गरिबको दुश्मन– लामखुट्टेको टोकाईबाट बच्न

बढ्दो गर्मीसँगै सरसफाईको कमी ,फोहोरको डुङ्गुर,ढल र नालामा पानी जम्मा हुनाले दिनप्रतिदिन लामख¬ट्टेको आतंक बढ्दै गएको छ । लामख¬ट्टेको आतंकका कारण संसाझै बालकदेखि वृद्धा सबै घरभित्र पस्न बाध्य छन् किनभने बाहिर,चौक गल्लीमा बसी भलाक¬सारी गर्दा मुख खोल्दा पनि म¬खभरि नै लामखुट्टे पस्दछन्,यिनले निकाल्ने आवाज तथा टोक्नेको त क¬रै नगरौं । बढ्दो तापक्रम,प्रदूषण,अव्यवस्थित ढल र पानी संकलन गर्ने प्रवृत्तिले उपत्यकामै फस्टाएका छन् लामखुट्टे । हात्तीपाइले र जापनीज ईन्सेफलाईटीस सार्ने क्युलेक्स,डेंगु र चिकेनगुनिया सार्ने एडिज तथा औलो सार्ने एनोफिल्स सबै जातका लामखुट्टे उपत्यकामा पनि छयाप्छयाप्ती पाइएका छन् ।
लामखुट्टेको टोकाईबाट ब्याक्टेरिया,भाईरस र परजिवीद्वारा लाग्ने ६ खतरनाक रोगहरु पर्दछन । संक्रमित एनोफिलिज लामखुट्टेको टोकाईले प्लाज्मोडियम परजीवीबाट लाग्ने औलो, एडिज एजिप्टाई र केही हदसम्म अल्बोपिक्टस लामखुट्टेको टोकाईबाट डेंगु ज्वरो, एडिज प्रजातिको लामखुट्टेको टोकाईबाट जिका फिवर, एडिज एजिप्टाई र अल्बोपिक्टसलामखुट्टेको टोकाईबाट चिकनगुनिया, लामखुट्टेको टोकाईबाट बुचेरीया ब्यान्क्राफ्टी,ब्रुईयामलयी,बु्रईयाटिमोरी जस्ता परजीवीले लिम्फेटिक फिलिरियासिस र लामखुट्टेको टोकाईबाट जाप्नीज ईन्सेफलाईटिस पर्दछन । संसारभर लामखुट्टेको टोकाईबाट हरेक वर्ष १० लाख भन्दा बढी मानिसको मृत्यु हुने गरेको छ जस्को अधिकांश हिस्सा औलोले लिने गरेको छ ।
वर्Èा श¬रु भएपछि मात्र प्रकोप बढ्ने डेंगु गत वर्È साउन देखि महामारीको रुपमा ३० जिल्लामा फैलिई हजारौ संक्रमित,उपचारका लागि रगतको अभाव र १९ जनाको मृत्यु भएको थियो तर यस वर्È हल्का वर्Èासँगै चैत्र बैशाखबाटै चितवन,नवलपरासी,रुपन्देही र आसपासका जनतामा देखिन थालिसकेको छ । जेठको दोश्रो सातादेखि आजसम्म धरानमा नियन्त्रण बाहिरका रुपमा डेड्डु महामारीकै रुपमा छ ।
सफा पानीमा पाइने पोथी एडिस एजिप्टीले दिउँसो मात्र टोक्दा ह¬ने डेंगु संक्रमण टाईप १ बाट २ मा जाने,मृत्यु कम ह¬ने क्लासिकबाट बढी मृत्यु ह¬ने हेमोरेजिक र शक डेंगुमा जानसक्ने,मुलुकका ६ स्थानका ठुला अस्पताल र मेडिकल कलेजमा मात्र उपलब्ध भेन्टिलेटर,जनचेतनामा कमी,रक्तसंचार सेवा तथा रगतको अभाव,सरकारी निष्क्रियता आदिले महामारी लिनसक्ने र धेरै धनजनको Ôति हुने निश्चित छ ।
औलो उन्मूलन भइसकेको घोषणा गरिएको भनिएपनि नेपाल सरकार इपीडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण केन्द्रका अनुसार नेपालका ६५ वटा जिल्ला ( ५२ वटा सामान्य समस्याग्रस्त र १३ अती नै प्रभावीत )र ७५ प्रतिशत भन्दा बढी २ करोड जनता अझै पनि औलोको जोखिममा छन् । विश्वमा कालाजारबाट बढी प्रभावित मुलुकमध्ये नेपाल एक हो । हाल नेपालमा प्रति १० हजार मानिसमा ३ देखि ४ जना मानिस कालाजारबाट प्रभावित भएको अनुमान छ । नेपालका खासगरी भारतसँग सिमाना जोडिएका १२ वटा जिल्ला कालाजारबाट प्रभावित भएको पाइएको छ । हिमाली तथा उच्च पहाडी भूभागका जिल्ला बाहेक तराई र पहाडका ६० जिल्लाका २ करोड भन्दा बढी हात्तीपाईलेकोे जोखीममा छन् । स्मरणीय रहोस्, सन २०१५ सम्म हात्तीपाइले निवारण गर्ने सरकारको लक्ष्य छ ।
त्यसो त महामारी देखाउने औलो,डेंगु,इन्सेफलाइटिस,फिलिरिया र कालाजार लामखुट्टेको टोकाइबाट मात्र सर्दछ । यस्ता रोग फैलिन तथा परजीवीको विकास र जीवनचक्र पूरा हुन लामखुट्टे र मानिस नभइहु“दैन । तसर्थ रोकथामका उपाय भन्नासाथ लामखुट्टेको विकास र जीवनचक्र नाश गर्नुपर्दछ । जीवनचक्र पूरा हुन नदिन लामखुट्टेको टोकाइबाट मानिस पनि जोगिने गर्नु पर्दछ । कुनै पनि किसिमको पानी जम्ने ठाउ“ ,प्राकृतिक,अप्राकृतिक भा“डाहरुलाई बग्ने बनाउने,पुर्ने,सुकाउने,गाड्ने वा जलाउने गनुपर्दछ । गर्मीयाममा विशेषगरी तराई र गर्मीठाउँमा मच्छडको टोकाईबाट बच्न हम्मे हम्मे पर्दछ । टोकाईले एलर्जी त बनाउँछ नै कैयांै रोग समेत लगाउछ ।बच्नका लागी प्रयोग गरीने मच्छडधुप भने हानिकारक सिद्ध भईसकेको छ ।
लामखुट्टेको टोकाइबाट बच्नः घरको झ्यालढोकामा मसिनो जालीको प्रयोग गर्ने,सुत्दा किटनाशक झुलको प्रयोग गर्ने,पंखा,एयर कुलर,एयर कण्डीसन प्रयोग गर्ने गर्नुपर्छ ।जाली र झुलको व्यवस्था हुन नसक्ने ठाउ“मा लामखुट्टे भगाउने धूप, झोलको प्रयोग गर्ने,घर बाहिर जा“दा शरीरको खुल्ला भागमा लामखुट्टे धपाउने मलमको प्रयोग गर्ने वा तोरीको तेल, निमको तेल वा लामखुट्टे रिपेलेन्ट दलेर बस्ने र सुत्ने र प्रभावित Ôेत्र मा जा“दा वा बस्दा पुरै शरीर ढाकिने गरी पूरा लामो बाहुला भएको सेतो हलुका रंगको कमिज र पैन्ट लगाउनु पर्दछ् ।
लामखुट्टेको नाश गर्न ः आ—आफ्नो घर गोठमा कीटनाशक औषधि छर्कन लगाउने,औषधि छर्केको ३—६ महिनामा सम्म लामखुट्टे मर्ने भएकोले किटनाशक छर्केको भित्तँमा कम्तीमा ३ महिनासम्म लिपपोत नगर्ने,किटनाशकयुक्त झुलको प्रयोग गर्ने,पानी शोस्ने रुखहरु जामुन, सिमल, मसला रोप्ने तथा घर वरिपरि, सडक वारीपारिका खाल्डाखुल्डी पुर्ने, पोखरी, इनार र कुलोको वरिपरिको घा“सपात सफा गर्ने, मट्टितेल, डिजल, डिडिटी मालाथीयन, क्लोडीन, डेल्ड्रीन छर्कने, जमेको पानी बगाइदिने गर्नुपर्दछ ।
लामखुट्टेको बच्चा विनाश गर्न ः लामखुट्टेले विशेषगरी जमेको पानीमा फुल पार्ने र प्रजनन गर्ने भएकोले त्यस्ता खाल्डा तुरुन्त पुरिदिएमा वा ७ दिनभित्र सुकाउने, जमेको पानीलाई बगाइदिने गर्दा फुल र लार्भाहरु मर्दछन् ।गाउ“का पोखरी, दह, तलाउ, नाला र खाल्डामा लामखुट्टेको लार्भा खाने माछा पाल्ने,घर वरिपरी जमेको पानीमा मट्टितेल,डिजल,डि.डि.टी. छर्कने,जामुन, सिमल, मसला जस्ता पानी सोस्ने रुखहरु पानी जम्ने ठाउ“मा रोप्ने गर्दा पनि बच्नसकिन्छ । क¬नै पनि प्राकृतिक तथा अप्राकृतिक भाडाहरुमा पानी जम्न दिन¬ ह¬दैन ।
जनचेतनामा अभिवृद्धि ः रोगलाई प्राविधिक, आर्थिक, सामाजिक र राजनैतिक रुपमा संवोधन गरीन¬ पर्दछ । रोगका बारेमा आम जनसमुदाय तथा सरोकारवालालाई उक्त रोगको विविध पक्षबारे जानकारी दिनुपर्छ ।सक्रमीत व्यक्तिको रगत अन्य व्यक्तिमा प्रत्यारोपण गर्नुहुँदैन । सञ्चार माध्यम तथा स्थानीयस्तरका स्वास्थ्यकर्मीहरुद्वारा रोग सम्बन्धी जनचेतना फैलाउन जरुरी रहन्छ । रोगको शंका लागे जतिसक्दो चाडो चिकित्सकलाई देखाउनु पर्दछ ।
अन्तमा लामखुट्टे जन्य रोगहरु समुदायमा हुने रोग भएकोले पूरा समुदाय गाउ“ र सम्पूर्ण जिल्लामा नै महामारीको रुपमा फैलन सक्दछ । तसर्थ रोगको नियन्त्रणप्रति सबैको सहयोग र सहभागिताको अत्यन्त महत्व रहन्छ, जाने बुझेकाले नजानेकालाई सम्झाइ बुझाइ गरी दिनुपर्दछ । हामी आफै आफ्नो धन र जनको क्षति न्यूनिकरण गर्न लामखुट्टेको टोकाइबाट बच्नै पर्दछ र लामखुट्टेको बासस्थान निर्मूल गरी संक्रमित लामखुट्टे निर्मुल गर्नुपर्दछ ।घर वरिपरि सफा र स्वच्छ राखौं । पानी जम्ने भाडाकुडा,खाल्टाखुल्टी नराखांै ।लामखुट्टेजन्य रोगबाट बचौं र बचाऔं ।
( न्याम्स,वीर अस्पताल काठमाण्डौका सह प्राध्यापक वरिष्ठ कन्सल्टेण्ट डेण्टल सर्जन डा. बुढाथोकी नेपाल चिकित्सक संघका केन्द्रिय कोषाध्यक्ष हुनुहुन्छ ।)

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार