विकास केसीको गहिरो सम्झना आयो

ऋषि आजाद
मैले आज सपनामा विकास केसीलाई देखें । यसले मलाई फेरि भावुक बनायो । उहाँको शान्त,हसिलो र संयम अनुहार मेरो मानपटलबाट कहिल्यै हटेन । आजको सपनाले विकास केसीको गहरो सम्झना आयो । हामी र हाम्रो साथीहरुको बगालबाट एउटा टुट्दाको अभाव राम्ररी खट्कियो । हामी लगभग छिन्नभिन्न जस्ता भयौं ।
वास्तवमा रुपन्देहीबाट सामाजिक परिवर्तनको ज्वार प्रवाहमा टल्किरहेको एउटा तारा एकाएक खस्यो । त्यो जाज्वल्य ताराको भौतिक देह मात्र खसेन, क्रान्तिकारी सामथ्र्य पनि खस्यो । उहाँँसँग धेरै थियो तर उहाँसँगै गयो । यसले हामीलाई क्षति पु¥यायो । त्यो क्षेतिपूर्ति कसले गर्ने ?
म र उहाँको सम्बन्ध करिब ६० सालदेखि निरन्तर थियो । सायद उहाँको प्रवृत्ति र मेरो प्रवृत्ति मिलेर होला, हामी असाध्यै मिल्ने साथी भयौं । फरक फरक धारभए पनि वैचारिक संघर्षमा एकता र संघर्षको विधिबाट चल्थ्यौं । जोसँग वैचारिक संघर्ष हुन्छ, त्योसँग एकता पनि हुन्छ । हाम्रो असाध्य मनपेट मिल्थ्यो । हप्ताको एक पटक भेट भएन भने कता कता अप्ठ्यारो महशुस हुन्न्थ्यो । हामी हाँस्दै भेट हुन्थ्यौं । उहाँको भेटले मलाई भिन्नै आनन्द आउँथ्यो । साथमा आरसी चापागाईं र विनबहादर कुँवर सधैसँगै हुनुहुन्थ्यो । हामी अन्तिम बिदा हुँदा पनिसँगै थियौं ।
उहाँले गत २०७४ साउन १ गते दैनिक पत्र दैनिकको लागि एउटा आर्टिकल लेखेर ल्याउनु भएको थियो । त्यो दिन करिब दिनको दुई ढाई बजेतिर उहाँ हाम्रो कार्यालयबाट बाहिरिनु भयो । मैलै माथि कार्यालयको बरण्डाबाट हेरे, उहाँले हात हल्लाउँदै स्कुटीमा जानु भएको थियो । त्यसपछि उहाँ आफ्नो घरतिर लाग्नु भएछ । बीच बाटोमा धागो कारखानाभन्दा केही पर सायद बाटो काट्दा हुनसक्छ, हँुइकिएर आएको गाडीले उहाँको मोटरसाइकललाई ठक्कर दिएछ । उहाँ बीचमै लड्नु भयो । पछि उहाँलाई हस्पिटलमा ल्याइयो । चिकित्सकहरुले उहाँलाई बचाउन भरमग्दूर पर्यत्न गरे । तर आन्तरिक रक्तश्रावका कारण उहाँलाई बचाउन सकेनन् । उहाँले संसार छोड्नु भयो । अर्को दिन बिहानै पदं कार्कीले बडो अवरुद्ध स्वरमा विकास केसी रहनु भएन भन्ने पहिलो सन्देश दिनु भयो । यो सुनेर म साह्रै दुखित भएं । त्यसपछि हामी अन्तिम बिदाइको भक्कानोलाई अठ्याउँदै दाहसंस्कारको कर्तव्यतिर लागेका थियौंं ।
वास्तवमा मृत्युको विषयमा हामीसँग रहस्यवादी धारणा छ । मृत्युलाई रहस्यवादी धारणाले हैन, प्राकृतिक यथार्थवादी धारणाले हेर्नुपर्छ । मृत्यु आन्तरिक वाह्य दुबै कारणले हुन्छ । त्यो समयमा मृत्यु नामक कुनै दैवीशक्ति समय पर्खेर बसेको र लिन आएको हैन । हो, मृत्युको समय हुन्छ । समय आउँछ तर पूर्व निर्धारित हुँदैन । जे लेखेको थियो त्यही भयो भन्दै रहस्यवादी धारणा राख्नु चित्त बुझाउनु त होला तर मृत्यु हुनाका कारण हुन्छन् । शरीर विज्ञानका अनुसार शरीर भित्र मुटु, त्यसले चलाउने रक्त सञ्चार, फोक्सो र त्यसले चलाउने श्वास प्रश्वास प्रणाली, आमाशय, आन्द्रा र त्यसले चलाउने पाचन प्रणाली, साथमा रहेको निष्काशन प्रणाली, सोच्ने सम्झने र बुद्धि खियाउने स्नायु प्रणालीहरु एक आपसमा मिलेर काम गर्छन् । ती प्रणालीहरुको सामुहिक सामन्जस्यपूर्ण कार्यबाट प्राण अस्तित्वमा रहेको हुन्छ । ती सबै अङ्गहरु भङ्ग भए भने प्राण स्वतः निस्कन्छ । त्यो प्राण अन्त कतै जाँदैन ।
विकासको मृत्यु हुनुको कारण पहिलो मोटर साइकल राम्रोसँग चलाउन नजान्ने आन्तरिक सीपको अभाव हो । दोस्रो कारण बसको ठक्करपछि शरीरमा अत्यधिक आन्तरिक रक्तश्राव हुनु हो । त्यसले सबै प्रणालीहरुका बीचमा हुने सामुहिक कार्यमा बाधा पारी संसार छोड्न बाध्य पा¥यो । मृत्यु सम्बन्धी प्रगतिवादी धारणा यही हो । तर प्रगतिवादीहरुले पनि आयो टप्प टिप्यो लग्यो टारेर टर्दैनथ्यो भन्दै भाका हालेर कविता गाउँछन् । मृत्युको विषयमा अलमल परेर नै हो ।
फेरि म उही प्रसङ्गमा जान्छु । हामीहरु मिल्नुको कारण लेखक भएर पनि हुन सक्छ । लेखकहरुको बीचमा पनि सामुहिक अवचेतन मनले आपसी एकताको भावनाको काम गरेको हुन्छ । उहाँले दैनिक पत्रमा आर्टिकलहरु ल्याउनुहुन्थ्यो अनि मैले र उहाँले डेक्समै बसेरै सम्पादन गथ्र्यौं । हाम्रो समूहमा प्रायः बिनबहादुर कुँवर र आरसी चापागाईं, पदं कार्की हुनुहुन्थ्यो । सबैको वर्गीय स्वभाव मिल्थ्यो । वर्गीय स्वभाव ठूलो कुरा हो । हामी प्रायः समान वित्तीय हैसियतका थियौं । यसले समाजलाई हेर्ने भावना एकै खालको बनाउँदो रहेछ । चिया, नास्ता खाँदा पनि सबैसँगै खाने गथ्र्यौं । विभिन्न कार्यक्रमहरुमा पनि प्रायः सँगै रहने गर्र्दथ्यौं । कैयौं कार्यक्रमहरुसँगै आयोजना गथ्र्यौं । हामीसँग धेरै पैसा हुँदैनथ्यो तर पनि जोसँग जति जति छ प्रवाह नगरी खर्च गथ्र्याैं । खर्च गर्न उहाँ सधै अघि सर्नु हुन्थ्यो । त्यो बसाई भिन्दै आनन्दको हुन्थ्यो । उहाँलाई देख्दा ममा एक खालको फुर्तीको सञ्चार हुन्थ्यो । राष्ट्रिय स्वाधीनताको मामिलामा हामी सबै नागरिक आन्दोलनमा सहभागी भएका थियौं ।
वास्तवमा बुटवलबाट उठेको नागरिक आन्दोलनले राष्ट्रिय महत्व राख्थ्यो । यहाँ ठूला ठूला कार्यक्रमहरु र आन्दोलनहरु भएका थिए । ती सबै आन्दोलनका ज्वारभाटा उठाउन विकास केसीको निकै ठूलो भूमिका हुन्थ्यो । समाचार दिने र संयोजन गर्ने कुरामा निपुण हुनुहुन्थ्यो । उहाँले भौतिक रुपमा मात्र हैन, बौद्धिक रुपमा यस आन्दोलनलाई बलियो बनाउन महत्वपूर्ण भूमिका खेल्नु भएको थियो । त्यस नागरिक आन्दोलनको इतिहासमा डा.डिबी संह, कर्णबहादुर कार्की,दिल साहनी, ऋषि ज्ञवाली, गोपीरमण उपाध्याय, युवराज पन्थी, प्रेम सुवेदी, कमला विश्वकर्मा, दीपक विश्वकर्मा, दीपक ज्ञवाली, कमला कुँवर, कृष्ण न्यौपाने, डिल्ली भण्डारी, टोपबहादुर केसी, शरद ओली, केजीकुमार पौडेल, अमर आरसी, साध्यबहादुर भण्डारी हुनुहुन्थ्यो । यस समूहले जितगढीलाई केन्द्रमा राखेर अभियानमा सरिक भएको थियो । त्यो आन्दोलन यद्यपि सशक्त नै छ ।
विकास केसी अध्ययनशील व्यक्ति हुनुहुन्थ्यो । उहाँको अध्ययनशीलताले उहाँलाई माथि उठाएको थियो । औपचारिक अध्ययन पूरा गर्न नपाएका विकास केसीमा अनौपचारिक अध्ययन अनुभव प्रशस्त थियो । उहाँ राजनीतिमा मात्र हैन पत्रकारिता र साहित्य क्षेत्रमा पनि उक्तिकै निपुण हुनुहुन्थ्यो । विशेषतः प्रगतिवादी सहित्यकारको रुपमा आफूलाई उभ्याउनु भएको थियो । प्रगतिशील साहित्य र प्रगतिवादी साहित्यको विषयमा उहाँ स्पष्ट हुनुहुन्थ्यो । कैयौं कार्यक्रमहरुमा मैले उहाँको माक्र्सवादी चेतना सुनेर आश्चर्य मान्थें । उहाँलाई माक्र्सवादको विषयमा धेरै कुरा कण्ठ थियो ।
हरेक साहित्यिक कार्यक्रमहरुमा कविता वाचन गर्ने उहाँको रुचि हुन्थ्यो । बुटवल संगममा उहाँको उपस्थिति राम्रैं हुन्थ्यो । पछिल्लोपटक उहाँले कविता लेखनमा निकै रुचि लिनु भएको थियो । ती कविताहरुमा क्रान्ति र परिवर्तनको अन्तरज्वार प्रवाह अटेसमटेस भएर केही कलात्मकताका साथ बाहिर आउँथ्यो ।
उहाँ मालेमा अध्ययन केन्द्र, माक्र्सवादी विचार मञ्च, लुम्बिनी वाङ्मय प्रतिष्ठान, बुटवल साहित्य कला संस्कृति प्रतिष्ठान, प्रगतिशील लेखक संघलगायतका साहित्यिक तथा वैचारिक संघ संस्थाहरुसँग उहाँको संलग्नता थियो । सायद सरल स्वभाव र निरन्तर काम गरिहने भएर होला उहाँ बुटवलका प्रायः सबै संस्थाहरुमा सहभागी हुनुहुन्थ्यो । उहाँले हामीलाई कुराबाट हैन, कर्मबाट सहयोग गर्नुपर्छ भन्नुहुन्थ्यो ।
अन्त्यमा विकास रहनु भएन । विकासका लिखित अलिखित सबै रचनाहरु छन् । समकालीन साथीहरुको सम्झनामा उहाँका थुप्रै विचारहरु अलिखिति रुपमा बाँचेर रहेका छन् । उहाँले विभन्नि पत्रपत्रिकाहरुमा पनि विचारहरु लिखित रुपमा छोडेर जानु भएको छ । ती विचारहरुले समाजलाई निर्देशन गरिहन्छन् । उहाँको विषयमा धेरै कुराहरु गर्न बाँकी छ । उहाँलाई अमर बनाउनु हाम्रो कर्तव्य हुनेछ । अस्तु ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार