पाल्पामा स्वास्थ्य बीमा प्रभावकारी भएन

पाल्पा । जिल्ला अस्पताल पाल्पाबाट प्रदान गर्ने स्वास्थ्य बीमा सेवा प्रभावकारी नभएको गुनासो सर्वसाधारणले गरेका छन् ।

बीमा कार्यक्रम प्रभावकारी संचालन हुन नसक्दा यस जिल्लाका हज्जारौ सेवाग्राही मर्कामा परेका हुन् । ५ नम्बर प्रदेश स्वास्थ्य निर्देशनालय बुटवलको आयोजनामा भएको स्वास्थ्य बीमा सम्वन्धी अभिमुखीकरण कार्यक्रमका सहभागीहरुले बीमितलाई पहिलो पटक सेवा नै प्रभावकारी नभएको गुनासा राखे ।

पाल्पा जिल्ला अस्पताल, रामपुर अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र ताँहु, खस्यौली प्राथमिक स्वास्थ्य केन्द्र जानुपर्छ ।

त्यसपछि मात्र रिफर लिएर लुम्बिनी मेडिकल कलेज र युनाइटेड मिसन अस्पताल जानुपर्छ । यसबाट पहिलाभन्दा अहिले बढी समस्या थपिएको छ । सहभागीले स्वास्थ्य बीमाले सेवामा सहजता ल्याउने उद्देश्यले गरेको भएपनि सेवाका लागि २÷३ दिन खर्चनु पर्ने बाध्यता रहेको बताएका हुन् ।

सेवा नै दिन नसक्ने सरकारी स्वास्थ्य संस्थाको स्तर सुधार गर्नुपर्नेमा सहभागीको जोड छ । सहभागीले सरकारी अस्पतालको स्तरोन्नती नभई कार्यक्रम लागू गर्दा जनताले सास्ती खेपेको बताए । तानसेन नगरपालिका ५ का वडाध्यक्ष रामबहादुर रावलले अहिले दिने सेवा प्रभावकारी नभएको बताए ।

उनले आगामी दिनमा सरकारी अस्पतालको सेवा सुधार गर्नुपर्नेमा जोड दिए । सेवाग्राहीले दैनिक रिफर लिन पाल्पा अस्पताल पुग्नुपर्छ । झन्जटिलो प्रक्रियाका कारण अझ बढी सास्ती खेप्न बाध्य छन् ।

बिहानै ९ बजे पाल्पा अस्पतालमा लाइन लाग्नेहरुले ३ बजेसम्म पनि रिफर नपाउने जस्ता समस्या देखिएका छन् । अस्पतालमा औषधि कमी छ । फार्मेसी पनि रित्तै छ । जसले गर्दा बिरामीले औषधिसमेत नपाएर बाहिर किन्न जानुपर्ने बाध्यता छ ।

अभिमुखीकरण कार्यक्रममा बीमा बोर्ड ५ नम्बर प्रदेशका संयोजक मनोज पौडेलले स्वास्थ्य बीमा कार्यक्रममा पाल्पा जिल्ला नमुना रहेको बताए ।

उनले दर्ता र नविकरणमा पहिलो स्थानमा रहेको जानकारी दिए । तर पाल्पामै सेवा प्रभावकारी नहुदाँ सेवाग्राहीले सास्ती खेप्नु परेकाले बीमा कार्यक्रम नै जोखिममा परेको बताए । बीमाका सेवा सुविधा र प्रकृयाका वारेमा समेत जानकारी गराए ।

५ नम्बर प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक दिनेशकुमार चापागाईले बीमा कार्यक्रमको प्रभावकारिता, समस्या र अवसरका विषयमा जानकारी लिन कार्यक्रम आयोजना गरिएको बताए । उनले बीमा गर्दैमा सबैथोक नहुने त्यसको सेवा के कसरी प्राप्त भएको छ त्यसवारे सबै सचेत हुनुपर्नेमा जोड दिए ।

उनले पाल्पा अस्पतालको सेवा प्रवाहका विषयमा चर्चा चलेका वेला गरिएको छलफलले एउटा निकास निकाल्ने विश्वास व्यक्त गरे । नेपाल पत्रकार महासंघ जिल्ला अध्यक्ष राजेशकुमार अर्यालले बीमा गरेर मात्र नहुने सेवा प्रदायक संस्थाको सेवाबारे अनुगमन हुनुपर्ने बताए ।

अभिमुखीकरणमा बीमा कार्यक्रम भएका जिल्लाका कुनैपनि स्वास्थ्य संस्थाका प्रमुख तथा प्रतिनिधिको उपस्थिति थिएन । नगर भित्रका केही वडाध्यक्ष र दर्ता सहयोगी सहभागी कार्यक्रम तानसेन नगरपालिकाकी नगर उपप्रमुख लक्ष्मी देवी पाठकको अध्यक्षतामा चलेको थियो ।

तानसेनमा रहेको पाल्पा अस्पतालको बहिरंग विभागमा ८० प्रतिशत भन्दा बढी बिरामी बीमा गराएका आउने गर्छन् । उनीहरूको लगत हेर्ने व्यक्ति नै छैन । ‘बिरामीको कार्ड स्क्यान गरेर पठाउनुपर्छ,’ पाल्पा अस्पतालका लेखा अधिकृत चिरन्जीवी घिमिरेले भने । पाल्पा अस्पतालमा मात्रै दैनिक सयभन्दा बढी कार्ड रेफर गर्न आउनेको हुने उनले बताए ।

बीमा कार्यक्रम गुणस्तरीय औषधोपचार गर्न पाइने विश्वासका साथ सुरु भएको हो । बीमा गर्ने कुनै पनि व्यक्तिले तोकिएको सरकारी अस्पतालबाट ओपीडी सेवा, इमर्जेन्सी, ल्याब, सामान्य शल्यक्रिया लगायतका सेवा प्राप्त गर्न सक्छन् ।

पाल्पा अस्पतालमा सेवा नभएर बाहिर धाउन बाध्य भएपछि रेफरल मागेर हिड्नुपर्ने अवस्था रहेको छ । सरकारले तोकेको निःशुल्क औषधि पनि बिमितहरूले प्राप्त गर्न सक्ने भएपनि फार्मेसी रित्तै देखेको उनले बताए । स्वास्थ्य जस्तो संवेदनशील विषयमा राज्यलाई झकझक्याउने काम राजनैतिक दल, सभासदहरुको नभएको सेवाग्राहीको गुनासो छ ।

जिल्लामा स्वास्थ्य बीमा गर्नेको भने उत्साह बढ्दो छ ।आर्थिकरूपमा विपन्न र गरीब समुदायका बिरामी तथा रोगीको गुणस्तरीय स्वास्थ्य सेवामा सहज पहु“च पु¥याउने उद्देश्यले सञ्चालित यस कार्यक्रमबाट औषधि उपचारमा ठूलो राहत पुग्छ ।

प्राथमिक स्वास्थ्य केन्द्र ताहु“, खस्यौली साथै रामपुर अस्पतालमा पनि अहिले स्वास्थ्य बीमा कार्यक्रम लागू भएपछि उपचार गर्न आउने बिरामीको भीड छ ।

दैनिक ८० देखि २ सय ५० बिरामी ती स्वास्थ्य संस्थामा पुग्छन् । पा“च जनाको परिवारले बीमा शुल्कवापत प्रत्येक वर्ष २ हजार ५ सय रुपैया“का दरले शुल्क बुझाउनु पर्छ । अतिरिक्त सदस्यले भने ४ सय २५ रुपैया“का दरले शुल्क बुझाउनुपर्छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार