजेट कार्यक्रम १२ वट वडा अध्यक्ष वडा सदस्यहरुको छलफल र सहमतिमा ल्याएका हौ , यसमा सर्वसम्मा निर्णय गरिएको उनले बताए ।

अन्य नगर पालिकाका उप मेयरहरु स्कुटी दिएका छन तर हामीले उहालाई गाडी चालक दिएको उनले बताए । नगरपालिकाको कुनै काम नियम कानुन बिपरित नभएको उनले दाबी गरे ।

उनले सबै आ– आफनो अधिकार क्षेत्र भित्र रहनु पर्ने र कानुनले दिएको अधिकार अनुसार काम गर्नु पर्ने बताए । केही असमझदारी रहे आफु छलफल गर्न तयार रहेको उनले बताए ।

उनले पछि परेको नगरपालिकालाई अघि र विकासित गराउन सबैले हातेमालो गर्न आग्रह गरे । मेयर सिंहले राज्यको चाथौ अंगकारुपमा रहेको पत्रकारहरु जिम्मेवार हुनु पर्ने र सही सत्य तथ्य समाचार संप्रेशष गर्नु पर्ने सुझाव दिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार