बालबिबाह मुक्त बन्दै बुद्धभुमी नगरपालिका

कपिलवस्तु । जिल्लाको बुद्धभुमी नगरपालिका बाल बिवाहमुक्त हुने भएको छ ।
नगरपालिको १० वडा मध्ये ८वटा वार्ड बाल बिवाहमुक्त घोषणा भई सकेको छ । यसबै बिच नगरपालिका ७ मानपुरलाई बालविवाह मुक्त वडा घोषणा गरिएको छ ।
नगर भित्रका वडामध्ये आठौँ वार्डको रुपमा मानपुरलाई वालविवाह मुक्त घोषणा गरिएको हो । कपिलवस्तुको बुद्धभुमी नगरपालिका ७ मानपुरलाई बालविवाह मुक्त वडा घोषणा गरिएको छ । डाध्यक्ष राजेश्वर सिहले वडामा बाल बिवाह नभएको प्रतिबेदन प्रस्तुत गरेक थिए ।
प्रतिवेदनमा २०७५ वैसाख देखी चैत्रसम्म वडा भित्र ४० वटा विवाह सम्पन्न भएको थियो । जस मध्ये एक जनाका मात्र बाल बिवाह भएको छ ।
सो अवसरमा नगर प्रमुख केशवकुमार श्रेष्ठले बालविवाहले नगरपालिकाललाई बाल बिवाहमुक्त बनाउने प्रतिबद्धता ब्यक्त गरे । उनले सानो उमेरमा विवाह गरेर शारिरिक तथा मानसिक अवस्था कमजोर हुने भन्दै सबै लाई सचेत गराउनु पर्नेमा जोड दिए ।
नगर बाल मैत्री स्थानिय शासन घोषणाको तयारीमा रहेकोले सवैको सहयोग आवश्यक रहेको श्रेष्ठले जिकिर गरे ।कार्यक्रममा सेभ द चिल्ड्रेनका वरिष्ठ कार्यक्रम अधिकृत इश्वर खत्रीले बालविवाह अन्त्य गरेर नमुना कार्य गरेको बताए ।
उनले युवायुवतीले २० वर्ष अघि विहे नगर्ने अडान लिनुपर्ने वताए । घोषणा कार्यक्रममा विभिन्न वालविवाह विरुद्धका नाटकहरु प्रर्दशन गरिएको थियो । कार्यक्रममा बालविवाह मुक्त वडा घोषणा गर्न सहयोग गर्नेहरुलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा राजा राम यादव , अंगद प्रसाद सुक्ला , किश्मावती मिश्र ,कार्यपालिका सदस्य रामदेव पासी , स्वास्थ्य प्रमुख डोल बिक्रम बेलबासे , वार्ड न ३ अध्यक्ष गोबिन्द प्रसाद आचार्य लगायत ले शुभकामना ब्यक्त गर्नु भएको थियो ।
कार्यक्रम शिवलाल यादवको संचालन र वार्ड न ७ अध्यक्ष राजेश्वर सिहको अध्क्ष्यतामा सम्पन्न भएको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार