१८ सय ज्येष्ठ नागरिकले घरमै सेवा पाउने

पाल्पा । १० स्थानीय तहका ८४ वर्ष उमेर पुगेका एक हजार ७ सय ९३ जना ज्येष्ठ नागरिकले घरमै स्वास्थ्य सेवा पाउने भएका छन ।

५ नम्बर प्रदेश सरकारको कार्यक्रम स्वास्थ्य कार्यालयमार्फत नगरपालिका र गाउँपालिकाका स्वास्थ्य संयोजकको नेतृत्वमा स्वास्थ्य सेवा प्रदान गरिने भएको हो ।

स्वास्थ्य कार्यालयका सूचना अधिकारी माधव ज्ञवालीका अनुसार घरमै पुगेर स्वास्थ्यकर्मीले ८४ वर्ष माथिका जेष्ठ नागरिकलाई आधारभुत स्वास्थ्य सेवा दिने वताए ।

प्रदेश सरकारले कार्यक्रम नबनाउदै जिल्लाका तानसेन नगरपालिका र पुर्वखोला गाउँपालिकाले यसैगरी स्वास्थ्य सेवा दिइसकेको छ ।

कार्यक्रममा पुर्वखोला र तानसेन नपाका कुल ३ सय ६७ जना ज्येष्ठ नागरिकले एक पटक मात्र सेवा पाउनेछन । रामपुर नपा र अन्य गापाका एक हजार ४ सय २६ जना जेष्ठ नागकिरले चालु आर्थिक बर्षमा दुई पटक सेवा पाउने स्वास्थ्य कार्यालयका प्रमुख विश्वनाथ न्यौपानेले जानकारी दिए ।

उनले आर्थिक अभावका कारण तानसेनका वाड नम्बर एक देखी ७ सम्मका करिव १ सय १२ जना जेष्ठ नागरिक यस कार्यक्रममा सहभागी हुन पाउने छैनन ।

चालु आर्थिक वर्ष २०७५÷७६ सकिन एक महिना बाँकी हुँदा सुरु गरिएको कार्यक्रमको प्रभावकारिता प्रति सवै सरोकारवालाहरुको चासो देखाएका छन ।

आर्थिक वर्षको अन्त्यमा गरिने कार्यक्रममा घरमा पुगि ८४ वर्ष माथिका जेष्ठ नागरिकको आधारभुत स्वास्थ्य परिक्षण, परामर्श सेवा उपलव्ध गराइने भएको हो ।

उमेर बढ्दै जाँदा मानसिक तथा शारिरीक रुपमा देखिने विभिन्न खाले समस्यालाई न्यूनिकरण गर्ने उद्देश्यले कार्यक्रम सुरु गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्ला समन्वय समितिका प्रमुख दयाराज बस्यालले उमेर बढेपछि समस्या धेरै आउने बताए ।

उनले सामान्य चेकजाँज र परामर्श सेवा मात्र नपाएर ज्यान फाल्ने अवस्था ग्रामीण क्षेत्रमा रहकोले कार्यक्रम राम्रो भएको बताएका छन् ।

तानसेन नगरपालिका कार्यालयका प्रमुख प्रशासकीय अधिकृत गोपालप्रसाद बगालेले घरमै पुगेर दिने सेवाका लागि मेडिकल अधिकृत हुदाँ राम्रो हुने बताए ।

उनले कार्यक्रम गर्नेमात्र भन्दा सेवा प्रभावमा प्रभावकारीता बढाउनुपर्नेमा जोड दिए । कार्यक्रममा नेपाल पत्रकार महासंघ जिल्ला अध्यक्ष राजेशकुमार अर्यालले ज्येष्ठ नागरिकले प्राप्त गर्ने सेवा सुविधामा एकद्धार प्राणाली हुनुपर्नेमा जोड दिए ।

कार्यक्रमका लागि प्रदेश सरकारले १५ लाख रुपैया बजेट विनियोजन गरेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार