पत्रकारितामा समस्या

पत्रकार हुँदैमा सबै कुरा ठीक हुन्छ भन्ने हैन । उनीहरुले गल्ती गर्छन् तर त्यो गल्ती सुधार हुनु पर्छ । यसलाई ट्रयाएल एण्ड इररको सिद्धान्त भनिन्छ । तर पत्रकारको कारण पछिल्लो पटक धेरै समस्याहरु पैदा भएका छन् । उनीहरु धेरै सुधार हुनु आवश्यक छ । समाज बदलिदै छ तर अगुवाई गर्ने पत्रकारहरुमा पुरनो भावना हटेको छैन । अरुका कुरा गर्ने मान्छे आफू रोलमोडल बन्नु पर्छ । समाजमा गल्ती गर्दै हिंड्न हुन्न । यसर्थ पनि पत्रकारहरु अब समस्या हैन समाधान हुनु पर्छ ।
केही दिन एकजना प्रतिष्ठित पत्रकारले एकजना दलित जनप्रतिनिधिलाई ‘तपाईं दलित भएर पनि यति धेरै टाठी है’ भन्दै तारिफ गरे । तर उनको तारिफ दलित प्रतिनिधिलाई पटक्कै मन परेन । दलित प्रतिनिधिले महाशय ! ‘दलित भएर पनि’ भन्नाको मतलब भन्दै प्रश्न उठाइन् । तपाईको अर्थ दलित सबै काम नलाग्ने पत्रु हुन् त्यसमा तपाई मात्र राम्रो मान्छे भन्न खोज्नु भएको हो भन्दै प्रतिवाद गरिन् । यसरी जातीय आक्षेप लगाएर बोल्नु हुँदैन भन्दै सुझाव राखिन् । पत्रकारले गम्भीर भए र फेरि भने हो ठीकै हो मेरो प्रश्न मिलेन । उनको आत्मालोचित प्रतिउत्तरमा सुधारको संकेत थियो ।
नेपालमा यस्ता प्रश्नहरु धेरैले गर्छन् । यो पछौटे मनोविज्ञान हो । तपाई मधेसी भएर पनि यति राम्रो मान्छे है । तपाई मगरको छोरो भएर पनि यति राम्रो है । तपाई महिला भएर पनि यति टाठी है । तपाई गुरुङ भए पनि यति असल है । तपाई थारुको छोरी भएर पनि यति राम्रो विचार है । तपाई अपाङ्ग भएर पनि यति उत्साही है । तपाई बूढो भएर पनि यति सक्रिय है । यस्ता वाक्यहरु समाजमा आउँछन् । विशेष गरी सम्भ्रान्त समुदायबाट आएका व्यक्तिहरुमा यस्तो त्रुटि भेटिन्छ । यस्ता त्रुटिहरु अन्त्य गर्न जनजागरणको खाँचो पर्छ ।
यस्तो वाक्यहरु आउनुको कारण ती समुदायलाई हीन भावनाले हेर्ने दृष्टिकोण हो । त्यही मनोविज्ञानको कारण कमजोरी भएका छन् । यस्ता कमजोरीहरुलाई सच्याउनु पर्छ । हरेक कुराहरु सच्चिदै र परिमार्जन हुँदै जानु पर्छ । यसबाट समाज सभ्य हुनु पर्छ । आफ्नो गल्तीको आत्मालोचना ती पत्रकारले गरेजस्तै गर्न हिचकिचाउनु हुँदैन । तर भित्रको अहंकारी भावनाले आत्मालोचना गर्न दिदैन ।
अन्त्यमा समाजमा गल्तीहरु धेरै छन् । क्रिया प्रतिक्रिया आउनु स्वभाविकै हो । यसले सुधार गर्दै लैजान्छ । राज्य पुन रचना पछि सबै उत्पीडित वर्ग र समुदायको प्रतिनिधित्व भएपछि धेरै कुरामा सुधार आएको छ । सभ्रान्त संस्कृति नासिदैछ । जन संस्कृति बन्दै छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार