महिला मापसे चालकको बढोत्तरी

डा. प्रकाश बुढाथोकी

पछिल्लो समय काठमाण्डौं उपत्यकामा मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउने महिलाको संख्या बढ्दै गएको छ । पछिल्लो समय मापसे गरेर सवारीसाधन हा“क्ने महिलाको संख्या ह्वात्तै बढेको छ । पाश्चात्य र आधुनिकताले मापसे बढेपनि प्रहरीले जा“च गर्दैन भन्ने मानसिकताले बढी प्रश्रय पाएको छ । लेन अनुशासनतर्फ आ.ब. २०७४÷७५ मा ३ हजार २५२ ले कक्षा लिएका थिए भने चालु आ.ब. को पहिलो ४ महिनामा ७५२ जनाले चेतनामूलक कक्षा लिएका छन । सवारी दुर्घटना गराऊनेमा आ.ब. २०७४÷७५ मा २० महिलाले कक्षा लिएका थिए भने चालु आ.ब. को ४ महिनामा २ जना । यातायात ब्ष्वस्था विभागका अनुसार हाल देशभर ३२ लाखको हाराहारीमा सवारीसाधन सञ्चालनमा छन भने काठमाण्डौ उपत्यकामा मात्र झण्डै ८ लाख सवारीसाधन सञ्चालनमा छन ।
२०६८ मंसीर १७ देखि सवारी दुर्घटना र अपराध न्यूनीकरण गर्ने उद्देश्यले रातीमा ९ बजेपछि सवारी चलाउनेमा लÔित मादक पदार्थ सेवन–मापसे अभियान थालिएको थियो । वार्षिक १० अर्बको लगानी तथा ५ लाख संलग्न व्यापारमा ७५, माछामासुको कारोबारमा ७० र मदिराको व्यापारमा ५० प्रतिशत घटेको आँकडा दिएका थिए होटल व्यवसायीहरुले । १ पेक र खुट्टा नलाग्ने गरी सेवन गर्नेलाई उही सजाय भएकोले मादक पदार्थ सेवन नै गर्नहुँदैन भन्ने सन्देश गएकोमा क्रूद्ध छन । मुखै सु“घेर मापसे कार्वाही गर्दै आएका प्रहरीले चैत्र १५ देखी ब्रेथलाईजर प्रयोग गर्न पाएका थिए ।चालकलाई अब हा होइन फु गर्नुस भन्दैछन् ।
ब्रेथलाईजरले कसरी ठहर गर्छ भनी देखाउन पत्रकार सम्मेलनमा मापसे÷ह्विीस्की खुवाएर देखाइएको थियो । प्रहरीको राजश्व बढेको,अपराधमा कमी र शान्तिसुरÔा कायम भएकै छ । घरमै खाने तथा घरमै समयमै पुग्ने भएपछि गृहिणी खुसी भई स्यावासी दिइरहेका छन् । टेक्सी चालकले धन्यवाद दिइरहेका छन् भने होटलमा रात बिताउने वा ८ हजार जति खर्च गर्ने ग्राहकलाई घरसम्म छाडिदिने चलन बढेको छ । पैदलयात्री, तथा सवारी साधनमा चालक बाहेक अन्यलाई चेकिड्ड नगर्नुले पनि मापसे सवारी चालकसँग मात्र सम्बन्ध छ । तर महिला प्रहरीको कमी तथा महिलाले मापसे गर्देनन् भन्दै चेकिड्ड नगर्दा उनीहरुमा पार्टी,फ्राइडे आउट गर्ने प्रचलन तथा चालक बनाउने प्रचलन बढेको बढ्यै छ ।
रगतमा अल्कोहलको मात्रा जापान र भारतमा ०.०३,चीन,नर्वे र स्वीडेनमा ०.०२, अमेरिका, क्यानाडा, सिगांपुर, मलेसिया र न्यूजील्याण्डमा ०.०८ लाई सुरÔित मात्रा मानिन्छ भने पाकिस्तान,बंगलादेश र नेपालमा शून्य सहनशीलता छ । विश्व स्वास्थ्य संगठनका अनुसार अल्कोहलले विश्वमा सबैभन्दा बढी रोगको भार ओगट्दै नसर्ने रोगहरुको कारकमा चौथो छ,वार्Èिक २५ लाख मानिसलाई मृत्युवरण गराउ“छ । १५ देखि २९ वर्È उमेरका ३ लाख २० हजारको मृत्यु गराउँछ जुन उक्त उमेर समूहको कुल मृत्युको ९ प्रतिशत हो ।
नेपालमा ३१.३ प्रतिशत पुरुÈ तथा १६.५ प्रतिशत महिलाले मदिरा सेवन गर्ने गर्छन । एकतिहाई बढी उत्पादनशील जनशक्ति मदिरामा लिप्त भएकाछन् । सहरी Ôेत्रमा आधा भन्दा बढीले मद्यपान सेवन गर्दछन् जसमा १४ प्रतिशतलाई त मदिरा सेवन नगरी जीवन नै चल्दैन । जनसांख्यिक तथा स्वास्थ्य सर्वेÔण का अनुसार रक्सी पिउने पुरुषका ७० प्रतिशत श्रीमती शारीरिक र यौनजन्य हिंसाका शिकार छन ।
रक्सी पिएपछि पेट र सानो आन्द्रामा कुनै परिवर्तन नभई जस्ताको तस्तै ५ मिनटभित्रै सोसीई रगतमा पुग्छ । शरीरमा ३० मिलिग्राम अल्कोहल भएमा अलि खुशी,५० मि.ग्रा.भएमा हिंडडुलमा सामान्य गडबडी र १०० मि.ग्रा.भएमा देख्नेगरी खुट्टा लटपटिने हुन्छ भने २ सय मिलिग्राम भएमा झुम्म पर्ने र बिर्सने हुन्छ । ३०० मिलिग्राम रक्सी शरीरमा भएमा पुरै ढल्ने अवस्थामा पुग्छ ।४०० मिलिग्रामले गहिरो निद्रामा पर्छ र मृत्यु समेत हुनसक्छ । रगतमा पुगेको अल्कोहल २ देखि १० प्रतिशत श्वासप्रश्वास–फोक्सोबाट,पिसाब र पसिनाबाट निष्कासन हुन्छ भने बा“की ९० प्रतिशत बढी कलेजोमा संचित भई नकारात्मक असर देखाउ“छ । महिलाको शरीरको तौल पुरुÈको तुलनामा कम तथा बोसोको मात्रा ज्यादा हुने भएकाले समान मात्रामा मदिरा पिउँदा पनि महिलाको रगतमा मादक पदार्थको मात्रा ज्यादा हुन्छ र ज्यादा नकारात्मक असर पार्छ । रक्सीमा ठÒलो शक्ति छ,शरीरको अंगप्रत्यंगलाई ÔतविÔत बनाउन सक्छ,मान्छेलाई पशु बनाउन सक्छ,परिवारमा तोडफोड ल्याउनसक्छ,समाजलाई नष्ट पार्नसक्छ ।
सवारी दुर्घटना ः
सामान्य व्यक्तिको तुलनामा मापसे गरी सवारी चलाउँदा मादक पदार्थको रगतमा मात्रा ८०,१०० र २०० मिलिग्राम प्रति सय मिलिलिटरमा सवारी दुर्घटना हुने सम्भावना क्रमश ५,१० र २० गुणा बढी हुन्छ । त्यस्तै मादक पदार्थले त्यति असर नगर्ने ,अनुभवी सेवनकर्ता वा अनुभवी चालकमा क्रमशः २,५ र १० गुणा बढी रहन्छ । शरीरमा मादक पदार्थको मात्रा जति बढ्छ त्यही अनुपातमा सवारी दुर्घटनाको सम्भावनामा वृद्धि हुन्छ तथापि थोरै मापसे गरी सवारी हाँक्दा पनि चालकको चलाउने कुशलतामा असर पर्दछ ।
मादक पदार्थले झूटो आत्मविश्वास बढाई जोखिममा होमिने सम्भावना बढाउछ । सवारी राम्ररी नचलाएका बेला पनि राम्ररी चलाएको अनुभव हुन्छ । चालकलाई आवेशयुक्त बनाउ“छ । सवारी चलाउँदा मांसपेशीहरु र प्रणालीहरु बीच हुनुपर्ने समन्वयमा असर पार्छ ।आवश्यकता र अवस्थाअनुसार शरीरमा स्वचालित हुनुपर्ने रिफ्लेक्स एक्सनमा ढिलाई हुन्छ । फिल्ड अफ भिजन सा“घुरो हुन्छ,विभिन्न रङ त्यसमा पनि रातो रङ छुट्याउने Ôमतामा कमी आउँछ,वस्तुलाई केन्द्रित गरी हेर्ने र उक्त वस्तुलाई आ“खाले पछ्याईरहन सक्ने Ôमतामा कमी आउने,आवाजलाई छुट्टयाउन सक्ने Ôमतामा कमी आउँछ । सवारीको गति र दूरी अनुसार समय अडकल गर्नसक्ने Ôमतामा कमी आउँछ ।सवारी धेरै गतिमा जा“दा पनि कम गतिमा गएको अनुभव हुन्छ र अरु तीव्र गतिमा चलाउने सम्भावना हुन्छ । एकदमै उज्यालो हेरेर आ“खाको दृष्टि पहिलेको अवस्थामा आउन समय बढी लाग्छ । तसर्थ मादक पदार्थ सेवनले सडक दुर्घटना निम्त्याउन मात्तिनुपर्छ भन्नेछैन ।सवारी चलाउन तल्लो सुरÔित सिमा हुँदैन,सुरÔित सीमा भनेको सेवन नै नगर्नु हो ।

न्याम्स वीर अस्पताल काठमाण्डौका सह प्राध्यापक तथा वरिष्ठ कन्सल्टेण्ट डेण्टल सर्जन डा. बुढाथोकी नेपाल चिकित्सक संघका केन्द्रीय कोषाध्यक्ष हुनुहुन्छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार