आटामा लगाईएको भ्याट फिर्ता गर्न माग

मनोरञ्जन शर्मा
भैरहवा।
रुपन्देहीका मैदा तथा आटा उद्योगीहरुले सरकारले हालैको बजेटमार्फत आटा र चक्की आटामा पनि मुल्य अभिबृद्धी कर (भ्याट) लगाएकोमा पुनर बिचारगर्न आग्रह गरेका छन् ।
प्mलोर मिल एशोसिएसन रुपन्देहीमा आबद्ध ११ वटा मैदा उद्योहरुले संयुक्त रुपमा बिज्ञप्ती जारी गर्दै दैनिकरुपमा नेपालीहरुले रोटी बनाउन प्रयोग गर्ने खाद्य बस्तुहरुको रुपमा रहेको आटा र चक्की आटालाई मुल्य अभिबृद्धी कर(भ्याट) लगाउनु आश्चर्यजनक रहेको बताएका छन् ।

उनिहरुले आटा तथा चक्की आटा नत कुनै उद्योगमा कच्चा पदार्थको रुपमा प्रयोग हुने नत ठुलै परिमाणमानै खरिद हुने सामानका रुपमा समेत नरहेको र १ किलो देखि ५ किलोको प्याकेटमा मात्र बिक्री हुने नितान्त खाद्य बस्तुमा मुल्य अभिबृद्धी कर लगाउदा आम उपभोक्ता थप महगो र मर्कामा पर्ने जनाएका छन् ।

बजेट मार्फत आटा र चक्की आटामा लगाईएको मुल्य अभिबृद्धी कर (भ्याट) मा सरकारले पुनर्बिचार गरी सर्बसाधारण जनताप्रति उत्तरदायी बन्न उनिहरुले आग्रह गरेका छन् ।

आटा र चक्की आटामा लगाएको मुल्य अभिबृद्धी कर का बिषयमा सरकारले पुनरबिचार गर्नु पर्दछ, यो नितान्त स्वदेशी उत्पादन हो र आम नेपालीले खाद्य बस्तुको रुपमा दैनिक रुपमा प्रयोग गर्ने भएकाले पनि यो फिर्ता लिन हाम्रो आग्रह हो, बुटवल उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष तथा मैदा उद्योगी उज्जवल कसजुले भने ।

आटा चक्की आटामा मुल्य अभिबृद्धी कर लगाउदा प्रतक्ष्य असर उपभोक्तालाई पर्छ । त्यसैले यो बिषयमा पुनरबिचार गर्न हामी सबैको आग्रह हो ।

उद्योगीहरुले २ बर्ष अघि सम्म मैदामा लाग्दै आएको मुल्य अभिबृद्धी कर(भ्याट)को २५ प्रतिशत रिफन्ड (फिर्ता) पाउदै आएकोमा गत बर्ष देखि भ्याट फिर्ता नहुने नियम बनाईसकेको छ ।

अहिले आएर आटा र चक्कीमा समेत मुअकर लगाउनु उद्योगी मात्र नभई किसान र आम सर्बसाधारण माथि प्रहार भएको ब्यबसायीको भनाई छ ।

राज्यले राजस्व संकलनमा बढी जोड दिदा हरेक चिजलाई कर संकलन गर्ने बस्तुका रुपमा हेर्न नहुने ब्यबसायीको भनाई छ ।

कर संकलन गर्न अन्य धेरै दायराहरु ल्याउन सकिन्थ्यो, तर अहिले आटा जस्तो दैनिक प्रयोजनको खाद्य बस्तुमा मुअकर लगाउदा उपभोक्तानै मर्कामा पर्ने ब्यबसायीहरुको भनाई छ ।

रुपन्देहीमा दाउन्ने प्mलोर मिल्स, गोयनका फुड्स प्रालि, वेस्टन एग्रो, अरुण एग्रो, एसआर फुडस,समृद्धी फुडस, जगदम्बा फुडस, हिमगीरी फुडुस, घराना फुडुस, बुटवल फलोर मिल्स, तुल्सीपुर प्mलोर मिल्स लगायत उद्योगहरु छन् । दुई पुराना उद्योगहरु लुम्बिनी फलोर र सिद्धार्थ फुडुस अहिले बन्द अबस्थामा रहेका छन् ।

अर्बौ लगानी रहेका यहा फलोर मिलहरुले कच्चा पदार्थको रुपमा गहु स्वदेशकै ६० प्रतिशत भन्दा बढी खपत गरेका छन् । नपुग हुदा भारतिय गहुमा निर्भर हुनु परेको ब्यबसायीहरुको भनाई छ ।

आटा र चक्की आटामा मुअकर (भ्याट) लगाउदा उपभोक्ता मुल्य बढन जाने र त्यस्को असर आम जनतामा पर्ने भएकाले पुनरबिचार गरी हटाउनु पर्ने सिद्धार्थ उद्योग बाणिज्य संघका अध्यक्ष कुल प्रसाद न्यौपानेको भनाई छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार