प्रहरीद्धारा श्रेष्ठ माथि कुटपिट

ललित पाण्डेय
रुपन्देही । ४१ वर्षिय सञ्जिब श्रेष्ठ सोमबार साझ करिब ७ः ३० बजे बुटवलबाट ड्राईभरटोल तर्फ मोटरसाईकलमा जाँदै थिए ।

बुटवलको ट्राफिक चोकमा घर भएका उनि ड्राईभरटोलमा रहेको आफ्नो ग्यारेजमा जाँने क्रममा शङ्खरनगरमा पुग्दा प्रहरीको भ्यान आयो । प्रहरीको भ्यान गलत साईडबाट हिड्यो । श्रेष्ठले गलत साईडमा किन हिडेको भनेर प्रहरी ड्राईभरलाई सोधे ।
उनि सिधै आफ्नो ग्यारेजमा पुगे । ग्यारेजमा पुग्दा प्रहरीको भ्यान पनि उनिसँगै आईपुग्यो । भ्यानबाट प्रहरी झरेर एक्कासी श्रेष्ठलाई कुटपिट गर्न थाले ।
श्रेष्ठ भन्छन – एक जना सादा पोशाकमा रहेका प्रहरीले मलाई एक्कासी कुटपिट गर्न थाले त्यसपछि अरु प्रहरीले पनि बुट र लौराले हिर्काए । ५–६ जना प्रहरी थिए एक जना शाका पोशाकमा एक जना महिला अरु प्रहरी पोशाकमा थिए नाम हेर्न सकिन पिडित श्रेष्ठ भन्छन ।
मलाई किन पिटेको भनेर मैले सोधे उनले भने तर अपशब्द बोल्दै मलाई फेरि प्रहरीले लगातार बुट र हातले कुटे । श्रेष्ठकै शब्दमा –त्यैंले प्रहरीलाई सिकाउने भन्दै छाती , हात , खुट्टामा लछारपछार गरी नराम्रोसँग कुट्न थाले । यो दृश्य स्थानीय वरपरका मानिसहरुले पनि हेरेका थिए ।
त्यसपछि प्रहरीले मलाई हतकडी लगाईदियो हातमा रहेको डाम देखाउँदै श्रेष्ठ भन्छन –प्रहरीले गाडीमा राखेर मंगलापुरमा रहेको ट्राफिक बिटमा ल्याईपु¥यायो । त्यहाँ पनि हतकडि सहित मलाई प्रहरीले कुटेर यातना दिए । पछि ट्राफिक प्रहरीले मापसे सेवन गरेर मोटरसाईकल चलाउँने भन्दै २० मिनेट पछि एक हजारको चिट कटायो । पैसा मैले दिए उनले भने –त्यसपछि प्रहरीले मलाई छाड्यो ।
सोमबार साँझ प्रहरीले आफु माथि भएको ज्यादती उनले सञ्चारकर्मीलाई बताए । प्रहरीले कुट्दा उनको हात , छाती , खुट्टामा चोट लागेको देखिन्थ्यो । हिड्न पनि गाह्रो भएको छ श्रेष्ठले भने म पनि प्रहरीलाई सहयोग गर्ने मान्छ हु ।
तर म माथि नै प्रहरीले ज्यादति गर्यो । विना अपराध मलाई प्रहरीले अमानविय ब्यवहार गर्यो । मैले मापसे पनि गरेको थिएन उनि भन्छन– मापेस गरेको भएत प्रहरीले अस्पतालमा लगेर स्वास्थ्य चेक गर्नु पर्ने थियो । तर गरेन्न विना अपराध मैले प्रहरीको कुटाई खानु पर्यो । बरु प्रहरीलाई गलत साईडबाट किन हिडेको दुर्घटना हुन सक्छ भनेर सुझाँब दिएको थिए उनिले सञ्चारकर्मीलाई बताए ।
श्रेष्ठले घटनाको ईलाका प्रहरी कार्यालय बुटवल र राष्ट्रिय मानव अधिकार आयोग प्रदेश कार्यालय बुटवलमासञ्चारकर्मीसहित पुगेर उजुरी गरे । कुटपिट गर्ने प्रहरी माथि कार्याबाही हुने आश्वासन पाएको श्रेष्ठले बताए ।
बिना अपराध अमानविय ब्यवहार गर्ने प्रहरीलाई कडा कार्यबाही हुनु पर्ने उनको माग रहेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार